आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

अन्तराष्ट्रिय, समाचार
भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ। मुखर्जीका छोरा अभिजितले आफ्ना पिताको निधन भएको जानकारी दिएका हुन्। ‘गह्रौ मुटुका साथ यहाँहरुलाई जानकारी गराउनुपरेको छ कि हामी र आरआर हस्पिटलका डाक्टरहरुको सबै प्रयास र भारतभरका जनताको आर्शिवाद र प्रार्थनाका बाबजुद पनि मेरा पिता श्री प्रणव मुखर्जीको भर्खरै निधन भएको छ। यहाँहरु सबैलाई धन्यवाद,’ ट्विटमा अभिजितले लेखेका छन्। पछिल्लो समय मुखर्जी कोममा गएका थिए। उनलाई भेन्टिलेटरमा राखिएको थियो। दिल्लीस्थित आर्मी रिसर्च एन्ड रेफरल हस्पिटलले सोमबार मात्र एक विज्ञप्ती जारी गरेर मुखर्जीको स्वास्थ्य अवस्था झनै बिग्रिएको बताएको थियो। सोमबार भेन्टिलेटरमा उपचाररत मुखर्जीको फोक्सोमा संक्रमण देखिएका कारण उनलाई सेप्टिक सक ‘कम रक्तचापको अवस्था’ भएको अस्पतालले बताएको थियो। उनलाई विशेष डाक्टरहरुको निगरानीमा राखिएको थ...
भदौ मसान्तसम्म लामो दूरीका सवारी साधन बन्द गर्ने सरकारको निर्णय

भदौ मसान्तसम्म लामो दूरीका सवारी साधन बन्द गर्ने सरकारको निर्णय

राजनीति, समाचार
सरकारले कोरोना संक्रमण फैलिएको भन्दै लामो दूरीका सवारी साधन र हवाई यातायात भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। साउन २६ गते सरकारले हवाई यातायात भदौ १५ सम्म बन्द गर्ने निर्णय गरेको थियो। कोरोना संक्रमण फैलिने क्रम नियन्त्रणमा नआउँदा लामो दूरीका यातायात र उडान सञ्चालन मिति सरकारले बारम्बार पछि सार्दै लगेको छ। भदौ १ गतेदेखि लामो दूरीका र हवाई यातायात चल्न दिने निर्णय गरिएको थियो। तर संक्रमण बढ्दै जाँदा त्यसलाई पछि सार्दै लगिएको हो। ...
नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ सय २१,आज थप एकै दिन १४ जनाको मृत्यु

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ सय २१,आज थप एकै दिन १४ जनाको मृत्यु

समाज, स्वास्थ्य
नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएसँगै संख्या २ सय २१ पुगेको हो । ललितपुर र महोत्तरीका ३, पर्सामा २, रुपन्देही, भक्तपुर, सप्तरी, मोरङ, रौतहटमा, नवलपरासीका एक–एक जनाको मृत्यु भएको हो । भक्तपुरमा कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु भएको छ । कोरोना संक्रमण भएर पनि घरमै बसिरहेका भक्तपुर नगरपालिका–१ दुधपाटीका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतक मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । यस्तै, ललितपुरस्थित पाटन अस्पतालमा ललितपुर र भैरहवाका एक–एक जना पुरुष र महोत्तरीका एक महिला गरी ३ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेका छ । भैरहवाका ५१ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा शनिवार साँझ मृत्यु भएको हो । यस्तै साउन २८ गते पाटन अस्पताल भर्ना भएका २९ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा शनिवार राति ...
चेन्नई सुपर किंग्सका १० सहित आईपीएलका १३ जनामा कोरोना पुष्टि

