आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
नेयमार कोरोना मुक्त

नेयमार कोरोना मुक्त

अन्तराष्ट्रिय, खेलकुद, समाचार
ब्राजिलियन फरवार्ड नेयमार कोरोना मुक्त भएका छन् । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) स्टार नेयमारले आफू कोरोना मुक्त भएको जनाएका हुन् । उनलाई १० दिन अघि कोरोना संक्रमण देखिएको थियो ।नेयमारले शुक्रबार आफु कोरनामुक्त भएको जनाएका छन् । ‘म अभ्यासमा फर्केको छु । एकदमै खुसी । कोरोना आउट,’ नेयमारले ट्वीट गरेका छन् । सेप्टेम्बर २ मा नेयमारसँगै क्लका अन्य तीन खेलाडीको कोरोना संक्रमण देखिएको थियो । केही दिन अघि अर्का स्टार केलियन एमबाप्पेलाई पनि संक्रमण देखिएको थियो । सन् २०१७ मा बार्सिलोनाबाट पिएसजीमा आबद्ध भएका नेयमारले टोलीका लागि ८५ खेलमा ७० गोल गर्नुका साथै ४१ एसिस्ट गरेका छन् । पिएसजी पुगेर उनले तीन वटा लिग वन, दुई वटा फ्रेन्च कप र दुई पटक फ्रेन्च लिग कप जितेका छन् । नेयमारको उच्च प्रदर्शनबाट प्रेरित पिएसजी गत सिजन च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो । क्लब इतिहासमै...
पाँच कम्पनीको सेनिटाइजरमाथि औषधि व्यवस्था विभागद्वारा रोक

पाँच कम्पनीको सेनिटाइजरमाथि औषधि व्यवस्था विभागद्वारा रोक

अपराध, समाचार, स्वास्थ्य
औषधि व्यवस्था विभागले काठमाडौं उपत्यकाका ५ वटा कम्पनीले उत्पादन गरेको ह्याण्ड सेनिटाइजर प्रयोग नगर्न नगराउन आग्रह गरेको छ। विभागले सूचना जारी गर्दै नेपाल कायाकल्प उद्योग (भक्तपुर)ले उत्पादन गरेको इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर, हाइजेनिक सप एण्ड केमिकल प्रालि (काठमाडौं)ले उत्पादन गर्ने इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर ओरिजिनल, आधर केमिकल एण्ड फूड इन्डस्ट्रीज (काठमाडौं)ले उत्पादन गर्ने एडभान्स हेन्ड सेनिटाइजर, सर्च केम कम हर्वल प्रोडक्टस (काठमाडौं)ले उत्पादन गर्ने इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखि हर्वल प्रोडक्टस (काठमाडौं)ले उत्पादन गर्ने सूर्यमुखि ह्याण्ड सेनिटाइजर प्रयोग नगर्न अनुरोध गरेको छ। विभागले विभिन्न कम्पनीहरुको ह्याण्ड सेनिटाइजरको नमूना संकलन गरी ‘इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर (अल्कोहल बेस्ड)सम्बन्धि स्तर २०७६’ विपरित विषाक्त रसायन ‘मिथानोल’ समावे...
झापामा १०६ वर्षका वृद्धमा कोरोना

झापामा १०६ वर्षका वृद्धमा कोरोना

समाज, स्वास्थ्य
झापाको दमकमा एक १०६ वर्षीय वृद्धमा समेत कोरोना संक्रमण पुष्टि भएको छ। वडा नं.९ का ती वृद्धको स्वाब संकलनको क्रममा उल्लेखित विवरणमा १०६ वर्ष भएको दमक नगरपालिका, क्वारेन्टाइन व्यवस्थापन समितिका सचिव कुवेर भट्टराईले जानकारी दिएका छन् ।  ती वृद्धसहित शुक्रबार दमकमा थप ९ जना संक्रमित थपिएका हुन्। आज थपिएका मध्ये ३ पुरुष र ६ महिला छन्। गत २३ गते १ सय ५ जनाको स्वाब संकलन गरी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा बाँकीको भने रिपोर्ट नेगेटिभ आएको छ ।  ...
यूएईपछि बहराइनको पनि इजरायलसँग कूटनीतिक

यूएईपछि बहराइनको पनि इजरायलसँग कूटनीतिक

अन्तराष्ट्रिय, समाचार
 सँयुक्त अवर इमिरेट्स (यूएई)ले इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको करिब एक महिनापछि अर्को अरब मुलुक बहराइनले पनि इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने भएको छ। दुई मुलुकबीच सम्बन्ध सुधार गर्ने सहमति भएको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहराइन र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना गर्ने ऐतिहासिक सहमति भएको घोषणा गरेका छन्। ट्रम्पले ३० दिन भित्र इजरायलसँग शान्ति सम्झौता गर्ने बहराइन दोस्रो मुलुक बनेको बताएका छन्। यसअघि इजरायल र यूएईबीच कूटनीतिक सम्बन्ध स्थापना भएको पनि ट्रम्पले नै घोषणा गरेका थिए। दशकौंदेखि अरब मुलुकहरुले प्यालेस्टानी समस्या समधान भएमात्र इजरायललाई मान्यता दिने र उसँग सम्बन्ध स्थापना गर्ने बताउँदै आएका थिए। तर, गत महिना यूएई र इजरायलबीच ऐतिहासिक कूटनीतिक सम्बन्ध स्थापना भयो। त्यसपछि बहराइन र इजरायलबीच पनि कूटनीतिक सम्बन्ध स्थापना हुने...
अफगानिस्तान र तालिबानबिच पहिलोपटक प्रत्यक्षरुपमा शान्ति वार्ता हुँदै

अफगानिस्तान र तालिबानबिच पहिलोपटक प्रत्यक्षरुपमा शान्ति वार्ता हुँदै

अन्तराष्ट्रिय, समाचार
अफगानिस्तानमा चार दशकदेखि चलेको युद्ध अन्त्यको प्रयास स्वरुप शान्ति वार्ता सुरु हुँदैछ। अफगानिस्तान सरकार र तालिबान बिद्रोहीबिच शनिबार पहिलोपटक खाडी मुलुक कतारमा शान्ति वार्ता हुँदैछ । शान्ति वार्ता यसअघि नै हुने भनिए पनि विविध कारणले हुन सकेको थिएन । वार्ताको उद्घाटनका लागि दोहा उड्ने क्रममा अमेरिकी विदेश मन्त्री माइक पोम्पोओले यसलाई ऐतिहासिक घटना भनेका छन् । गएको फेब्रुअरीमा अमेरिका र तालिबानबिच सुरक्षा सम्झौता भएपछि वार्ताको वातावरण बनेको हो। बन्दी रिहा गर्ने सहमति भने विवादास्पद छ । तर वार्ता सफल भएमा अफगानिस्तानमा विगत चार दशकदेखि जारी हिंसा अन्त्य हुनेछ । अफगानिस्तानको वार्ता टोलीका प्रमुखहरु शुक्रबार नै दोहा पुगेका छन् । बिहीबार तालिबानले आफू वार्तामा सहभागी हुने पुष्टि गरेको थियो । ६ कैदी रिहा भएपछि तालिबानले वार्ताका लागि सहमति जनाएको हो । अफगान सरकार र तालिबानका प्रत...
सहिमाको स्वर तथा मोडल संजय बिक्रम फिचर्ड ‘मेरो एउटा साथी ‘सार्वजनिक(भिडियो)

सहिमाको स्वर तथा मोडल संजय बिक्रम फिचर्ड ‘मेरो एउटा साथी ‘सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
गायिका सहिमा श्रेष्ठको स्वर तथा किरण केसी (क्रोधी)को शब्द एवम् अर्जुन पोख्रेलको संगित रहेको ‘मेरो एउटा साथी’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ। मोडल संजय राजविक्रम गायिका सहिमाकै अभिनय रहेको उक्त गितको भिडियोलाई सृजन बरालले निर्देशन गरेका छन्। उक्त गितमा राजेश घिमिरेको छायांकन,अमृत चापागाईंको सम्पादन रहेको छ। गितको निर्माण सम्योजन जनता डिजिटल फिल्मस्ले गरेको छ। https://www.youtube.com/watch?v=OhBjTFivgxo&feature=share&fbclid=IwAR0FGhMoXeYntRVAg9VlmIo-5f2YVBeJ7ZZJe-dfgZC5Kvfu91MVf2KsZu4 भिडियोलाई आहा टिभि नामक युट्यूब मार्फत सार्वजनिक गरिएको छ। ...
मापदण्ड उल्लङ्घन गर्नेविरुद्ध कारबाही शुरु

मापदण्ड उल्लङ्घन गर्नेविरुद्ध कारबाही शुरु

राजनीति, समाचार
काठमाडौँ उपत्यकामा जारी तीन हप्ता लामो निषेधाज्ञा खुकुलो भई बिहीबारबाट राजधानीमा चहलपहल बढेको छ । निजी तथा सार्वजनिक सवारी साधनहरू सञ्चालनमा जोर–बिजोर लागू गरिएसँगै सडकमा सवारीको चाप केही बढेको छ भने व्यापार व्यवसाय तथा पसल खुलेका छन् । निषेधाज्ञा खुकुलो भएसँगै मापदण्ड उल्लङ्घन गर्नेविरुद्ध कारबाही सुरु भएको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेलले दशैँ–तिहार नजिकिँदै गएकाले पनि सवारीको चाप ह्वात्तै बढेको हुनसक्ने बताउनुभयो । जोर–बिजोरको पालना नगरी चलाइएका एक हजारभन्दा बढी सवारी नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । त्यस्तै स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना नगर्ने सवारीमा सवारी यात्रु झार्नेदेखि चालकलाई कारबाही गर्न थालिएको छ । कोरोना सङ्क्रमण महामारी भयावह बन्न सक्ने खतराका कारण कतिपय व्यापार, व्यवसाय र पसलहरू खोल्न तथा सञ्चालन गर्न साताको बार र निश्चित समय ...
कर तिर्ने समयावधि बढाउन निजीक्षेत्रले गरेको माग सरकारबाट अस्विकार

कर तिर्ने समयावधि बढाउन निजीक्षेत्रले गरेको माग सरकारबाट अस्विकार

आर्थिक, समाचार
 देशभर लगाइएको निषेधाज्ञा पूर्णरूपमा नहटेका कारण कर तिर्ने समयावधि बढाउन निजीक्षेत्रले गरेको माग सरकारले सम्बोधन नगर्ने देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार भदौ २५ भित्रै कर चुक्ता र विवरण पेश गर्नुपर्ने यसअघिको व्यवस्थामा समयावधि थप नभएको हो । आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवर निजीक्षेत्रले समयावधि बढाउन आग्रह गरे पनि थप नभएकाले अवधि नाघेपछि कर भुक्तानी गर्न आउनेलाई नियमानुसार जरीवाना लाग्ने बताउँछन् । ‘निजीक्षेत्रले समय माग गरेको छ । हामीले अर्थलाई जानकारी पनि गरायौं तर मन्त्रालयबाट कुनै निर्णय भएन,’ उनले भने । कुँवरका अनुसार अब मूल्य अभिवृद्धि कर, आयकर, अन्तःशुल्क जुनमा दर्ता भएको हो, त्यसलाई पहिलेकै नियमानुसार विलम्ब शुल्क, ब्याज र जरीवानासहित करदाताले कर चुक्ता गर्नुपर्नेछ ।आजको आर्थिक अभियान दैनिकमा खवर छ । ...
अमेरिकाद्वारा एक हजारभन्दा बढी चिनियाँ विद्यार्थीको भिसा रद्द

अमेरिकाद्वारा एक हजारभन्दा बढी चिनियाँ विद्यार्थीको भिसा रद्द

अन्तराष्ट्रिय, शिक्षा, समाचार
अमेरिकी ट्रम्प प्रशासनले एक हजारभन्दा बढी चिनियाँ नागरिकको भिसा रद्द गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । ट्रम्प प्रशासनले बौद्धिक सम्पत्ति, प्रविधि र अरु संवेदनशील सूचनामा शङ्कास्पद पहुँच हासिल गरेको भन्दै चिनियाँ विद्यार्थी र अनुसन्धाताको भिसा रद्द गरेको हो । विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपतिको आदेशबमोजिम सेप्टेम्बर ८, २०२० सम्ममा एक हजारभन्दा बढीको भिसा रद्द गरिएको जानकारी दिए । यद्यपि संयुक्तराज्य अमेरिकामा अध्ययन र अनुसन्धानको अनुमति प्राप्त गरेका कुल चिनियाँ विद्यार्थीको अनुपातमा भिसा रद्द गरिएको यो सङ्ख्या निकै कम हो । चीनको सेनासँग निकट सम्बन्ध रहेका चिनियाँ स्नातक विद्यार्थी र अनुसन्धाताहरूको अमेरिका प्रवेशमा कडाइ गर्नेगरी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुन १ तारिखमा एउटा आदेशमा हस्ताक्षर गर्नुभएको थियो यो समाचार आजको गोरखापत्रले छापेको छ । ...
पत्रकार वीरेन्द्र साह हत्याका अर्का अभियुक्त हरेराम १३ वर्षपछि पक्राउ

पत्रकार वीरेन्द्र साह हत्याका अर्का अभियुक्त हरेराम १३ वर्षपछि पक्राउ

अपराध, समाचार
बाराका पत्रकार वीरेन्द्र साहका हत्याका अर्को अभियुक्त कोल्हवीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको साविक तेलकुवाँ गाविस-४ हाल महागढीमाई नगरपालिका(२ का ४७ वर्षीय हरेराम पटेल रहेका छन् । उनी हत्याको घटना भएको १३ वर्षपछि पक्राउ परेका हुन् । पटेल तत्कालीन माओवादीका वाईसिएल ईन्चार्ज थिए । २०६४ असोज १८ मा तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ताले बाराको पिपरा बजारबाट अपहरण गरी हत्या गरेका थिए । हाल भने उनी मोहन वैद्यले नेतृत्व गरेका नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य र सोही पार्टीअन्तर्गतका क्रान्ति मधेसी मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष रहेका छन् । मुख्य योजनाकार लालबहादुर चौधरी अझै फरार रहेको बताइएको छ । सात महिनाअघि पत्रकार साहकै हत्याका अर्का अभियुक्त कुन्दन फौजदार पक्राउ परेका थिए । ...