आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
निरंकुश शाही शासनका मतियारहरू म विरूद्ध लागे:उपप्रधानमन्त्री पोखरेल

निरंकुश शाही शासनका मतियारहरू म विरूद्ध लागे:उपप्रधानमन्त्री पोखरेल

राजनीति, समाचार
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो अवाञ्छित चासो वा हस्तक्षेप नभएको स्पष्ट गरेका छन् । उनले आज विज्ञप्ति जारी गरी आफ्नो परिवारका कुनै सदस्य वा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिद्वारा पद वा सम्बन्धको दुरूपयोग गरी विद्यमान कानूनी व्यवस्थालाई उल्लंघन गरेर नभएको जनाएका छन्। “भएका काम विधिसम्मत, पारदर्शीतासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् । यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत विश्वास दिलाउन चाहन्छु”, उनले विज्ञप्तिमा भनेका छन्, “मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएका र गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु ।” उनले विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध सङ्घर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन...
विश्वको गित‘तिमी माछी फेवातालको’सार्वजनिक (भिडियो)

विश्वको गित‘तिमी माछी फेवातालको’सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
कोरसमा खेल्ने कलाकारको एउटै सपना हुन्छ – लिडमा खेल्ने कतिको यो सपना पुरा हुन्छ भने कतिको सपनामै सिमित हुन्छ। यहि फ्रन्टलाईनमा देखिने चाहको कथालाई एउटा म्युजिक भिडियोमा प्रस्तुत गर्न खोजिएको छ। चर्चित छायाँकार अमृत सुनुवारले निर्देशन गरेको यस म्यूजिक भिडियो ‘तिमी माछी फेवातालको’ लाई यहि कोरसको सपनालाई प्रस्तुत गर्न खोजिएकोछ। उक्त म्यूजिक भिडियोमा कलाकार दिक्पाल कार्की र श्रष्टी खड्काको अभिनय रहेको छ। एक सुटिङ्गको परिवेसमा दिक्पाल र श्रीष्टी कल्पनामा डुबेर आफै नायकनायिकाको सपनामा रमाएको र पछि प्याकअप हुँदा आफ्नै दुनियाँमा फर्केको कथाबस्तु रहेको छ। https://youtu.be/WNi0Cc_GA6E गीतको रचना गीतकार डा. अनिल बरालको रहेको छ। गीतलाई संगीतकार आनन्द राईले संगीत भरेका छन् भने स्वर विश्व नेपालीको रहेको छ। आवेश बज्राचार्यले छायाङ्कन गरेको भिडियोलाई माधब बेलबासेले सम्पादन गरेका छन्। भिडियोम...
अत्यावश्यक खाद्य वस्तु घुम्ती सेवामार्फत बिक्री हुने:उर्मिला श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत-साल्ट ट्रेडिङ

अत्यावश्यक खाद्य वस्तु घुम्ती सेवामार्फत बिक्री हुने:उर्मिला श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत-साल्ट ट्रेडिङ

आर्थिक, समाचार
काठमाडौं । निषेधाज्ञाका बेला अत्यावश्यक खाद्य वस्तु अभाव भए सम्पर्क गर्न साल्ट ट्रेडिङले सर्वसाधरणलाई आग्रह गरेको छ । काठमाडौं उपत्याकाभरि जुन सुकै स्थानमा खाद्यवस्तु र ग्यास अभाव भए कम्पनीले घुम्ती सेवामार्फत बिक्री गर्ने साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी निर्देशक उर्मिला श्रेष्ठले जानकारी दिइन् । सहुलियत दरमा दाल, चामल, चिनी, तेल, गेडागुडी तथा एसटीसी ग्यास सर्वसाधरणको आवश्याकताअनुसार बिक्री गरिने श्रेष्ठले जानकारी दिइन् । ‘आफ्नो टोल क्षेत्रमा खाद्यवस्तु अभाव भए स्थानीय जनप्रतिनिधि वा टोलका मानिसहरुले सामूहिक रुपमा साल्ट ट्रेडिङमा सम्पर्क गर्न सक्नेछन्,’श्रेष्ठले भनिन् । यसअघि लकडाउनको समयमा घुम्ती सेवामार्फत सहुलियतको खाद्यवस्तु बिक्री गरेको कम्पनीले यसपटक भने ग्राहकको माग बमोजिम मात्रै बिक्री थाल्ने तयारी गरेको जनाएको छ । ...
युवतीमाथि एसिड छ्याप्ने २ जना जेल चलान

