बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

घरेलु रक्सी उत्पादन गरेको आरोपमा कुवेतमा २ जना नेपाली पक्राउ

अवैध रुपमा घरेलु मदिरा उत्पादन गरी विक्री वितरण गरेको आरोपमा कुवेतमा २ जना नेपाली पक्राउ परेका छन् ।

कुवेतको अहमदी पुलिस स्टेशनबाट खटिएको प्रहरीले महबुला उपमहानगर क्षेत्रको एउटा अपार्टमेन्टमा छापा मारी २ जना नेपालीलाई पक्राउ गरेको हो ।

कुवेत प्रहरीले उनीहरुले आफू बस्ने कोठामै मदिरा उत्पादन गरी बिक्री वितरण गर्ने गरेका थिए ।

प्रहरीले पक्राउ परेका नेपालीहरुको कोठाबाट मदिरा उत्पादन गर्न प्रयोग गरिने कच्चा पदार्थ, केही ड्रमहरु र बिक्रीका लागि तयारी अवस्थामा राखिएको मदिरा बरामद गरेको जनाएको छ ।

मदिराको कारोबार अवैध मानिने कुवेतमा यसअघि पन केही नेपालीहरु घरेलु मदिरा उत्पादन गरेको आरोपमा पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *