आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो, २४ घण्टामा थप १ हजार ६९ पुष्टि

कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो, २४ घण्टामा थप १ हजार ६९ पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ६९ जनामा कोरोना पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार आज देशभरमा संक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ। हालसम्म संक्रमित हुनको संख्या ४० हजार ५२९ रहेको प्रवक्ता गौतमले जानकारी दिए। आज १२ हजार ८८ जनाको पीसीआर परीक्षण गरिएको उनले जानकारी दिए। त्यस्तै पछिल्लो २४ घण्टामा थप ७६८ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै कोरोनामुक्त हुनेको संख्या २२ हजार १७८ पुगेको छ। ...
आज इन्द्रजात्रा,यो वर्ष नित्य पूजामै सीमित

आज इन्द्रजात्रा,यो वर्ष नित्य पूजामै सीमित

समाचार, समाज
प्रसिद्ध इन्द्रजात्रा  काठमाडौं  शहर को प्राचीन बस्ती वसन्तपुर मा मनाइने सबै भन्दा ठूलो चाडहरूमध्ये एक हो । वर्षा र सहकालका द वता देव राज इन्द्रको पूजा–आरधना गरी पर म्परगत रूपमा इन्द्रजात्रा पर्व मनाइने भए पनि यो वर्ष नित्य पूजामै सीमित गरिएकाे  छ। विश्वव्यापी रूपमा आक्रान्त बनिरहेको कोराेना भाइरसका कारण  यसको राेकथाम र नियन्त्रणका लागि लामो समयदेखि गरिएको लकडाउन र पछिल्लो समय गरिएको निषे धाज्ञाका कारण यो वर्ष इन्द्रजात्रा नित्य पूजामै सीमित गरिएको हो। प्रत्ये क वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर , भक्तपुर , धुलिखेल, दोलखालगायत स्थानमा मनाउने गरिन्छ । विगत वर्षहरूमा यो समयमा उपत्यकामा इन्द्रजात्राको माहोल हुन्थ्यो। जताततै देवी दे वतालाई बाहिर प्रदर्शनी गरि एको हुन्थ्यो। तर , यो वर्ष कुनै राैनक छैन । कोराेनाको महामारीका कारण काठमाडौ...
अस्पताल उपचार गर्ने ठाउँ हो, सिल गर्ने होइन

अस्पताल उपचार गर्ने ठाउँ हो, सिल गर्ने होइन

समाज, स्वास्थ्य
जिल्लाका स्वास्थ्य संस्था मात्र होइन, काठमाडौं उपत्यकाकै सरकारी एवं निजी अस्पताल सिल गर्नु नौलो मानिन छाड्यो। त्रिवि शिक्षण अस्पताल, काठमाडौं मेडिकल कलेज, निदान अस्पताल पनि सिल गरिए। सिल गर्नुको कारण सोध्दा अस्पताल व्यवस्थापकको सहज उत्तर हुन्छ, ‘संक्रमण नफैलियोस् भनेर।’ सरकारले कोरोना संक्रमितको उपचार गर्न मुलुकभरका सबै अस्पताललाई निर्देशन दिएको छ। तर, अस्पताल नै सिल भएपछि उपचार गर्न कहाँ जाने ? विज्ञ भन्छन्, ‘अस्पताल उपचार गर्ने ठाउँ हो, सिल गर्ने होइन।’ कोरोना उपचारमा संलग्न पहिलो शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु हालसम्म सिल गरिएको छैन। अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी भन्छन्, ‘हामीले अस्पताल सिल पनि गरेका छैनौं। उपचारमा संलग्न स्वास्थ्यकर्मी पनि संक्रमित भएका छैनन्।’ टेकु अस्पतालले सुरक्षा मापदण्ड अपनाएर सेवा दिइरहेका बेला काठमाडौंकै केही सरकारी एवं निजी अस्...
उपसभामुख तामाङका आमाछोरा नै कोरोना सङ्क्रमण मुक्त

उपसभामुख तामाङका आमाछोरा नै कोरोना सङ्क्रमण मुक्त

राजनीति, समाचार
कोरोना सङ्क्रमण पुष्टि भएपछि विगत १४ दिनदेखि होम आइसोलेशनमा रहेकी बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना मुक्त भएकी छन्। उपसभामुख तामाङले सोमबार सामाजिक सञ्जालमार्फत आफू र छोराको समेत कोरोनाको पुनःपरीक्षण गर्दा निगेटिभ रिपोर्ट आएको जानकारी दिएकी छन्। उपसभामुख तामाङले आफ्नो स्वास्थ्यको चिन्ता र सद्भावसहित स्वास्थ्यलाभको कामना गर्नुहुने सबैप्रति आभार व्यक्त गरेकी छन्। “राजनीतिक र प्रशासनिक क्षेत्रका उच्च नेतृत्वदेखि गाउँ, स्वदेश र विदेशबाट समेत विभिन्न माध्यमबाट स्वास्थ्यलाभको कामना तथा भाइरसको असरबाट बच्ने उपाय र सुझाव दिनुभएको छ । मेरा लागि कोरोना आतङ्कबाट मुक्त हुने मुख्य औषधि नै त्यही बनेको थियो । यहाँहरुको अथाह माया र सद्भावप्रति सधैं ऋणी रहने छु । थप सहजीकरण गर्नुहुने यस प्रदेशका सामाजिक विकास मन्त्रालय, हेटौँडास्थित स्वास्थ्य निकाय, संसद् सचिवालय र विशेषगरी आफैँलाई खतर...
भारतमा अमेरिकामा भन्दा मृत्यु र संक्रमण दुई गुणा बढी

