आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
समीर लामाले  इजिप्टमा ‘एम एस एन एक्सीलेन्स अवार्ड- २०१९’ हात पारे

समीर लामाले इजिप्टमा ‘एम एस एन एक्सीलेन्स अवार्ड- २०१९’ हात पारे

मनोरन्जन, समाचार
काठमाडौँ —चैत ८ । राज्य दैनिकको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजनामा ईजिप्टको अलेक्जेन्ड्रियामा ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ सम्पन्न भएको छ । नेपालका चर्चित कलाकारहरुको प्रस्तुति सहित अलेक्जेन्ड्रियाको शेराटन होटेलमा मार्च १६ तारिखमा अवार्ड कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रम अवार्ड बिजेता समीर लामाले नै संचालन गरेका थिए कार्यक्रम माझ विगत लामो समयदेखि देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा संलग्न रहि पृथक ढंगले अतुलनीय योगदान पुर्याउदै आएका अग्रज नेपालीहरुलाई सम्मान प्रदान गरिएको थियो। नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शोहरु आयोजना गरेर चर्चा कमाएको मोडल सङ्गस नेपालले आयोजना गरेको अवार्ड कार्यक्रमा ईजिप्टमा रहेका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुको आतिथ्य एवम् सहभागिता रहेको थियो । ईजिप्टका सफल व्यवसायी मोहम्मद वालिद रसादाको प्रमुख आतिथ्य...
नेपाल कुवेतसंग गोलरहित बराबरीमा रोकियो

नेपाल कुवेतसंग गोलरहित बराबरीमा रोकियो

खेलकुद, समाचार
काठमाडौँ —चैत ८ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र कुवेतले बराबरी खेलेका छन् । गएराति कुवेतको अल साहब मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । कुवेतले खेलको ६६ औं मिनेटमा पाएको पेनाल्टी अवसरलाई गोलमा बदल्न नसकेपछि बराबरीमा समेटिएको हो । फिफा वरियतामा १५८ औं स्थानमा रहेको कुवेत र १६१ औं स्थानमा रहेको नेपालले खेलमा केही राम्रा अवसर पाए पनि गोल गर्न सकेनन् । कुवेतलाई बराबरीमा रोक्न नेपालका गोलकिपर किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरे । कुवेतविरुद्ध नेपालका पाँच खेलाडीले राष्ट्रिय टोलीमा डेब्यु गरे । मुख्य प्रशिक्षक योहान कालिनले पाँच युवा खेलाडीलाई मौका दिएका थिए । युवा खेलाडीहरु अजित भण्डारी, बिमल राना, सन्तोष तामाङ, सुरज विश्वकर्मा र रवी पासवानले नेपाली टोलीमा डेब्यु गरेका हुन् । दुई मैत्रीपूर्ण खेल खेल्न कुवेत पुगेको नेपाली टोलीले अब मंगलबार दोस्रो खेल खे...
आफ्नो जिम्मेवारीप्रति सजग छाैँ : सेना

आफ्नो जिम्मेवारीप्रति सजग छाैँ : सेना

समाचार, समाज
काठमाडौँ —चैत ७ । आधिकारीक श्रोतले दिएको औपचारिक सूचनाबाहेक श्रोतको हवला दिँदै केही सञ्चार माध्यमहरुमा प्रकाशित समाचारकाे सेनाले बिहीबार विज्ञप्तिमार्फत खण्डन गरेकाे छ । सेनासम्बन्धी गरेका विभिन्न भ्रामक र कपोलकल्पित टिकाटिप्पणीहरु प्रति सेनाको ध्यानाकर्षण भएको भन्दै खण्डन गरेकाे हाे । सेना नेपालको संविधान, सैनिक ऐन र सरकारको नीति तथा निर्देशन अनुसार सञ्चालन हुने संस्था भएकाले सेना आफ्नो जिम्मेवारीप्रति सजग छाैँ । सोही मान्यतामा सेना सदैव अडिग रहेको विज्ञप्तिमा भनिएकाे छ । अहिले सेना पूर्व निर्धारित तालिम, सैनिक अभ्यास तथा स्वास्थ्य शिविरलगायतका नियमित कार्यमा केन्द्रीत भएकाले यस्ता समाचारकाे भ्रममा नपर्न विज्ञप्तिमार्फत आग्रह गरेकाे छ । (नयाँ पत्रिका)...
काभ्रेमा प्रहरी र विप्लव नेतृत्वको नेकपा कार्यकर्ताबीच गोली हानाहानको समाचार आधारहीन

काभ्रेमा प्रहरी र विप्लव नेतृत्वको नेकपा कार्यकर्ताबीच गोली हानाहानको समाचार आधारहीन

अपराध, समाचार, समाज
काठमाडौँ —चैत ७ । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हालै काभ्रेमा प्रहरी र नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको समाचार आधारहीन भएको जनाएको छ । पार्टीका मध्य केन्द्रीय कमान्ड इन्चार्ज सुदर्शनले हस्ताक्षर गरेको विज्ञप्तिमा प्रहरी आफैले एकतर्फी गोली चलाएर संगठन सुदृढीकरण तथा विस्तार अभियानमा रहेका अभियानकर्मी विशाल तामाङ, नुमबाहदुर विक, शिव धिमाल र दीपेन्द्र राईलाई पक्राउ गरेको उल्लेख छ । विज्ञप्तिमा आफ्नो आन्दोलन पुँजीवादीसँग भएको भन्दै अहिले प्रहरी तथा सुरक्षा निकायमाथि आक्रमण गर्ने योजना नभएको स्पष्ट पारेको छ । बिहीबार प्रेसविज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको निशाना दलाल पुँजीवादी, कालोबजारी, भ्रष्टाचारी र बलात्कारीहरू रहेको तर सेना, प्रहरी वा कुनै पनि सुरक्षा निकाय लक्षित आक्रमण गर्ने नीति नभएको स्पष्ट पारेको छ । (नयाँ पत्रिका)...
सरकारलाई महिला हिंसाविरुद्ध एम्नेस्टी नेपालले बुझायो २३ हजारभन्दा बढी पत्र

सरकारलाई महिला हिंसाविरुद्ध एम्नेस्टी नेपालले बुझायो २३ हजारभन्दा बढी पत्र

समाचार, समाज
काठमाडौँ —चैत ७ । विश्व मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलको नेपाल शाखाले नेपाल सरकारलाई २३ हजारभन्दा बढी पत्र हस्तान्तरण गरेको छ । पत्रलेखनकै माध्यमबाट जोखिमपूर्ण अवस्थामा रहेका मानिसको मानवअधिकार रक्षाका लागि कार्यरत् एम्नेस्टी इन्टरनेसनलको नेपाल शाखाले नेपालमा बढ्दो महिला हिंसा रोक्न माग गर्दै उक्त पत्रहरु नेपाल सरकारअन्तर्गत्को गृह मन्त्रालयमा बुझाएको हो । महिला हिंसा अन्त्यका लागि ठोस उपायहरूको माग राख्दै २३ हजार २४७ पत्र गृह मन्त्रालयलाई बुझाएको एम्नेस्टी नेपालले जनाएको हो । ती पत्र एम्नेस्टी इन्टरनेसनल नेपालका सदस्य तथा समर्थकहरूले एम्नेस्टी इन्टरनेसनलको सन् २०१८ को २९ नोभेम्बर देखि २० डिसेम्बरसम्म चलेको विश्वव्यापी पत्रलेखन कार्यक्रम ‘राइट फर राइट्स’ अभियानकाक्रममा संकलन गरेका थिए । पत्रहरूमा स्थायी सरकार बनेको परिवर्तित राजनीतिक सन्दर्भमा पनि नेपालमा बढ्दो म...
अंगीकृत नागरिकताका विषयमा सुझाव दिन उपसमिति गठन

अंगीकृत नागरिकताका विषयमा सुझाव दिन उपसमिति गठन

राजनीति, समाचार
काठमाडौँ —चैत ७ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अंगीकृत नागरिकता दिने विषयमा सुझाव दिन ५ सदस्यीय उपसमिति गठन गरेको छ । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलको क्रममा समितिका सदस्यहरुबीच मतभेद भएपछि समस्या समाधानका लागि सुझाव दिन पाँच सदस्यीय उपसमिति गठन गरिएको हो । उपसमितिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट विजय सुब्बा, यशोदा सुवेदी र नवराज सिलवाल, कांग्रेसका तर्फबाट देवेन्द्रराज कँडेल र संघीय संमाजवादी फोरम, नेपालका तर्फबाट रामसहाय प्रसाद यादव रहेको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन् । बैठकमा समितिका सदस्यहरुले नेपाली नागरिकसँग विवाह गरेको १० वर्ष पूरा नभएका विदेशी महिलालाई अंगीकृत नागरिकता दिन नपाउने व्यवस्था गर्न सरकारसँग माग गरेका थिए । समितिका सदस्य झपड रावलले नेपालीसँग व...
जनताका साना पूँजीबाट आफ्नो मुलुक आफैँ बनाउन सकिने : प्रधानमन्त्री

जनताका साना पूँजीबाट आफ्नो मुलुक आफैँ बनाउन सकिने : प्रधानमन्त्री

आर्थिक, समाचार
काठमाडौँ —चैत ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका साना साना पूँजी सङ्कलित गरेर ठूला आयोजनामार्फत आफ्नो मुलुक आफैँ बनाउन सकिने बताएका छन् । ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्को सेयरधनी’ भन्ने नारासहित जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत ‘त्रिशूली बी’ को सेयर आवेदन शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले मौरीले फूलको रस ल्याएर चाका बनाएजस्तै ठूला आयोजनामा जनताको लगानी बढाएर देशलाई स्वाधीन र समृद्ध बनाउन सकिने बताए । उनले भने,‘नेपाल ऊर्जाको धनी देश हो । पानीको सदुपयोग हुन नसकेको अवस्थामा यस्ता आयोजना सफल बनाउनुपर्छ । यसमा सहभागी हुन स्वदेश र विदेशमा रहेका सबै नेपालीलाई म आग्रह गर्दछु ।’ प्रधानमन्त्री ओलीले विकासका लागि कसैसँग हात नथापी यस्ता आयोजनालाई नमूनाको रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिँदै कृषि, पर्यटनजस्ता क्षेत्रमा पनि जनताको लगानी जोडेर देशलाई आत्मनिर्भर ब...
सुनकोशी नदीमा डुबेर बालक बेपत्ता

