बाराका पत्रकार वीरेन्द्र साहका हत्याका अर्को अभियुक्त कोल्हवीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको साविक तेलकुवाँ गाविस-४ हाल महागढीमाई नगरपालिका(२ का ४७ वर्षीय हरेराम पटेल रहेका छन् । उनी हत्याको घटना भएको १३ वर्षपछि पक्राउ परेका हुन् । पटेल तत्कालीन माओवादीका वाईसिएल ईन्चार्ज थिए ।
२०६४ असोज १८ मा तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ताले बाराको पिपरा बजारबाट अपहरण गरी हत्या गरेका थिए । हाल भने उनी मोहन वैद्यले नेतृत्व गरेका नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य र सोही पार्टीअन्तर्गतका क्रान्ति मधेसी मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष रहेका छन् ।
मुख्य योजनाकार लालबहादुर चौधरी अझै फरार रहेको बताइएको छ । सात महिनाअघि पत्रकार साहकै हत्याका अर्का अभियुक्त कुन्दन फौजदार पक्राउ परेका थिए ।
