आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
च्याम्पियन्स लिग फुटबल्मा म्यानचेस्टर युनाइटेड च्याम्पियन्स क्वाटरफाइनलमा प्रवेश

च्याम्पियन्स लिग फुटबल्मा म्यानचेस्टर युनाइटेड च्याम्पियन्स क्वाटरफाइनलमा प्रवेश

खेलकुद, समाचार
काठमाडौं—फागुन २३। च्याम्पियन्स लिग फुटबलमा इंग्लिश क्लब म्यानचेस्टर युनाइटेड क्वाटरफाइनल प्रवेश गरेको छ । राउण्ड अफ सिक्सटिनको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई अवे गोलमा पराजित गर्दै म्यान्चेस्टर युनाइटेड अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । गएराति फ्रान्समा भएको दोस्रो लिगको खेलमा म्यान्चेस्टर युनाईटेड ३–१ ले विजयी भएको हो । उसका जितमा रोमेलु लुकाकुले दुई गोल गर्दा मार्कस रास्फोर्डले एक गोल गरे त्यस्तै खेलको ईन्जुरी समयमा रास्फोर्डले पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो । पहिलो लिगको खेल २–० ले गुमाएको म्यान्चेस्टर युनाइटेडले गएरातिको जितपछि समग्र परिणाम ३–३ गोलको बराबरीमा पुर्यायो। ३–३ गोलको बराबरीको अवस्थामा अवे गोलको मद्दतले म्यान्चेस्टर युनाईटेड क्वाटरफाईनलमा पुगेको हो । अन्तरिम प्रशिक्षक ओले गुना सोल्सायरको नेतृत्वयमा निकै सुधा...
अमेरिकी राष्ट्रपतिमा क्लिन्टन नउठ्ने

अमेरिकी राष्ट्रपतिमा क्लिन्टन नउठ्ने

अन्तराष्ट्रिय, समाचार
वासिङ्टन —फागुन २२। अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले आगामी वर्ष हुने राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा नगर्ने प्रष्ट पारेकि छिन  । अमेरिकी टेलिभिजन न्युज १२ ले गरेको अन्तर्वार्तामा हिलारीले भनिन्, ‘म निर्वाचनमा सक्रियतासाथ डिमोक्र्याटिक पार्टीको प्रचारप्रसारमा भने लाग्नेछु  । उनले थपिन्, ‘हाम्रो देशमा निर्वाचनमा को–को उम्मेदवार हुने भन्ने सवाललाई लिएर सोधिने प्रश्नले मलाई बिभिन्न समयमा समस्यामा पार्ने गरेको छ ।’ (एजेन्सी)...
द्वन्द्व व्यवस्थापन गर्दा दण्डित हुन परे पनि तयार छु : बाबुराम भट्टराई

द्वन्द्व व्यवस्थापन गर्दा दण्डित हुन परे पनि तयार छु : बाबुराम भट्टराई

राजनीति, समाचार
काठमाडौं—फागुन २२। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले तत्काल द्वन्द्व व्यवस्थापन गरिनुपर्ने तर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले द्वन्द्व व्यवस्थापन छिटो गर्नुको विकल्प नभएको बताए । ‘क्षमा गर र भुल’ भन्ने नीतिका साथ द्वन्द्वको व्यवस्थापन गरिनुपर्ने भन्दै उनले द्वन्द्व व्यवस्थापनका क्रममा आफु दण्डित हुन पनि तयार रहेको बताए । उनले भने ‘साँच्ची नै साथीहरुलाई अहिले पनि रिस बाँकी छ भने दण्डित गर्नुहोस् म दण्ड व्यहोर्न तयार छु । ’ द्वन्द्व व्यवस्थापन समयमै हुन नसक्दा विकास र शान्तिको बाटोमा अवरोध श्रृजना भएको भन्दै उनले समयमै द्वन्द्व व्यवस्थापन गर्नुपर्ने जोड दिए । उनले बिप्लब लगायत तराईका असन्तुष्ठ समुहसंग छलफल गरि समयमै माग सम्बोधन गर्नुपर्नेमा पनि उनले जोड दिए । विकास र सम्मृद्धिका सपना समयमै प...
भतिजद्वारा बन्चरो प्रहार गरि काकाको हत्या

भतिजद्वारा बन्चरो प्रहार गरि काकाको हत्या

अपराध, समाचार, समाज
कञ्चनपुर—फागुन २२। भतिजले बञ्चरो प्रहार गरि कञ्चनपुरमा आफ्नै काकाको हत्या गरेका छन् । भीमदत्त नगरपालिका–१३ बडैपुरका सिवी लुहारले काका गोरे लुहारमाथि बञ्चरो प्रहार गरेर हत्या गरेका हुन् । २० फागुन महाशिवरात्रीको राती भाङ र मदिरा सेवन गरेका सिवीले जमिनको विषयलाई लिएर ६१ वर्षीय काकाको टाउकोमा बन्चरो प्रहार गरेका थिए । भीमदत्त नगरपालिका १३ का वडाध्यक्ष शंकर उपाध्यायले घरमै बसेका गोरेमाथि एक्कासी आएर सिवीले तीन पटक उल्टो तर्फवाट बन्चरो प्रहार गरेको जनाए । घाइते गोरे्लाई महाकाली अञ्चल अस्पताल हुँदै भारतीय तपन र बरेली उपचारका लागि लगिएको थियो । बरेली अस्पतालका भारतीय चिकित्सकले उपचार सम्भव नभएका बताएपछि उनलाई घर ल्याइएको थियो । गएराति गोरेको मृत्यु भएको छ । गोरोको शव पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बन्चरो प्रहार गर्...
कैलालीको टीकापुर घटनाका दोषी रेशम चौधरीसहित १० जनालाई २० वर्ष कैद फैसला

कैलालीको टीकापुर घटनाका दोषी रेशम चौधरीसहित १० जनालाई २० वर्ष कैद फैसला

अपराध, समाचार
काठमाडौं—फागुन २२। जिल्ला अदालत कैलालीले टीकापुर घटनाका दोषी रेशमलाल चौधरीसहित १० जनालाई २० वर्ष कैद सजाएको फैसला गरेको छ । आज बुधबार चौधरीसहित १० जनालाई सो सजाय हुने फैसला सुनाइएको हो । यस्तै लक्ष्मण चौधरी, लाहुराम चौधरीसहित अन्य १२ जनालाई ३ वर्षको कैद तोक्दै तीन जनालाई सफाइ दिइएको छ।
ट्रकले किच्दा एक बालकको मृत्यु, कटारी बजारमा तनाव

ट्रकले किच्दा एक बालकको मृत्यु, कटारी बजारमा तनाव

अपराध, समाचार, समाज
उदयपुर —फागुन २२। उदयपुरको कटारी नगरपालिका- ४ स्थित कटारी बजारमा मध्याह्न ट्रकले किच्दा एक बालकको मृत्यु भएको छ । कटारीबाट सोलुखुम्बुका लागि हिँडेकेा ना ४ ख ८८९८ नम्बर ट्रकले किच्दा स्थानीय दिलबहादुर राईको ४ वर्षीय छोरा मौसम राईको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताए । स्थानीयका अनुसार तीव्रगतिमा गुडेको ट्रकले सडकमा खेल्दै गरेकाआवस्थामा बालकलाई ठक्कर दिएको हो । बालकको मृत्युपछि कटारी बजारमा मृतकका आफन्तले बजार क्षेत्रमा विरोध प्रदर्शन गरिरहेका छन् । ट्रक र चालकलाई नियन्त्रणमा लिई विस्तृत अनुसन्धान गरिरहेको इलाक प्रहरी कार्यालय कटारीले जनाएको छ ।...
प्रधानमन्त्री केपी ओली अस्पताल भर्ना

प्रधानमन्त्री केपी ओली अस्पताल भर्ना

राजनीति, समाचार
काठमाडौं—फागुन २२। प्रधानमन्त्री केपी ओलीलाई त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा भर्ना गरिएको छ । मुटुको नियमित परिक्षणको लागि भन्दै बुधबार अस्पताल पुगेका प्रधानमन्त्री ओली भर्ना भएका हुन् । थप परीक्षण गर्नुपर्ने देखिएको भन्दै अब्जरभेसनमा राखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्तिमार्फत जनाएको छ ।...
नेकपा महासचिव नेत्रविक्रम चन्दविरुद्ध मुद्दा ,दाङ र रोल्पामा गरी ६ जना जिल्ला नेता पक्राउ

नेकपा महासचिव नेत्रविक्रम चन्दविरुद्ध मुद्दा ,दाङ र रोल्पामा गरी ६ जना जिल्ला नेता पक्राउ

अपराध, समाचार
रोल्पा —फागुन २२। सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याएको अभियोगमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दविरुद्ध रोल्पामा मुद्दा दायर भएको छ । तीन वर्षअघि नयाँ पार्टी गठन गरी नेतृत्व गर्दै आएका चन्दलाई राज्यका तर्फबाट पहिलोपटक मुद्दा दर्ता भएको हो । यस्तै प्रहरीले रोल्पामा ३ र दाङमा ३ जना जिल्ला नेतालाई पक्राउ गरेको छ । चन्दसहित दर्जन नेताविरुद्ध प्रहरीले मंगलबार मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार सरकारवादी फौजदारी मुद्दा दर्ता गरेको हो । रोल्पा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक खड्काका अनुसार चन्द नेकपाका नेता कार्यकर्ताविरुद्ध राष्ट्र, राष्ट्रियता र सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याएको अभियोगमा मुद्दा दर्ता गरिएको हो । पूर्वी रोल्पाको सुलिचौरस्थित नेपाल टेलिकम र गजुलस्थित एनसेलको टेलिफोन टावरमा क्षति पुर्‍याएको अभियोग उनीहरूमाथि लगाइएको छ । सोही अभियोगमा ...
नेपाल वायुसेवा निगमले एयरबस मर्मतमा बढी मूल्यलाई ठेक्का

नेपाल वायुसेवा निगमले एयरबस मर्मतमा बढी मूल्यलाई ठेक्का

आर्थिक, समाचार
काठमाडौं—फागुन २२। चारवटा एयरबस (दुइटा न्यारो र दुइटा वाइडबडी) को नियमित मर्मतसम्भार तथा इन्जिन भाडामा ल्याउनका लागि नेपाल वायुसेवा निगमले आहवान गरेको ठेक्कामा १ अर्ब ५३ करोड रुपैयाँ बराबरको मूल्य अन्तर देखिएपछि ठेक्का पुरस्कृत कार्य रोकिएको छ । संघीय संसदको सार्वजनिक लेखा समितिले यस विषयमा विस्तृत छलफलका लागि बिहीबार निगमको सञ्चालक समितिका पदाधिकारीलाई बोलाएको छ । ‘बोलपत्रमा १ अर्ब ५३ करोड रुपैयाँ हाराहारी अन्तर देखियो,’ समितिका सभापति भरतकुमार शाहले कान्तिपुरसँग भने, ‘निगम सञ्चालक समितिका सदस्यलाई बोलाई थप छलफल गर्दैछौं ।’ विमान मर्मतसम्भारबारे १२ दिनअघि समितिले निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई बोलाई सोधपुछ गरेको थियो । ‘तर कार्यकारी अध्यक्ष खरेलले समितिलाई डेढ अर्ब रुपैयाँ मूल्य अन्तर देखिएको ठेक्कामा प्रस्ट पार्न नसकेको समितिका सचिव रोजनाथ पाण्डेले कान्तिपुरलाई बताए । ‘निग...
टीकापुर हत्याकाण्ड घटनाको फैसला हुँदै

टीकापुर हत्याकाण्ड घटनाको फैसला हुँदै

अपराध, समाचार
काठमाडौं—फागुन २२। टीकापुर घटना मुद्दाको बहस सकिएपछि जिल्ला अदालत कैलालीले बुधबार फैसला गर्ने तयारी रहेको अदालतका रजिष्ट्रारले जनाएका छन् । दुवै पक्षबाट ६ दिनसम्म चलेको बहस मंगलबार सकिएपछि फैसलाको तयारी भएको हो । एक बालक सहित ९ जनाको ज्यान जानेगरी २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा सांसद रेशमलाल चौधरीसहित पुर्पक्षका लागि कारागारमा रहेका अन्य २६ जनाको फैसला हुन लागेको हो। प्रतिवादीहरुका तर्फबाट अधिवक्ताहरुले बेग्लाबेग्ले बहस गरेका छन्। काठमाडौंबाट आएका वरिष्ठ अधिवक्ता गोपालप्रसाद घिमिरे, पूर्व न्यायधिवक्त हरि फुयाल र अधिवक्ता दिनमणि पोख्रेलले रेशम चौधरीका लागि मात्रै बहस गरेका छन्। यस्तै दिनमणि पोख्रेलले रेशमसहित प्रतिवादीहरु लाहुराम चौधरी र लक्ष्मण थारुका पक्षमासमेत बहस गरेका हुन्। कैलालीका अधिवक्ताहरु गंगाराम पाध्याय, गजेन्द्र केसी, गम्भीरसिंह ऐर, बीरबहादुर जे...