अन्ततः अमेरिकी राष्ट्रपति ट्रम्पले सार्वजनिक रुपमा मास्क लगाए
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः सार्वजनिक रुपमा बाहिर निस्कँदा सबैले देख्ने गरी मास्क लगाएका छन्। कोरोना भाइरसको महामारी सुरु भएदेखि नै मास्कको विपक्षमा आफूलाई प्रस्तुत गर्दै आएका र अरुले देख्ने गरी मास्क नलगाउने बताएका ट्रम्पले अन्ततः सार्वजनिक रुपमा प्रस्तुत हुँदा मास्क लगाएका हुन् ।
जनस्वास्थ्य विज्ञ तथा वैज्ञानिकहरुले कोरोना भाइरसको संक्रमण रोक्न वा फैलिन नदिनका लागि महत्वपूर्ण हुने बताएको मास्क लगाउन लगातार अस्वीकार गर्दै आएका ट्रम्पले अमेरिकामा कोभिड–१९ बाट एक लाख ३४ हजार सात सय भन्दा धेरैको ज्यान गएपछि तथा ३२ लाख ४२ हजार भन्दा धेरै संक्रमित भएपछि मास्क लगाएका हुन् । वासिङ्गटनको बाहिरी क्षेत्रमा रहेको वाल्टर रीड मिलिटरी हस्पिटलमा भेट्रानहरुसँगको भेटका लागि जाने क्रममा ट्रम्पले मास्क लगाएका हुन् ।
मास्क लगाएर ह्वाइट हाउसबाट बाहिरिने क्रममा ट्रम्पले भने, ‘मल...









