आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
आत्महत्या गरिएको भिडियो सामाजिक सञ्जालमा सेयर गर्नेलाई प्रहरीले कारबाही गर्ने

आत्महत्या गरिएको भिडियो सामाजिक सञ्जालमा सेयर गर्नेलाई प्रहरीले कारबाही गर्ने

अपराध, समाचार
काठमाडौं । आत्महत्या गरिएको भिडियो फेसबुकसहितका सामाजिक सञ्जाल तथा अनलाइन पोर्टलहरुमा सेयर गर्नेलाई प्रहरीले कारबाही गर्ने भएको छ । आत्महत्याका भिडियोहरू फेसबुकसहितका सामाजिक सञ्जाल तथा अनलाइन पोर्टलहरुमा अपलोड गर्ने क्रम बढेपछि प्रहरीले त्यस्तो गतिविधिमा रोक लगाउन लागेको हो । प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता किसिमका कार्यहरु सार्वजनिक नैतिकता एवं शिष्टाचारविरुद्ध हुने, समाजमा घृणा वा द्वेष फैलाउने, साथै विभिन्न किसिमका मानसिक पीडामा रहेका व्यक्तिहरुलाई आत्महत्या गर्नका लागि दुरुत्साहन पुर्‍याउने हुँदा नेपालको प्रचलित कानुन बमोजिम दण्डनीय भएकोले त्यस्ता कार्यहरु कसैले पनि नगर्न नगराउन हुन अनुरोध गरिएको छ ।’ ...
आपत्तिजनक रिपोर्टलाई लिएर जीन्यूजको नेपालीसँग क्षमायाचना

आपत्तिजनक रिपोर्टलाई लिएर जीन्यूजको नेपालीसँग क्षमायाचना

राजनीति, समाचार
काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबारे बनाएको आपत्तिजनक रिपोर्टलाई लिएर भारतीय टेलिभिजन च्यानल जी न्यूजले क्षमायाचना गरेको छ । नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिएलगत्तै जीन्यूजको क्षमायाचना आएको हो । जीन्यूज झारखण्डले भनेको छ, ‘एउटा जिम्मेवार च्यानल भएको नाताले हामी आफ्नो सामग्रीलाई लिएर सदैव सजग रहन्छौं । तर भुलवस केही सामग्रीले कसैको भावनामा ठेस पुगेमा हामी गल्ति स्वीकार पनि गर्छौं । हाम्रो च्यानलबाट ‘ओलीका इश्किया’ शिर्षकमा प्रशारित सामग्रीले नेपालका जनताको भावनामा चोट पुगेकोमा हामी दुख व्यक्त गर्न चाहन्छौंं । हामीलाई नेपाली दर्शकको माया प्राप्त भइरहने विश्वास छ ।’ तर च्यानलले उक्त सामग्री भने अहिले पनि यूट्यूबबाट हटाएको छैन । ...
नेपालमा कार्यरत विदेशीलाई आउन स्वीकृति दिन मन्त्रिपरिषदमा प्रस्ताव लैजाने सीसीएमसीको निर्णय

नेपालमा कार्यरत विदेशीलाई आउन स्वीकृति दिन मन्त्रिपरिषदमा प्रस्ताव लैजाने सीसीएमसीको निर्णय

आर्थिक, राजनीति, समाचार
काठमाडौं- कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिले नेपालमा लगानी गरेका लगानीकर्ता वा तिनका प्रतिनिधि, नेपालमा शाखा खोली कारोबार गरिरहेका बहुराष्ट्रिय निगमका व्यवस्थापक कर्मचारी, अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाका प्रमुख वा कर्मचारीहरुलाई नेपालमा आउनलाई स्वीकृति दिन मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय गरेको छ। सीसीएमसी निर्देशक समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिएका छन्। यसका साथै  प्रदेश र जिल्ला स्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरको संरचनामा स्वास्थ्य प्रमुखहरुलाई समावेश गर्ने निर्णय गरेको छ। बैठकपछि उनले भने, ‘प्रदेश र जिल्ला स्तरिय सीसीएमसीमा सम्बन्धित प्रदेशको स्वास्थ्य प्रमुख र जिल्लाको स्वास्थ्य प्रमुखलाई समावेश गर्ने प्रस्ताव मन्...
गायक चिरञ्जीवी भण्डारीको नयां गीतको म्युजिक भिडियो ‘बदमास’ सार्वजनिक (भिडियो)

