आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
चन्द्रागिरिमा आमाबुबामाथि खुकुरी प्रहार, छोरा पक्राउ

चन्द्रागिरिमा आमाबुबामाथि खुकुरी प्रहार, छोरा पक्राउ

अपराध, समाचार
काठमाडौंको चन्द्रागिरि नगरपालिका १ मा आमाबुबामाथि मादक पदार्थ सेवन गरेका छोराले खुकुरी प्रहार गरी घाइते बनाएका छन्। महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार खुकुरी प्रहार गर्ने छोरालाई नियन्त्रणमा लिइएको छ भने घाइतेलाई अस्पताल पुर्याइएको छ। घाइते दम्पती खतरामुक्त रहेको वृत्तले जानकारी दिएको छ। चन्द्रागिरि नगरपालिका वडा नम्बर १ झ्याङ्गाझिटी्मा उक्त घटना भएको हो। ३२ वर्षीय छोरा श्री तामाङले आमाबुबामाथि खुकुरी प्रहार गरी घाइते बनाएका हुन्। बुबा श्याम कुमार तामाङ (५३ वर्ष) र आमा विष्णु तामाङ (४८ वर्ष) सामान्य घाइते भएको प्रहरीले जनाएको छ। ...
एकै दिन तीन बालिकालाई बलात्कार गर्ने लमजुङका ४३ वर्षीय नन्दमान गुरुङ पक्राउ

एकै दिन तीन बालिकालाई बलात्कार गर्ने लमजुङका ४३ वर्षीय नन्दमान गुरुङ पक्राउ

अपराध, समाचार
एकै दिन तीन बालिकालाई बलात्कार गरेको आरोपमा क्व्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङले ११/११ वर्षीय दुईजना र नौ वर्षीया एक बालिकालाई कोही नबस्ने गरेको एक घरमा लगेर जबर्जस्ती करणी गरेको अभियोग प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “गुरुङले गत ६ गते तीन जनालाई एकै ठाउँमा बोलाएर ललाईफकाई गरी जबर्जस्ती करणी गरेको र शुक्रबार परिवारको लिखित उजुरीका आधारमा सोही दिन पक्राउ गरिएको हो । सोभन्दा अघि पनि ती बालिकामाथि पटकपटक जबर्जस्ती करणी गर्ने गरेको र परिवारलाई बालिकाले शुक्रबारमात्र जानकारी गराएपछि थाहा भएको प्रहरीले जनाएको छ । पक्राउ गरेलगत्तै आरोपित गुरुङलाई जिल्ला अदालतमा लगेर २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उहाँको भनाइ छ । एघार र नौ वर्षको एउटै परिवारको रहेको प्रहरील...
शनिबार काठमाडौंका यी ठाउँमा बिजुली नहुने

शनिबार काठमाडौंका यी ठाउँमा बिजुली नहुने

समाचार, समाज
काठमाडौंका केही ठाउँमा शनिबार बिजुली नहुने भएको छ। बालाजु वितरण केन्द्रअन्तर्गत पर्ने काठमाडौं महानगरपालिकाका वडा नं १५, १६ र तारकेश्वर नगरपालिकाका केही स्थानमा शनिबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली नहुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। वनस्थली, गंगाहल, माछापोखरी, बालाजु बाइपास, वसन्तनगर, न्यायिक प्रतिष्ठान, मनमैजू, लोकतान्त्रिक चोक, इन्द्रायणी पुलसम्मको क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ। त्यस क्षेत्रमा विद्युत् आपूर्ति गर्ने विष्णुमती फिडर भित्रको ११ केभी लाइन रिङरोड एरियामा सार्नु पर्ने भएकाल विद्युत् आपूर्ति बन्द गर्नु परेको केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिए। तोकिएको समयअघि नै काम सकिएमा तुरुन्त विद्युत् आपूर्ति सुचारु गरिने रेग्मीले बताए। ...
सुशान्त सिंहका तत्कालीन म्यानेजर र प्रेमीका रियाका भाइ पक्राउ