सुनकोशी नदीमा डुबेर बालक बेपत्ता

समाचार, समाज
काभ्रेपलाञ्चोक—चैत ७ । तेमाल गाउँपालिका–२ चुखाबेँसीस्थित सुनकोशी नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् । बुधबार दिउँसो फागु खेलेर पौडी खेल्न गएका तेमाल गाउँपालिका–२ लामबगरका मोहनलाल तामाङका १४ वर्षीय छोरा सुमन नदीमा डुबेर बेपत्ता भएका हुन् । अन्य तीन साथीसँग दिउँसो ३ बजे सुनकोशी नदीको दहमा पौडी खेल्न गएका उनी पहिला हामफालेको र डुबेर बेपत्ता भएको उनका भिनाजु पेमा लामाले जानकारी दिए । स्थानीयवासी र प्रहरीले राति अबेरसम्म नदीमा खोजतलास गर्दा सुमन नभेटिएकाले आज बिहानैदेखि पुनः खोजी भइरहेको उनले बताए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले सुमनको खोजी गर्न आज गोताखोरको पनि व्यवस्था गरिएको जानकारी दिए । (रासस)...
पञ्जाब नेसनल बैंकको २ अर्ब डलर घोटाला गरेको आरोपमा नीरव मोदी लन्डनमा पक्राउ

पञ्जाब नेसनल बैंकको २ अर्ब डलर घोटाला गरेको आरोपमा नीरव मोदी लन्डनमा पक्राउ

राजनीति, समाचार
काठमाडौँ —चैत ७ । पञ्जाब नेसनल बैंकको २ अर्ब डलर घोटाला गरेको आरोपमा भारतीय हीरा व्यापारी नीरव मोदी लन्डनमा पक्राउ परेका छन् । मोदीलाई लन्डन प्रहरीले होल्बोर्न क्षेत्रबाट मंगलबार गिरफ्तार गरेको हो । बुधबार वेस्टमिनिस्टर अदालतमा पेस गरिएकामा उनको धरौटीको माग अस्वीकार गरिएको छ । उनलाई अब ९ दिन हिरासतमा राखिनेछ भने अर्को सुनुवाइ २९ मार्चमा हुनेछ । अब उनलाई लिन भारतीय अधिकारीहरू सुपुर्दगीसम्बन्धी कागजात लिएर अर्को साता लन्डन जानेछन् । पञ्जाब बैंकको घोटाला सार्वजनिक हुनुपूर्व नै उनी गतवर्ष लन्डन भागेका थिए । यही मार्चको पहिलो साता बेलायतको टेलिग्राफ पत्रिकाले उनी लन्डनको वेस्ट इन्डस्थित ८० लाख पाउन्डको अपार्टमेन्टमा बस्दै आएको खुलासा गर्दै भिडियोसहितको समाचार प्रकाशित गरेपछि नीरवको सुपुर्दगीका लागि बेलायती अदालतमा कानुनी प्रक्रिया सुरु गरिएको थियो । यसअघि गत अगस्टमै उनलाई सुपुर्दगी गर्...
गिरिजाप्रसादको सभामुख महराले गरे प्रशंसाः ‘कोइराला नेपालको शान्तिप्रक्रियाका नायक’

गिरिजाप्रसादको सभामुख महराले गरे प्रशंसाः ‘कोइराला नेपालको शान्तिप्रक्रियाका नायक’

राजनीति, समाचार
काठमाडौँ —चैत ७ । सभामुख कृष्णबहादुर महराले गिरिजाप्रसाद कोइराला नेपालको शान्तिप्रक्रियाका नायक भएको बताएका छन् । गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवसको सन्दर्भमा आज काठमाडौंमा गरिएको कार्यक्रममा सभामुख महराले राष्ट्रिय र अन्तर्राष्ट्रिय चुनौतिका बीच उनले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्‍याएको स्मरण गरे । १२ बुँदे सम्झौतादेखि पछाडिका शान्ति प्रकृयाका महत्वपूर्ण काम पूरा गर्न कोइरालाको भूमिका महत्वपूर्ण रहेको उनको भनाई थियो । सेना समायोजनदेखि हतियार ब्यवस्थापनसम्म चुनौति भए पनि उनले सहज रुपमा काम गरेको महराको भनाइ थियो । सभामुख महराले गिरिजाप्रसाद कोइराला सबै राजनीतिक दललाई साथ लिएर अगाडि बढ्न सक्ने नेताको रुपमा आफूले पाएको बताए । कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन थापा र भीमसेनदास प्रधानले गिरिजाप्रसाद कोइरालाले देखाएको बाटोमा हिँड्नुपर्ने आवश्यकता औंल्याए । ...