आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
विश्वभर कोरोना : २४ घण्टामा २ लाख ४० हजार थपिए, संक्रमितकाे संख्या २ कराेड ७७ लाख बढी पुग्याे

विश्वभर कोरोना : २४ घण्टामा २ लाख ४० हजार थपिए, संक्रमितकाे संख्या २ कराेड ७७ लाख बढी पुग्याे

अन्र्तवार्ता, समाचार, समाज
विश्वभरमा कोरोनाका २ लाख ४० हजार संक्रमितहरु थपिएका छन्। वल्र्डोमिटरको तथ्यांक अनुसार गत २४ घण्टामा थप ४ हजार ३ सय बढीको कोरोनाका कारण ज्यान गएको छ। यो संगै विश्वभर कोरोना संक्रमित हुनेको संख्या २ करोड ७७ लाख २१ हजार ४ सय बढी रहेको छ। गत २४ घण्टामा सबैभन्दा बढी भारतमा करिव ९० हजार कोरोनाका संक्रमित भेटिएका हुन्। तथ्यांक अनुसार भारतमा ८९ हजार ८ सय बढी कोरोनाका संक्रमितहरु भेटिएका छन्। यो सँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ४३ लाख ६७ हजार ४ सय बढी रहेको छ। भारतमा मात्र कोरोनाका कारण ७३ हजार ९ सय बढीले ज्यान गुमाएका छन्। गत २४ घण्टामा १ हजार १ सय बढीको मृत्यु भएको तथ्यांकमा उल्लेख छ। यस्तै, २४ घण्टामा भारतपछि अमेरिकामा सबैभन्दा बढी संक्रमितहरु भेटिएका छन्। अमेरिकामा २४ घण्टामा २८ हजार बढी संक्रमित भेटिएका हुन्। यो सँगै अमेरिकामा संक्रमित हुनेको संख्या ६५ लाख १३ हजार ६ सय बढी रहेक...
अक्सफोर्डले बनाएको खोपको अन्तिम चरणको परीक्षण रोकियो

अक्सफोर्डले बनाएको खोपको अन्तिम चरणको परीक्षण रोकियो

अन्तराष्ट्रिय, समाचार
बेलायतको अक्सफोर्ड युनिभर्सिटी र औषधि उत्पादक कम्पनी एस्ट्राजेनेकाको कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षणमा सहभागी व्यक्ति बिरामी परेपछि यसको अन्तिम क्लिनिकल ट्रायल स्थगन भएको छ । अक्सफोर्डले कोरोना भाइरसविरुद्धको भ्याक्सिनको परीक्षण रोकेको यो दोस्रो पटक हो । भ्याक्सिन ट्रायलमा सहभागी मानिस अनपेक्षित रूपमा बिरामी परेपछि क्लिनिकल ट्रायल रोकिएको एस्ट्राजेनेकाले जनाएको छ । उसले यसलाई नियमित रुटिन भएको बताएको छ । विश्वका विभिन्न देशले कोरोनाको भ्याक्सिन विकासमा काम गरिरहेका छन् । विभिन्न देशले क्लिनिकल ट्रायल अघि बढाइरहे पनि अक्सफोर्डको भ्याक्सिन परीक्षणलाई विश्वले अलि बढी नजिकबाट नियालिरहेको छ । यो भ्याक्सिनलाई अन्य देशको भन्दा मजबुत र विश्वसनीय ठानिएको छ । यसको पहिलो र दोस्रो ट्रायलपछि सबैभन्दा पहिले बजारमा आउने अपेक्षा गरिएको थियो । हालैको तेस्रो फेजको परीक्षणमा अमेरिकासह...

भारतमा मार्चदेखि बन्द रहेका मेट्रो रेल संचालनमा

अन्तराष्ट्रिय, समाचार
कोरोना भाइरस महामारीका कारण मार्चदेखि बन्द रहेका भारतका मेट्रो रेलहरूले सोमबार बिहानबाट आफ्नो सेवा सुरू गरेका छन्। कोरोना भाइरसको महामारी सुरू भएपछि बन्द भएको मेट्रो सेवा आज बिहान ७ बजेदेखि संचालनमा आएको हो। टाइम्स अफ इण्डियामा प्रकाशित समाचारका अनुसार राजधानी दिल्लीको मेट्रो बिहान ७ बजेबाट संचालनमा आएको छ भने बेङ्लोरमा ८ बजेदेखि मेट्रो चल्न थालेको छ। यस्तै लखनउ र नोएडाले पनि बिहान ७ बजेबाट मेट्रो सेवा सुरू गरेका छन्। भारतको केन्द्र सरकारले कोरोना भाइरसका कारण लगाइएको लकडाउनलाई चरणबद्ध रूपमा खोल्ने योजनाको चौथो चरण अन्तगत सोमबारबाट त्यहाँ मेट्रो सेवाहरू पुनः सुरू भएका हुन्। भारतले मेट्रो संचालन गर्दा पालना गर्नुपर्ने सर्तहरू गत महिना सार्वजनिक गरेको थियो। मेट्रो सुरू भएपछि हुने सेवाग्राहीको सम्भावित भिडलाई नियन्त्रण र नियमन गर्न बिहानैदेखि मेट्रो स्टेशनहरूमा प्रहरीहरू खट...
एकै दिनमा थपिए ९१ हजार भन्दा बढी कोरोना संक्रमित भारतमा

एकै दिनमा थपिए ९१ हजार भन्दा बढी कोरोना संक्रमित भारतमा

अन्तराष्ट्रिय
भदाै २२ काठमाडौं । भारतमा गएको २४ घण्टामा भारतमा ९१ हजार भन्दा बढीमा संक्रमण देखिएको छ ।वल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा एकैदिन ९१ हजार ७ सय २३ जनामा संक्रमण पुष्टि भएको छ । यसरी भारतमा संक्रमितको संख्या ४२ लाख २ हजार ५ सय ६२ पुगेको छ । त्यस्तै भारतमा एकैदिन १ हजार ८ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् ।यसरी भारतमा कोरोनाबाट ज्यान जानेको कुल संख्या ७१ हजार ६ सय ८७ पुगेको छ । भारतमा ३२ लाख ४७ हजार २ सय ९७ जना संक्रमित उपचारपछि निको भएका छन् भने ८ लाख ८३ हजार ५ सय ७८ जना उपचाररत छन् । ...
राज मेकअप स्टुडियोको चाडपर्व लक्षित स्पेशल कोर्ष

राज मेकअप स्टुडियोको चाडपर्व लक्षित स्पेशल कोर्ष

आर्थिक, समाचार
देश कोरोनाले अस्त व्यस्त छ, कोरोना भाईरस संक्रमण रोकथामका लागी भनी सरकारले निषेधाज्ञा जारी गरेको पनि लामै समय भैसकेको छ, यदपि संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । नागरिकको जिवनस्तरमा निकै ठूलो असर परेको छ । दैनिक गुजारा गरेर खानेहरुको अवस्था निकै भयावह बनेको अवस्था छ । नजिकिदै गरेको चाडपर्वमा यसले झन कस्तो असर पार्ने हो हामी सहजै अनुमान लगाउन सक्छौ । तथापी आफ्नो पेशा गरेर खाने व्यबसायीको अवस्था पनि त्यतिकै डरलाग्दो अवस्था बनेकै छ । यसको असर सौन्दर्य व्यबसायीहरुलाई त झनै सोझै देखिन्छ , अन्य व्यबसायले सामान्य कारोवार गर्ने स्थिती भए पनि सरकारले सौन्दर्य व्यबसायलाई संचालन गर्ने अनुमति दिएको छैन । तर पनि केहि यस पेशामा सक्रिय सौन्दर्य व्यबसायी मेक सम्बन्धि ज्ञान लिन ईच्छुकहरुलाई सहज वातावरण बनेपछि तालिम प्रदान गर्ने उद्देश्यले केहि व्यबसायीहरु प्रर्वद्धिन योजनाहरु लिएर आएका छन । यसैको...
माइकिङ गरि कोरोना सचेतना जगाउदै महानगरीय प्रहरी प्रभाग गोकर्ण

माइकिङ गरि कोरोना सचेतना जगाउदै महानगरीय प्रहरी प्रभाग गोकर्ण

समाचार, स्वास्थ्य
भाद्र २१ काठमाडौं ।शान्ति सुरक्षाको प्रमुख दायित्व बोकेको नेपाल प्रहरीले सचेतना कार्यक्रम समेत गर्दै आएको छ । काठमाडौं उपत्यका लगायत गोकर्णेश्वर नगरपालिका भित्र पनि कोरोना संक्रमित बढ्दै गए पछि महानगरीय प्रहरी प्रभाग गोकर्णले शान्ति सुरक्षा प्रदान गर्नुको साथै कोरोना सचेतना जगाउदै आएको छ । प्रहरीले स्थानीय नागरिकलाइ माइकिंग गरेर सचेत गर्न थालेको हो  ।  समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कोरोना भाइरसबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं नारा सहित गोकर्णका बिभिन्न चोक तथा टोलमा  माइकिंग गरि सुरक्षा  सचेतना जगाउदै आएको हो  । सरसफाइमा विशेष ध्यान दिने, अनिवार्य रुपमा मास्कको प्रयोग गरौं, सामाजिक दूरी कायम गरौं, अनावश्यक रुपमा भिडभाड नगरौं, भिडभाडमा नजाऔं, आवश्यकता अनुसार सेनिटाइजरको प्रयोग गरौं, नियमित रुपमा साबुन पानीले हात धुने बानी बसालौं  अत्यावश्यक काम बाहेक घर बाहिर नहिड्...
उद्योगपति विनोद चौधरी कोरोनाभाइरसको संक्रमणबाट मुक्त

उद्योगपति विनोद चौधरी कोरोनाभाइरसको संक्रमणबाट मुक्त

आर्थिक, समाचार
उद्योगपति विनोद चौधरी कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएका छन। गत भदौ१२ गते ग्रुपका अध्यक्ष तथा सांसद चौधरीले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जनाएका थिए। शनिबार राति एक ट्विट गर्दै १० दिनपछि आफू कोरोना संक्रमण मुक्त भएको उनले जानकारी दिएका हुन।  उनले एकान्तवासमा सबैको मायाँ र प्रेरणाले उर्जा मिलेको र त्यही उर्जाकै कारण कोरोना संक्रमणमुक्त भएको जनाएका छन। ...
विश्वमा दुई लाख ५८ हजार संक्रमित थपिए, ४६ सयको मृत्यु

विश्वमा दुई लाख ५८ हजार संक्रमित थपिए, ४६ सयको मृत्यु

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
पछिल्लो २४ घण्टाभित्र विश्वमा दुई लाख ५८ हजार ४०८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा चार हजार ६३२ जनाको मृत्यु भएको छ।  योसँगै विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७० लाख ४३ हजार १७९ र मृत्यु हुनेको संख्या आठ लाख ८२ हजार ९८६ पुगेको छ। पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये भारतमा सबैभन्दा बढी ९० हजार ६०० जना रहेका छन्। सोही अवधिमा मृत्यु हुनेको संख्या पनि भारत अग्रस्थानमा छ। गत २४ घण्टामा भारतमा कोरोना भाइरसका कारण एक हजार ४४ जनाले ज्यान गुमाएका हुन्।  यसैगरी, अमेरिकामा ४० हजार ७४८ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ कोरोना संक्रमितमध्ये थप ७०७ जनाको ज्यान गएको छ। ब्राजिलमा ३१ हजार १९९ जना नयाँ संक्रमित थपिँदा ६१९ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ। गत २४ घण्टाभित्र अर्जेन्टिनामा नौ हजार ९२४, फ्रान्समा आठ हजार ५५०, कोलम्ब...
रोनाल्डो बिहीन पोर्चुगलको शानदार जित

रोनाल्डो बिहीन पोर्चुगलको शानदार जित

खेलकुद, समाचार
साबिक विजेता पोर्चुगलले शानदार जितका साथ युरोपियन नेशन्स लिगको सुरुवात गरेको छ । आइतबार राति भएको समूह ए थ्रीको खेलमा पोर्चुगलले क्रोएसियालाई ४–१ ले पराजित गरेको हो । क्रिष्टियानो रोनाल्डो बिनाको खेलमा पोर्चुगलले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा एक गोल गरेको हो । उसका लागि ४२ औँ मिनेटमा जोआओ क्यानसेलोले गोल गरेर सुरुवाति अग्रता दिलाए । यस्तै ५९ औँ मिनेटमा डिओगो जोता, ७१ औँ मिनेटमा जोआओ फेलिक्स र इन्जुरी समयको छैटौँ मिनेटमा आन्द्रे सिल्भाले गोल गरेका हुन् । क्रोएसियाका लागि इन्जुरी समयको दोस्रो मिनेटमा पेट्कोविचले एक गोल फर्काए । रोनाल्डो चोटका कारण खेल्न नसके पनि रंगशालामा टिमको हौसला बढाउन उपस्थित थिए । उनको अनुपस्थितिमा खेलेका २० वर्षका जोआओ फेलिक्सले राष्ट्रिय टिमका लागि पहिलो गोल गरे। नेशन्स लिग अन्तर्गत शनिबार राति भएका अरु खेलमा फ्रान्सले स्वीडेन, जिब्रालटारले सान मार...
केही ठाउँमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अपील

केही ठाउँमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अपील

समाचार, समाज
प्रदेश १ र २ मा पूर्ण बदली रही बाँकी प्रदेशहरूको मौसमममा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार प्रदेश १, २, बागमाती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।  आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै  प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  आगामी २४ घण्टामा प्रदेश १, २, बाग्मती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका  एक/दुई स्थानहरूमा  भारी वर्षाको  सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।  ...