आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
अनलाईन सपिङ्ग सेवा दिने ८० जना पक्राउ

अनलाईन सपिङ्ग सेवा दिने ८० जना पक्राउ

आर्थिक, समाचार
निषेधाज्ञाको समयमा होम डेलिभरी सेवा दिइरहेका ८० जना पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरले बिहीबार राजधानीका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो। निषेधाज्ञा जारी भएसँगै सरकारले यी सेवा पनि बन्द गरेकाले उनीहरुलाई नियनत्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा सबैभन्दा धेरै फुडमाण्डुका छन्। फुडमाण्डुका मात्रै २९ मोटरसाइकलसहित २९ जना पक्राउ परेको काठमाडौं प्रहरी परिसरले जनाएको छ। यस्तै फुडल्याण्ड, दराज अनलाइन, अनलाइन केक, नयाँ डटकम, भोजविल, स्वादिष्ट फुड, भ्यालि कम्प्लेक्स, डल्ले रेष्टुरेन्ट, स्वादिष्ट होम डेलिभरी, सोचेको डटकम, राशन मार्ट केकमाण्डु, केकमाण्डु लगायतका कर्मचारी पक्राउ परेका छन्। होम डेलिभरी सेवा दिइरहेका राजधानिका २५ वटा कम्पनीका ८० जना पक्राउ परेका हुन्। उनीहरुको साथबाट एउटा गाडी र ५९ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। ...
तथ्यहीन गलत सूचना तथा समाचार सम्प्रेषण नगर्न कुलमान घिसिङ्गको आग्रह

तथ्यहीन गलत सूचना तथा समाचार सम्प्रेषण नगर्न कुलमान घिसिङ्गको आग्रह

आर्थिक, समाचार
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो समय प्राधिकरणमा उनको पुनर्नियुक्तिको विषयलाई लिएर बिभिन्न भ्रामक समाचार आएको भन्दै तथ्यहीन समाचार सम्प्रेषण नगर्न आग्रह गरेका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली र उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनलाई समेत जोडेर सामाजिक संजालमा गलत एकाउन्ट समेत खोली त्यस्ता समाचार प्रवाह गरिएको भन्दै त्यसो नगर्न अनुरोध गरेका छन्। कुलमान घिसिङद्वारा जारी प्रेस विज्ञप्तिनेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७३ भदौ २९को निर्णयबाट मलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्त गरेको थियो । मेरो ४ वर्षे कार्यकाल सकिनै लाग्दा अर्को कार्यकालका लागि पुनर्नियुक्तिको विषयलाई लिएर सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री माननीय श्री वर्षमान पुनज्यूलाई जोडेर...
परीक्षण सर्वसुलभ बनाउनुपर्ने अवस्था आइसकेको छ:–डा.डी.आर.उपाध्याय

परीक्षण सर्वसुलभ बनाउनुपर्ने अवस्था आइसकेको छ:–डा.डी.आर.उपाध्याय

समाचार, स्वास्थ्य
–डा.डी.आर.उपाध्याय पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमणको महामारी धेरै अगाडि बढिसकेको अवस्था छ । एकै दिन देशमा परीक्षण गरिएकामध्ये ८ सयदेखि १ हजारसम्मको संख्यामा संक्रमण पुष्टि हुँदै गइरहेको छ । यो अवस्थाले खतराको घण्टी बजाईरहेकोछ । २४ घण्टाको अन्तरालमा परीक्षण गरिएकामध्ये १ हजार संक्रमित पुष्टि हुनु भनेको धेरै डर लाग्दो संकेत हो । अहिलेको अवस्थालाई हेर्दा गाउँहरूमा परीक्षणका कार्यक्रम पुगिरहेको देखिदैन । महामारी देशका धेरै ठाउँहरुमा पुुगिसकेको अवस्था छ । महामारीको संक्रमण जुन गतिले बढिरहेको छ त्यसलाई अव गम्भिरता पूर्वक हेर्नु पर्ने जरुरी देखिएको छ । परीक्षण सर्वसुलभ बनाउनुपर्ने अवस्था आइसकेको छ । यो महामारीसँग सर्वसाधरण जनता लड्न सक्ने पहुँच र आर्थिक हैसियत दुवै छैन । सरकारले यसको नियन्त्रणका लागि प्रभावकारी कदम चालेको देखिदैन । सरकार यसको नियन्त्रणका लागि प्रभावकारी कदम चालियोस् ।स...
काठमाडौं संक्रमणको उच्च जोखिममा

काठमाडौं संक्रमणको उच्च जोखिममा

समाचार, स्वास्थ्य
देशको संघीय राजधानी काठमाडौंमा बुधबार मात्रै २ सय ३० जना कोरोना संक्रमित थपिएका छन्। केही सातायता औसतमा सयभन्दा माथि संक्रमित थपिने क्रम जारी छ। यहाँ संक्रमितको संख्या ३ हजार १ सय ८५ पुगेको छ। ११ स्थानीय तहमध्ये काठमाडौं महानगरपालिका, कीर्तिपुर, चन्द्रागिरि नगरपालिका बढी प्रभावित देखिएका छन्। अन्य तहमा पनि कोरोना भने फैलिएकै अवस्था छ। सरकार र नागरिक दुवैका कमजोरीले काठमाडौं संक्रमणको उच्च जोखिममा गएको विज्ञ बताउँछन्। शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालका डा. शेरबहादुर पुनले लकडाउन खुलेसँगै बाहिरी जिल्लाबाट आउने व्यक्तिको परीक्षण र व्यवस्थापन गर्न नसक्नु मुख्य कारण भएको बताए। ‘लकडाउन खुलेसँगै बाहिरी जिल्लाबाट काठमाडौं आउने बढे’, डा.पुनले भने, ‘जुन बेला ९९ प्रतिशतमा लक्षण देखिएको थिएन। लक्षण नभएकाहरू गाइडलाइनअनुसार क्वारेन्टाइनमा बसेनन्। उनीहरू समुदायमा काम गर्ने व्यक्ति थिए। बिनाप...
सन्दीपको उत्कृष्ट प्रदर्शनका बाबजुत जमैका ३६ रनले पराजित

सन्दीपको उत्कृष्ट प्रदर्शनका बाबजुत जमैका ३६ रनले पराजित

खेलकुद, समाचार
वेस्ट इण्डिजजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत बार्बाडोस ट्राइडेन्ट्सविरुद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तल्लावाज ३६ रनले पराजित भएको छ । बार्बाडोसले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याउन जवाफी ब्याटिङमा आएको जमैकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो । उसका लागि क्रुमा बोनरले सर्बाधिक ३१ रन बनाए । बलिङमा बार्बाडोसका जसन होल्डर, राशिद खान, रेमन रिफर र मिचेल सान्टनरले सर्बाधिक २(२ विकेट हात पारे । यसअघि टस हारेर ब्याटिङको मौका पाएको बार्बाडोसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४८ रन बनायो । उसका लागि काइली मेयर्सले सर्बाधिक ८५ रन बनाए । बलिङमा जमैका टिमका मुजीबउर रहमानले ३, सन्दीप लामिछानेले २, कार्लोस ब्रार्थवेट र फिदील एडवाड्रसलेले १/१ विकेट लिए ...
कोरोनाको कारण थप ११ जनाको मृत्यु, मृतक संख्या १७५ पुग्यो

कोरोनाको कारण थप ११ जनाको मृत्यु, मृतक संख्या १७५ पुग्यो

समाचार, स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण थप ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना महिला र ९ जना पुरुष रहेका छन् । त्यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । मृत्यु हुनेमा मोरङकी ४६ वर्षीया महिला, ५३ वर्षीया महिला भक्तपुरकी रहेकी छिन् । त्यस्तै कैलालीका २ जना ४५ र ५० वर्षीय पुरुष, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय पुरुष, बाँकेका ३७ वर्षीय पुरुष, काठमाडौंका ५१ वर्षीय पुरुष, बाराका ४१ र ४६ वर्षीय २ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । नेपालमा बितेको २४ घण्टामा थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यससँगै नेपालमा कोरोनाको कुल संक्रमित संख्या ३४ हजार ४ सय १८ पुगेको छ । हालसम्म १९ हजार ५ सय ४ जना कोरोना निको भइ घर फर्किसकेका...
६० सहसचिवको सरुवा