गायक चिरञ्जीवी भण्डारीको नयां गीतको म्युजिक भिडियो ‘बदमास’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं– गायक चिरञ्जीवी भण्डारी नयां गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन् । ‘बदमास’ बोलको उक्त गीतको म्युजिक भिडियो बिहिबार साँझ सार्वजनिक गरिएको छ । उक्त गीतलाई संगीतकार भीम बिसीले संगीतबद्ध गरेका छन् भने शब्दहरु विक्रम सुन्दासले रचना गरेका हुन् । गीतमा पुष्कर सुनुवारले संगीत संयोजन गरेका छन् । दिलिप ओखेडाद्वारा निर्देशन तथा नृत्य निर्देशन गरिएको उक्त गीतको म्युजिक भिडियोमा मोडल तथा सञ्चारकर्मी सोनिका रोकाया तथा दिपेन्द्र सोनामले अभिनय गरेका छन् । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त गीतको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका छन् । भिडियो ओएसआर डिजिटलको च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियो : https://youtu.be/8RmOKvd2ezs ...
भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द

भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द

आर्थिक, समाज
काठमाडौं । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए । भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको शर्माले बताए । ...
६ सय व्यक्तिलाई निःशुल्क खाना खुवाइरहेको कार्यक्रम स्थगित

६ सय व्यक्तिलाई निःशुल्क खाना खुवाइरहेको कार्यक्रम स्थगित

समाचार, समाज
असार २५ । कोरोना करहले दैनिक खान नपाएका पिडितलाई बुढानिलकण्ठ नगरपालिका-३का शिव श्रेष्ठले आफ्नो व्यक्तिगत प्रयासमा दैनिक सडकमा ६ सय व्यक्तिलाई निःशुल्क खाना खुवाइरहेको कार्यक्रम भोलीदेखि स्थगित गरेका छन् । पछिल्लो समय लकडाउन केही खुकुलो भएपछि खाना खान आउनेको सङ्ख्या तीनदेखि चारसय रहेको र सहयोगी साथीहरु कमहुँदै गएकोले हाललाई यो कार्यक्रम स्थगित गरिएको उनले बताए । वैशाख २५ गतेदेखि उनको समूहले नियमित खाना खुवाउँदै आइरहेका थिए । यसकार्यका लागि उनलाई रामलाल श्रेष्ठ, भीमसेन टी लामालगायतले सहयोग गरिरहेका थिए । पबित्र सेवाभाबले शुरु गरिएको खाना खुवाउने यस अभियान शुरुमा आफैँले व्यक्तिगत खर्चमा शुरु गरेता पनि पछिल्लो समय अन्य सङ्घ संस्थाहरुको सहकार्य भएको शिवले जनाए । यस महान् कार्यका लागि आ-आफ्नो ठाउँबाट सहयोग पुर्‍याउने सबैलार्ई शिवले धन्यवाद दिएका छन् । आउँदा दिनमा पनि यस कार्य...
गिनीज बुक अफ द वर्ल्ड रेकर्डमा नाम लेखाए चर्चित संगितकार सन्तोष श्रेष्ठले

गिनीज बुक अफ द वर्ल्ड रेकर्डमा नाम लेखाए चर्चित संगितकार सन्तोष श्रेष्ठले

मनोरन्जन, समाचार
दर्जनौ लोकप्रिय गीतमा संगीत भरेका संगीतकार एवम् गायक सन्तोष श्रेष्ठको नाम गिनीज बुक अफ द वर्ल्ड रेकर्डमा दर्ता भएको छ ।  तिम्रो दिलमा चोट लाग्दा, तिमीले पराइ ठानेपछि लगायतका उनले सयौ गीतहरुमा संगीत भरेका छन् । दाङ्गको हापुरमा जन्मिएका सन्तोष लोक संगीतबाट संगीतकर्ममा लागेका थिए । सुगम संगीतको क्षेत्रमा अहिले उनी लोकप्रिय संगीतकारको रुपमा चिनिने गरेका छन् । उनले एउटै गीतलाई अन्तर्राष्ट्रिय ११ भाषामा संगीत गरेका कारण गिनीज बुक अफ द वल्र्ड रेकर्डमा नाम राख्न सफल भएको बताए । काठमाडौमा बसेर संगीत कर्मलाई नै व्यवसाय वनाएका श्रेष्ठले डिआर उपाध्यायको शब्दमा नेपाली, हिन्दी, चाइनिज, जापानी, अङ्ग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेन, इटालियन, जर्मन, थाई गरी १२ भाषामा गीत रेकर्डिङ गरिएको थियो । विगत २० वर्षदेखि नेपाली गीत/संगीत क्षेत्रमा सक्रिय सन्तोष यो सफलताले आगामी दिनमा झनै संगीत कर्ममा ...
गायिका तथा संचारकर्मी अनिताको तीज गीत ‘यस्तो बनोस् मेरो तीज’ सार्वजनिक(भिडियो सहित)

गायिका तथा संचारकर्मी अनिताको तीज गीत ‘यस्तो बनोस् मेरो तीज’ सार्वजनिक(भिडियो सहित)

