आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
पोखरामा फेरि भयो प्याराग्लाइडिङ दुर्घटना, पाइलटको मृत्यु

पोखरामा फेरि भयो प्याराग्लाइडिङ दुर्घटना, पाइलटको मृत्यु

समाचार, समाज
पोखरा—फागुन २१। पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मंगलबार विहान प्यारागाइडिङ उडान गर्नेक्रममा निश्चित दिशातर्फ नगइ जंगलतिर मोडिएर दुर्घटना हुँदा पाइलटको मृत्यु भएको हो । घटनाबारे थप विवरण आउन बाँकी छ । आइतबार मात्रै पोखराको फेवातालमा खसेका प्याराग्लाइडरको उपचारका क्रममा एक जनाको मृत्यु भएको थियो । सारङकोटबाट उडेका रोमानीयाका नागरिक एड सिजरको फेवा सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । (ईमेज खबर)...
द काठमाण्डौं मल ब्यापार संघको साधारण सभा सम्पन्न, व्यवसाय मैत्री वातावरण नभए सम्म आन्दोलन

द काठमाण्डौं मल ब्यापार संघको साधारण सभा सम्पन्न, व्यवसाय मैत्री वातावरण नभए सम्म आन्दोलन

आर्थिक, समाचार
काठमाडौं—फागुन १९। काठमाण्डौं– काठमाण्डौं मलका व्यवसायीले मलमा व्यवसायीक वातावरण नभए सम्म आन्दोलन गर्ने चेतावनी दिएका छन् । द काठमाण्डौं मल व्यपार संघको साधरण सभामा काठमाण्डौंमलका व्यवसायिहरुले भोक हडताल गर्ने बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठले महासंघ सधै व्यवसायीको पक्षमा भएकाले काठमाण्डौं मलका व्यवसायीको पक्षमा भएको बताएका छन् । महासंघले साना व्यवसायीलाई परेको समस्याको विषयमा निरन्तर आवाज उठाएको भन्दै व्यवसायीले काम गरेर खाने अधिकारको लाग आफु सधै लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । व्यवसायी एकताबद्ध भए मात्र आफ्नो समस्या समाधान गर्न सकिने बताएका छन् । अध्यक्ष श्रेष्ठले व्यवसायीले ढुक्क संग व्यवसाय गर्न वातावरण नभएको भन्दै सरकारलाई बाहाल सम्बन्धी स्पष्ट कानुन बनाउन अग्रह गरेका छन् । आज बस भन्ने भोली उठेर जा भन्दा व्यवसायीक वाता...
कांग्रेसमा किचलो चुलिदै, विशेष महाधिवेशन बोलाउने जिल्ला सभापतिहरुको चेतावनी

कांग्रेसमा किचलो चुलिदै, विशेष महाधिवेशन बोलाउने जिल्ला सभापतिहरुको चेतावनी

राजनीति, समाचार
काठमाडौं—फागुन १९। नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले विशेष महाधिवेशनका लागि पहल थाल्ने चेतावनी दिएका छन् । महासमिति बैठकको भावना विपरित केन्द्रीय समितिले निर्णय गरेको भन्दै जिल्ला सभापतिहरु रुष्ट बनेका हुन् । महासमिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले दिएको वचनविपरीत केन्द्रीय कार्यसमितिले विधान पारित गरेको भन्दै रुष्ट जिल्ला सभापतिहरुले विशेष महाधिवेशनको चेतावनी दिएका हुन् । केन्द्रीय सदस्यहरु पनि तल्लो तहबाट चुनिएर आउनुपर्ने र आरक्षण कोटा एक तहमा एक पटक मात्र हुनुपर्ने माग सम्बोधन नगरिएपछि आफूहरु बाध्य भएर कठोर बन्नु परेको नुवाकोट कांग्रेस जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले बताए । महासमिति बैठक समापन गर्ने क्रममा पार्टी सभापति देउवाले दुबै माग सम्बोधन गर्ने आश्वासन दिए पनि केही दिनअघि केन्द्रीय कार्यसमितिले केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने र आरक्...
पानीजहाज सञ्चालन गर्न नेपाल–भारत संयुक्त टोलीद्वारा सम्भाव्यता अध्ययन शुरु

