शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

बीपी प्रतिष्ठानमा थप एकजना कोरोना संक्रमितको मृत्यु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

सोमबार साँझ पौने ९ बजे सिहराको मिर्चैया –६ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन्।

डा. सापकोटाका अनुसार विराट मेडिकल कलेजबाट रेफर भएर प्रतिष्ठानमा भर्ना भएका ती पुरुषको भेन्टिलेटरमा राखेर उपचार गर्नुपरेपछि शरीरका अंगहरु निश्क्रिय हुँदा दुईपटक डायलासिस गर्नुपरेको थियो।

९ गते कोरोना पुष्टि भएका उनमा उच्च रक्तचाप र मधुमेहको समस्या थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *