आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
पाँचवटा आयोगका अध्यक्ष नियुक्त, नवनियुक्त पाँच अध्यक्षले राष्ट्रपति भण्डारी समक्ष लिए शपथ

पाँचवटा आयोगका अध्यक्ष नियुक्त, नवनियुक्त पाँच अध्यक्षले राष्ट्रपति भण्डारी समक्ष लिए शपथ

राजनीति, समाचार
काठमाडौँ —चैत ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेकी छन् । राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्ष पदमा समिम मियाँ अन्सारीलाई नियुक्त गरेकी हुन् । राष्ट्रिपतिको उपस्थितिमा शीतलनिवासमा आजै आयोजित विशेष समारोहमा आयोगका नवनियुक्त अध्यक्षहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पद तथा गोपनियताको शपथ गराए । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकाल, उपसभामुख शिवमाया तुम्वाहाम्फे, संवैधानिक अङ्ग र सुरक्षा निकायका प्रमुख तथा नेपाल सरकारका विशिष्ट श्रेणीक...
होली पर्व आज तराईमा मनाइँदै

होली पर्व आज तराईमा मनाइँदै

समाचार, समाज
काठमाडौँ —चैत ७ । रङैरंङको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गदै आज तराईमा मनाईदैछ । काठमाडौं उपत्यकासहित पहाडी र हिमाली जिल्लाहरुमा हिजो होली पर्व मनाइएको थियो । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकापसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ । असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ । तराईका धनुषा, सर्लाही, बारा, पर्सा, रौतहट, सिरहा, सप्तरी, उदयपुर, झापा, मोरङ, सुनसरी, बाँके, बर्दिया, कैलालीलगायतका जिल्लामा आज बि...
जर्मनी र सर्वियाले मैत्रीपूर्ण फुटबल खेलमा बराबरी खेले

जर्मनी र सर्वियाले मैत्रीपूर्ण फुटबल खेलमा बराबरी खेले

खेलकुद, समाचार
काठमाडौँ —चैत ७ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा जर्मनी र सर्वियाले १–१ गोलको बराबरी खेलेका छन् । गएराति भएको खेलमा सर्वियाका लुका योभिचले पहिलो गोल गरे । तर जर्मनीका गोरेज्काले एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् । खेलको ईन्जुरी समयमा जर्मनीका लेरोए सानेलाई फाउल गरेपछि सर्वियाका मिलान पाभ्कोभले रातो कार्ड खाएका थिए । गएराति भएको अर्को मैत्रीपूर्ण खेलमा वेल्सले ट्रिनिडाड एण्ड टोबागोलाई १–० ले हराएको छ । कठिन खेलमा वेल्सलाई विजयी गराउन बेन उडबर्नले ईन्जुरी समयमा निर्णायक गोल गरेका हुन् । (ईमेज खबर)...
नेपालले आज कुवेतसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले आज कुवेतसँग मैत्रीपूर्ण फुटबल खेल्ने

खेलकुद, समाचार
काठमाडौँ —चैत ७ । नेपाली राष्ट्रिय फुटबल टिमले आज कुवेतसँग मैत्रीपूर्ण खेल खेल्दैछ । कुवेतमा हुने खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । स्वीडेनका योहान कालिनले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण समालेपछि नेपालको यो पहिलो खेल हो । नेपाली राष्ट्रिय फुटबल टोली दुई वटा मैत्रीपूर्ण खेलका लागि कुवेत पुगेको हो । दोस्रो खेल आगामी मंगलबार हुनेछ । नेपाली सिनियर टोलीका आधा दर्जन खेलाडी अहिले युथ–२३ प्रतियोगिता खेल्न कतार पुगेका छन् । यसले राष्ट्रिय टोलीको खेलाडी छनोटलाई केही सिमित पारिदिएको छ । नेपाल र कुवेत १९ बर्षपछि खेल्न लागेका हुन । यसअघि सन् २००० मा भएको एएफसी एसिया कपमा नेपाललाई कुवेतले ५–० ले हराएको थियो । कुवेतसँग नेपाली फुटबलको निकै पुरानो साईनो छ । नेपाली खेलाडीले गरेको पहिलो अन्तर्राष्ट्रिय गोल कुवेत विरुद्धकै थियो । सन् १९८२ मा वाइबी घलेले कुवेत व...
‘अन्सारीको नागरिकता त्रुटि मानवीय कारण’- काठमाडौं प्रशासन

‘अन्सारीको नागरिकता त्रुटि मानवीय कारण’- काठमाडौं प्रशासन

राजनीति, समाचार
काठमाडौँ —चैत ५ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले समिम मियाँ अन्सारीको नागरिकताका सन्दर्भमा संसदीय सुनुवाइ समितिलाई पत्र लेखेर स्पष्ट पारेको छ । प्रशासन कार्यालयका अनुसार २०५५ पुस २२ मा अन्सारीले लिएको ७३८४ नम्बरको नागरिकतामा जन्म मिति २०३०/६/२४ भएको र २०६६ भदौ ९ मा ८७१ नम्बरको नागरिकतामा पनि २०३०/६/२४ नै भएपनि रजिस्टरमा २०३७/६/२४ हुनुमा जारी गर्ने अधिकारी र कर्मचारीको मानवीय कारणले त्रुटि भएको हो । समितिले गत फागुन २३ मा अन्सारीको नागरिकताका सम्बन्धमा स्पष्ट पार्न जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेको थियो। प्रशासनले फागुन २६ मा त्यसको जवाफ पठाएको हो। संवैधानिक परिषद्ले अन्सारीलाई गत माघ ५ मा मुस्लिम आयोगको अध्यक्षका लागि सिफारिस गरेको थियो। तर, उनीबारे समितिमा उजुरी परेको थियो। उजुरीबारे समितिले पनि छानबिन गरेको थियो। तर, अन्सारीको नाममा सत्तारुढ दल नेकपाकै सांसदहरुको मत बाझ...
प्रधानमन्त्री ओलीलाई अमेरिकी विदेशमन्त्रीको पत्र : सहयोगको बदला सर्त

प्रधानमन्त्री ओलीलाई अमेरिकी विदेशमन्त्रीको पत्र : सहयोगको बदला सर्त

राजनीति, समाचार
काठमाडौँ —चैत ५ । अमेरिकाले कबुल गरेको ‘मिलेनियम च्यालेन्ज कर्पाेरेसन’ सम्झौताअन्तर्गतको करिब ५६ अर्ब रुपैयाँ सहयोगका लागि नेपालसँग सर्त राखेको छ । अमेरिकी विदेशमन्त्री माइकल रिचार्ड पोम्पियोले हालै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्राचार गरेर उत्तर कोरियाविरुद्ध राष्ट्रसंघीय सुरक्षा परिषद्ले लगाएको नाकाबन्दीको समर्थन गर्नुपर्ने र तिब्बती शरणार्थीलाई पक्राउ गरी चीन फर्काउन नहुने सर्त राखेका हुन् । ‘प्रिय प्रधानमन्त्री, सन् २००६ मा त्यतिखेरका विदेशमन्त्री राइसलाई तपाईंले भेटेकै कोठामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई हालै भेट्दा मैले हाम्रो सम्बन्धप्रति अमेरिकाको प्रतिबद्धतालाई पुनः जाहेर गर्नुका साथै असल साझेदारी विकास होस् भनी शुभेच्छा प्रकट गरेको थिए“,’ पोम्पियोले पत्रको सुरुमा उल्लेख गरेका छन् । त्यसपछि उनले प्रधानमन्त्रीलाई नेपाललाई अमेरिकाले दिन राजी भएको ठूलो रकमको सर्त प...
बर्डफ्लु संक्रमित क्षेत्रमा उच्च सतर्कता

बर्डफ्लु संक्रमित क्षेत्रमा उच्च सतर्कता

समाचार, समाज
काठमाडौँ —चैत ५ । काठमाडौँका केही कुखुरा फार्ममा बर्डफ्लुको सङक्रमण देखापरेपछि उच्च सतर्कता अपनाइने भएको छ । बर्डफ्लु रोग नियन्त्रणसम्बन्धमा बसेको नगरस्तरीय बैठकले यस्तो निर्णय गरेको हो । बर्डफ्लुबाट कुखुरा मर्ने क्रम जारी रहेसँगै आसपास क्षेत्रमा उच्च सतर्कता अपनाइएको नगर पशु स्वास्थ्य शाखा प्रमुख डा जयप्रकाशराय यादवले बताए । उनका अनुसार तारकेश्वर-७ फुटुङको प्रभावित स्थानका तीन किमी क्षेत्रभित्र रहेका प्रत्येक फार्मको कुखुराको लक्षण जाँच गरेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी चल्ला, अण्डा, दानालगायत वस्तुमा केही दिन रोक लगाइने प्रमुख यादवले बताए । त्यस्तै स्थानीय स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेविकालाई दुई समूहमा परिचालन गरी स्थानीयवासीलाई जनचेतनामूलक कार्यक्रम गरी उनीहरुमा चेतना अभिवृद्धि गर्ने कार्य सञ्चालन गर्दै आएको नगर स्वास्थ्य शाखा प्रमुख अरुणकुमार गिरीले बताए । ब...
चन्द नेतृत्वको नेकपाका १७ कार्यकर्ता पक्राउ