चेन्नई सुपर किंग्सका १० सहित आईपीएलका १३ जनामा कोरोना पुष्टि

अन्तराष्ट्रिय, खेलकुद
इण्डियन प्रिमियर लिग आईपीएलको लागि दुबई पुगेको चेन्नई सुपर किंग्स क्लबका १० जनासहित १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । चेन्नईका दुई जना खेलाडीसहित आईपीएल टिमका १३ जनामा कोरोना पुष्टि भएको र उनीहरु आइसोलेशनमा रहेको आईपीएलले जनाएको छ । कुन कुन खेलाडीमा कोरोना देखिएको भनेर चेन्नईले खुलाएको छैन । आईपीएल खेल्न दुबई पुगेका खेलाडी, अफिसियल र सम्पूर्ण कर्मचारी गरेर एक हजार नौ सय ८८ जनाको पीसीआर परीक्षण भइसकेको छ । यसैबीच चेन्नईका प्रमुख बलर सुरेश रैना भारत फर्किएका छन् । पारिवारिक कारणले रैना भारत फर्किएको आईपीएलले जनाएको छ । गएको मार्चमा हुने आईपीएल भारतमा कोरोनाको सङ्क्रमण धेरै रहेका कारण सेप्टेम्बर १९ तारिख अर्थात असोज तीन गतेदेखि दुबईमा हुँदैछ । ...
नेपालमा प्रत्येक दुई घण्टामा एक कोरोना सङ्क्रमितको मृत्यु !

नेपालमा प्रत्येक दुई घण्टामा एक कोरोना सङ्क्रमितको मृत्यु !

समाचार, स्वास्थ्य
नेपालमा कोरोना भाइरसको सङ्क्रमणमात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको सङ्ख्या अहिले सम्मकै धेरै हो । शुक्रबारको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घण्टामा नेपालमा एक कोरोना सङ्क्रमितको मृत्यु भइरहेको छ । भदौ शुरु भएयता १२ दिनमा कोरोनाबाट ८१ जनाले ज्यान गुमाइसकेका छन् । कोरोना सङ्क्रमणबाट बिहीबार नौ तथा बुधबार ११ जनाले ज्यान गुमाएका थिए । भदौ यता शुक्रबार सम्ममा कोरोनाबाट एक दिनमा औसतमा झण्डै सात जनाको ज्यान गएको छ । कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या दैनिक बढ्ने देखिन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार साउनमा कोरोना मृत्यु दर नेपालमा सून्य दशमलव ४ प्रतिशत थियो । भदौ लागेपछि मृत्यु दर बढेर सून्य दशमलव ५ प्रतिशत पुगेको छ । कोरोनाका कारण साउन ३२ गते सम्ममा नेपालमा १०४ जनाले ज्यान गुमाएका ...
पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुरकी ६२ वर्षीया महिलाको आज (शनिबार)विहान र काठमाडौंकी ५१ वर्षीया महिलाको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।भक्तपुरकी महिलाको यही भदौ ८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् । उनको शनिबार बिहान मृत्यु भएको हो । यसैगरी गएराति काठमाडौंकी ५१ वर्षीया महिलाको गत साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचार हुँदै आएको थियो । उनको गएराति १०ः४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।गएराति र शनिबार विहान गरी वीरगञ्जमा ३, धरानमा १, पाल्पामा १ र चितवनमा १ जनाको मृत्यु भइसकेको छ  ...
मोडल फरिता अभिनित गीत ‘छाडी गयौं’को भिडियो सार्वजनिक(भिडियो

मोडल फरिता अभिनित गीत ‘छाडी गयौं’को भिडियो सार्वजनिक(भिडियो

मनोरन्जन, समाचार
मोडल फरिता खडका र दिनेश कडायतको अभिनय रहेको गीत ‘छाडी गयौं’को भिडियो सार्वजनिक भएको छ । सोम सुब्बाको नयाँ आधुनिक गीत ‘छाडी गयौं’को भिडियो सार्वजनिक भएको हो । उनकै शब्द रचना र भुपु पाण्डेको सङगीत र एरेञ्जमा तयार पारीएको गीतको भिडियोमा मिलन पछीको बिछोडको व्यथाको कथालाई चित्रण गर्न खोजिएको छ । भिडियोलाई शिशिर श्रेष्ठले निर्देशन गरेका छन भने दीपक गिरीको छांयाकन छ । भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका छन । नेपाली क्लोथिङ एण्ड कस्मेटिक (देव गौतम)को बिशेष सहयोगमा बनेको भिडियोलाई गायक स्वयम सोम सुब्बाको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । ...
फेसबुकमा महिला बनेर ठगी गर्ने एक व्यक्ति पक्राउ

फेसबुकमा महिला बनेर ठगी गर्ने एक व्यक्ति पक्राउ

अपराध, समाचार, समाज
सामाजिक सञ्जाल फेसबुकमा महिला बनेर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको मोहन्याल गाउँपालिका–३ बस्ने वर्ष २७ को धन बहादुर शाही रहेका छन्। शाहीलाई बिहीबार काठमाडौंको कोटेश्वरबाट प्रहरीले पक्राउ गरेको हो। उनले सामाजिक सञ्जाल फेसबुकको आईडीमा महिलाको आकर्षक फोटो राखी विभिन्न व्यक्तिसँग म्यासेन्जरबाट कुराकानी गर्ने र माया जालमा पार्ने गरेका प्रहरीले जनाएको छ। त्यसपछि उनले अश्लिल फोटो पठाउने र रकम आईएमई गर्न लगाउने तथा रकम नदिए आफन्तजन, साथीहरुलाई समेत फोटो पठाई बेईज्जत गरी दिन्छु भनी ब्ल्याकमेलिङ गरेर ठगी गर्ने गरेका थिए।पक्राउ परेका शाही उपर थप थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ...
निषेधाज्ञाको एक-एक दिन सर्वसाधारण जनताका लागि दुश्कर बन्दै गएको छ:डा.डी.आर.उपाध्याय

निषेधाज्ञाको एक-एक दिन सर्वसाधारण जनताका लागि दुश्कर बन्दै गएको छ:डा.डी.आर.उपाध्याय

समाचार, स्वास्थ्य
-डा.डी.आर.उपाध्याय निषेधाज्ञा वा लकडाउनको एक-एक दिन सर्वसाधारण जनताका लागि दुश्कर बन्दै गएको छ !विशेषगरि दैनिक ज्यालादारी गरि आफ्नो र परिवारको भरणपोषण गर्नेहरूको अवस्था दयनिय बन्दै गएको छ!तर आफ्नो र सारा देशका जनताको जीवन रक्षाका लागि “विशेष केही गर्न”राज्यले यो बाध्यात्मक कदम चालेको भन्ने सोचेर सबैले सरकारको साथ दिइरहेका छन!वास्तवमा विश्वब्यापि महामारी कोरोना भाइरस संगको लामो लडाइको सामना गर्नको लागी विशेष तयारी गर्ने अभिप्राय राखेर नै विभिन्न रास्ट्रका सरकारले लकडाउन वा निषेधाज्ञाको सहारा लिने गरेका छन!यश अवधिमा व्यवस्थित क्वारेन्टाइन,आइसोलेसन केन्द्रको निर्माण ,भेन्टिलेटरको जोहो,कोरोनाकै उपचार हेतु अस्पतालहरुको व्यवस्था,आवस्यक स्वास्थकर्मी को तैनाती आदितर्फ संबेदनसिल भएर राज्य संयन्त्र लाग्नुपर्ने मानसिकता राखेर लकडाउन वा निषेधाज्ञा गरिन्छ!कोरोना भाइरस को चपेटामा अधिकान्स रास्ट्रले ...
विश्वभर थपिए २ लाख ६२ हजार संक्रमित, करिव ६ हजारको मृत्यु

विश्वभर थपिए २ लाख ६२ हजार संक्रमित, करिव ६ हजारको मृत्यु

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
 विश्वका २ सय १५ देशमा गरी गत २४ घण्टामा २ लाख ६२ हजार ६ सय बढी कोरोनाका संक्रमित थपिएका छन्। वल्र्डोमिटरले दिएको जानकारी अनुसार करिव ६ हजारको ज्यान गुमाएका छन्। गत २४ घण्टामा मात्र भारतमा ७६ हजार ८ सय बढी कोरोनाका संक्रमित थपिएका छन्। उक्त तथ्याङ्क अनुसार हालसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३३ लाख ८४ हजार ५ सय बढी रहेको छ। ६१ हजार ६ सय बढीले कोरोनका कारण ज्यान गुमाएका छन्। गत २४ घण्टामा मात्र भारतमा १ हजार बढीले ज्यान गुमाएका छन्। भारतपछि गत २४ घण्टाको तथ्याङ्क अनुसार अमेरिकामा ४५ हजार ७ सय बढी थप कोरोनाका संक्रमितहरु फेला परेका छन्। योसँगै अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या ६० लाख ४६ हजार बढी रहेको छ। अमेरिकामा १ लाख ८४ हजार ७ सय बढीको कोरोनाका कारण ज्यान गएको छ। गत २४ घण्टामा मात्र १हजार बढीले कोरोनाका कारण ज्यान गुमाएका छन्। यस्तै, अमेरिकापछि ब्राजिलमा ४...