आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
खेलकुद, समाचार
 पेरिस सेन्ट जर्मेनका फुटबलर नेमारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २८ वर्षीय ब्राजिलियन फुटबलरलाई कोरोना संक्रमण पुष्टि भएको हो । पेरिस सेन्ट जर्मेन हालै यूईएफए च्याम्पियन्स लिगको फाइनलमा वार्यन म्युनिकसँग पराजित भएको थियो । क्लबले यस अघि तीन जना खेलाडीहरूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ । संक्रमण पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेका छन् । क्लबले एक विज्ञप्ति जारी गर्दै भनेकाे छः ‘तीन जना खेलाडी स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा छन् ।’ ...
सुकुर्दुङ खोलाको बाढीले बस्ती बगायो, एक दर्जन व्यक्ति सम्पर्क विहीन

सुकुर्दुङ खोलाको बाढीले बस्ती बगायो, एक दर्जन व्यक्ति सम्पर्क विहीन

समाचार, समाज
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ। सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो। वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा करिब १२ जना सम्पर्क विहीन रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए। “रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो र कति बेपत्ता भए भन्ने यकिन हुन सकेको छैन”, भण्डारीले फोन मार्फत भने, “अहिले उद्दारको काम भइरहेकोछ, बस्ती सानो भएका कारण मानिसलाई खोलाले नै बगाएको अनुमान छ।” बाढीका कारण एक दर्जन मानिस बेपत्ता भएको र एक जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए। उनले राति नै घटना स्थलमा प्रहरी परिचालन गरिएको भन्दै बिहान नेपाली सेना र सशस्त्र प्रहरी बललाई घटनास्थलमा पठाइएको जानकारी दिए। घटनाक...
टिक टक बनाउनुहोस, डेढ लाख सहित चलचित्रमा अभिनय गर्ने अवसर जित्नुहोस

टिक टक बनाउनुहोस, डेढ लाख सहित चलचित्रमा अभिनय गर्ने अवसर जित्नुहोस

मनोरन्जन, समाचार
टिक टक बनाउनुहोस, डेढ लाख सहित चलचित्रमा अभिनय गर्ने अवसर जित्नुहोस चितवन - बिश्वभर टिकटक निकै रुचाएको सामाजिक संजाल भएको छ जसको माध्यमबाट आफू भित्र भएको कला देखाउने अवसर आम नागरिकले पाएका छन्। नेपालमा टिकट्कले निक्कै बजार तताएको छ जस्को माध्यमबाट नयाँ प्रतिभावान युवाहरु कलाकारिता प्रवेश पाउन सजिलो भएको हामी कहाँ प्रशस्त उदाहरणहरु छन। त्यसैको सेरोफेरोमा रहेर द जिएमआइ एकेडेमीको आयोजनामा मिस्टर एन्ड मिस टिकट्क प्रतियोगिता आयोजना हुने भएको छ। यस्तै टिकटकको माध्यमबाट कलाकारितालाई प्रबर्धन गर्ने उदेश्यले द जिएमआइ एकेडेमीको आयोजना साथै ईभेन्ट पार्टनर सही हो संगको सहकार्यमा द बिगेस्ट टिकट्क प्रतिस्पर्धा हुन लागेको छ जुन प्रतिस्पर्धाबाट मिस्टर एन्ड मिस टिकट्क छनौट गरिने द जिएमआइ एकेडेमी्का सिईओ महेश लामिछानेले जनाएका छन । प्रतिस्पर्धामा भाग लिन चाहाने ईच्छुक प्रतिस्पर्धीहरुले भाद्र १३ द...
भारतमा एकै दिन ८२ हजारभन्दा धेरै संक्रमित थपिए

भारतमा एकै दिन ८२ हजारभन्दा धेरै संक्रमित थपिए

अन्तराष्ट्रिय, समाचार
भारतमा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ८२ हजार ८६० जना संक्रमित थपिएसँगै हालसम्म ३८ लाख ४८ हजार ९६८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा १ हजार २६ जनाको कोरोनाका कारण ज्यान गुमेको भारतमा हालसम्म ६७ हजार चार सय ८६ जनाको मृत्यु भइसकेको छ । मृतक र संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित र कोरोनाका कारण ज्यान गुमाउनेको सूचिमा तेस्रो हो । संक्रमितमध्ये अहिलेसम्म २९ लाख ६७ हजार ३३९ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख १४ हजार ६८ जनाको उपचार भइरहेको छ । ...
कोरोना सङक्रमणबाट आमाको मृत्यु भएको चार दिनमा छोराको पनि मृत्यु,परिवारै संक्रमित

कोरोना सङक्रमणबाट आमाको मृत्यु भएको चार दिनमा छोराको पनि मृत्यु,परिवारै संक्रमित

समाचार, समाज, स्वास्थ्य
कोरोना सङक्रमणबाट ६२ वर्षीया आमाको मृत्यु भएको चार दिनमा ४० वर्षीय छोराको पनि मृत्यु भएपछि मध्यपुरथिमि नगरपालिका–७, नगदेश निवासी सङ्क्रमित परिवारका अन्य ६ जना निकै विचलित भएका छन्। यही भदौ १३ गते सङ्क्रमित आमाको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको र सोही अस्पतालमै भेन्टिलेटरमा उपचारका क्रममा सङ्क्रमित छोराको मंगलबार राति मृत्यु भएको हो। छोराबाट आमामा सङ्क्रमण सरेको आशङ्का गरिएको छ। श्वासप्रश्वासमा समस्या आएको आमाको परीक्षणमा कोरोना पुष्टि भएपछि परिवारका अन्य सदस्यको पनि पीसीआर परीक्षण गर्दा परिवारका सबैमा सङ्क्रमण भएको पाइएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए। भदौ १ गते आमालाई पाटन अस्पताल भर्ना गरिएको र श्वासप्रश्वासमा समस्या आएपछि ३ गते छोरालाई पनि त्यही अस्पताल आमाको १३ गते र छोराको १६ गते राति मृत्यु भएको उनले जानकारी दिए। आमालाई दमको रोग...
उपत्यका प्रवेश गर्न कोरोना संक्रमण परीक्षण अनिवार्य

उपत्यका प्रवेश गर्न कोरोना संक्रमण परीक्षण अनिवार्य

राजनीति, समाज
काठमाडौं उपत्यका प्रवेश गर्न कोरोना संक्रमण परीक्षण अनिवार्य गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार एकै व्यहोराको निषेधाज्ञाको आदेश जारी गर्दै अत्यावश्यक कामका लागि काठमाडौं उपत्यका प्रवेश गर्दा पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनुपर्ने व्यवस्था गरेका छन् । अत्यावश्यक कार्यको लागि उपत्यका भित्रिने व्यक्तिहरुको पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनुपर्नेछ’ आदेशमा भनिएको छ औषधि, खाद्यवस्तु, पेट्रोलियम पदार्थ, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल आउने जाने बिरामी, दाहसंस्कारका लागि अनिवायए सहभागी हुनुपर्नेजस्ता कामलाई सरकारले अति आवश्यक सेवामा राखेको छ । प्रशासनको निर्णयअनुसार यी कामका लागि काठमाडौं आउनेले पनि अनिवार्य पीसीआर नेगेटिभ भएको हुनुपर्नेछ । अत्या...
रौतहटको हनुमान मन्दिरका पुजारीको हत्या अभियोगमा २ जना पक्राउ

रौतहटको हनुमान मन्दिरका पुजारीको हत्या अभियोगमा २ जना पक्राउ

अपराध, समाचार
रौतहटको हनुमान मन्दिरका पुजारीको हत्या अभियोगमा २ जना पक्राउ परेका छन् । प्रदेश २ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले २ जनालाई रौतहटको बौधीमाई नगरपालिका-७ वडकी बंकुलबाट बुधबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका- १ कुरुनियाका ३६ वर्षीय नरेस भन्ने राम नारस राउत पटेल र सोहो स्थानका २८ वर्षीय बालकुमार पटेल रहेका छन् । ३ भदौको साँझ खाना खाइरहेका बेला पुजारी श्रीराम साहको गोली हानी हत्या भएको थियो । प्रहरीको अनुसन्धानका क्रममा रामनरेसले पुजारीलाई गोली हानेको स्वीकार गरेका छन् । रामनरेसको वुवाले पुजारीसँग रकम सापटी लिएको र उक्त रकम फिर्ता नगर्दा दुवैबीच विवाद हुने गरेको र गाउँमा पनि विभिन्न विषयमा पुजारीसँग विवाद हुने गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए । घटनामा अन्य व्यक्तिको संलग...
भारतको मेदान्त अस्पतालमा कार्यरत नेपाली कलेजो रोग विशेषज्ञले गरे आत्महत्या

भारतको मेदान्त अस्पतालमा कार्यरत नेपाली कलेजो रोग विशेषज्ञले गरे आत्महत्या

आर्थिक, समाचार
भारतको मेदान्त अस्पतालमा कार्यरत रोबोटिक कलेजो प्रत्यारोपणका विशेषज्ञ नेपाली चिकित्सक डा. सुजित कुमार साहले आत्महत्या गरेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार ४० वर्षीय साहले मंगलबार आफू बस्दै आएको गुडगाँउको अर्पाटमेन्टको आठौं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन्।घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी घरेलु समस्याका कारण डा. साहले आत्महत्या गरेको हुनसक्ने बताएको छ। डा. साहका परिवार भारतको हिमान्चल प्रदेशमा बस्दै आएका छन्, भने उनकी श्रीमती र ६ वर्षकी छोरी पश्चिम बंगालमा बस्दै आएकी छन्। उनी केही समययता श्रीमतीसँग छुट्टीएर बस्दै आएका थिए।उनले तीन वर्षदेखि मेदान्त अस्पतालमा रोबोटिक लिभर ट्रान्सप्लान्ट सर्जनका रुपमा काम गर्दै आइरहेका थिए। उनले पोखराको मणिपाल मेडिकल कलेजबाट एमबीबीएस तह पूरा गरेपछि भारतको चन्डीगढबाट एमएस तह पास गरेका थिए।त्योपछि डा. साहले भारतको एम्स कलेजबाट एमसीएच तह पूरा...
२४ घण्टाको अवधिमा थप १ हजार १ सय २० जनामा कोरोना भाइरस संक्रमण,संक्रमितको संख्या ४१ हजार नाघ्यो

२४ घण्टाको अवधिमा थप १ हजार १ सय २० जनामा कोरोना भाइरस संक्रमण,संक्रमितको संख्या ४१ हजार नाघ्यो

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १ सय २० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय २० महिला र ८ सय जना पुरुष गरी कुल १ हजार १ सय २० जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए । आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ४१ हजार नाघेको छ । आजसम्म ४१ हजार ६ सय ४९ जनामा संक्रमण पुष्टि भएको उनले बताए । यीमध्ये १८ हजार १ सय ८ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये १० हजार ४ सय ९३ संस्थागत आइसोलेसनमा रहेका छन् भने ७ हजार ६ सय १५ जना होम आइसोलेसनमा छन् । त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा १ हजार १ सय १२ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या २३ हजार २ सय...
उपत्यकामा फेरि एक साता निषेधाज्ञा

उपत्यकामा फेरि एक साता निषेधाज्ञा

राजनीति, समाचार
उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् । तर, यसपटक केही सेवालाई सञ्चालनका लागि छुट दिइएको छ । एक प्रमुख जिल्ला अधिकारीका अनुसार त्यसबारे केहीवेरमा सूचना जारी गरेर जानकारी गराइनेछ । औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदमा यसअघि पनि रोक लगाइएको थिएन । यद्यपि, बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने भनिएको थियो । नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउजाउ गर्न सक्ने भनिएको थियो । होटल, रेष्टुरेन्ट, फुटपाथ पसल अझै बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् । उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि तीनै जन...