भारतमा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ८२ हजार ८६० जना संक्रमित थपिएसँगै हालसम्म ३८ लाख ४८ हजार ९६८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा १ हजार २६ जनाको कोरोनाका कारण ज्यान गुमेको भारतमा हालसम्म ६७ हजार चार सय ८६ जनाको मृत्यु भइसकेको छ ।
मृतक र संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित र कोरोनाका कारण ज्यान गुमाउनेको सूचिमा तेस्रो हो ।
संक्रमितमध्ये अहिलेसम्म २९ लाख ६७ हजार ३३९ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख १४ हजार ६८ जनाको उपचार भइरहेको छ ।
