आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
नेपाल आज कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दै

नेपाल आज कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दै

खेलकुद, समाचार
काठमाडौँ —चैत ११ । नेपाली राष्ट्रिय फुटबल टोलीले सोमबार कुवेतविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । पहिलो खेलमा कुवेतलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो खेलमा पनि घरेलु टोलीलाई बराबरीमा रोक्ने लक्ष्य राखेको छ । कुवेतविरुद्धको गोल खडेरी आजको खेलमा तोडिने विश्वास लिएको छ । ‘हामी आजको प्रतिस्पर्धामा बराबरीका लागि नै प्रयास गछौँ,’ नेपाली टोलीका प्रमुख प्रशिक्षक योहान कोलिनले नयाँ पत्रिकासँग भने । रोक्नु मुख्य चुनौती पहिलो खेलमा सनसनीपूर्ण बराबरी गरेपछि उत्साही बनेको नेपाल दोस्रो खेलमा आत्मविश्वासी प्रदर्शनका लागि मैदान उत्रने प्रशिक्षक कालिनले जानकारी दिए । पहिलो खेलकै स्पिड दोस्रो खेलमा पनि जारी राख्ने गरी तयारी गरेको उनले बताए । कोलिनले भने, ‘पहिलो खेलपछि दोस्रो खेलमा उनीहरू केही आक्रामक हुनेछन् । हामी उनीहरूको चुनौतीलाई रोक्नका लागि मैदानमा उत्रन्छौँ ।’ कोलि...
मौसम बदलीसँगै देशका अधिकांश भू–भागमा हल्का वर्षाको सम्भावना

मौसम बदलीसँगै देशका अधिकांश भू–भागमा हल्का वर्षाको सम्भावना

समाचार, समाज
काठमाडौँ —चैत ११ । पश्चिमी वायुको प्रभावले आज मौसम बदलीसँगै काठमाडौं उपत्यकासहित देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । आज बिहानबाट नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले पश्चिमी भेगका केही स्थान र पहाडी क्षेत्रका एक/दुई स्थानमा मेघ गर्जनसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् । उनका अनुसार दिउँसो पश्चिमी क्षेत्रमा यसको प्रभाव देखिन्छ र बेलुकी पखबाट मध्य र पूर्वी भू–भागको मौसम पनि क्रमशः प्रभावित भई मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रि–मनसुनको समय भएकाले वर्षा लामो समयसम्म नहुने र छिनमै मौसम परिवर्तन हुने बताइएको छ । राति देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महा...
एएफसी यू २३ च्याम्पियनसिपको छनोट खेलमा नेपाल कतारसँग पराजित

एएफसी यू २३ च्याम्पियनसिपको छनोट खेलमा नेपाल कतारसँग पराजित

खेलकुद, समाचार
काठमाडौँ —चैत ११ । कतारसँग ५-० गोलले पराजित भएसँगै नेपाल एएफसी यू २३ च्याम्पियनसिपको छनोट चरणबाट बाहिरिएको छ । पहिलो खेलमा नेपालले ओमानसाग १-० को पराजय व्यहोरेको थियो । दोहास्थित एस्पायर एकेडेमी मैदानमा भएको खेलमा घरेलु टोली कतारबिरुद्ध रक्षात्मक रणनीति लिएको नेपालको प्रदर्शन निकै कमजोर देखियो। मुख्यतः गोलरक्षक अपर्ण कार्कीले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन्। कतारका लागि कप्तान बासम अलरावी र अब्दुल्लाह अलाराकले २-२ तथा खालिफा साद खालिफले एक एक गोल गरे। २५औं मिनेटमा कतारले पेनााल्टीमार्फत अग्रता लिएको हो। अनन्त तामाङले कतारका हसन अहमद पालाङलाई फल गरेपछि पाएको पेनाल्टीमा अब्दुल्लाहले गोल गरे। पहिलो हाफमा एक गोलको अग्रता बनाएको कतारले दोस्रो हाफमा ३ गोल थप्यो।५३ औं मिनेटमा एसियन च्याम्पियन कतारी टोलीका सदस्यसमेत रहेका कप्तान बासमले करिव ३५ यार्डबाट प्रहार गरेको बल गोलरक्षक अपर्...
चन्द समूहका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ पक्राउ

चन्द समूहका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ पक्राउ

अपराध, समाचार
काठमाडौँ —चैत ११ । नेत्रविक्रम चन्द समूहका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर)लाई प्रहरीले पक्राउ गरेको छ । उच्च स्रोतका अनुसार श्रेष्ठलाई आइतबार राति पूर्वी क्षेत्रबाट पक्राउ गरेको हो । स्राेतका अनुसार प्रहरीले उनलाई आजै सार्वजनिक गर्ने सम्भावना छ। द्वन्द्वकालीन समयमा श्रेष्ठ तत्कालीन माओवादीका ब्यूरो सदस्य थिए।उनी काठमाडौंस्थित मिर्मिरे एफएमका पूर्व अध्यक्ष समेत हुन। सरकारले प्रतिबन्ध लगाएसँगै चन्द समूहका नेता कार्यकर्तामाथि निगरानी बढाएको छ। शुक्रबार राति काभ्रेबाट नेक्रवित्रम चन्द समूहका तेस्रो वरीयताका नेता एवं मध्य क्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित नौ जनालाई पक्राउ गरेसँगै अन्य उच्च नेताहरूमाथि निगरानी बढाएको छ । राजधानीसहित देशका विभिन्न भागमा भएका विस्फोटका घटनाको अनुसन्धान गरिरहेको प्रहरीले चन्द समूहका गतिविधिको सूक्ष्म अनुसन्धान गरिर...
नेपाल–जापान श्रम समझदारी आज

नेपाल–जापान श्रम समझदारी आज

आर्थिक, समाचार
काठमाडौँ —चैत ११ । जापानले नेपाली कामदार लैजाने विषयमा दुई देशबीच सोमबार काठमाडौंमा श्रमसमझदारी हुँदै छ । यसलाई दुई देशबीच ‘सहकार्य गर्ने समझदारी’ को नाम दिइएको छ । जापानले पहिलोपटक ‘श्रम भिसा’ मा सोझै नेपालबाट कामदार लैजाने भएपछि दुई देशबीच समझदारीमा हस्ताक्षर हुन लागेको हो । जापानले आउँदो अप्रिल १ देखि नेपालसहित ९ देशबाट विदेशी कामदार ल्याउने निर्णय गरेको छ । निमित्त श्रमसचिव र नेपालका लागि जापानी राजदूतले समझदारीपत्रमा हस्ताक्षर गर्नेछन् । समझदारीअनुसार दुई देशका सरकारी संयन्त्रको समन्वयमा कामदार भर्ना हुनेछन् ।‘जापान जाने नेपाली कामदारले म्यानपावर धाइराख्नुपर्नेछैन । कामदार पठाउने कार्य सरकारी संयन्त्रबाटै गर्ने सहमति भएको छ,’ श्रम मन्त्रालयका एक अधिकारीले भने, ‘तेस्रो पक्षको संलग्नता हुँदा उच्च ठगी हुने सम्भावना देखिएको थियो । हाम्रो मुख्य उद्देश्य नै कामदार ठगी हुनबाट जोगिनु...
नायिका एवं सफल ईभेन्ट आयोजक शान्ता तामाङ्ग ईभेन्ट आयोजकहरुको छाता संगठन ईमानको उपाध्यक्षमा चयन

नायिका एवं सफल ईभेन्ट आयोजक शान्ता तामाङ्ग ईभेन्ट आयोजकहरुको छाता संगठन ईमानको उपाध्यक्षमा चयन

मनोरन्जन, समाचार
मोडलिङ्ग क्षेत्रमा सक्रियता संगै मिसेस नेपाल आईकनको विजेता हुदै विगत केहि वर्ष देखी सफल सौन्दर्य प्रतियोगीता आयोजकको रुपमा समेत चर्चा कमाएकी नायिका एवं महिला व्यबसायीको रुपमा समेत परिचित शान्ता कुमारी तामाङ्ग देशभर छरिएर रहेका ईभेन्ट आयोजकहरुको छाता संगठन ईभेन्ट म्यानेजमेन्ट एसोसिएसनको उपाध्यक्षमा चयन भएकी छिन । विगत केहि वर्षदेखी बिवाहित जनजाती समुदायका महिलाहरुको सौन्दर्य प्रतियोगीहरु आयोजना गर्दै सफल ईभेन्ट आयोजकको रुपमा समेत ख्याती कमाउदै आएकी शान्ताको मुख्य भूमिका रहेको प्रतिक्षित चलचित्र हिमालकी रानी शिघ्र प्रदर्शनको क्रममा रहेको छ । वरिष्ठ ईभेन्ट निर्देशक लब वहादुर कार्कीको नेतृत्वमा नवगठित ईभेन्ट म्यानेजमेन्ट एसोसियसनमा नायिका एवं एसके ईन्टरटेनमेन्टकी अध्यक्ष शान्ता उपाध्यक्ष पदमा चयन भएकी हुन । गठति भएको ईमानमा १३ जनाको कार्यसमितीको चयन गरिएको छ भने झण्डै १ दर्जन ईभेन्ट आयोजकरुले ...
विदुरमा मिलाप फाउण्डेसनद्वारा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

विदुरमा मिलाप फाउण्डेसनद्वारा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

मनोरन्जन, समाचार
काठमाडौँ —चैत ८ । मिलाप फाउण्डेसनले शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । ‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारा सहित सामाजिक अभियान सुरु गरेको मिलाप फाउण्डेसनले शुक्रबार नुवाकोट, विदुर–३ मैतार स्थित चण्डी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको हो । इभेन्टम्यानेजमेन्ट एसोसियन अफ नेपाल (इमान) र विदुर नगरपालिका वार्ड नं. ३को सहकार्यमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको थियो । कार्यक्रममा एकसय ५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरणा गरिएको छ । जिल्ला समन्वय समिति नुवाकोटका सदस्य गणेशबहादुर शाहीको प्रमुख आतिथ्यता एवम् विदुर नगरपालिका–३का वडा अध्यक्ष बद्री रिमालको विशेष आतिथ्यतामा विद्यालयमा अध्यनरत विद्यार्थीलाई सामाग्री वितरणा गरिएको थियो । विशुद्ध सामाजिक सेवाका भावनाले सामाजिक उत्तरदायित्वका कार्य ...
सफल एवं वरिष्ठ ईभेन्ट निर्देशक लब वहादुर कार्की ईभेन्ट आयोजकहरुको छाता संगठन ईभेन्ट म्यानेजमेन्ट एसोसियसनको अध्यक्षमा चयन

सफल एवं वरिष्ठ ईभेन्ट निर्देशक लब वहादुर कार्की ईभेन्ट आयोजकहरुको छाता संगठन ईभेन्ट म्यानेजमेन्ट एसोसियसनको अध्यक्षमा चयन

मनोरन्जन, समाचार
विगत डेढ दशक भन्दा बढी समय देखी निरन्तर विभिन्न सफल सौन्दर्य प्रतियोगीताहरु आयोजना गरेर सफल ईभेन्ट आयोजकको रुपमा परिचय बोकेका एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लब वहादुर कार्की नेपालभर छरिएर रहेका ईभेन्ट आयोजकहरुको छाता संगठन ईभेन्ट म्यानेजमेन्ट एसोसिएसनको अध्यक्ष चयन भएका छन । मिस्टर एण्ड मिस नेपाल आईकन, मिसेस नेपाल आईकन, लिटिल आईकन, नेपाल्स लिटिल आईकन, चिल्ड्रेन आईकन, टिचर आईकन लगायत झण्डै आधा दर्जन चर्चित पेजेन्टहरु आयोजना गर्दै आएका कार्कीको नेतृत्वमा गठन भएको १३ जनाको कार्यसमितीको चयन गरिएको छ भने झण्डै १ दर्जन ईभेन्ट आयोजकरुले संस्थापक सदस्यको रुपमा सदस्यता प्राप्त गरेका थिए । नेपालमा पहिलो पटक फरक एवं पृथक युवायुवती माझ लोकप्रिय र्यापर गीतको प्रतियोगीता व्याटल नेपालको तयारीमा व्यस्त कार्की ईभेन्ट अर्गनाईजरको रुपमा थुप्रै सम्मान र अवार्ड प्राप्त गर्न सफल भएका छन । शनिबार वान...
कार्यक्रम ब्यवस्थापन संघ, नेपाल (इमान)द्वारा पत्रकार भेटघाट  मार्फत औपचारिक  शुभारम्भ

