बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

सन्दीपको उत्कृष्ट प्रदर्शनका बाबजुत जमैका ३६ रनले पराजित

वेस्ट इण्डिजजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत बार्बाडोस ट्राइडेन्ट्सविरुद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तल्लावाज ३६ रनले पराजित भएको छ ।

बार्बाडोसले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याउन जवाफी ब्याटिङमा आएको जमैकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो । उसका लागि क्रुमा बोनरले सर्बाधिक ३१ रन बनाए ।

बलिङमा बार्बाडोसका जसन होल्डर, राशिद खान, रेमन रिफर र मिचेल सान्टनरले सर्बाधिक २(२ विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको बार्बाडोसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४८ रन बनायो । उसका लागि काइली मेयर्सले सर्बाधिक ८५ रन बनाए ।

बलिङमा जमैका टिमका मुजीबउर रहमानले ३, सन्दीप लामिछानेले २, कार्लोस ब्रार्थवेट र फिदील एडवाड्रसलेले १/१ विकेट लिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *