आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
एसईईको नम्बरिङ अधिकार दुरुपयोग, विद्यार्थीलाई पूर्णांकभन्दा बढी नम्बर

एसईईको नम्बरिङ अधिकार दुरुपयोग, विद्यार्थीलाई पूर्णांकभन्दा बढी नम्बर

शिक्षा, समाचार
काठमाडौं, ३० असार  कोभिड-१९ को त्रासका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नम्बरिङ अधिकार सरकारले विद्यालयलाई दियो । यो अधिकार दुरुपयोग गर्दै काठमाडौं उपत्यकाका कतिपय विद्यालयले नतिजा राम्रो देखाउन नम्बर पढाएर जिल्ला शिक्षा विकास तथा समन्वय एकाइमा पठाएका छन् । कतिपयले पूर्णांकभन्दा बढी नम्बर पनि दिएको पाइएको छ । लकडाउन कारण सरकारले तोकेको समयमा परीक्षा सञ्चालन गर्न उचित मानेन र विद्यार्थीले विद्यालयमै दिएको आन्तरिक परीक्षाको आधारमा नम्बर दिने व्यवस्थासहित कार्यविधि बनाएर राष्ट्रिय परीक्षा बोर्डले कार्यान्वयनमा ल्यायो । यसअनुसार प्रत्येक विद्यालयमा प्रधानाध्यापकको संयोजकत्वमा परीक्षा मूल्यांकन समिति गठन गरी इमानदार भएर आन्तरिक मूल्यांकनको आधारमा नम्बर दिनुपर्ने व्यवस्था गरियो । सो कार्यविधिमा विद्यालयले ३ प्रति विद्यालयको विवरण भरेर एउटा परीक्षा नियन्त्रण कार्...
साउन १५ गतेदेखि टेलिभिजन तथा डिजिटल प्लेटफर्ममार्फत ‘गाईजात्रा’ कार्यक्रम प्रसारण हुने

साउन १५ गतेदेखि टेलिभिजन तथा डिजिटल प्लेटफर्ममार्फत ‘गाईजात्रा’ कार्यक्रम प्रसारण हुने

मनोरन्जन, समाचार
काठमाडौं– कोरोना भाइरसको महामारी, त्रास र पीडाका बीच गाईजात्रा विशेष कार्यक्रम आगामी साउन १५ गतेदेखि सञ्चालन हुने भएको छ । कोरोना भाइरसको त्रासका कारण यो वर्ष विभिन्न टेलिभिजन तथा डिजिटल प्लेटफर्ममार्फत c आयोजक ब्राण्डवर्थ प्रालिले जनाएको छ । कोरोना संक्रमण फैलावटको जोखिम न्यूनीकरणका लागि सरकारले अपनाएको मापदण्डभित्र रहेर डिजिटल माध्यमबाट यो वर्ष गाईजात्रा कार्यक्रम प्रसारण गर्न लागिएको ब्राण्डवर्थका प्रमुख कार्यकारी निर्देशक मोहन गजुरेलले जानकारी दिनुभयो । कलाकार मनोज गजुरेलका विभिन्न प्रस्तुतीमध्ये विश्व स्वास्थ्य संगठन डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेससको नक्कलको टिजर सार्वजनिक भई सकेको छ । महामारीबाट अन्योलग्रस्त र त्रसित भएका मनहरुलाई हौसला र उत्पे्ररणा दिने प्रयासस्वरुप कार्यक्रम गर्न लागि भएको कलाकार गजुरेल बताउँछन् ।कार्यक्रममा कलाकारहरु शैलेन्द्र सिंखडा, यमन ...
प्रदेश पाँचमा रहेको बाँकेको कोहोलपुर नगरपालिका कर्णाली प्रदेशमा गाभिने निर्णय

प्रदेश पाँचमा रहेको बाँकेको कोहोलपुर नगरपालिका कर्णाली प्रदेशमा गाभिने निर्णय

राजनीति, समाचार, समाज
काठमाडौं। प्रदेश नम्बर पाँचमा रहेको बाँकेको कोहोलपुर नगरपालिकाले कर्णाली प्रदेशमा गाभिने निर्णय गरेको छ। हालै सम्पन्न नगरसभाबाट कोहोलपुर नगरपालिकाले कर्णाली प्रदेशमा गाभिने निर्णय गरेको सोमबार सार्वजनिक गरिएको हो। राज्य पुनर्संरचनाअनुसार बाँकेलाई प्रदेश नम्बर ५ मा राख्नु नै गलत भएकाले नगरपालिकाले कर्णाली प्रदेशमा गाभिने निर्णय गरेको नगरपालिकाकी उपमेयर सञ्जुकुमारी चौधरीले बताइन्। उनले डिसी नेपालसँग भनिन्, ‘हामीलाई प्रदेश पाँचमा राखेर पहिलो गल्ति गरियो। अब राजधानी पनि उता रुपन्देही हुने भएपछि त्यो हाम्रो लागि अपायक हुन्छ। त्यसैले पनि हामीले कर्णाली प्रदेशमा गाभिने निर्णय गरेका हौं।’ तर यसरी कुनै स्थानीय तहले कुनै प्रदेश छोड्ने र कुनै प्रदेशमा गाभिने निर्णय गर्न पाउने कानुनी अधिकार भने छैन। तर, प्रेसर क्रियट गर्न नगरपालिकाले यस्तो निर्णय गरेको उपमेयर चौधरीले बताइन्। त्यसो त बाँकेकै ...
भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गर्‍यो : प्रधानमन्त्री ओली

भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गर्‍यो : प्रधानमन्त्री ओली

राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन्। भानु जयन्तीका अवशरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा उनले नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताएका हुन्। भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भएपनि भारतले विवादित अयोध्या खडा गरेको उनको भनाई छ। उनले भने, ‘हामी अहिले पनि ठानिरहेका छौँ हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ। भारतका होइन अयोध्याकालाई दिएका हौँ हामीले। अयोध्या भनेको वीरगञ्ज भन्दा अलि पश्चिमपट्टीको गाउँ हाे। अहिले खडा गरिएको अयोध्या होइन।’ प्रधानमन्त्रीले थपे, ‘अयोध्या भीषण विवाद छ है त्यहाँ। हाम्रोमा विवाद नै गर्नुपर्दैन। अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, बाल्मिकी आश्रम यहि (नेपालमा), र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी ...
तराईं क्षेत्र डुवानमा पर्नुको कारण भारतीय हस्तक्षेप:गृहमन्त्री रामबहादुर थापा

तराईं क्षेत्र डुवानमा पर्नुको कारण भारतीय हस्तक्षेप:गृहमन्त्री रामबहादुर थापा

राजनीति, समाचार
काठमाडौंः तराईं क्षेत्र डुवानमा पर्नुको कारण भारतीय हस्तक्षेप रहेको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् ।  आज सोमबारको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको वैठकमा उनले यस्तो बताएका हुन् । उनले भारतले सिमा क्षेत्रमा सडकरुपी बाँध बनाएका कारण नेपालको तराईं क्षेत्र डुवानमा परेको बताएका छन् । साथै, भारतले गरेको यस्तो गतिविधि हस्तक्षेप रहेको उनले बताएका थिए । भारतले गरेको यो कामलाई राजनितिक रुपभन्दा बढि नेपाल माथिको हस्तक्षेप भएको बादलले बताए । उनले भारतले आफ्नो हित मात्रै हेरेर नेपाललाई वेवास्था गरेको बताएका छन् । उनले भने, ‘भारतीय प्रधानमन्त्री नेपाल आउँदा यससम्बन्धी सम्झौता भएका थिए ।तर, भारतले सम्झौता अनुसार गरेन् ।’ भारतले सिमा क्षेत्रमा बाँध बनाएको र संरचना हटाउन नेपालले पहल गर्दा पनि सार्थक नभएको उनले बताए । उनले नेपाली सिमामा भारतले बनाएको सडक र बाँध ह...
पोर्न साइट बनाई नेपाली युवतीका अश्लील भिडियो अपलोड गर्ने एक युवक पक्राउ

पोर्न साइट बनाई नेपाली युवतीका अश्लील भिडियो अपलोड गर्ने एक युवक पक्राउ

अपराध, समाचार
काठमाडौं- पोर्न साइट बनाएर नेपाली युवतीका अश्लील भिडियो अपलोड गर्ने गरेको आरोपमा एक जना पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर अपराध ब्युरोले काठमाडौंको गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठलाई पक्राउ गरेको हो। सुरजले ब्लुसंसार डटकम नामको पोर्न साइट खोलेर चितवनकी एक युवतीको अश्लील भिडियो अपलोड गरेको ब्युरोले जनाएको छ। विद्युतीय कारोबार ऐन २०६३ अनुसार सुरजविरुद्ध अदालतबाट ७ दिनको  म्याद थप भएर अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ। ...
अवैध मृगौला प्रत्यारोपणको आरोपको मेडिकल कलेज चिवतनद्वारा खन्डन

अवैध मृगौला प्रत्यारोपणको आरोपको मेडिकल कलेज चिवतनद्वारा खन्डन

अपराध, आर्थिक, समाचार
चितवन । पूरानो मेडिकल कलेज चितवनले अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको आरोपको खन्डन गरेको छ । मृगौला पीडित बिरामीको जीवन रक्षाका लागि स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालयले तयार गरि प्रमाणित तथा प्रमाणिकरण गरेका कागजपत्रका आधार र विश्वास एबम् प्रत्यारोपण स्वीकृती समितीको सिफारिस बमोजिम कलेजले प्रत्यारोपणको कार्य गर्दै आएको जनाएको छ । कलेजले आज एक विज्ञप्ती जारी गर्दै जिम्मेवार चिकित्सिकहरू, प्रमुख सञ्चालन अधिकृत, जिल्ला प्रशासन कार्यालयका अधिकृत र एक जना अधिवक्तासमेतलाई मानव बेचविखन अनुसन्धान ब्यूरो काठमाडौंले सोधपुछ लागि उपस्थित गराई थप अनुसन्धान गरिरहेको पनि बताएको छ । कुनै पनि घटनाका विषयमा राज्यका अंगहरूले प्रश्न उठाएपछि त्यस सम्बन्धी जानकारी गराउनु, छानविनका लागि सहयोग गर्नुलाई यस स्वास्थ्य संस्थाले आफ्नो दायित्व सम्झेको छ । कलेजभन्दा बाहिर अंग ग्रहणकर्ताको परिवार वा दा...
लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि

लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि

समाज, स्वास्थ्य
ललितपुर- महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असरा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उहाँका परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० जनामा गरिएको स्वाब सङ्कलनमा सबैको नतिजा पोजेटिभ आएको हो। नर्सले आफू सङ्क्रमित देखिनुअघि आमालाई लुभूस्थित स्वस्तिक फार्मेसीमा अन्य रोगको समस्या भएर उपचारका लागि ल्याएको वडाध्यक्ष विश्वराज श्रेष्ठले बताए। सो फार्मेसीमा कार्यारत श्रेष्ठका दुई छोराले यही असार २१ गते पाटन र टेकुमा गरेको स्वाब परीक्षणमा उनीहरुको रिपोट समेत कोरोना पोजेटिभ आएको श्रेष्ठले जानकारी दिए। श्रेष्ठलगायत उनका नाती र बुहारी भने हाल होम क्वारेन्टाइनमा छन्। फार्मेसीमा कार्यरत जेठो छोरा र अर्का चिकित्सक भनिएका कान्छा छोरा भने हाल सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा ...
भारतीय सञ्चारमाध्यमको उच्छृङ्खल सामग्रीविरुद्ध नेपालले पठायो ‘प्रोटेस्ट नोट’

भारतीय सञ्चारमाध्यमको उच्छृङ्खल सामग्रीविरुद्ध नेपालले पठायो ‘प्रोटेस्ट नोट’

आर्थिक, समाचार
२८ असार, काठमाडौंः नेपाल सरकारले भारतीय सञ्चारमाध्यमका प्रसारण भएका समाचारलाई लिएर तत्काल कदम चाल्न कुटनितिक नोट पठाएको छ । केही समययता भारतीय टेलिभिजन तथा अन्य सञ्चारमाध्यमले नेपाल र नेपालको विषयमा विभिन्न अतिरञ्जित र आपत्तिजनक सामग्री प्रसारण गरिरहेका थिए । यहि विषयलाई लिएर नेपाल सरकारले कुटनितिक नोट पठाएको छ । उक्त नोटमा भारतका केही सञ्चारमाध्यमले आधारहीन, बनावटी, गलत र असंवेदनशील सामग्री प्रसारण गरेको हुँदा त्यसले नेपाली जनता र नेपालको नेतृत्वको भावनामा चोट पुर्‍याएको भनिएको छ । ...
अमिताभ बच्चनसँगै उनका छोरा अभिषेकलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि

अमिताभ बच्चनसँगै उनका छोरा अभिषेकलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि

अन्तराष्ट्रिय, मनोरन्जन, समाचार
२८ असार, काठमाडौंः भारतीय सिनेमाका अमिताभ बच्चनसँगै उनका छोरा अभिषेक बच्चनलाई पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । अभिनेता अभिषेक बच्चनले आफूलाई पनि कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका छन् । बच्चनले आफ्नो अधिकारिक ट्विटर ह्यान्डलमार्फत आफू र बुबा अमिताभलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘बुबा र मलाई कोरोना भाइरसको संक्रमण भएको पुष्छि छ । हामीमा सामान्य लक्षण देखिएका थिए । अहिले हामीलाई अस्पताल भर्ना गरिएको छ । बलिवुडका दर्शकहरुले अभिताम र अभिषेक प्रति हार्दिक स्वास्थ्य लाभको कामना गरेका छन् । त्यस्तै, बच्चन बाबु छोराका अनुसार उनीहरुको परिवारका अन्य सदस्यको पनि कोराना परिक्षण भएको छ र नतिजा आउन बाँकी छ । ...