कार्यक्रम ब्यवस्थापन संघ, नेपाल (इमान)द्वारा पत्रकार भेटघाट मार्फत औपचारिक शुभारम्भ

मनोरन्जन, समाचार
काठमाडौँ —चैत ८ । सौन्दर्य प्रतियोगिता, महोत्सव, फेशन शो, अवार्ड वितरण लगायत विविध ईभेन्ट संग सम्बन्धित मनोरन्जनात्मक कार्यक्रम एवं प्रतियोगिता आयोजकहरुको छाता संगठन कार्यक्रम ब्यवस्थापन संघ, नेपाल इमान को औपचारिक शुभारम्भ तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । शनिबार वानेश्वरमा आयोजित पत्रकार सम्मेलन कार्यक्रम माझ पूर्व पर्यटन मन्त्री कृपाशुर शेर्पाले संघको औपचारिक शुभारम्भ भएको घोषणा गरे । संघको औपचारिक शुभारम्भ पश्चात पूर्व मन्त्री शेर्पाले संघका पदाधिकारी एबम संस्थापक सदस्यहरुलाई प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री शेर्पाले कार्यक्रम ब्यवस्थापन कार्य आफैमा चुनौतीपूर्ण रहेको औल्याउदै संघले कार्यक्रम ब्यवस्थापनको क्षेत्रमा कृयाशिल आफ्ना सदस्यहरुलाई चुस्त र प्रभावकारी ढंगले कार्यक्रम सम्पन्न गराउन अभिप्रेरित गर्नुपर्ने बताए । कार्...
भारतले पाँचौ पटक जित्यो साफ महिला च्याम्यिनसिपको उपाधि, नेपाल ३-१ ले पराजित

भारतले पाँचौ पटक जित्यो साफ महिला च्याम्यिनसिपको उपाधि, नेपाल ३-१ ले पराजित

खेलकुद, समाचार
काठमाडौँ —चैत ८ । भारत पाचौँ पटक साफ वुमन्स च्याम्पियनसिप बनेको छ । विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको फाइनल खेलमा नेपाललाई ३-१ गोल अन्तरले हराउँदै भारतले उपाधि उचालेको हो । दिउँसो ३ बजेदेखि सुरु भएको खेलको २६ औं मिनेटमा भारतका लागि डालिमा चिबरले फ्रि किकमार्फत् गोल गरेकी थिइन् । भारतले यो प्रतियोगिताका सबै संस्करणको फाइनल जित्न सफल भयो भने नेपाल पहिलो पटक उपाधि जित्ने अवसरबाट बञ्चित रह्यो । भारतले खेलको २६ औँ मिनेटमा नै अग्रता लिएको थियो । भारतका लागि २६ औँ मिनेटमा डालिमा छिब्बरले सुरुवाती अग्रता दिलाएकी थिइन् । तर खेलको ३३ औँ नेपाली खेलाडी सावित्रा भण्डारीले हेडरमार्फत गोल गर्दै खेललाई बराबरी गरिन् । पहिलो हाफमा बराबरी नेपाल र भारतले बराबरी खेलेका थिए । तर, दोस्रो हाफमा भारतका ग्रेस डाङमीले ६३ औं र अञ्जु तामाङले ७८ मिनेटमा गोल गरेका थिए ।...