मनोरन्जन, समाचार
गायिका तथा संचारकर्मी अनिता चलाउनेले हरेक बर्ष जस्तै यसपटक पनि तीज गीत सार्वजनिक गरेकी छन् । बुधवार उनको ‘यस्तो बनोस् मेरो तीज’को भिडियो रिलीज भएको हो । बिपिन किरणका शब्द तथा दीपक शर्माको संगीतको रहेको गीतमा अनिताले स्वर दिएकी छन् । यस गीतको भिडियोमा चर्चित जुम्ल्याहा दिदि बहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको साथमा ‘बले’ नामले परिचित सागर लम्सालले अभिनय गरेका छन् । भिडियोका निर्देशक गम्भीर बिष्ट हुन् । दर्जनौँ म्यूजिक भिडियोमा अभिनय गरेका प्रिज्मा र प्रिन्सीले तीजको गीतमा भने पहिलो पटक अभिनय गरेका हुन् । गीत रिलीज पछि गायिका चलाउनेले आफुले भड्किलो गीत नगाएर नेपालको मौलिक चाड हरितालिका तीजको मर्म अनुसारको गीत तथा भिडियो बनाएको बताईन् । ‘मैले यस गीतमा मौलिकता मर्न दिएकी छैन । गीतका शब्द तथा संगीत र भिडियो पनि मौलिक हिसाबको छ । यो गीतले तीज गीतको नाममा आइरहेका भड्किला गीत भन्दा फर...
भीषण बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा १८ जना बेपत्ता,२ शब भेटिए

भीषण बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा १८ जना बेपत्ता,२ शब भेटिए

समाचार, समाज
गत राति आएको भीषण बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा १८ जना बेपत्ता भएका छन् भने २ शब प्राप्त भएको छ । राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको छ। बिहान ५ बजेबाट हराएकाहरुको खोजी कार्य थालिएको छ । बाढीले खाटचौर भन्ने स्थानमा अरनिको राजमार्गको पक्की पुल समेत बगाएको छ भने बस्तीमा क्षति पु(याएको छ । जम्बो भन्ने स्थानमा आएको बाढीले ८ भन्दा बढी घर बगाएको छ । सबैभन्दा बढी सोही स्थानमा मानवीय क्षति भएको हो । यता, जिल्ला प्रहरी कार्यालय सिन्धुलपाल्चोकका अनुसार जम्बो र भोटेकोशी गाउँपालिकाको बञ्जी जम्प भएको नजिकै रहेको दुई स्थानमा मानवीय क्षति भएको खबर आएको छ । ठाउँठाउँमा बाटोमा क्षति भएको कारण प्रहरीलाई सो स्थानमा पुग्न कठिनाइ भइरहेको छ । क्षतिको यकिन विवरण आइनसकेको प्रहरीको भनाइ छ । ...
करण न्यौपानेको लयशब्द तथा  सिर्जु र मन्डबीको स्वर मा तिज गीत ‘हाई मेरी पियारी’ सार्वजनिक (भिडियोसहित)

करण न्यौपानेको लयशब्द तथा सिर्जु र मन्डबीको स्वर मा तिज गीत ‘हाई मेरी पियारी’ सार्वजनिक (भिडियोसहित)

मनोरन्जन, समाचार
गायिका तथा मोडेल सिर्जु अधिकारीको तिज गीत ‘हाई मेरी प्यारी’को भिडियो सार्वजनिक भएको छ । हिन्दु महिलाहरूको महान चाड तिज नजिकै आउने क्रममा तिज गीतहरू बजारमा आउने क्रममा पछिल्लो समय तिज गीत हरूमा विकृति बढिरहेको अवस्थाको समयमा यो गीतले त्यस्ता विकृति हटेको जस्तो महसुस गराउनुका साथै पुराना गीत संगीतको महत्व दर्शाउने प्रयत्न गरेको यो गीतमा देख्न सकिन्छ ।सर्जक करण न्यौपानेको उत्कृष्ट शब्द र लय सिर्जनामा रहेको गीतमा चर्चित गायिका तथा मोडल सिर्जु अधिकारी र चर्चित गायिका मान्डबी त्रिपाठिको सुमधुर स्वर रहेके छ । त्यस्तै गीतको म्युजिक भिडियोमा मोडल रक्षा श्रेष्ठ, सिर्जु अधिकारी र भिम पौडेलको अभिनय रहेको छ । भिडियोको निर्देशन अशोक बिकले गरेका छन । गीत सिर्जु अधिकारीको अफिसियल च्यानल बाट सार्वजनिक भएको छ। हेर्नुहोस भिडियो : https://youtu.be/yvrPShmem5I ...