आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
प्राकृतिक कारणबाट एक वर्षमा चितवनमा २६ गैंडा मरे

प्राकृतिक कारणबाट एक वर्षमा चितवनमा २६ गैंडा मरे

आर्थिक, समाज
काठमाडौं- चितवन राष्ट्रिय निकुञ्ज र सो क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा एक वर्षमा प्राकृतिक कारणबाट २६ गैंडा मरेका छन्। सोमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुई गैंडा वन क्षेत्रमा मरेका हुन्। निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार अघिल्लो आर्थिक वर्ष २०७५/०७६मा प्राकृतिक कारणले ४३ गैंडा मरेका थिए। त्यसको अघिल्ला दुई वर्ष प्राकृतिक कारणबाट २६र२६ गैंडा मरेका थिए। गत आर्थिक वर्षमा बुढो भएर ६, जुधेर ३, दलदलमा फसेर ३, ढुसियुक्त खानाका कारण ४, बाघको आक्रमणका कारण १ गैंडा मरेका छन्। त्यसै गरी करेन्ट लागेर दुई, रुखले किचेर एक, स्वास्थ्यमा समस्याका कारण तीन, कारण पत्ता लाग्न नसकेर तीन गैंडा मरेको उप्रेतीले जानकारी दिए। मरेकामध्ये १३ भाले, १० पोथी र ३ पहिचान हुन नसक्ने अवस्थामा भेटिएका थिए। अघिल्लो आर्थिक वर्षमा हालसम्मकै सबैभन्दा बढी गैंडा प्राकृतिक कारणबाट मरेका हुन्। त्यस वर्ष ...
बलिउड अभिनेत्री ऐश्वर्या राय अस्पताल भर्ना

बलिउड अभिनेत्री ऐश्वर्या राय अस्पताल भर्ना

अन्तराष्ट्रिय, समाचार
पाँच दिनअघि कोरोना संक्रमण पुष्टि भएकी बलिउड अभिनेत्री ऐश्वर्या राय र उनी छोरी आराध्यालाई अस्पताल भर्ना गरिएको छ । उनीहरुलाई मुम्बईस्थित नानावटी अस्पतालमा भर्ना गरिएको हो । शनिबार राती बलिउड महानायक अमिताभ बच्चन र उनका छोरा बलिउड अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुलाई पुष्टि भएको भोलिपल्ट ऐश्वर्या र आराध्यालाई पनि संक्रमण पुष्टि भएको थियो । अमिताभ र अभिषेक शनिबारै नानावटी अस्पतालमा भर्ना भएका थिए । तर ऐश्वर्या र आराध्यालाई भने त्यसको एकदिन पछि आइतबार कोरोना संक्रमण पुटि भएको खबर बाहिरिएको थियो । उनीहरुमा कोरोना लक्षण नदेखिएका कारण घरमै क्वारेन्टिनमा राखिएको थियो । तर अहिले ऐश्वर्यामा केही लक्षण देखिएकोले आमाछोरी नै अस्पताल भर्ना भएका हुन् । अस्पताल प्रशासनका अनुसार उनीहरुको अवस्था सामान्य रहेको र उपचार सुरु गरिएको जनाएको छ । ...
नेपाल टेलिकम गम्भीर मोडमा पुगेको भन्दै कर्मचारीहरु आन्दोलित

नेपाल टेलिकम गम्भीर मोडमा पुगेको भन्दै कर्मचारीहरु आन्दोलित

आर्थिक, समाचार
बाह्य हस्तक्षेप र व्यवस्थापनको ढिलासुस्तीका कारण नेपाल टेलिकम गम्भीर मोडमा पुगेको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन्। ९२ प्रतिशत सरकार र ८ प्रतिशत कर्मचारी तथा सर्वसाधारणको सेयर रहेको टेलिकममा बाह्य हस्तक्षेप आन्तरिक ढिलासुस्तीका कारण समस्या उत्पन्न हुन थालेको कर्मचारीहरुको भनाई छ। समयाअनुसार सेवा विस्तार नभएको, गुणस्तर सुधारमा ध्यान नदिएको र व्यवसायीक क्षमता अभिवृद्धि तर्फ समेत ध्यान नदिँदा कम्पनीमा नकारात्मक संकेत देखिन थालेको नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका महासचिव तेजबहादुर शाहीले बताए। पछिल्लो समय राजस्व घटेको, कर्मचारीको वृत्तिविकासमा संकुचनको अवस्था आएको र सरकारले मोबाइल सेवाको नविकरणमा विभेद गरेको उनले बताए। २०७६ साल माघमा नै फोरजी सेवाको काम सक्नुपर्ने भएपनि अहिलेसम्म ६० प्रतिशत मात्रै भएको, एफटीटीएच सेवाको २ लाख १९ हजार लाइन वितरण गर्ने लक्ष्य भएपनि अहिलेसम्...
आफ्ना दिमागको शल्यक्रिया भईरहदा पनि वृद्धाले पकाइरहिन् पकौडा

आफ्ना दिमागको शल्यक्रिया भईरहदा पनि वृद्धाले पकाइरहिन् पकौडा

अन्तराष्ट्रिय, समाचार
एक महिलाले आफ्नो दिमागको शल्यक्रियाका क्रममा पारम्परिक इटालियन ओलिभ पकौडा बनाएकी छिन् । ११ जना स्वास्थ्यकर्मीको संलग्नतामा साढे दुई घण्टा चलेको शल्यक्रियामा महिलाले ९० वटा पकौडा बनाइन् । इटीलीमा यी पकौडालाई एपरिटिफ्स भनिन्छ । इटलीको एंकोनामा ६० वर्षकी एक महिलालाई मस्तिष्कसम्बन्धि रोग लागेको थियो । डाक्टरले उनको शल्यक्रिया गर्नुपर्ने बताए । तर शर्त एउटा थियो कि शल्यक्रिया गर्दा महिला सुत्नु हुँदैन । डेली मेलका अनुसार मध्य इटलीमा अवस्थित अजिन्डा ओसपेडाली रियुनिटी अस्पतालका न्यूरोसर्जरी डिपार्टमेन्टका डा .रोबर्टो ट्रिगनानीले उक्त शल्यक्रिया गरेका हुन् । डाक्टरले शल्यक्रिया गर्दा जागा हुने बताएपछि महिलाले आफ्नै तरिकाले जागा हुने इच्छा व्यक्त गरिन् । यस्ता शल्यक्रियामा बिरामी प्यारालाइसिस हुने वा अट्याक आउने भएकाले बिरामीलाई सकेसम्म जागा नै राख्ने गरिन्छ । अपरेशन थिएटरमा बिरामीको बे...
‘क्युआर कोड’ मार्फत हुने भुक्तानीलाई नियमन गरिने

‘क्युआर कोड’ मार्फत हुने भुक्तानीलाई नियमन गरिने

आर्थिक, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने गरी मौद्रिक नीति ल्याएको छ । सवल र सुरक्षित विद्युत्तीय भुक्तानी प्रणालीको विकास गर्दै नगद कारोबार न्यूनीकरण गर्नसरकारले कार्यान्वयनमा ल्याएको डिजिटल नेपाल फ्रेमवर्कको मर्म अनुरुप सबै प्रकारका वित्तीय कारोबार विद्युत्तीय माध्यमबाट गर्न प्रोत्साहित गर्ने मौद्रिक नीतिमा उल्लेख गरिएको छ । यसका लागि नेपालभित्र हुने सबै प्रकारका विद्युत्तीय कारोवारको अभिलेख कायम गरी भुक्तानी प्रणालीमा थप सहजीकरण गर्न राष्ट्रिय भुक्तानी स्वीचको स्थापना गरिने गभर्नर अधिकारीले बताए । यसैगरी भुक्तानी सेवा सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थाहरु सञ्चालन गर्न यसअघि सैद्धान्तिक सहमति प्रदान गरिएका बाहेक नयाँ अनुमति दिने कार्य स्थगन गरिएको पनि उनले बताए । यसबाट हाल सञ्चालनमा रहेका भुक्तानी सेवा प्रदायकलाई सेवा प्रवाह गर्न सहज हुनेछ । ...
चर्चित गीतकार लोकराज अधिकारीको “आयो तीज ” गित सार्बजनिक (भिडियो सहीत)

चर्चित गीतकार लोकराज अधिकारीको “आयो तीज ” गित सार्बजनिक (भिडियो सहीत)

मनोरन्जन
काठमाडौं / गीतकार लोकराज अधिकारीको नयाँ तीज गीत “आयो तीज ” सार्बजनिक भएको छ । समिक्षा अधिकारी र कृष्ण काफ्लेको स्वर अर्जुन पोख्रेलको संगीत र संगीत संयोजन रहेको तीज गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा नम्रता सापकोटा,सङ्गै बालकलाकार अकेशा पोख्रेल, रोहबिन पोख्रेल र उजेश न्यौपानेले अभिनय गरेकाछन् । गीतमा अभिनय गर्ने अकेशा र रोहबिन बाबू छोरी हुन । https://youtu.be/xF1j8-Wzoj8 म्युजिक भिडियोको निर्देशन त्रिशा केसीले गरेकी हुन् भने कोरियोग्राफी तेञ्जु योञ्जनले गरेका हुन् । यो गीतका गीतकार र निर्देशक एकै जिल्लाबासी दाङका हुन । गीतकार अधिकारीका यसअघि “जसो परेपर्ला  “घन्किदे मादलु ” रे पटम भरर ” “नाच चेली ” “आमाले पकाएको दर” लगायतका तीज गीत दर्शक स्रोतामाझ आइसकेका छन । अधिकारी नेपाली सुगम संगीत र चलचित्र गीत संगीतमा पनि स्थापित भैसकेका गीतका...
निजी स्कुलहरुले साउन १ गतेदेखि शिक्षक तथा कर्मचारीलाई बेतलबी बिदा दिँदै अनलाइन कक्षा बन्द गर्ने

निजी स्कुलहरुले साउन १ गतेदेखि शिक्षक तथा कर्मचारीलाई बेतलबी बिदा दिँदै अनलाइन कक्षा बन्द गर्ने

शिक्षा, समाचार
काठमाडौँ– निजी स्कुलहरुले साउन १ गतेदेखि वैकल्पिक सिकाइ बन्द गर्दै शिक्षकहरुलाई बेतलबी बिदामा राख्ने भएका छन्। निजी स्कुल सञ्चालकहरुको छाता संस्था प्याब्सन र एनप्याब्सनले बुधबार संयुक्त बैठक गरेर साउन १ गतेदेखि नै लागु हुनेगरि शिक्षक तथा कर्मचारीलाई बेतलबी बिदा दिँदै अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफूहरुले उठाएको माग सम्बोधन नभएको भन्दै निजी स्कुलले अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्न निर्णयमा पुगेका हुन्। प्याब्सन र एनप्याब्सनले साउन १ गतेदेखि विद्यालय खोल्न पाउनुपर्ने, विद्यार्थी भर्ना गर्न पाउनुपर्ने, कोरोनाका कारण समस्यामा परेका स्कुललाई ऋण दिनुपर्ने, अनलाइन माध्यमबाट भइरहेको पढाइलाई औपचारिकता दिएर शुल्क लिन पाउनुपर्नेलगायतका माग राखेका थिए। मागबारे सरकारले कुनै सम्बोधन नगरेपछि प्याब्सन र एनप्याब्सन स्कुल ...
पोलिमर नोट छपाई मुद्दामा तिलक रावल सहित प्रतिवादी सबैलाई सफाइ

पोलिमर नोट छपाई मुद्दामा तिलक रावल सहित प्रतिवादी सबैलाई सफाइ

अपराध, आर्थिक, समाचार
पोलिमर नोट छपाईमा भ्रष्टाचार गरेको आरोप लागेका पूर्वगर्भनर डा. तिलक रावलसहित प्रतिवादी सबैलाई विशेष अदालतले मंगलबार सफाई दिएको छ । विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी र सदस्यद्धय बालेन्द्र रुपाखेती तथा शान्ति सिंह थापाको इजलास प्रतिवादी तीनै जनालाई सफाई दिएको हो । १० रुपियाँको पोलिमर नोट छपाई गर्दा करोडौं रुपियाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. रावलसहित तीन जनालाई प्रतिवादी बनाई २०७५ साल पुष ५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले अख्तियारको दावी नपुग्ने उल्लेख गर्दै सबैलाई सफाई दिएको हो । ...
राजस्व चुहावट गरेको आरोपमा सुनचाँदी व्यवसायी राजस्वको नियन्त्रणमा

राजस्व चुहावट गरेको आरोपमा सुनचाँदी व्यवसायी राजस्वको नियन्त्रणमा

अपराध, समाचार
बुटवल- राजस्व अनुसन्धान विभागले रुपन्देहीका एकजना सुनचाँदी व्यवसायीलाई सुन चोरीपैठारी गरी राजस्व चुहावट गरेको आरोपमा नियन्त्रणमा लिएको छ। भैरहवास्थित सोनी ज्वेलर्सका प्रोप्राइटर सुनिल सुनार र उनका सहयोगी अमित परियारलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको विभागले जनाएको छ। विभागको बुटवल कार्यालयबाट खटिएको टोलीले उनीहरु सवार रहेको साधनसहित नियन्त्रणमा लिएको हो। सुन चोरी पैठारीको आरोपमा उनीहरूको साथबाट ९९ लाख ५ हजार रूपैयाँ रकम तथा कागजात बरामद गरी अनुसन्धान अघि बढाएको विभागले जनाएको छ। विभागले उनीहरूका कारोबारका विषयमा थप अनुसन्धान भइरहेको विभागले जनाएको छ। ...
२४ घण्टामा ११६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार नाघ्यो

२४ घण्टामा ११६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार नाघ्यो

समाचार, समाज, स्वास्थ्य
काठमाडौं । नेपालमा मंगलबार ११६ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा थप ११६ जनामा कोरोना देखिएको जानकारी दिएका हुन्। योसँगै नेपालमा कारोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ। जसमध्ये १० हजार ३२८ जना निको भएका छन्। २४ घण्टामा मात्रै ३४ जना निको भएका छन्। नेपालमा हालसम्म ६हजार ६९५ जना विभिन्न आइसोलसनमा रहेर उपचार गराइरहेका छन्। ...