आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
२७३ फर्मको अनुगमन, ४० लाख जरिवाना

२७३ फर्मको अनुगमन, ४० लाख जरिवाना

आर्थिक, समाचार
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साउन १ देखि भदौ १५ सम्म २ सय ७३ वटा कम्पनीको बजार अनुगमन गरेको छ। विभागले उक्त अवधिमा अनुगमन गरी दोषी कम्पनीहरुलाई ४० लाख ३५ हजार रुपैयाँ जरिवाना गराएको जानकारी दिएको छ। यससम्बन्धी बजार अनुगमन तथा निरीक्षण प्रतिवेदन विभागले सार्वजनिक गरेको हो। प्रतिवेदनअनुसार १४ वटा मात्रै सामान्य अवस्थामा रहेको पाइएको थियो भने १ सय ५६ वटालाई सामान्य कैफियत तत्कालै सुधार गराइएको तथा निर्देशन दिइएको छ। त्यस्तै, अखाद्य वा म्याद नाघिसकेका १५ हजार ३ सय ५७ रुपैयाँबराबरको वस्तु तत्कालै नष्ट गराइएको विभागले जनाएको छ। यसबाहेक २३ कम्पनीलाई आवश्यक कागजात वा स्पष्टीकरण पेस गर्न भनिएको र ६८ वटालाई जरिवाना गरिएको छ। विभागले अनुगमनका क्रममा १६ वटाबाट परीक्षणका लागि नमूना संकलन गरेको थियो। तर कुनै विरुद्ध पनि मुद्दा ...
यस्तो गाउँ जहाँ पुरुषले महिलाको यौन प्रस्ताव अस्वीकार गरे कडा कारवाही

यस्तो गाउँ जहाँ पुरुषले महिलाको यौन प्रस्ताव अस्वीकार गरे कडा कारवाही

अन्तराष्ट्रिय, समाज
यूरोपको एक देशमा महिला नै बलात्कारमा अगाडी छन् । पपुवा न्युगिनीमा एउटा यस्तो गाउँ छ जहाँ पुरुषले महिलाको यौन प्रस्ताव अस्वीकार गरे कडा कारवाही हुन्छ । पपुवा न्युगिनीको बसा गाउँका महिलाहरु पुरुषलाई सित्तैमा यौन सम्पर्कका लागि प्रस्ताव गर्छन् । त्यहाँको सरकारले दुरदराजका गाउँका महिलालाई यौन चेतना र अधिकार दिन यस्तो अनौठो अधिकार दिएको छ की त्यहाँका जोसुकै महिलालाई यौनप्रस्ताव राख्न खुल्ला गरिदिएको छ । यदि महिलाले गरेको यौनप्रस्ताव अस्वीकार गरे ती महिलाले पुरुषको मुखमा पिसाब फेरेर कडा सजाय दिनेछिन् । यसो गर्दा महिलालाई सरकारले कुनै कारवाही गर्दैन । यो अधिकार विशेषगरी पपुवा न्युगिनीको ट्रोबियाण्ड जातिका महिलालाई दिइएको हो । यो अधिकारको सहयोगमा यो जातका महिलाले कैयौ पुरुषसँग यौनसम्पर्क राख्न पाउनेछन् । यो जातका महिलासँग बाहिरका पुरुष यौनसम्पर्क राख्न चाँहदैनन् । दुनियाँ पनि अचम्म अचम्मको ...
चैत ४ देखि बन्द अन्तर्राष्ट्रिय उडान नियमित सुरु

चैत ४ देखि बन्द अन्तर्राष्ट्रिय उडान नियमित सुरु

आर्थिक, समाचार
कोभिड–१९ सङ्क्रमण नियन्त्रण स्वरूप गत चैत ४ देखि बन्द नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । मङ्गलबार राति १ः०० बजे नेपाल वायु सेवा निगमको वाइडबडी जहाज जापानको नारिता उडेसँगै रोकिएको नियमित उडान सुरु भएको हो ।सरकारले भदौ १६ देखि सीमित सङ्ख्यामा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत हप्ता मात्रै नियमित अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरेको थियो । मन्त्रालयले तत्काल सेप्टेम्बर सम्मका लागि ५८ वटा नियमित उडानको तालिका बनाएको छ ।सार्वजनिक गरिएको तालिकाअनुसार हरेक दिन दुईवटा नियमित अन्तर्राष्ट्रिय उडान हुनेछन् । जसमध्ये २९ उडान स्वदेशी अन्तर्राष्ट्रिय उडान सेवा प्रदायक निगम र हिमालय एयरलाइन्सको हुनेछ । बाँकी विभिन्न देशका अन्तर्राष्ट्रिय सेवा प्रदायकको हुने गरी तालिका सार्वजनिक गरिएको छ ।मन्त्रिपरिषद्को सोमबार बसेक...
अमेरिकामा संक्रमितको सङ्ख्या ६० लाख माथि

अमेरिकामा संक्रमितको सङ्ख्या ६० लाख माथि

अन्तराष्ट्रिय, स्वास्थ्य
अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ६० लाखभन्दा माथि पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्कका आधारमा त्यो विश्वभर पुष्टि भएका कुल संक्रमित संख्यामा झण्डै एक चौथाइ हो। अमेरिकामा दश लाख संक्रमित एक महिनाभन्दा कम समयमा थपिएको विवरणहरूमा देखिन्छ। पछिल्ला दिनमा दैनिक वृद्धिका घटना घट्दोक्रममा देखिए पनि अमेरिका संक्रमित र मृत्यु दुवैतर्फ विश्वको सबैभन्दा धेरै प्रभावित देशको रूपमा छ। २१ ज्यानुअरीमा पहिलो संक्रमण पुष्टि भएको अमेरिकामा अहिलेसम्म एक लाख ८३ हजारभन्दा बढीको भाइरस जोडिएका घटनामा मृत्यु भएको छ। बीबीसीका अनुसार सङ्क्रमितको दश लाख सङ्ख्या २८ एप्रिल अर्थात् ९९ दिनमै पुगेको थियो। र, त्यसको ४३ दिनपछि सङ्क्रमितको सङ्ख्या दोबर भएको थियो। ३० लाख सङ्क्रमित अर्को २८ दिनमा पुगेका थिए। त्यसपछिको अर्को १५ दिनमा त्यो ४० लाख पुगेको थियो। त्यसको १६ दिनमा पचास लाख र अ...
आजबाट सोह्रश्राद्ध सुरु

आजबाट सोह्रश्राद्ध सुरु

शिक्षा
आजबाट हिन्दू धर्मावालम्बीहरुको सोह्रश्राद्ध सुरु भएको छ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको हो। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो। यी दिनहरुमा हिन्दु धर्मालम्बीहरुले शाकाहारी मात्र भोजन गर्दछन्। घरमा माशांहारी परिकार पनि राख्न नहुने जनविश्वास छ। आजबाट १६ दिनसम्म पितृकर्म गर्ने परम्परा छ। आजबाट १६ दिनसम्म सात पुस्तालाई तर्पण दिई पूजा गरिन्छ। मृत पितृको मृत्यु तिथिमा श्राद्ध गरिन्छ। पूर्णिमाबाट सुरु भई औंशीमा सोह्रश्राद्ध सम्पन्न हुन्छ। यीमध्ये जुनसुकै दिनमा पर्ने तिथिमा आफ्ना मृत पितृको मृत्यु तिथि पारेर श्राद्ध गरिने प्रचलन रहेको छ। ...
लक्षण देखिएका कोरोना सङ्क्रमितमा रेम्डिसिभिर उपयोगी

लक्षण देखिएका कोरोना सङ्क्रमितमा रेम्डिसिभिर उपयोगी

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
विज्ञ चिकित्सकहरूले लक्षण देखिएका तर दीर्घरोगी नरहेका पचास प्रतिशत कोरोना सङ्क्रमितमा रेम्डिसिभिर औषधिको प्रयोग उपयोगी हुने दाबी गरेका छन् । उनीहरूले उपयुक्त समयमा उपयुक्त बिरामीमा रेम्डिसिभिर औषधिको प्रयोग गर्न सेवा प्रदायकलाई सुझावसमेत दिएका छन् । येटिचेम वितरक प्रा. लि.ले रेम्डिसिभिर औषधिको पहिलो ब्याचको घोषणाका लागि आयोजना गरेको भर्चुअल प्रेस कन्फरेन्समा चिकित्सक अशेष ढुङ्गानाले लक्षण देखिएका तर दीर्घरोगी नरहेका बिरामीमा रेम्डिसिभिरको प्रयोग अत्यन्तै लाभदायी हुने बताउनुभयो । नेपालमा हाल १५ प्रतिशत बिरामीमा कोरोनाभाइरसको लक्षण देखा परेको छ । सक्रिय बिरामीको सङ्ख्या करिब १८ हजार छन् । करिब दुई हजार बिरामीमा रेम्डिसिभिरको प्रयोग उपयोगी हुनसक्छ । उहाँले भन्नुभयो, “तीव्र गतिमा वृद्धि भइरहेको अवस्थामा रेम्डिसिभिरको प्रयोगले सङ्क्रमितको शरीरमा भाइरस वृद्धि हुनबाट रोक्छ ।” निमोनियासहित ...
वीर अस्पताल दुई दिनका लागि बन्द

वीर अस्पताल दुई दिनका लागि बन्द

समाचार, स्वास्थ्य
काठमाडौंको वीर अस्पतालका चिकित्सकका साथै कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको ओपीडी सेवा दुई दिनका लागि बन्द गर्ने निर्णय भएको छ । अस्पताल स्रोतका अनुसार अधिकांश कर्मचारी र चिकित्सकमा कोरोना देखिएपछि तत्काल सेवा प्रवाह गर्न असहज भएकाले दुई दिन सेवा बन्द गर्ने निर्णय भएको हो ।संक्रमित कर्मचारीलाई आइसोलेसनमा राख्ने, थप कर्मचारीको व्यवस्थापन गर्ने र अस्पताललाई सफा गरेपछि शुक्रबारदेखि फेरि सेवा सुरु हुने बताइएको छ । अस्पतालको इर्मजेन्सी, फिभर क्लिनिक, केही प्रयोगशाला र शल्यक्रिया कक्ष भने बन्द हुनेछैन । ...
पेट्रोलको फेरि मूल्य बढ्यो

पेट्रोलको फेरि मूल्य बढ्यो

आर्थिक, समाचार
नेपाल आयल निगमले पेट्राेलकाे मूल्य बढाएकाे छ। निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्राेलकाे मूल्य प्रतिलिलटर दुई रुपैयाँ बढाएकाे हाे। याे सँगै पेट्राेलकाे नयाँ मूल्य १०७ रुपैयाँ पुगेकाे छ। निगमले डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासकाे मूल्य भने यथावत राखेकाे छ।
मंगलबार ५ वटा अन्तर्राष्ट्रिय उडान-अवतरण, २६४ जना नेपाल आए

मंगलबार ५ वटा अन्तर्राष्ट्रिय उडान-अवतरण, २६४ जना नेपाल आए

आर्थिक, समाचार
 मंगलबार त्रिभुवन विमानस्थलमा ५ वटा अन्तर्राष्ट्रिय उडान-अवतरण भएका छन् । यी उडान-अवतरणबाट २६४ जना यात्रु नेपाल आएका छन् । एक यात्रु भने विदेशिएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार हिमालय एयरलाइन्सले दोहाबाट आज १२६ यात्रुलाई काठमाडौं ल्याएको छ । नेपाल एयरलाइन्सले समेत दोहाबाटै १३८ जनालाई काठमाडौं ल्याएको हो । आज नेपाल एयरलाइन्सको जहाज कुवेत उड्दा एक यात्रु लगेर गएको छ । आजै एयर अरेवियाको जहाज कार्गो बोकेर काठमाडौं आएको छ । आज राति एक बजे नेपाल एयरलाइन्सको जहाज जापानको नारिता जाँदैछ । यो उडान नियमित उडान अन्तर्गत भएको हो । यो जहाज बुधबार काठमाडौं फर्कनेछ । आजै हिमालय एयरलाइन्सको जहाज कार्गो उडानका लागि कुनमिङ जाँदैछ । बुधबार भने माल्दिम्भमा रहेका नेपालीलाई लिन हिमालय एयरलाइन्सको जहाज त्यता जाने कार्यक्रम छ । कतार एयरवेज दोहाबाट काठमाडौं आउँदैछ । ...
समुदायमा फैलियो संक्रमण

समुदायमा फैलियो संक्रमण

समाचार, स्वास्थ्य
विश्वमा कोरोना भाइरसको पहिलो केस पुष्टि भएको ७ महिना पुग्दा नेपालमा कोरोना संक्रमण तिब्ररुपमा फैलिएको छ। मंगलबारमात्र १ हजार ६९ नयाँ केस आउँदा नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५ सय नाघेको छ। नेपालमा पछिल्लो समय संक्रमण समुदाय स्तरमा फैलिएको संकेत मिलेको विज्ञहरुले बताएका छन्। जनस्वास्थ्य विद् डा. सुरेश तिवारीले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपेडेटमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमसँग कुरा गर्दै पछिल्लो एक महिनाको तथ्यांक विश्लेषण गर्दा कोरोना समुदायमा फैलिएको संकेत स्पष्ट देखिएको बताए। उनका अनुसार पछिल्लो एक महिनामा आएका कुल संक्रमणका केस मध्ये ९६ प्रतिशत मामिला स्थानीय रहेको बताए। ९६ प्रतिशत संक्रमितको कुनै ट्राभल हिस्ट्री नभएको उनको भनाई छ। यस्तै ४ वटा जिल्लामा हाल एकहजारभन्दा धेरै केस रहेको भन्दै त्यसलाई हटस्पष्टका रुपम हेर्नुपर्ने बताए। प...