पानीजहाज सञ्चालन गर्न नेपाल–भारत संयुक्त टोलीद्वारा सम्भाव्यता अध्ययन शुरु

आर्थिक, समाचार
काठमाडौं—फागुन १९। नेपालका प्रमुख तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्ने सम्भावनाअन्तर्गत गण्डकीको नवलपरासीमा सम्भाव्यता अध्ययन गरिएको छ । नेपाल र भारतका उच्चस्तरीय अधिकारी सम्मिलित संयुक्त टोलीले सोमबार नारायणी नदीसहित गण्डक ब्यारेज र गण्डक क्षेत्रअन्तर्गत १२ नं स्परको सम्भाव्यता अध्ययन गरेको छ । नवलपरासीको गण्डक क्षेत्रसँगै नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको हो । अध्ययन अवलोकनपश्चात यस क्षेत्रमा पानीजहाज सञ्चालनको सम्भावना उच्च रहेको नेपाली टोलीका संयोजक एवं जल तथा ऊर्जा आयोग सचिवालयका सहसचिव माधव बेलवासे बताउँछन् । यहाँबाट भारतको गङ्गा नदी पुग्न करीब ३०० किलोमिटर र त्यसपछि गङ्गा नदीबाट समुद्र सतहसम्म पुग्न करीब ८४० किलोमिटर गरी यस क्षेत्रबाट कूल एक हजार १४० किलोमिटरको दूरीमा समुद्र रहेको छ । टोली फर्किएपछि यस क्षेत्रमा समे...
सिप्यानले आज नेपालमा पहिलो पटक क्रिकेट अवार्ड प्रदान गर्दै

सिप्यानले आज नेपालमा पहिलो पटक क्रिकेट अवार्ड प्रदान गर्दै

खेलकुद, समाचार
काठमाडौं—फागुन २१। सिप्यानले पहिलो पटक क्रिकेट अवार्ड समारोह आयोजना गर्न लागेको हो । विभिन्न पाँच विधाका क्रिकेट खेलाडी एवं क्रिकेटकर्मीलाई पुरस्कृत गर्ने सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान)ले आज क्रिकेट अवार्ड वितरण गर्दैछ । रुसी साँस्कृतिक केन्द्र कमलपोखरीमा आज दिउँसो २ बजेदेखि अवार्ड कार्याक्रम आयोजना हुनेछ । यसका लागि विभिन्न विधाको मनोनयन यसअघि नै सार्वजनिक गरिएको छ । सिप्यानले वर्षको उत्कृष्ट खेलाडी पुरुषतर्फ दिपेन्द्रसिंह ऐरी, करण केसी, पारस खड्का, सन्दिप लामिछाने र सोमपाल कामी तथा महिलातर्फ इन्दु बर्मा, करुणा भण्डारी, रुवीना क्षेत्री, सरिता मगर र सिता रानामगरलाई मनोनयनमा राखेको छ । यसैगरी बर्षको उदयमान खेलाडीको मनोनयनमा अभिनाश बोहरा, कविता कुवँर, ललितनारायण राजवंशी, रोहितकुमार पौडेल र सन्दिप जोरा परेका छन् । सिप्यानले ‘मो...
लोकप्रिय गायक दिनेशले उचाले ‘सर्वोत्कृष्ट लोक आधुनिक गायक’को अवार्ड

लोकप्रिय गायक दिनेशले उचाले ‘सर्वोत्कृष्ट लोक आधुनिक गायक’को अवार्ड

मनोरन्जन, समाचार
बोस्टर म्यूजिक अवार्डको सर्वोत्कृष्ट लोक आधुनिक तर्फको गायकको अवार्ड चर्चित गायक दिनेश गौतमले जितेका छन । बांसै काटेर बोलको गीतबाट उनले उक्त अवार्ड हात पार्न सफल भएका हुन । राष्ट्रि नाचघरमा सम्पन्न भएको उक्त अवार्ड समारोहमा कार्यक्रमका प्रमुख अतिथी तथा पूर्व अर्थमन्त्री एवं वरिष्ठ रचनाकार एसपी कोईराला, वरिष्ठ संगीतकार राजु सिंह लगायतले उनलाई अवार्ड प्रदान गरेका थिए । अवार्ड पाए पछि खुशीले यसको श्रेय गीतमा आवद्ध सम्पूर्णलाई दिएका छन। कोसिस क्षेत्रीले दिएको संगीत एवं रचनाको उक्त गीतलाई उदय राज पौडेलले ऐरन्ज गरेका हुन । भिडियोलाई भने कार्टुन कुजले निर्माण गरेको हो । पैसा कसले बनायो , धनमै मान्छे रमायो जस्तो सयौ चर्चित गीतका लोकप्रिय गायक लामो समय पछि पून गायनमा सक्रिय देखिएका छन् । उनका हालै सार्वजनिक भएका फर्केर आएनौ र बांसै काटेर बोलको गीतहरु निकै चर्चामा रहेका छन । केहि गीतहरु सार्वजन...
राजकीय सम्मानका साथ पूर्वमन्त्री अधिकारीको अन्त्येष्टि, तीन छोरीहरुले दिए दागबत्ती

राजकीय सम्मानका साथ पूर्वमन्त्री अधिकारीको अन्त्येष्टि, तीन छोरीहरुले दिए दागबत्ती

राजनीति, समाचार
काठमाडौँ —फागुन १९। उपचारका क्रममा शनिबार राति निधन भएका नेकपाका नेता एवं पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको पशुपति आर्यघाटमा आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नेता अधिकारीको पार्थिव शरीरमा उनका तीन छोरीहरु लुना, लिमा र लिजाले संयुक्तरूपमा दागबत्ती दिए । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । यसअघि नेपाल सरकारका तर्फबाट उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेता अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए । नेता अधिकारीको पार्थिव शरीरमा उनकी धर्मपत्नी सविता, नेकपाका महासचिव विष्णु पौडेल, नेकपाका नेता जनार्दन शर्मा तथा नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा रामशरण महत, डा मीनेन्द्र रिजाललगायत नेता तथा कार्यकर्ताले श्रद्धाञ्जलि अर्पण गरेका थिए । सो...
लगनखेलमा एक दिने स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न

लगनखेलमा एक दिने स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न

समाचार, समाज
ललितपुर—फागुन १९। ललितपुरको लगनखेलमा एक दिने स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न भएको छ । ललितपुर महानगरपालिका वडा नं ५ को स्वास्थ्य कार्यान्वयन समितिको आयोजनामा उक्त स्वास्थ्य शिबिर सम्पन्न भएको हो । ललितपुर महानगरपालिका समाज कल्याण महाशाखा अन्तर्गत जनस्वास्थ्य शाखा र पाटन प्याथ ल्याबको संयुक्त सहयोग माझ ललितपुर मलको पाटन पाथल्याबमा उक्त स्वास्थ्य शिविर अयोजना गरिएको थियो । एक दिने स्वास्थ्य शिबिर कार्यक्रम स्वास्थ्य शिबिरमा होल बडि चेक अप र स्तन तथा पाठेघरको पानीको टेष्ट गरिएको थियो । महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले एक दिने स्वास्थ्य शिबिरबाट धेरै युवती तथा महिलाहरु लाभान्वित भएको बताएका छन । अध्यक्ष श्रेष्ठले जन स्वास्थ्यसँग सम्बन्धीत यस्ता कार्यक्रमहरुको आयोजनाले निरन्तरता पाउदै जाने वताएका छन् ।...
अमेरिका–चीन व्यापार सम्झौतामा हस्ताक्षर हुँदै

अमेरिका–चीन व्यापार सम्झौतामा हस्ताक्षर हुँदै

अन्तराष्ट्रिय, समाचार
वासिङ्टन —फागुन १९। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग व्यापार सम्झौतामा सहमतिमा हस्ताक्षर हुन लागेको बताएका छन् । राष्ट्रपतिले दुवै पक्षबीच लगभग सहमति भइसकेको हस्ताक्षर हुन मात्र बाँकी रहेको बताएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ उपप्रधानमन्त्री लिउ ही (बायाँ) बीच गतसाता वासिङ्टनस्थित ह्वाइटहाउसमा भएको भेटवार्ता । उनले भने, ‘हामी निकै नै नजिक पुगिसकेका छौं ।’ सहमति हुने भएपछि अमेरिकाले चिनियाँ वस्तुमा लगाएको नयाँ कर कार्यान्वयनमा ल्याएको छैन । अमेरिकाले मार्च एकदेखि लागू हुने गरी चिनियाँ वस्तुमा १० देखि २५ प्रतिशतसम्म कर घोषणा गरेको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाले करिब २ सय अर्ब डलर बराबरको चिनियाँ सामानमा थप कर घोषणा गरेको हो । ट्रम्पले तर दुई देशबीच हुने सहमतिमा हस्ताक्षरका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङलाई फ्लोरिडास्थि...
निरज सिलवालको ‘सानु माया’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक(भिडियो सहित)

निरज सिलवालको ‘सानु माया’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक(भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौँ —फागुन १९। गायक तथा संगीतकार निरज सिलवालले आफ्नो स्वरमा रहेको नयाँ गीत बजारमा ल्याएका छन् । दशरथ थापाको शब्द सृजना रहेको सो गीतको म्युजिक भिडियोसहित गायक सिलवालले आफ्नो सांगीतिक कोशेली आफ्ना दर्शक र स्रोतामाझ ल्याएका हुन् । ‘सानु माया’ बोलको सार्वजनिक गीतको म्यूजिक भिडियोमा पछिल्लो समय चर्चामा रहेका रंजित पौडेलले अभिनय गरेका छन् । उनीसँगै म्यूजिक भिडियोमा ‘बुगिवुगी’ पहिलो सिजनकी विजेता कविता नेपालीलाई पनि देख्न सकिन्छ ।रोमान्टिक रुपमा प्रस्तुत गरिएको गीतको म्यूजिक भिडियोलाई मोहनराज अधिकारीले निर्देशन गरेका हुन् । भिडियोः https://youtu.be/u-GOx0VO8ds...