आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
टिप्परको ठक्करबाट बालकको मृत्यु

टिप्परको ठक्करबाट बालकको मृत्यु

समाचार, समाज
दाङमा टिप्परको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–१ पाखापानीमा बा ५ ख १४५ नम्बरको टिपरले अपराह्न २ः३० बजे ठक्कर दिँदा सोही ठाउँ निवासी सात वर्षीय राकेश कुमालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक गंगाबहादुर सारुले जानकारी दिए। भालुबाङबाट लमही जाँदै गरेको टिपरले बालकलाई ठक्कर दिएको थियो। ठक्कर दिने टिपर र चालक प्रहरी नियन्त्रणमा छन्। तीव्र गतिमा गुडेको टिपरले बालकलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। रासस ...
भोलि मध्यरातदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा

भोलि मध्यरातदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा

राजनीति, समाचार
भोलि मध्यरातदेखि लागू हुनेगरी काठमाडौं उपत्यकामा एक सातासम्म  निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।  मंगलबार उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठकले भाेलि मध्यराति १२ बजेदेखि  लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।  केहि दिनयता काठमाडौंमा तीब्ररुपमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जिल्ला प्रशासनले निषेधाज्ञा गर्ने निर्णय गरेको हो। सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि जिल्लास्तर वा जिल्ला भित्र लकडाउन, निषेधाज्ञा गर्न सक्ने गरी सबै अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको थियो। सोहि अधिकारको प्रयोग गरी जिल्ला प्रशासनले निषेधाज्ञाको निर्णय गरेको हो। ...
एसईईको नतिजा प्रकाशित,आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक

एसईईको नतिजा प्रकाशित,आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक

शिक्षा, समाचार
काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। सोमबार बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए। कोरोना महामारीका कारण यस वर्षको एसईई परीक्षा स्थगित गरिएको थियो। परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरिएको हो। यस वर्ष गत ६ चैतका लागि एसईई परीक्षा तोकिएको थियो।  एसईई परीक्षाका लागि ४ लाख ८२ हजार परीक्षार्थीहरुले आवेदन फारम भरेका थिए । करिब १० हजार जनाको परीक्षा विभिन्‍न कारणले रद्द भएको बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए । उनले भने,’ विद्यालयले पठाएको नतिजा प्रमाणित गर्ने निर्णय गर्‍यौं । गत वर्ष जस्तो नतिजा विश्‍लेषण गरेनौं ।’ ...
नेपालमा थप ५ सय ८१ जनामा कोरोना पुष्टि,उपत्यकाका मात्रै १ सय ६८

नेपालमा थप ५ सय ८१ जनामा कोरोना पुष्टि,उपत्यकाका मात्रै १ सय ६८

समाचार, स्वास्थ्य
नेपालमा थप ५ सय ८१ जनामा कोरोना पुष्टि भएको छ। यसमध्ये काठमाडौं उपत्यकाका मात्रै १ सय ६८ जना रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७३ महिला र ४०८ पुरुष गरी कुल ५८१ जना थप संक्रमित भेटिएको हो। मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आज ९ हजार ६ सय ३९ सक्रिय संक्रमित छन्। त्यस्तै, होम आइसोलेसनमा २ हजार ६ सय १ जना रहेका छन्। पछिल्लो २४ घण्टामा १६० जना निको भएकासँगै हालसम्म १७ हजार ४ सय ९५ जना संक्रमित निको भएका छन्। पछिल्लो २४ घण्टामा ११ हजार ५२० को परीक्षण गरिएको छ।एपीएफ हस्पिटल प्रयोगशालामा काठमाडौंका ६ जना, भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा बाँकेका २४ र सल्यानका १ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै, विध ल्याब ललितपुरमा बाराका १ जना, भक्तपुरका १ जना, काठमाडौंका ६ जना, ललितपुरका १ जना र पर्साका ३ जनामा कोरोना पुष्टि भएको छ। ...
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

आर्थिक, समाचार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीमा भाउ बढेर मूल्य प्राप्त भएपछि इन्धनको मूल्य बढाउन निगम बाध्य भएको प्रवक्ता उपाध्यायले बताए । नयाँ मूल्य समायोजन पछि डिजेल र मेटितेलको प्रतिलिटर मूल्य ९१ र पेट्रोलको १०५ रुपैयाँ पुगेको निगमले जनाएको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको प्रवक्ता उपाध्यायले बताए । मूल्य वृद्धि स्वचालित मूल्य समायोजन कार्याविधि अनुसार नै भएको उनको दाबी छ । ...
चर्चित कलाकार किरण केसी उपभोक्ता अधिकार सद्भावनादुत नियुक्त

चर्चित कलाकार किरण केसी उपभोक्ता अधिकार सद्भावनादुत नियुक्त

मनोरन्जन, समाचार
कलाकार किरण केसी ‘रातामकै’ लाई बाणीज्य आपूर्ति तथा उपभाेक्ता  संरक्षण विभागले सद्भावनादुत नियुक्त गरेकाे छ। उपभाेक्ता हक हित संरक्षण र बजार अनुगमनमा सक्रिय भूमिका निर्वाह गर्न कलाकार केसीलाई सद्भावना दुत नियुक्त गरेकाे विभागले जनाएकाे छ । बर्तमान संकट एवं विषम परिस्थितिमा  स्वास्थ्यको ख्याल गर्नु नै प्रमुख दायित्व भएकाे र यसका  लागि स्वस्थ खाना र सरसफाई प्रमुख कुरा भएकाले खाध्यान्नकाे गुणस्तरमा जाेड दिनुपर्ने कलाकार केसीले ‌राष्ट्रखबरलाई बताए । यस्तो अवस्थामा पनि अति आवश्यक स्वास्थ्य सामाग्री मास्क ,सेनिटाईजर, पञ्जा र अति आवश्यक औषधिहरुको कृतिम अभाव श्रृजना गरी बढी मूल्यमा विक्री गर्ने अखाद्य र म्याद नाघेको बस्तुको विक्री वितरण गरी सर्वसाधारण उपभोक्ताको स्वास्थ्य माथी खेलबाड गर्ने जस्ता निन्दनीय कार्यलाई निरुत्साहित गर्न कलाकार केसीकाे पहल हुनेछ । उनले भ्रष्टाचार, ढिलासु...
शिक्षण अस्पतालको ६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, आकस्मिक सेवा बन्द

शिक्षण अस्पतालको ६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, आकस्मिक सेवा बन्द

समाचार, स्वास्थ्य
त्रिवि शिक्षण अस्पतालमा कार्यरत दुई चिकित्सकसहित ६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। दुई चिकित्सक र चार स्टाफ नर्समा बुधबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। इमर्जेन्सीमा कार्यरत दुई चिकित्सक र वार्डमा कार्यरत चार नर्सिङ स्टाफमा कोरोना संक्रमण पुष्टि भएपछि शिक्षण अस्पतालको आकष्मिक सेवा बन्द गरिएको छ। संक्रमित चिकित्सकको सोही अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ भने अन्य स्वास्थ्यकर्मीलाई घरकै आइसोलेसनमा बस्न भनिएको छ। बुधबार ६ स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै अस्पतालकामा कोरोना संक्रमित स्टाफको संख्या १८ पुगेको छ। ...
पार्टी कमिटी र निर्वाचनको एक तिहाई सिट युवाको लागी आरक्षित गर्नुपर्छ: युवा नेता चन्द्र भुषण साह

पार्टी कमिटी र निर्वाचनको एक तिहाई सिट युवाको लागी आरक्षित गर्नुपर्छ: युवा नेता चन्द्र भुषण साह

