आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
भूजीखोलाको ताल फुट्दा बागलुङमा ठूलो बाढी, १४ मध्ये चारको शव सनाखत ,२४ जना अझै बेपत्ता

भूजीखोलाको ताल फुट्दा बागलुङमा ठूलो बाढी, १४ मध्ये चारको शव सनाखत ,२४ जना अझै बेपत्ता

समाचार, समाज
बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका-९ बोबाङमा मृत्यु भएका १४ मध्ये चार शवको सनाखत भएको छ। पहिरोमा परी २४ जना बेपत्ता छन्। शव सनाखत हुनेमा ढोरपाटन-९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेका प्रहरीले जनाएको छ। शव भेटिएका १० जनाको अझै सनाखत हुन नसकेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए। ...
ललितपुरमा आज बिहानैदेखि कर्फ्यू, उल्लंघन गरे गोली हान्ने चेतावनी

ललितपुरमा आज बिहानैदेखि कर्फ्यू, उल्लंघन गरे गोली हान्ने चेतावनी

राजनीति, समाचार
 ललितपुरमा आज एकाबिहानैदेखि कर्फ्यू लगाइएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लगाइएको छ । बिहीबार वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्राका क्रममा केही युवाले रथ तान्न थालेपछि पुल्चोकमा झडप भएको थियो । झडपका क्रममा ललितपुरको पाटन क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो । जिल्ला प्रशासन कार्यालय ललितपुरले ललितपुरको चक्रपथभित्र कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय ललितपुरबाट जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा कर्फ्यु अवधिमा तोकिएको क्षेत्रभित्र भेला, जुलुस, आवतजावत गरेमा कानुनी कारबाही गरिने भनिएको छ । यसैबिच मच्छिन्द्रनाथको जात्रा छोटो विधिबाट सम्पन्न गर्ने सहमति भएको छ । ललितपुर जिल्लामा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा बसेको बैठकले आज १९ गते क्षमा पूजा, २१ गते सुरक्षा सावधानी अपनाउँदै...
अस्ट्रेलियामाअन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध तीन महिना थपियो

अस्ट्रेलियामाअन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध तीन महिना थपियो

अन्तराष्ट्रिय, समाचार
 अस्ट्रेलियाले लगाएको अन्तर्राष्ट्रिय यात्रा तथा क्रुज जहाज सम्बन्धी प्रतिबन्ध अर्को तीन महिनाका लागि थप गरेको छ। अहिलेको मानव तथा जैविक सुरक्षाको आपतकालीन अवस्थालाई मध्यनजर गर्दै सो प्रतिबन्ध थप गरिएको स्वास्थ्यमन्त्री ग्रेग हन्टले जानकारी दिए। लागू गरिएको उक्त नियमअन्तर्गत सय जनाभन्दा बढी यात्रु रहेका अन्तर्राष्ट्रिय क्रुज जहाजहरूलाई अस्ट्रेलियाको बन्दरगाहमा आएर रोक्न प्रतिबन्ध गरिएको छ भने आपतकालीन अवस्थामा रहेका क्रुजजहाज तथा मार्च १५ अघि अस्ट्रेलिया छाडेका जहाजलाई सो नियम लागू हुने छैन। त्यसैगरी सो प्रतिबन्ध गत मार्च २५ मा लागू भएसँगै अस्ट्रेलियन नागरिक तथा पिआरधारीहरूलाई अन्तर्राष्ट्रिय यात्रा गर्न रोक लगाइएको छ तर यो नियम अन्य देशका नागरिक, अत्यावश्यक कामदार, हवाइजहाज र पानीजहाजका कर्मचारी वा सरकारी कर्मचारीलाई भने लागू हुने छैन। प्रतिबन्ध आगामी डिसेम्बर १७ तारिखसम...
होम डेलीभरी सेवा शुक्रबारबाट सञ्चालन हुने, यस्ता छन् मापदण्ड

होम डेलीभरी सेवा शुक्रबारबाट सञ्चालन हुने, यस्ता छन् मापदण्ड

आर्थिक, समाचार
जिल्ला प्रशासन कार्यालय काठमाडौँले घरदैलो (होम डेलिभरी) सेवा सञ्चालनसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले मापदण्ड आज स्वीकृत भएको र शुक्रबारदेखि लागू हुने जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको नेतृत्वमा बनेको समितिले उक्त मापदण्ड तयार पारेको हो । घरदैलो सेवा भने दिउँसो एक बजेदेखि साँझ सात बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ । कोभिड–१९ को सङ्क्रमण बढिरहेको अवस्थामा मापदण्ड विपरीत सेवा सञ्चालन गर्दा घरघरमा सङ्क्रमण फैलिन सक्ने जनाउँदै स्थानीय प्रशासनले अघिल्लो हप्तादेखि उक्त सेवा बन्द गरेको थियो । यसरी सेवा सञ्चालन गर्ने संस्था दर्ता भइ नवीकरण भएको हुनुपर्ने र सोको प्रतिलिपि सेवा दिन जाने व्यक्तिसँगै रहेको हुनुपर्ने स्वीकृत मापदण्डमा उल्लेख छ । वस्तु वा सेवाको मूल्य अनलाइनमा अनिवार्य रुपमा राखेको हुनुपर्नेछ । सरकारले तोकेक...
जुम्लाका सीडीओलाई कोरोना संक्रमण

जुम्लाका सीडीओलाई कोरोना संक्रमण

राजनीति, समाचार
जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार बिहान परीक्षणका लागि स्वाब दिएका उनको साँझ ६ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो। उनले भने, ‘जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा काँधमा आएको जिम्मेवारी पूरा गर्न र जिल्लाभित्रका विभिन्न स्थानीय तहले निर्माण गरेका आइसोलेशन अनुमगन गर्दा कोरोना पुष्टि भयो।’ प्रजिअलाई अहिलेसम्म कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला निर्देशक मंगल रावले बताए। स्रोतका अनुसार संक्रमण पुष्टि भएपछि थापा होम आइसोलेशनमा बसेका छन्। ...
काठमाडौं मलको बी ब्लक भत्किँदा एक्साभेटर पुरियो

काठमाडौं मलको बी ब्लक भत्किँदा एक्साभेटर पुरियो

समाचार, समाज
काठमाडौंको सुन्धारास्थित काठमाडौं मलको ‘बी ब्लक’अन्तर्गतको भवन भत्काउने क्रममा एक्साभेटर च्यापिँदा चालक घाइते भएका छन् । बिहीबार अपराह्न करिब ४ बजेतिर काठमाडौं मलको बी ब्लकको भवन आफैं भत्किएर एक्साभेटर च्यापिएको थियो । एक्साभेटरले भत्काइरहकै अवस्थामा भवन आफैं भत्किएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार भवनमा च्यापिएका एक्साभेटर चालक २४ वर्षीय विष्णुकुमार साहको उद्दार गरिएको छ । हाल उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको एसपी राठौरले जानकारी दिए । चालक साहको हात र खुट्टामा चोट लागेको छ । घटनामा अन्य मानवीय क्षति भने नभएको एसपी राठौरले जानकारी दिए । ...
सारा सिर्पाली फिचर्ड गीति भिडियो ‘सुकुटी’सार्वजनिक(भिडियो)

सारा सिर्पाली फिचर्ड गीति भिडियो ‘सुकुटी’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
कोभिड-१९ को महामारीले देश लकडाउनमा पर्दा यसको प्रत्यक्ष प्रभाव सांगितिक क्षेत्रमा पनि परिरहेको छ । दिनहुँजसो दर्जनौं भिडियो छायांकनमा व्यस्त हुने कलाकारहरु, रेकर्डिङमा व्यस्त हुने गायिक-गायिका, संगीतकारहरु यतिबेला घरमा खुम्चिएका छन् । तर निर्माण सम्पन्न भइसकेका भिडियोहरु भने रिलिजको क्रममा छन् । यो बीचमा अभिनेत्री सारा सिर्पाली फिचर्ड गीति भिडियो 'सुकुटी' रिलिज भएको छ । बिहिबार युट्युव रिलिज गरिएको गीतमा सारासँगै सुमन बस्नेत र वसन्त अधिकारी फिचर्ड छन् । भव्य सेट लगाएर छायांकन गरिएको भिडियोमा चितवनको थारु समुदायको सांस्कृतिक बिम्ब झल्काउन खोजिएको छ । https://www.youtube.com/watch?time_continue=125&v=efVbN3Qj2dQ&feature=emb_logo सार्वजनिक डान्सिङ नम्बरमा स्वर प्रमोद खरेल र सृष्टि हिङमाङको छ भने संगीत गौरव दर्पणले भरेका छन् । एरेञ्जको काम नोर्वु शेर्पाले गरेका छन् । भिडि...
उपत्यकामा थप ४४५ जनामा संक्रमण

उपत्यकामा थप ४४५ जनामा संक्रमण

समाचार, स्वास्थ्य
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४५ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा देशभरमा १२ सय २८ जनामा संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४१३ जनाको पीसीआर परीक्षण गर्दा ३९४ जना महिला र ८३४ जना पुरुष गरी १२ सय २८ जनामा संक्रमण देखिको हो । बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भएर ९१७ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार ३०७ रहेको छ । ...
वामदेवलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय

वामदेवलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय

राजनीति, समाचार
 सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ । नेकपा सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो । बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा मनोनित गर्न गौतमलाई सिफारिस गर्ने निष्कर्षमा सरकार पुगेको जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ...
भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर एकाउन्ट ह्याक

भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर एकाउन्ट ह्याक

अन्तराष्ट्रिय, समाचार
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत ट्वीटर एकाउन्ट ह्याक भएको ट्वीटरले पुष्टि गरेको छ। मोदीको एकाउन्टबाट राहत कोषमा क्रिप्टोकरेन्सी मार्फत सहयोग प्रदान गर्न आग्रह गरेर शृङ्खलाबद्ध ट्वीट भएको थियो । ट्वीटरले एकाउन्ट ह्याक भएको बारे जानकारी भएको र त्यसलाई सुरक्षित गर्नका लागि आवश्यक कदम चालिएको बताएको छ । यसअघि जुलाईमा अमेरिकामा आउँदो नोभेम्बरमा हुने चुनावका लागि राष्ट्रपति उम्मेदवार जो बाइडेन तथा टेस्लाका संस्थापक एलन मस्कसहितको एकाउन्टमा पनि यस्तै प्रकारको आक्रमण भएको थियो । मोदीको एकाउन्ट ह्याक भएको सम्बन्धमा अनुसन्धान जारी रहेको र तत्कालका लागि अरु एकाउन्ट ह्याक भएको बारे जानकारी नरहेको ट्वीटरकी प्रवक्ताले बताएकी छन् । प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा क्रिप्टोकरेन्सी मार्फत सहयोग प्रदान गर्न अपिल गरिएका ट्वीटहरु अहिले हटाइएको छ । ...