आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
इथियोपियन र लायन एयर: दुवै दुर्घटनाको कारण समान

इथियोपियन र लायन एयर: दुवै दुर्घटनाको कारण समान

अन्तराष्ट्रिय, समाचार
अदिस अबाबा —चैत ५ । एक साताअघि दुर्घटनामा परेको इथियोपियन एयरलाइन्सको विमान र गतवर्ष अक्टोबरमा इन्डोनेसियामा भएको लायन एयरको विमान दुर्घटनाबीच स्पष्ट समानता देखिएको छ । इन्डोनेसियाको जकार्तास्थित विमानस्थलमा राखिएको लायन एयरको बोइङ ७३७ म्याक्स–८ विमान । तस्बिर : रोयटर्स इथियोपियाका यातायात मन्त्री दग्मावित मोगेसका अनुसार ‘इथियोपियन एयरलाइन्सको उडान ३०२ र लायन एयरको उडान ६१० बीच स्पष्ट समानता’ देखिएको छ । उनले दुर्घटनाबारे थप अनुसन्धान गरिने जनाए । दुवै विमान अमेरिकी कम्पनी बोइङले उत्पादन गरेको ७३७ म्याक्स–८ मोडलका हुन् । यातायात मन्त्री मोगेसले घटनाबारे प्रारम्भिक प्रतिवेदन ३० दिनभित्र सार्वजनिक गरिने जनाए । दुवै विमानमा उडानको निगरानी राख्ने तथ्यांकको विश्लेषण गर्दा विमान उचाइमा पुगेपछि तीव्र उतारचढाव देखिएको उनको भनाइ छ । दुर्घटनामा ज्यान गुमाउनेको शवबिना नै अदिस अबाबमा सा...
निर्मला हत्या घटनामा यातना र प्रमाण नष्ट गरेको कसुरमा तत्कालीन एसपी बिष्ट अदालत उपस्थित

निर्मला हत्या घटनामा यातना र प्रमाण नष्ट गरेको कसुरमा तत्कालीन एसपी बिष्ट अदालत उपस्थित

अपराध, समाचार, समाज
कञ्चनपुर — चैत ५ । निर्मला हत्या घटनामा यातना र प्रमाण नष्ट गरेको कसुरमा मुद्दा चलाइएका तत्कालीन एसपी दिल्लीराज बिष्ट अदालतमा उपस्थित भएका छन् ।उनी मंगलबार बिहान ११ बजे कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका हुन् । उनकाे बयान तयारी भइरहेकाे छ । बिष्टसँगै पक्राउ पुर्जी जारी गरिएका तत्कालीन डीएसपी अगुर जिसी भने अदालतमा उपस्थित भएका छैनन् । निर्मला हत्या घटनामा यातना र प्रमाण नष्ट गरेको कसुरमा मुद्दा चलाइएका तत्कालीन एसपी विष्ट र डीएसपी जीसीलाई पक्रन जिल्ला अदालतले फागुन २६ मा ३५ दिने म्याद जारी गरेको थियो । सोही कसुरमा मुद्दा लागेका अन्य छ जनालाई भने धरौटीमा छुटेका छन् । कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले अदालतमा उपस्थित भएका ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको थियाे। (कान्तिपुर दैनिक)...
अमेरिका लैजाने भन्दै पीडितलाई नै बिचाैलिया बनाएर अढाई कराेड ठगी

अमेरिका लैजाने भन्दै पीडितलाई नै बिचाैलिया बनाएर अढाई कराेड ठगी

अपराध, समाचार, समाज
काठमाडौँ —चैत ५ । मानव तस्करहरूले अमेरिका लैजाने भन्दै युवालाई ठग्ने क्रम बढदो छ । पछिल्लो पटक रोल्पा र दाङका ५ युवाले यही फन्दामा परेर झन्डै साढे दुई करोड रुपैयाँ डुबाएका छन् । यसअघि जस्तै यो ठगीमा पनि कलाकारको आवरणमा अवैध धन्दा गरिरहेका सुदर्शन गौतम जोडिएका छन् । उनैले हैटी पुर्‍याएर अलपत्र पारेका युवाले डुबेको रकम उठाउने उपायका रूपमा थप युवालाई ठगेको खुलेको छ । अमेरिका पुग्ने आसमा रोल्पा र दाङका ५ युवा दर्जनभन्दा बढी देशमा हन्डर र ठक्कर खाँदै झन्डै साढे दुई करोड रुपैयाँ सिध्याएर वर्ष दिनपछि स्वदेश फर्किए। र्फकेलगत्तै उनीहरूले महानगरीय प्रहरी अपराध महाशाखामा आफूलाई ठग्नेहरूविरुद्ध उजुरी दिए। त्यसैका आधारमा प्रहरीले दाङबाट महेश बाठामगरलाई पक्राउ गरेको छ। फागुन २१ गते पक्राउ परेका महेशलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि भन्दै तेस्रो पटक १५ दिन म्याद थपेर थुनामा ...
लाखौँलाख ठगी गरेको शुल्क फिर्ता गराउ- विवेकशील साझा

लाखौँलाख ठगी गरेको शुल्क फिर्ता गराउ- विवेकशील साझा

राजनीति, समाचार
काठमाडौँ —चैत ५ । विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट लाखौँलाख ठगी गरेका पछिल्ला समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विवेकशील साझा पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले विज्ञप्ति जारी गरी शिक्षा र स्वास्थजस्ता आधारभूत सेवाका क्षेत्रमा नाफाखोर व्यवसायीकरणको नीतिले गर्दा अभिभावक र विद्यार्थी निरन्तर रूपमा मारमा परेको बताउँदै तोकिएभन्दा बढी शुल्क लिने दोषी कलेजलाई कारवाही गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ । “तोकिएको भन्दा बढी शुल्कले विद्यार्थी र अभिभावकलाई मर्का पर्न गएकामा आवश्यक कदम चालेर बढी शुल्क लिइएकाको हकमा सो शुल्क फिर्ता र आइन्दा तोकिएको भन्दा थप शुल्क लिने सम्पूर्ण शैक्षिक संस्थाको मनोमानी प्रवृत्तिलाई निरुत्साहित गर्न तत्काल कडा कदम चाल्न सरकारसँग माग गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ । शिक्षा र स्वास्थ्यजस्त...
चुरे पहाड शृङ्खलामा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेन

चुरे पहाड शृङ्खलामा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेन

समाचार, समाज
सिन्धुली—चैत ५ । सिन्धुलीको सीमा क्षेत्रस्थित चुरे पहाड शृङ्खलामा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । सिन्धुलीसहित धनुषा, सिरहा, सर्लाही र महोत्तरीका सिमाक्षेत्रस्थित चुरे पहाड शङ्खलामा आइतबारदेखि लागेको डढेलो नियन्त्रणमा आउन नसकेको हो । यहाँका सरकारी तथा सामुदायिक वनमा लागेको डढेलोका कारण ठूलो क्षति पुगेको छ । डढेलोको कारण त्यस क्षेत्रका वन, वनस्पति र वन्यजन्तुको विनास भइरहेको छ । साल जातको काठको भण्डार मानिने चुरे पहाडमा लागेको डढेलो नियन्त्रण गर्न चुरेवन आसपासका सामुदायिक वन उपभोक्ता समूह, डिभिजन कार्यालय र वन कार्यालयहरुले समेत प्रभावकारी कदम चाल्न सकेका छैनन् । (ईमेज खबर)...
त्रिशुलीमा ट्रक खस्यो, एक को मृत्यु, चार घाइते

त्रिशुलीमा ट्रक खस्यो, एक को मृत्यु, चार घाइते

समाचार, समाज
चितवन—चैत ५ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पर्ने चितवनको इच्छाकामना–५ स्थित २ नम्बर पुलबाट त्रिशुली नदीमा ट्रक खस्दा एक जनाको मृत्यु भएको छ । मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना. ६ ख १४४ नम्बरको ट्रक आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल लगिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । ट्रक पुलबाट ५० मिटर तल त्रिशुली नदी किनारमा खसेको प्रहरीले जनाएको छ । (ईमेज खबर)...
नेपालमा पहिलो पटक महिला फ्रेन्चाइज टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता आयोजना हुँदै

नेपालमा पहिलो पटक महिला फ्रेन्चाइज टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता आयोजना हुँदै

खेलकुद, समाचार
काठमाडौँ —चैत ५ । नेपालको पहिलो महिला फ्रेन्चाइज क्रिकेट लिग ’एनसीएल वुमन्स ट्वेन्टी ट्वेन्टी क्रिकेट आगामी बैशाख ७ गतेदेखि हुने भएको छ । विराटनगरस्थित बैजनाथ क्रिकेट मैदानमा हुने प्रतियोगितामा चार टोलीबीच भिडन्त हुने भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा टोलीका मार्की खेलाडीसमेत घोषणा गरिएको छ । भैरहवा क्विन्सका लागि राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्री, विराटनगर रोअरिङ लायोनेसका लागि करुणा भण्डारी, धनगढी वन्डर वुमनका लागि सीता राना मगर र काठमाडौं सुपर च्याम्पियनका लागि नेरी थापा मार्की खेलाडी घोषित भएका छन् । प्रतियोगिताको लागि खेलाडी छनोट अक्सनबाट गरिने आयोजक एनसीएल स्पोर्टस प्रालिले जनाएको छ । खेलाडीलाई तीन श्रेणीमा वर्गिकरण गरेर अक्सन गरिनेछ । पछिल्लो दुई बर्षयता राष्ट्रिय टिममा स्थान बनाएका खेलाडीलाई पहिलो श्रेणीमा राखिएको छ । दुई बर्षयता टिम बाहिर रहेका...
युभेन्टस्का फरवार्ड क्रिस्टियानो रोनाल्डो कारवाहीमा पर्ने

युभेन्टस्का फरवार्ड क्रिस्टियानो रोनाल्डो कारवाहीमा पर्ने

खेलकुद, समाचार
काठमाडौँ —चैत ५ । ईटालीयन फुटबल क्लब युभेन्टस्का फरवार्ड क्रिस्टियानो रोनाल्डो कारवाहीमा पर्ने भएका छन् । गोलको खुसीयाली मनाउने क्रममा अनुचित व्यवहार गरेको भन्दै युरोपेली फुटबल महासंघ युएफाले रोनाल्डोलाई कारबाही गर्ने भएको हो । रोनाल्डोले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगको खेलमा एट्लेटिको मड्रिडविरुद्व ह्याट्रिक गरेपछि गोलको खुसीयाली मनाएका थिए । ३४ बर्षीय पोर्चुगिज खेलाडी रोनाल्डोले एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनको नक्कल गरेका थिए । पहिलो लेगको खेलमा २–० को जित निकाल्ने क्रममा एथ्लेटिको प्रशिक्षक सिमोनले पनि दर्शकहरुलाई खराब संकेत गरेका थिए । युएफाले यही मार्च २१ मा बस्ने बैठकमा रोनाल्डोको बिषयमा निर्णय गर्नेछ । यसअघि युएफाले सिमोनलाई पनि २० हजार युरोको जरिवाना गराएको थियो । (ईमेज खबर)...
नेकपा अध्यक्ष दाहाल र राउतलाई दाँज्न मिल्दैन  : बाबुराम भट्टराई

नेकपा अध्यक्ष दाहाल र राउतलाई दाँज्न मिल्दैन : बाबुराम भट्टराई

राजनीति, समाचार
काठमाडौँ —चैत ४ । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले नेकपा अध्यक्ष पुष्पकमल दाहाल र सीके राउतलाई उस्तै हो भन्न नमिल्ने बताएका छन् । पार्टी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक भट्टराईले दाहालको बचाउ गर्दै उनी एउटा जनयुद्धको नेतृत्व गरेर आएका ब्यक्ति रहेको बताए । 'दाहाल र हामी जे सुकै भए पनि अहिले अलग्गै ठाउँमा छौं,' उनले भने, 'सम्झौता गरेर नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने बिन्दुसम्म हामीले पुर्‍याएको हौ‌ ,अनि दाहाल र राउत उस्तै हो भन्न मिल्छ?,' उनले भने,' राउतले त आत्म समर्पण गरेका हुन्, दाहाल र बाबुराम त आत्मसमर्पण गरेर आएका होइनन, हामी त संघीय लोकतान्त्रिक गणतन्त्र निर्माण गर्न अगाडि लागेका मान्छे हौं, यो त हात्ती र हात्तीछाप चप्पल उस्तै उस्तै हो नानु भने जस्तै हो।' उनले राउतलाई सरकारले वार्ता गरेर पृथकतावादी बाटो छाडेर शान्ति प्रक्रियामा...
संचारकर्मी सरोज ओझालाई ईजिप्टमा ‘एम एस एन एक्सीलेन्स अवार्ड प्रदान

संचारकर्मी सरोज ओझालाई ईजिप्टमा ‘एम एस एन एक्सीलेन्स अवार्ड प्रदान

मनोरन्जन, समाचार
काठमाडौँ —चैत ४ । संचारकर्मी सरोज ओझा राज्य दैनिकको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टको अलेक्जेन्ड्रियामा सम्पन्न एम एस एन एक्सीलेन्स अवार्ड, २०१९' बाट सम्मानित भएका छन । उनी इन्फ्लुन्सियल कम्युनिकेशन विधातर्फबाट सम्मानित भएका हुन । विगत १२ बर्ष देखी नेपाल टेलिभिजनसँग आवद्ध रही हालसम्म उनले बाल आवाज, सचेतना, बिजनेस इन्फो, नमस्ते नेपाल, प्रवासीको सन्देश, आदर्श परिवार कार्यक्रम र नेपाल मै पहिलो पटक कुकिङ रियालिटी शो कलेज सेफ अाइकनको निर्माण एबम प्रसारण कार्यमा संग्लग्न रहदै संचार जगतमा विशिस्ठ योगदान पुर्याउदै आएका छन । ओझा एक सफल डकुमेन्ट्री मकेर समेत हुन । हालसम्म उनले १० अौ सार्क ब्यापार मेला, नेपालमा सुख्खा बन्दरगाहा, लुम्बिनी, गद्धी बैठक पुनर्निर्माण, सहुलियत बजार, हरियो झन्डा अभियान लगायत थुप्रै ब्रित्तचित्रमा स्क्रिप्ट लेखन तथा निर्देशन सम्बन्धी काम गरेका छन । उन...