६० सहसचिवको सरुवा

समाचार, समाज
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ६० सहसचिव वा सो सरहका कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयको मंगलबार बसेको बैठकले उक्त संख्याका सहसचिवको काज÷कामकाज सरुवा गरेको हो। केन्द्र सरकारका विभिन्न मन्त्रालय कार्यालयमा रहेका सहसचिवहरु प्रदेशमातहतका कार्यालयमा समेत पुगेका छन्।
क्यानडा पठाइदिने भनी २१ लाख ठगी गर्ने तीन पक्राउ

क्यानडा पठाइदिने भनी २१ लाख ठगी गर्ने तीन पक्राउ

अपराध, समाचार
काठमाडौं । प्रहरीले क्यानडा पठाइदिने भनी रु २१ लाख ठगी गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले आफु प्रभावशाली व्यक्ति भएको र क्यानडा पठाउन सक्ने भन्दै रु २१ लाख ठगी गर्ने सुर्खेतका २९ वर्षीय धु्रब थापा, २४ वर्षीय सन्ध्या थापा र सुनसरीका ४६ वर्षीय राजेन्द्रकुमार श्रेष्ठलाई आज दिउँसो धापासीबाट पक्राउ गरेको हो महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापाले मोरङ शनिश्चरे घर भई कपन सरस्वतीनगर बस्दै आएका नारायण खड्कालाई क्यानडा पठाईदिन्छु भनी रु २१ लाख ठगी गरेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । प्रारम्भिक रुपमा खड्कासँग रु २१ लाख ठगेपनि उनीहरुले धेरै व्यक्तिलाई ठगेको हुनसक्ने प्रहरीले जनाएको छ । पक्राउ तीनैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आजै महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ । ...
गाई काटेकाे आराेपमा एक पक्राउ

गाई काटेकाे आराेपमा एक पक्राउ

अपराध, समाचार
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका– १३ चुनिखेलमा गाई काटेकाे आराेपमा एक व्यक्ति पक्राउ परेका छन्। शंखुवासभा भोटखोला गाउँपालिका–३ हटिया घर भएका ३२ वर्षीय छेन्डुक भोटेलाई गाई काटेको अभियोगमा बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो। बुढानिलकण्ठ नगरपालिका–११ र १३ को सिमाना चुनीखेलस्थित च्याने खोलामा छेन्डुकले गाई काटेर खोलामा फाल्ने क्रममा स्थानीयहरुले फेला पारी प्रहरीलाई खबर गरेका थिए। महानरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। ...
साल्ट ट्रेडिङ्ग मार्फत  ३२ हजार ५०० मेट्रिक टन युरिया भित्रन शुरु,एक हप्ताभित्र वितरण सहज हुने

साल्ट ट्रेडिङ्ग मार्फत ३२ हजार ५०० मेट्रिक टन युरिया भित्रन शुरु,एक हप्ताभित्र वितरण सहज हुने

आर्थिक, समाचार
सरकारले धानका लागि आवश्यक पर्ने रासायनिक मल युरिया नेपाल भित्रन शुरु भएको छ। साल्ट ट्रेडिङ लिमिडेटमार्फत युनाइटेड अरब इमिरेट (युएई)बाट ३२ हजार ५०० मेट्रिक टन युरिया भारतको कलकत्ता हुँदै मल ल्याउन थालिएको हो। कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए। अहिले मल युएइबाट ल्याई भारतको कोलकत्तास्थित बन्दरगाहमा राखिएको छ। सो मललाई कोलकत्ताबाट वीरगञ्ज र विराटनगर हुँदै नेपालमा ल्याउन थालिएको हो। उनका अनुसार मङ्गलबारदेखि नेपालमा मल नेपाल आउन थालेको छ। हिजोमात्र तीन हजार मेट्रिकटन मल नेपाल भित्रिएको हो। वीरगञ्जबाट दुई हजार ५०० मेट्रिकटन र विराटनगरबाट ५०० मेट्रिकटन नेपाल आएको उनले बताए। उक्त मल प्रदेश नंं १ बाहेक सबै प्रदेशमा वितरण गरिने उनले जानकारी दिए। वीरगञ्जमा रेलमार्फत २७ हजार ५०० मेट्रिकटन र विराटनगर ट्रकमार्फत पाँच हजार मेट्रिकटन मल कोलकत्ताबाट आउँदैछ । ...