राजनीति, समाचार
कुनैपनि देशको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक लगायतका क्षेत्रहरुमा युगान्तकारी बदलाव गर्ने सवालमा युवाहरुको भूमिका सदैव अग्रणीय रहदै आएकोले युवा वर्गलाई परिवर्तनका संवाहक शक्तिको रुपमा समेत लिने गरिन्छ । संसारका विभिन्न देशहरुले युवा जनसंख्यालाई आफु अनुकूलको उमेर परिधिमा राखेको पाईन्छ । त्यसै अनुरूप नेपालको राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षसम्मको उमेर समुहलाई युवा भन्नि परिभाषित गरेको छ । नेपालमा कुल जनसंख्याको ४०.३५% संख्या युवाको छ ।अदम्य साहस, सौर्य पराक्रम, संघर्ष शक्ति, सिर्जनशिलता, सिकारुपन, समयसापेक्षता, ईमान्दारीता एवं दृढ़ आत्मविश्वास जस्ता गुणहरु युवा वर्गमा अधिक हुन्छ । विगतका ईतिहासलाई फर्केर हेर्दा पनि हुन्छ; देश-दुनियामा कुनैपनि आमुल परिवर्तन, राजनीतिक बदलाव, समाज रुपान्तरण, युद्ध, आन्दोलन तथा विकास निर्माण लगायतका कार्यहरु युवाको सहभागिता बिना सम्भव भएको दे...
यस बर्षको चैत्यदेवी सिंह पुरस्कार महजोडीलाई प्रदान

यस बर्षको चैत्यदेवी सिंह पुरस्कार महजोडीलाई प्रदान

मनोरन्जन, समाचार
यस बर्षको चैत्यदेवी सिंह पुरस्कार महजोडीलाई प्रदान गरिएको छ । भुवन चैत्य बसुन्धरा फाउण्डेसनले अर्पण गर्ने यस बर्षको चैत्यदेवी सिंह पुरस्कार महजोडीलाई प्रदान गरिएको हो । ५१ हजार राशिसहितको उक्त पुरस्कार आज राजधानीमा एक कार्यक्रमबीच प्रदान गरिएको थियो । फाउन्डेसनकी अध्यक्ष बसुन्धरा भुसालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विशिष्ट अतिथि नेपाल चलचित्र कलाकार सङ्घ काअध्यक्ष रविन्द्र खड्कालगायत फाउन्डसेनका सम्पूर्ण कार्यसमिति र सञ्चारकर्मीबीच सामाजिक दुराी कायम गर्दै गरिएको कार्यक्रमा प्रदान गरिएको थियो । कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण बढीरहेको अबस्था भएकाले पुरस्कार अर्पणको कार्यक्रम ठूलो जमघट नगरी आयोजना गरिएको थियो । महजोडीलाई कलाकार सङ्घका अध्यक्ष रविन्द्र खड्काले रुद्राक्षको माला लगाइदिनुभएको थियो भने भुवन–हरिष चन्दले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । केहीदिन अगाडि मात्र ...
महात्मा गान्धीको चस्मा लिलामीमा राखियो, मूल्य २३ लाख

महात्मा गान्धीको चस्मा लिलामीमा राखियो, मूल्य २३ लाख

मनोरन्जन, समाचार
काठमाडौं । बेलायतमा एउटा लिलाम कम्पनीले महात्मा गान्धीले प्रयोग गरेको चस्मा आफूले फेला पारेको जनाएको छ । ईस्ट ब्रिस्टल अक्शन्सका एन्ड्रू स्टोका अनुसार गान्धीको चस्मा १५,००० पाउन्ड (करिब २३ लाख ४७ हजार)मा बिक्री हुने अपेक्षा गरिएको छ । आफ्नो कम्पनीको इतिहासमा उक्त चस्मा महत्त्वपूर्ण वस्तु भएको उनले बताएको बीबीसीले जनाएको छ । उक्त चस्माको मूल्य बताइँदा त्यसको स्वामित्व भएका व्यक्ति झन्डै मुर्छा परेको उनले बताए । “कसैले हाम्रो पत्रमञ्जूषामा शुक्रवार राति त्यो हालिदियो र सोमवारसम्म यो त्यहीँ झुन्डिराख्यो,” उनले भने। “हाम्रा एक कर्मचारीले मलाई त्यो दिँदै त्यसमा गान्धीको चस्मा उल्लेख गरिएको एउटा टिपोट भएको बताए।” अनुसन्धान गर्दा सुनको जलप लगाइएको घेरा भएको उक्त गोलाकार चस्मा वास्तवमै नागरिक अधिकारका लागि सङ्घर्ष गरेका भारतीय नेता गान्धीले लगाएको पत्ता लागेपछि आफू झन्डै कुर्सीबाट लडेको उनी...