भारतमा अमेरिकामा भन्दा मृत्यु र संक्रमण दुई गुणा बढी

अन्तराष्ट्रिय, समाचार
कोरोना भाइरसको संक्रमण र त्यसबाट हुने मृत्युदरमा विश्वका सबै देशलाई भारतले उछिन्न थालेको छ। पछिल्लो २४ घण्टामा उच्च संक्रमण र मृत्युदर भएका अमेरिका र ब्राजिललाईसमेत भारतले उछिनेको छ। कोरोना सम्बन्धि विश्वव्यापी अपडेट गर्दै आएको वर्ल्डओमिटरका अनुसार गएको २४ घण्टामा भारतमा विश्वकै सबैभन्दा धेरै ६८ हजार सात सय ७० जनामा संक्रमण पुष्टि भएको छ। यस अवधिमा त्यहाँ आठसय १८ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा चार सय ९७ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा त्यहाँ क्रमशः ४८ हजार पाँच सय ९० र ३७ हजार आठ सय १५ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा विश्वभर चार हजार ३२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने दुई लाख ३८ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। भारतमा अहिलेसम्म मृतकको संख्या ६५ हजार चार सय ३५ पुगेको छ। त्यहाँ संक्रमितको संख्या ३६ लाख ८७ हजार नौ सय ३९ पुगेको छ। ...
बीपी प्रतिष्ठानमा थप एकजना कोरोना संक्रमितको मृत्यु

बीपी प्रतिष्ठानमा थप एकजना कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। सोमबार साँझ पौने ९ बजे सिहराको मिर्चैया –६ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन्। डा. सापकोटाका अनुसार विराट मेडिकल कलेजबाट रेफर भएर प्रतिष्ठानमा भर्ना भएका ती पुरुषको भेन्टिलेटरमा राखेर उपचार गर्नुपरेपछि शरीरका अंगहरु निश्क्रिय हुँदा दुईपटक डायलासिस गर्नुपरेको थियो। ९ गते कोरोना पुष्टि भएका उनमा उच्च रक्तचाप र मधुमेहको समस्या थियो। ...
नेपाल जेसिज नेसनल एसडीजी कमिटि अन्तर्गतको १७ औं मेजरर्स अफ एसडिजीको कार्यक्रम सम्पन्न

नेपाल जेसिज नेसनल एसडीजी कमिटि अन्तर्गतको १७ औं मेजरर्स अफ एसडिजीको कार्यक्रम सम्पन्न

समाचार, समाज
नेपाल जेसिज नेसनल एसडीजी कमिटि अन्तर्गतको “17 Measures of SDG – Every week SDG week” को समापन कार्यक्रम सम्पन्न भएको छ। यो कार्यक्रम हरेक हप्ताको आइतबार बेलुका ८ बजेदेखि १० बजेसम्म भर्चुवल रुपमा हँदै आइरहेको थियो। हरेक हप्ता गर्दै आइरहेको उक्त कार्यक्रममा विभिन्न शाखाहरुले आयोजना गर्दै आएका हुन् । समापन कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर अशोक शंखर प्रमुख अतिथिका रुपमा हुनुहुन्थ्यो। उक्त कार्यक्रममा विशिष्ट अतिथिका रुपमा नेशनल इन्फोर्मेशन अफिसर अफ युएन रेसिडेन्ट कोअरडीनेटर अफिस/युएन इन्फोर्मेशन सेन्टर राम बाबु शाह र युएन रेसिडेन्ट पब्लिक इन्फर्मेसन मेनेजर शिम्रिका शर्मा हुनुहुन्थ्यो। त्यसैगरी कार्यक्रममा अतिथिका रुपमा नेपाल जेसिज नेसनल एसडीजी संयोजक जेसिआई सिनेटर आशिष शर्मा,नेसनल एसडीजी मेम्बर जेसिआई सिनेटर मनिता जोशी,नेसनल एसडीजी मेम्बर जेसी विकास मान श्रेष्...
‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ १ असोजबाट मात्रै

‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ १ असोजबाट मात्रै

शिक्षा, समाचार
सरकारले नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित परीक्षा भदौ महिनाभरी सञ्चालन गर्न नपाइने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ १ असोजबाट मात्रै गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । यसअघि ५ साउनमा १ भदौबाट र २६ साउनमा १६ भदौबाट परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न दिने निर्णय गरेको थियो । कोभिड-१९ संक्रमित र मृतकको संख्या बढ्दै गएपछि सरकारले विद्यार्थी भर्ना गर्ने मिति सारेको हो । ...
उपत्यकामा थप २ सय ९८ जनामा कोरोना संक्रमण

उपत्यकामा थप २ सय ९८ जनामा कोरोना संक्रमण

समाचार, स्वास्थ्य
काठमाडौं उपत्यकामा थप २ सय ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा उपत्यकाका ३ जिल्लामा २ सय ९८ जना संक्रमित फेला परेको जानकारी दिइएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा १९०, ललितपुर ६७ र भक्तपुरमा ४१ जना संक्रमित भएको बताए । आइतबार मात्रै उपत्यकामा ४ सय २९ जनामा कोरोना संक्रमण देखिएको थियो । आइतबार काठमाडौंमा ३७२, ललितपुर १२ र भक्तपुरमा ४५ जना संक्रमित भएका थिए । ...
८ सय ९९ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुग्यो

८ सय ९९ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुग्यो

समाचार, स्वास्थ्य
पछिल्लो २४ घन्टामा नेपालमा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना पुष्टि हुनेमा ३ सय ३ जना महिला र ५ सय ९६ जना पुरुष रहेका छन् । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको बताएका छन् । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ५ सय ८८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २१ हजार ४ सय १० जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ । यसैगरी नेपालमा आइसोलेसनमा र...