आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
फोटो पत्रकारलाई राहत वितरण

फोटो पत्रकारलाई राहत वितरण

आर्थिक, समाचार, समाज
कोरोना सङ्क्रमण न्यूनीकरणका लागि सरकारले विगत छ महिनादेखि जारी राखेको लकडाउनका कारण समस्यामा परेका फोटो पत्रकारलाई राहत वितरण गरिएको छ । बाग्लुङ समाज कल्याण केन्द्रका उपाध्यक्ष रसमिला श्रेष्ठ र समाजसेवी सरोज भारीको सहयोगमा राहतस्वरुप आज १५ फोटो पत्रकारलाई २५ केजी चामल र एक केजी सोयाबिन तेल उपलब्ध गराइएको हो । समाजसेवीले उपलब्ध गराएको खाद्यान्न राष्ट्रिय फोटो पत्रकार समूहले आवश्यकताका आधारमा फोटो पत्रकारलाई उपलब्ध गराएको समूहका महासचिव एवं राससकर्मी प्रदीपराज वन्तले जानकारी दिए । समूहले यसअघि ललितपुरको झरुवाराशीमा रहेको बज्र इँटाभट्टामा कार्यरत ६३ श्रमिकको परिवारलाई राहत उपलब्ध गराएको थियो । यस्तै लामो समयदेखि बिरामी पत्रकार तथा लेखक बीके पाल्पालीलाई पनि समूहले रु २२ हजार बराबरको औषधि र रु आठ हजार बराबरको खाद्यान्न सहयोग गरेको थियो । राष्ट्रिय जनस्वास्थ विभाग टेकुको सहयोगमा काठमाडौँम...
विश्व आत्महत्या रोकथाम दिवस : कोरोनाको संकटपछि आत्महत्याको अबस्था

विश्व आत्महत्या रोकथाम दिवस : कोरोनाको संकटपछि आत्महत्याको अबस्था

समाचार, समाज
विश्वव्यापीरुपमा नै जटिल समस्या बन्दै गएको छ आत्महत्या । यसकाे रोकथाम तथा जनचेतना अभिवृद्धिकाे उद्देश्यका साथ प्रत्येक वर्षकाे सेप्टेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै आएको छ । यस वर्ष पनि साेही दिन ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ मूल नाराका साथ यो दिवस मनाइँदैछ । यस वर्ष कोरोनाको संकट र लकडाउनले शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक, आर्थिकजस्ता सबै पाटोलाई असर पुर्‍याएको छ । यसले सबै तह, तप्का, उमेर र समुदायका व्यक्तिलाई प्रभाव पारेको छ । यस संकटपछि आत्महत्या गर्नेको संख्या निकै बढ्यो । आत्महत्याको अवस्था भयावह हुँदै भन्नेजस्ता समचार हिजोआज आइरहेका छन् । आत्महत्यालाई कोरोना महामारीले निम्त्याएको संकटसँग मात्र जोडेर समेत हेर्ने गरिएको छ । तर, आत्महत्या अहिलेको मात्र समस्या भने होइन । नेपालमा पनि आत्महत्या पहिलेदेखि नै जनस्वास्थ्य क्षेत्रको एउटा ठूलो समस्या र चुनौतीका ...
नेपालमा काेराेना संक्रमितकाे संख्या ५० हजार नाघ्याे, बिहिबार मात्रै थपिए १२४६ जना संक्रमित

नेपालमा काेराेना संक्रमितकाे संख्या ५० हजार नाघ्याे, बिहिबार मात्रै थपिए १२४६ जना संक्रमित

समाचार, स्वास्थ्य
 नेपालमा काेराेना संक्रमितकाे संख्या ५० हजार नाघेकाे छ । पछिल्लाे २४ घण्टामा देशभर थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहिबारकाे नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यससँगै देशमा हालसम्म कुल काेराेना संक्रमितकाे संख्या ५० हजार ४६५ पुगेको उनले बताए । पछिल्लो २४ घण्टामा १८१८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ३५ हजार ७०० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १० रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ४३८ जना रहेका छन्  । यस्तै हालसम्म ७१ प्रतिशत संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ३५ हजार ...
काठमाडौँ उपत्यकामा थप ५७२ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा थप ५७२ जनामा काेराेना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौँमा ४९५ जना , ललितपुरमा ४३ जना र भक्तपुरमा ३४ जना गरी काठमाडाैँ उपत्यकामा थप ५७२ मा काेराेना पुष्टि भएकाे जानकारी दिए ।
काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो, तर यी काम गर्न पाइँदैन

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो, तर यी काम गर्न पाइँदैन

राजनीति, समाचार
काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पार्दै विहीबारबाट काठमाडौं उपत्यकामा जोर विजोर सवारी सञ्चालन गर्न पाइने भएको छ। बुधबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले केही सहजतासँगै निषेधाज्ञा पनि लब्म्याउने निर्णय गर्दै बिहीबारबाट नीजि सवारी साधान जोरविजोर, विहान बेलुका पसलहरु खोल्न पाउने गरी निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको हो। सार्वजनिक यातायातको सम्बन्धमा भने कुनै निर्णय भएको छैन । त्यस्तै, पसल व्यवसाय पनि विहान बेलुकी खोल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमल प्रसाद पाण्डेले जानकारी दिए। उनले यसबाहेक अन्य विषयमा पनि सहजता ल्याइएको बताए। स्वास्थ्य सुरक्षा अपनाएर दैनिकी चलाउनुपर्ने अवस्थालाई निर्णय गर्दा ख्याल गरिएको प्रशासकीय अधिकृत पाण्डेको भनाई छ। तर मानिसहरुको भीडभाड हुने क्षेत्रहरु भने खुला गरिएको छैन। ...
एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध मुद्दा

एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध मुद्दा

अपराध, समाचार
रौतहटको गरुडाका दलित युवा विजयराम चमार मृत्यु प्रकरणमा यातना दिएको भन्दै रौतहटका तत्कालिन प्रहरी प्रमुख एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्लाको गरुडा नगरपालिका–८ बसविट्टी जिंगडिया वस्ने वर्ष २० का निरन्जन रामको हत्याका आरोपमा ईलाका प्रहरी कार्यालय गरुडाले विजयरामलाई पक्राउ गरेको थियो । हिरासतमा नै बिरामी परेका उनको उपचारको क्रममा मृत्यु भएको थियो । प्रहरीको यातनाका कारण उनको मृत्यु भएको परिवारको आरोप छ । उक्त प्रकरणमा एकजना प्रहरी निरीक्षकसहित ३ प्रहरी निलम्बन समेत गरिएको छ । यद्यपी एसपी खड्कालाई त्यहाँबाट हटाइ प्रहरी प्रधान कार्यालय, नक्सालमा तानिएको छ । भने उनको ठाउँमा एसपी सिद्धिविक्रम शाहलाई पठाइएको छ । ...
काठमाडौँ उपत्यकामा थप ४६४ जनामा कोरोना पुष्टि

काठमाडौँ उपत्यकामा थप ४६४ जनामा कोरोना पुष्टि

समाचार
 पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४६४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा ३९४ , ललितपुरमा ३४ र भक्तपुरमा ३६ जना कोरोना संक्रमित थपिएका हुन्। पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। बुधबार मात्रै नेपालमा १ हजार ८१ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म देशभर कोरोना संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ। ...
धादिङ केन्द्र भएर भूकम्प

धादिङ केन्द्र भएर भूकम्प

समाचार, समाज
धादिङ केन्द्र भएर आज दिउसो भूकम्प गएको छ। बुधबार दिउसो ३ बजेर ४८ मिनेट जाँदा धादिङको निलकण्ठ नगरपालिका क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का धादिङ र आसपास क्षेत्रमा महसुस गरिएको थियो। नेपालमा २०७२ सालको महाभूकम्पपछि पनि निरन्तर नयाँ भूकम्प र परकम्प गइरहेका छन्। ...
थप १ हजार ८१ मा कोरोना संक्रमण पुष्टि

थप १ हजार ८१ मा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ।आज ११ हजार १६७ पीसीआर परीक्षण गरिएको थियो। ...
पर्सा, बारा र रौतहटका थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

पर्सा, बारा र रौतहटका थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
वीरगञ्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमा ४ वर्षका बालक देखि ६७ वर्ष उमेर समूहका थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार राती गरिएको परीक्षणमा पर्सा, बारा र रौतहट जिल्लाका गरि थप ३७ जनामा संक्रमण देखिएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए। संक्रमण देखिनेमा पर्साका ६, बाराका ९ र रौतहटका २२ जना रहेका चौरसियाले बताए । वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ मा दुईजना, २८ र ३२ मा एक एक जना, पटेर्वा सुगौली गाउँपालिकामा एक र चैनपुरमा एक जनामा संक्रमण देखिएको छ। बाराको कलैया उप महानगरपालिकामा दुईजना, जितपुर सिमरा २ मा एक, बारागढी गाउँपालिकामा एक, कोल्हवी नगरपालिकामा तीन र इलाका प्रहरी कार्यालय बारागढीका एक जनामा संक्रमण देखिएको छ। यस्तै रौतहटको दुर्गा भगवती गाउँपालिका ५ मा २२ जनामा कोरोना पुष्टि भएको छ। ...