चन्द नेतृत्वको नेकपाका १७ कार्यकर्ता पक्राउ

अपराध, समाचार, समाज
काठमाडौँ —चैत ५ । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै प्रहरीले अहिलेसम्म १७ नेता तथा कार्यकर्ता पक्राउ गरेको छ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार उनीहरुलाई पक्राउ गरी कानूनी कारवाही थालिएको छ । उपत्यकाबाट पाँच कार्यकर्ता पक्राउ गरेको छ । घोषणअघि विभिन्न घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थप नौ जनामाथि कारवाही जारी छ । पक्राउ पर्नेमा उक्त समूहका पोलिटब्यूरो सदस्य मोहन कार्कीसहित रहेका छन् । मुलुकभर नेपाल कम्युनिष्ट पार्टीको गतिविधिमाथि सुक्ष्म निगरानी गरी उच्च सतर्कता अपनाइएको तथा शान्ति सुरक्षा सबल र सुदृढ पारिएको सुवेदीले जानकारी दिए । सरकारले विप्लवको समूहसँग प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्न हुने व्यक्ति, संस्था र समूहलाई समेत कारवाही गर्ने निर्...
छोरी बलात्कार आरोपमा एकजना पक्राउ

छोरी बलात्कार आरोपमा एकजना पक्राउ

अपराध, समाचार, समाज
रुकुम पश्चिम — चैत ५ । छोरीलाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । सानीभेरी गाउँपालिकाका ३४ वर्षीय बलबहादुर (नाम परिवर्तन)लाई आफ्नै छोरी बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । १७ वर्षीय छोरीलाई बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । बलबहादुर विरुद्ध गत शुक्रबार पछिल्लो पटक छोरीमाथि बलात्कार गरेको उजुरी परेको छ । शुक्रबार दिउँसो श्रीमती माइत गएको र छोरी विद्यालयबाट घर नगइ साथीकै घर बसेको अवस्थामा बलबहादुरले छोरीलाई घर लैजान भनि जर्बजस्ती घर लैजाने क्रममा बाटोमा पर्ने अर्कै व्यक्तिको गोठमा जर्बजस्ती गरेको पीडित किशोरीले बताएकी छन् । किशोरीकी आमाले सानीभेरी गाउँपालिका पूर्तिमकाँडामा रहेको प्रहरी चौकीमा उजुरी दिएकी छिन् । उक्त उजुरीको आधारमा अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ...
आईपीएल खेल्न जानुअघि सन्दीप भन्छन् – ‘यसपल्ट मेरो काँधमा धेरै जिम्मेवारी थपिएको छ’

आईपीएल खेल्न जानुअघि सन्दीप भन्छन् – ‘यसपल्ट मेरो काँधमा धेरै जिम्मेवारी थपिएको छ’

खेलकुद, समाचार
काठमाडौँ —चैत ५ । अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी क्रिकेटका पहिलो नेपाली स्टार सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ संस्करणका लागि तयार छन्, फेरि एकपल्ट आफूलाई सिद्ध गर्न । गत वर्ष दिल्ली डेयर डेभिल्ससँग आवद्ध हुँदा उनी नयाँ थिए, धेरै हदसम्म कच्चा पनि थिए । त्यसैले उनले त्यति बेला धेरै मौका पनि पाएनन् । दिल्लीको टिमले अनुबन्ध गरेपछि उनी विश्व क्रिकेटका लागि सनसनीपूर्ण समाचार भने बनेका थिए । यसपल्ट यी किशोर लेग स्पिनर आफ्नो नयाँ अवतारसँगै प्रस्तुत हुनेछन्। र, यो अवतार हुनेछ, अनुभवी सन्दीपको। तय छ, यसपल्टको आईपीएलमा दिल्ली क्यापिटल्सका लागि उनको भूमिका वृहत र लामो हुनेछ। उनलाई दिल्लीले टिमका मुख्य प्रभावशाली खेलाडीका रूपमा मैदानमा उत्रनेछ। उनी बुधबार होलिकै दिन बिहान दिल्ली जाँदैछन् र त्यसको अघिल्लो दिन नेपाली मिडियासामू प्रस्तुत भए। उनले भने, 'मलाई पूरा विश्वास यसपल...