सुशान्त सिंहका तत्कालीन म्यानेजर र प्रेमीका रियाका भाइ पक्राउ

मनोरन्जन, समाचार
दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपूतकी प्रेमीका एवम् अभिनेत्री रिया चक्रवर्तीका भाई शौविक चक्रवर्ती र सुशान्तका म्यानेजर रहेका सैमुएल मिरान्डा पक्राउ परेका छन् । नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)को टोलीले रियाका भाई शौविक र सुशान्तका म्यानेजर सैमुएललाई पक्राउ गरेको हो । बलिउड अभिनेता सुशान्तको आत्महत्या प्रकरणको अनुसन्धानमा पहिलोपटक यी २ जनालाई पक्राउ गरिएको हो । सुशान्त सिंह राजपदूतको हत्या प्रकरणमा सीबीआईले अनुसन्धान गरिरहेको छ । तर, एनसीबीको टोलीले भने यी दुई जनालाई लागू औषधको लेनदेन प्रकरणमा पक्राउ गरेको हो । सीबीआईको जाँचका क्रममा लागू औषधको कारोबारमा जोडिएका केही व्यक्तिको नाम सार्वजनिक भएको थियो । त्यसपछि लागू औषधको कारोबार प्रकरणमा एनसीबीले छानबिन शुरु गरेको थियो । एनसीबीले छानबिनको प्रारम्भमा केही व्यक्तिसँग सोधपुछ गरेको थियो । सोधपुछका क्रममा रियाका भाई...
घरेलु रक्सी उत्पादन गरेको आरोपमा कुवेतमा २ जना नेपाली पक्राउ

घरेलु रक्सी उत्पादन गरेको आरोपमा कुवेतमा २ जना नेपाली पक्राउ

अपराध, समाचार
अवैध रुपमा घरेलु मदिरा उत्पादन गरी विक्री वितरण गरेको आरोपमा कुवेतमा २ जना नेपाली पक्राउ परेका छन् । कुवेतको अहमदी पुलिस स्टेशनबाट खटिएको प्रहरीले महबुला उपमहानगर क्षेत्रको एउटा अपार्टमेन्टमा छापा मारी २ जना नेपालीलाई पक्राउ गरेको हो । कुवेत प्रहरीले उनीहरुले आफू बस्ने कोठामै मदिरा उत्पादन गरी बिक्री वितरण गर्ने गरेका थिए । प्रहरीले पक्राउ परेका नेपालीहरुको कोठाबाट मदिरा उत्पादन गर्न प्रयोग गरिने कच्चा पदार्थ, केही ड्रमहरु र बिक्रीका लागि तयारी अवस्थामा राखिएको मदिरा बरामद गरेको जनाएको छ । मदिराको कारोबार अवैध मानिने कुवेतमा यसअघि पन केही नेपालीहरु घरेलु मदिरा उत्पादन गरेको आरोपमा पक्राउ परेका थिए । ...
कोरोना संक्रमणबाट बुटवलमा थप २ जनाको मृत्यु

कोरोना संक्रमणबाट बुटवलमा थप २ जनाको मृत्यु

समाचार, स्वास्थ्य
कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट रुपन्देहीमा थप २ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत बुटवल धागो काराखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । १ जना पुरुष र १ जना महिला गरी २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा नवलपरासीको प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिला र रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का ४० वर्षीय पुरुष छन् । नवलपरासीको प्रतापपुरकी महिलाको आज (शनिबार) विहान ६ बजे र बुटवलका ४० वर्षीय पुरुषको शुक्रबार राति ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । नवलपरासीकी महिला भदौ १५ र बुटवलका पुरुष भदौ ११ गते अस्पताल भर्ना भएका थिए । पछिल्लो समय दुवै जनाको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । दुवै जनामा ज्वरो र स्वाशप्रश्वासको समस्या रहेको...
श्रम गन्तव्य देशबाट आउन थाल्यो श्रमिकको माग

श्रम गन्तव्य देशबाट आउन थाल्यो श्रमिकको माग

आर्थिक, समाचार
कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा धेरैको रोजगारी गुमेको अवस्थामा केही श्रम गन्तव्य देशबाट नेपालीका लागि नयाँ माग आउन थालेको छ । त्यसै आधारमा नेपाल सरकारले श्रम स्वीकृति खुला गरेसँगै नेपालीका श्रम गन्तव्य देशका रोजगारदाता कम्पनीले १० देखि २० प्रतिशतसम्म नेपाली श्रमिकको माग आउने जनाएको छ । यता वैदेशिक रोजगार व्यवसायी कम्पनी (म्यानपावर)हरूले भने माग यसअघि नै आइसकेकाले सुरक्षित रूपमा विदेश पठाउन सक्नु अहिलेको चुनौती भएको बताउँदै आएका छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले नेपालका सबै श्रम गन्तव्य मुलुक कोभिड–१९ बाट प्रभावित भएकाले भर्खर ठूलो सङ्ख्यामा माग आउने सम्भावना नभएको बताए । उनले भने, “यसअघि आउने मागमा १० देखि २० प्रतिशतसम्म माग आउँछ कि भन्ने आशा हो । त्यो पनि पूर्ण रूपमा आश्वस्त हुने अवस्था छैन । श्रम गन्तव्य मुलुकको आर्थिक अवस्था कमजोर भएको छ । ...
ललितपुरमा पाँच जनाभन्दा बढी एकै ठाउँ भेला हुन नपाइने

ललितपुरमा पाँच जनाभन्दा बढी एकै ठाउँ भेला हुन नपाइने

राजनीति, समाचार
मछिन्द्रनाथको रथ तान्ने विवादले अशान्त बनेको ललितपुरमा शुक्रबार लगाइएको कर्फ्यू १० बजे राति सकिए पनि आगामी ६ दिनसम्मका लागि ५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने आदेश गरिएको छ। कर्फ्यू आदेश सकिनुअघि नै ललितपुर जिल्ला प्रशासन कार्यालयले शनिबारदेखि ६ दिनसम्मका लागि यस्तो आदेश जारी गरेको हो। ललितपुर जिल्ला प्रशासनको विज्ञप्तिअनुसार रातो मच्छिन्द्रनाथ रथ रहेको आसपास क्षेत्र पूर्व मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिम ललितपुर महानगरपालिका कार्यालय, दक्षिण सेन्ट जेभियर्स स्कुल अगाडिको चोक (अल्का मोड) र उत्तर बखुण्डोल चोकमा भेला वा जम्मा हुन पाइने छैन। यस्तै, मीननाथको रथ रहेको आसपास क्षेत्र- पूर्व मंगलबजार चोक, पश्चिम मदन स्मारक स्कुल अगाडिको चोक, दक्षिण पूर्णचन्डी मन्दिर र उत्तर पिपवहालसम्म भेला जम्मा हुन पाइने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। विज्ञप्ति हेर्नुहोस्: ...
दक्षिण कोरियामा पहिलो पटक १८ जना नेपालीलाई कोरोना संक्रमण

दक्षिण कोरियामा पहिलो पटक १८ जना नेपालीलाई कोरोना संक्रमण

समाचार, स्वास्थ्य
दक्षिण कोरियामा नेपालीलाई पहिलो पटक कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । यहाँको चोङ्नामस्थित हानुल नोङ्सान नामक एक फुड कम्पनीमा कार्यरत १८ नेपालीमा सङ्क्रमण पुष्टि भएको दक्षिण कोरियाको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ । कम्पनीमा कार्यरत २० वर्षीया नेपाली युवतीले आफूलाई असहज महसुस गरेपछि कोरोना परीक्षा गराएकी थिइन् । परीक्षणपछि उनमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सँगै कार्यरत अन्यको पनि परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित १८ जनाकै उपचार भइरहेको र उनीहरूसँगै काम गर्ने तथा सँगै बस्ने अन्य २६ जनालाई आइसोलेसनमा राखिएको छ । उनीहरूसँंग सम्पर्क भएको भनिएका १३१ जनाको पनि परीक्षण भइरहेको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ । ...
भारतका सुमित नागलमाथि सहज जित निकाली डोमिनिक थिएम तेस्रो चरणमा

भारतका सुमित नागलमाथि सहज जित निकाली डोमिनिक थिएम तेस्रो चरणमा

अन्तराष्ट्रिय, खेलकुद
भारतका सुमित नागलमाथि सहज जित निकाल्दै दोस्रो बरियताका डोमिनिक थिएम युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेस गरेका छन् । नेपाली समय अनुसार शुक्रबार बिहान भएको खेलमा दोस्रो बरियताका अस्ट्रियन थिएमले नागललाई ६-३, ६-३ र ६-२ को सेटमा पराजित गरेका हुन् । थिएमले तेस्रो चरणमा सन् २०१४ का विजेता मारिन सिलिकको सामना गर्ने भएका छन्। मारिन सिलिक स्लोभाकियाका खेलाडी नोबट गोम्बोसलाई ६-३, १-६ ७-६ (७ २) र ७-५ को सेटमा पराजित गरेर तेस्रो चरणमा प्रवेश गरेका हुन् । यस्तै वासिक पोस्पिसिलले आफ्नै देश क्यानडाका खेलाड मिलोस राओनिकलाई अप्रत्यासित रुपमा ६-७ (१ ७) ६-३ ७-६ (७-४) र ६-३ को सेटमा पराजित गरेका छन् । ...