युवतीमाथि एसिड छ्याप्ने २ जना जेल चलान

अपराध, समाचार
काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड छ्याप्ने २ जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ । ८ साउनमा सीतापाइलामा ओखल्ढुंगाकी युवती पवित्रा कार्कीलाई मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदले एसिड प्रहार गरेका थिए । उक्त मुद्दाको बिहीबार सुनुवाइ गर्दै न्यायाधीश कृष्णजंग शाहको इजालसले कार्कीमाथि एसिड हान्‍ने दुवैलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । अदालतले एसिड प्रहारबाट घाइते कार्कीको उपचारमा राहत कोषबाट २ लाख रुपैयाँ तुरुन्त उपलब्ध गराउन पनि आदेश दिएको छ । यसअघि एसिड प्रहार गर्नेहरूलाई कारागार पठाए पनि मुद्दाको फैसलापछि मात्रै क्षतिपूर्ति दिने गरिन्थ्यो । ...
दक्षिण कोरियामा २ सय ९७ नयाँ कोरोना संक्रमित फेला

दक्षिण कोरियामा २ सय ९७ नयाँ कोरोना संक्रमित फेला

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
दक्षिण कोरियामा २ सय ९७ नयाँ कोरोना संक्रमित फेला परेका छन्। मार्चपछि त्यहाँ एक दिनमा यति धेरै संक्रमित देखिएको पहिलोपटक हो। त्यहाँका उपस्वास्थ्यमन्त्री किम गेङ लिपले देशभर संक्रमण फैलिन सक्ने आशंका व्यक्त गरेका छन्। उनले अब ट्रेसिङ र आइसोलेसनले मात्र महामारी रोक्न नसकिने बताएका छन्। मन्त्री लिपले जरुरी कामबाहेक घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई आह्वान गरेका छन्। नयाँ संक्रमित १६६ वटा चर्चले संयुक्त रूपमा आयोजना गरेको प्रार्थना सभामा सहभागी व्यक्ति हुन्। उनीहरूको त्यहाँ देखिएको उपस्थितिले ठूलो संख्यामा संक्रमति भएको हुन सक्ने अनुमान गरिएको छ। ...
निषेधाज्ञाले काठमाडौं उपत्यका बिहानैदेखि सुनसान

निषेधाज्ञाले काठमाडौं उपत्यका बिहानैदेखि सुनसान

राजनीति, समाचार, समाज
निषेधाज्ञाको काराण आज बिहानैदेखि काठमाडौं उपत्यका सुनसान देखिएको छ। कोरोना संक्रमण तीब्र गतिमा फैलिन थालेपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले तीनैवटै जिल्लामा एक साताको लागि एकसाथ निषेधाज्ञा लागू गरेका हुन्। यो निषेधाज्ञा १० भदौसम्म जारी रहने छ। बुधबार राति १२ बजेदेखि नै लागू हुने गरी निषेधाज्ञा लागू गरिएको हो। स्थानीय प्रशासनको निषेधाज्ञाको कारण बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकामा मानिसहरुको आवत जावत न्युन छ। सडकमा प्रहरीको संख्या बढाइएको छ। सडकमा गुड्ने सवारी साधन र अत्यावश्यक काममा पैदल हिँड्नेसँग पनि प्रहरीले सोधपुछ गरेर मात्र छाड्ने गरेका छन्। ठाउँठाउँमा प्रहरीले माइकिङ गर्दै निषेधाज्ञाको पालना गर्न अपिल गरिरहेको छ। कतिपठ ठाउँमा भने स्थानीय प्रशासनले नै बिहान सात बजेसम्म किराना पसल खोल्न दिएको छ। अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व...
सञ्चारकर्मीलाई लकडाउनमा जारी गरिएको सवारी पास प्रयोग गर्न आग्रह

सञ्चारकर्मीलाई लकडाउनमा जारी गरिएको सवारी पास प्रयोग गर्न आग्रह

राजनीति, समाचार
सरकारले सञ्चारकर्मीलाई निषेधाज्ञाका समयमा काठमाडौं उपत्यकामा समाचार संकलनका लागि सूचना तथा प्रसारण विभागले बन्दाबन्दीका अवधिमा जारी गरेको सवारी पास प्रयोग गर्न अनुरोध गरेको छ। विभागका शाखा अधिकृत वसन्तवहादुर खत्रीले सूचना जारी गर्दै उपत्यकामा समाचार संकलन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र विभागले यसअघि उपलब्ध गराएको सवारी पास प्रयोग गर्न आग्रह गरेका छन्। सवारी साधन प्रयोग गर्दा प्रयोगकर्तालाई आफ्नो तस्वीरसहितको परिचयपत्र अनिवार्य लगाउनसमेत विभागले आग्रह गरेको छ। सञ्चारगृहलाई अत्यावश्यक काममा मात्र प्रयोग गर्न र परिस्थितिजन्य अवस्थालाई समेत ध्यानमा राखी न्यूनतम सवारी साधनमात्र प्रयोग हुन विभागले अपिल गरेको छ। कोरोना भाइरस (कोभिड– १९) को संक्रमण बढ्दै गएपछि आज राति १२ बजेदेखि यही भदौ १० गतेसम्म काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गरेका छन्।...
उपत्यकामा १६९ सहित ६८१ कोरोना संक्रमित थपिए

उपत्यकामा १६९ सहित ६८१ कोरोना संक्रमित थपिए

समाचार, स्वास्थ्य
काठमाडौं। उपत्यकामा १६९ सहित कोरोनाका ६८१ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले ६ सय ८१ जना कोरोनाका संक्रमितहरु थपिएको जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकाका ३ जिल्लामा मात्र १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। काठमाडौंमा १३४ भक्तपुरमा ८ जना र ललितपुरमा १७ जना कोरोनाका संक्रमितहरु गत २४ घण्टामा थपिएका हुन्। प्रवक्ता डा. गौतमका अनुसार गत २४ घण्टामा ११ हजार ५ सय २२ जनाको पीसीआर परीक्षण गरिएको थियो। नेपालमा हालसम्म ५ लाख ५४ हजार ३ सय ८२ जनाको पीसीआर २८ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो नेपालको प्रति दशलाखमा १८ हजार ९ सय ९८ हो। कोरोनाबाट गत २४ घण्टामा १२० जना निको भएको डा. गौतमले जानकारी दिए। उनका अनुसार हालसम्म जम्मा १७ हजार ७ सय जना कोरोना संक्रमण मुक्त भएका छन्। कोरोना सं...
वरिष्ठ नेता झलनाथ खनालद्वारा स्वास्थ्य सामग्री वितरण

वरिष्ठ नेता झलनाथ खनालद्वारा स्वास्थ्य सामग्री वितरण

राजनीति, समाचार
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले इलाम निर्वाचन क्षेत्र नम्बर १ लगायतका विभिन्न स्थानीय तहमा ८ सय थान पीपीई र १५ सय थान गगल्स वितरण गर्नुभएको छ । विश्वभर फैलिएको कोरोना महामारीबाट स्थानीयलाई जोगिन सहज बनाउने उद्देश्यले वरिष्ठ नेता खनालले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका विभिन्न स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गर्नुभएको हो । वरिष्ठ नेता खनालले जिल्लाको सूर्योदय नगरपालिका–१० का अध्यक्ष पेमा उगेन लामालाई ८ सय थान पीपीई र १५ सय थान गगल्स वितरणका लागि हस्तान्तरण गर्नुभएको छ । वडाध्यक्ष लामाका अनुसार नेता खनालले हस्तान्तरण गर्नुभएका स्वास्थ्य सामग्री जिल्लाका सूर्योदय र माई नगरपालिका तथा सन्दकपुर, रोङ र माइजोगमाई गाउँपालिकाकासहित जिल्लाका सबै स्थानीय निकायहरुमा वितरण गरिनेछ । चाइना इन्टरनेशनल कम्युनिकेशनल सेन्टर चाइनाको सहयोगमा वरिष्ठ नेता खनालले स्...
दाहसंस्कार पछि कोरोना पुष्टि

दाहसंस्कार पछि कोरोना पुष्टि

समाचार, समाज, स्वास्थ्य
बर्दियाको मधुवन नगरपालिका–९ का ७८ वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आज निधन भएपछि घर ल्याएर दाहसंस्कार गरिसकेपछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो। बबई नदीको कुसुम्बा घाटमा दाहसंस्कार हुँदा मलाम गएका सबैलाई क्वारेन्टिनमा राख्ने र संक्रमितको बस्ती पनि सिल गर्ने तयारी भएको मधुवन नगरपालिकाका प्रमुख गणेशबहादुर क्षेत्रीले बताए। संक्रमित पुरुष निमोनिया भएपछि सोमबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए। आज बिहान १ः३० बजे उनको निधन भएको र ३ः३० बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको शिक्षण अस्पताल कोहलपुरका कोरोना फोकल पर्सन डा दिनेश श्रेष्ठले जानकारी दिए। रासस ...