बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो, २४ घण्टामा थप १ हजार ६९ पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ६९ जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार आज देशभरमा संक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ। हालसम्म संक्रमित हुनको संख्या ४० हजार ५२९ रहेको प्रवक्ता गौतमले जानकारी दिए।

आज १२ हजार ८८ जनाको पीसीआर परीक्षण गरिएको उनले जानकारी दिए।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ७६८ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै कोरोनामुक्त हुनेको संख्या २२ हजार १७८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *