आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
सरकारले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १६ भदौदेखि सञ्चालन गर्न दिने

सरकारले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १६ भदौदेखि सञ्चालन गर्न दिने

शिक्षा, समाचार
काठमाडौं । सरकारले कोरोना भाइरसका कारण स्थगित परीक्षा १६ भदौबाट सञ्चालन गर्न दिने भएको छ ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ १६ गतेबाट गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताए । जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न दिने निर्णय गरेको प्रवक्ता खतिवडाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले भने भदौ मसान्तसम्म विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नदिने सिफारिस गरेको थियो । ५ साउनमा सरकारले १ भदौबाटै परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न दिने निर्णय गरेको थियो । सरकारको यो निर्णयपछि कतिपय विश्वविद्यालयहरूले भदौ दोस्रो हप्ताबाट परीक्षा सञ्चालनको तयारी गरेका थिए । कोभिड–...
चलचित्रकर्मी करण श्रेष्ठले शुरु गरे निशुल्क सेनिटाइजर बुथ

चलचित्रकर्मी करण श्रेष्ठले शुरु गरे निशुल्क सेनिटाइजर बुथ

मनोरन्जन, समाचार
चलचित्र निर्माता, वितरक, कलाकार तथा जागौं यूवा अभियानका अध्यक्ष करण श्रेष्ठले आम मानिसका लागि निशुल्क सेनिटाइजर बुथको शुरुवात गरेका छन्। करणले अनमानगरबाट सो कार्यको थालनी गरेका हुन्। बाटो हिँड्ने आम मानिसका लागि बाटोमै अटोमेटिक सेनिटाइजर बुथको व्यवस्था शुरु गरेको हो। हाललाई अनामनगरस्थित पूर्वी गेटमा बाटो हिँड्ने आम मानिसका लागि सेनिटाइजरको बुथ राखिएको छ। जहाँ हात राख्नासाथ सेनिटाइजर लगाउन पाईन्छ। कोरोना त्रास बढ्दै गर्दा आम मानिसको स्वास्थ्यलाई ख्याल गरेर यस्तो वुथ सञ्चालनमा ल्याएको उनले बताएका छन्। केही दिन अघिदेखि जागौं यूवा अभियानले निशुल्क मास्क समेत वितरण गर्दै आएको थियो। त्यस लगतै अटोमेटिक निशुल्क सेनिटाइजर बुथ सञ्चालनमा ल्याईएको हो। सो बुथको उद्घाटन कलाकार दिपकराज गिरी, अनामनगर प्रहरी वृत्तका डीएसपी हरिबहादुर बस्नेत, चलचित्र पत्रकार संघका महासचिव समीर बलामी, गुण सिनेमा ...
रेडियो झापाद्वारा सचेतना कार्यक्रम सम्पन्न

रेडियो झापाद्वारा सचेतना कार्यक्रम सम्पन्न

समाचार, समाज
दमक, २६ साउन । रेडियो झापाको आयोजनामा आज दमकमा कोरोना भाइरसको संक्रमणका विषयमा जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ । कोरोना भाइरसबाट सुरक्षित रहनका लागि माक्सको प्रयोग, साबुन पानीले हात धुनुपर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने आम नगरवासीमा चेतना फैलाउँदै माक्स वितरण गरिएको थियो । दमकको फाल्गुनन्द चोक र गणतन्त्र चोकमा रेडियो झापाले मास्क बितरण तथा कोरना बिषयमा जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । रेडियो झापाबाट उक्त कार्यक्रमको करिब अढाई घण्टा प्रत्यक्ष प्रशारण भएको थियो । त्यस कार्यक्रममा दमक उधोग बाणिज्य संघले ६ सय थान मास्क उपलब्ध गराएको थियो । सचेतना कार्यक्रममा दमक नगरपालिका र इलाका प्रहरी कार्यालय दमकको प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रम दमकको गणतन्त्र चोकबाट सुरु भइ फाल्गुनन्द चोकमा गएर समापन भएको थियो । त्यस कार्यक्रममा अटो चालक, ब्यापारी, पैदलयात्री, ए...
डा.डिआर उपाध्यायको गीत संगीत क्षेत्रमा ३२ वल्र्ड रेकर्ड कायम

डा.डिआर उपाध्यायको गीत संगीत क्षेत्रमा ३२ वल्र्ड रेकर्ड कायम

मनोरन्जन, समाचार
श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले डा. डीआर उपाध्यायले गीत संगीतका क्षेत्रमा विभिन्न ३२ वल्र्ड रेकर्ड कायम गरेर देशकै गौरव बढाएको बताउनु भएको छ । आइतबार राजधानीमा डा. डीआर उपाध्यायका एक साथ १७ विश्व रेकर्ड सार्वजनिक तथा हस्तान्तरण कार्यक्रममा मन्त्री यादवले डा. उपाध्यायले विश्व रेकर्ड मार्फत नेपाल चिनाउने काम गर्नुभएको बताउँनु भएको हो ।यस अघि गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विभिन्न १५ विश्व रकेर्ड कायम गर्नुभएका विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका आइतबार राजधानीमा सामाजिक दुरी कायम गर्दै भएको कार्यक्रममा एक साथ १७ विश्व रेकर्ड विभिन्न दश संस्थाहरुले प्रदान गरेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गीतकार संघका अध्यक्ष चुण्डामणी देवकोटा, एभरेष्ट वल्र्ड बुकका फाउण्डर अध्यक्ष मधु...
शकुन्तला शर्मा र भैरव बहादुर थापा भुवन चैत्य बसुन्धरा फाउण्डेसनबाट पुरस्कृत

शकुन्तला शर्मा र भैरव बहादुर थापा भुवन चैत्य बसुन्धरा फाउण्डेसनबाट पुरस्कृत

मनोरन्जन, समाचार
काठमाडौं– भुवन चैत्य बसुन्धरा फाउण्डेसनले अर्पण गर्ने यस वर्षको हरिश भुवन चन्द पुरस्कार र चेतनारायण बसुन्धरा भुसाल पुरस्कार आज साउन २५ गते आइतबार दुई भिन्न कार्यक्रमका बीच प्रदान गरेको छ । ५ दशक देखि नेपाली चलचित्र र रंगमन्चमा अनवरत रूपमा कार्यरत विशिष्ट रंगकर्मी तथा चरित्र अभिनेत्री श्रीमती शकुन्तला शर्मालाई चेतनारायण बसुन्धरा भुसाल पुरस्कार र ६ दशक भन्दा बढी समय देखि नेपाली रंगमन्च तथा नृत्य निर्देशनको क्षेत्रमा कार्यरत भैरव बहादुर थापालाई हरिश भुवन चन्द पुरस्कार अर्पण गरिएको छ । दुबै पुरस्कारहरुको राशी जनही एकाउन्न हजार रुपैयाँ रहेको छ । कोभिड–१९ कोरोनाको संक्रमण बढिरहेको अवस्था भएकाले पुरस्कार अर्पणको कार्यक्रम जमघट नगरी फाउण्डेसनका पदाधिकारी र केही संचारकर्मीको उपस्थीतिमा सम्पन गरिएको थियो । बिशिष्ट नृत्य निर्देशक भैरव बहादुर थापालाई पुरस्कार र सम्मान अर्पण कार्यक...
टिकटकमा भाइरल अकेशा पोखरेल अभिनित  तीज गीत ‘रातो रातो सारी‘’ सार्वजनिक(भिडियोसहित)

टिकटकमा भाइरल अकेशा पोखरेल अभिनित तीज गीत ‘रातो रातो सारी‘’ सार्वजनिक(भिडियोसहित)

मनोरन्जन, समाचार
टिकटकमा भाइरल चाइल्ड आर्टिस्ट अकेशा पोखरेलको अभिनय रहेको तीज गीत ‘रातो रातो सारी…’ सार्वजनिक भएको छ । गीतमा राजन कार्की र मिना तिवारीको स्वर रहेको छ । राजन/मिनाकै शब्द, राजनको सङ्गीत, सङ्गीत/संयोजन र गोविन्द सोनीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/PN0TEv-xLio सन्तोष पोखरेलको निर्देशन र डीएन राईको कोरियोग्राफ रहेको गीतको भिडियोमा अकेशा पोखरेल, रोविन पोखरेल र स्मृती वस्नेतको अभिनय तथा नृत्य रहेको छ । मुकेश हुमागाईंको छायाँकन रहेको गीतको भिडियोलाई प्रकाश एसकेले सम्पादन गरेका छन् । गीतको भिडियो अकेशा पोखरेलको युट्युव मार्फत सार्वजनिक गरिएको छ । ...
चर्चित गायक बिनोद ढकालको ‘शास्त्र’ व्याण्ड मार्फत आफ्नै शव्द, स्वर तथा संगित रहेको गीत “कालापानी” को म्यूजिक भिडियो सार्वजनिक (भिडियो)

चर्चित गायक बिनोद ढकालको ‘शास्त्र’ व्याण्ड मार्फत आफ्नै शव्द, स्वर तथा संगित रहेको गीत “कालापानी” को म्यूजिक भिडियो सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं। नेपाली बव मार्लीको रुपमा ख्याती कमाएका चर्चित गायक बिनोद ढकाल ‘ व्याण्ड मार्फत आफ्नै, शव्द, स्वर तथा संगित रहेको गीत “कालापानी” को म्यूजिक भिडियो सार्वजनिक भएको छ । होमवर्क रेकर्डस नेपालको प्रस्तुतीमा निर्माण गीतलाई अन्य ब्याण्ड मेम्वर ड्रमसेटमा सुन्दर महर्जन, बैस गितारमा श्याम महर्जन लिड गितारमा दिपेश सिंहले साथ दिएका छन । प्रमोद परियारको एरेन्ज तथा प्रदिप जोशीको मिक्सिङ्गमा तयार भएको गीतको भिडियोलाई निर्देशन स्वयं गायक ढकालले गरेका छन । अरुण अशोक कुमार तथा कुवेर तामाङ्गको छायांकनमा निर्माण भिडियोलाई लक्ष्मण सुनारले सम्पादन गरेका हुन । https://www.youtube.com/watch?v=3my9DIKJzb4&feature=youtu.be&fbclid=IwAR13AVmS_RDmcF-Fx71hzquDQz5u0_Dxie4-2osubo61oxnn_cawQ--MtFU राष्ट्रप्रेम संग सम्बन्धित गितमा गायक तथा बैण्ड मेम्वरहरु फिचर्ड रहेका छन । हाल अधिक चर्चाको विषय बन...
अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६१ हजार नाघ्यो

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६१ हजार नाघ्यो

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाडौं । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ६० हजारभन्दा धेरै पुगेको छ । यसैगरी कोरोना संक्रमितको संख्या ४९ लाखभन्दा धेरै छ । नयाँ तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या ४९ लाख ३७ हजार ४ सय ४१ पुगेको छ । यस्तै मृतकको संख्या १ लाख ६१ हजार ३ सय २८ छ ।अमेरिकाको आहायो राज्यका गभर्नरलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना महामारीका कारण अमेरिकी अर्थव्यवस्थामा पनि नराम्रो असर परेको छ । अमेरिकामा जुलाई महिनामा केबल १८ लाख नयाँ रोजगारी सिर्जना भएको छ । जबकी जुन महिनामा ४८ लाख जनाले नयाँ रोजगारी पाएका थिए । ...
३ दिन ठूलो वर्षाको सम्भावना

३ दिन ठूलो वर्षाको सम्भावना

समाचार, समाज
मनसुनको न्यून चपाीय रेखा फेरि नेपालतर्फ नजिकिँदै गरेकाले देशभर वर्षाको मात्रा बढ्दै गएको मौसमविद्ले बताएका छन्। बागमतीदेखि पश्चिम हिजै साँझदेखि नै वर्षा भइरहेको र आज रातिदेखि अझ बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्। ‘कर्णाली र सुदूरपश्चिम प्रदेशतिर त हिजै साँझदेखि वर्षा भइरहेको छ, यसैगरी ५ नम्बर, गण्डकी र बागमती प्रदेशका केही स्थानमा रातिदेखि हल्का पानी परिरहेको छ,’ मौसमविद् कँडेलले शनिबार बिहान नेपालखबरसँग भनिन्, ‘आज रातिबाट वर्षा अझ बढ्ने सम्भावना छ।’ उनका अनुसार बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा पनि रातिदेखि नै वर्षा भइरहेको छ। गत २० घण्टामा उपत्यकामा २९ मिलिमिटर वर्षा भएको माैसमविद् कँडेलले जानकारी दिइन्। यो भनेको मध्यम वर्षा हो। ५० मिलिमिटर कटेपछि भारी वर्षा मानिन्छ। महाशाखाले शुक्रबार साँझ नै जारी गरेको विशेष...
लकडाउनका कारण २२.५ प्रतिशत कर्मचारीले रोजगारी गुमाए

लकडाउनका कारण २२.५ प्रतिशत कर्मचारीले रोजगारी गुमाए

आर्थिक, समाचार
काठमाडौं। कोरोना (कोभिड—१९)को महामारी र संक्रमण रोक्न गरिएको लकडाउनका कारण साढे २२ प्रतिशत कर्मचारीले रोजगारी गुमाएका छन्। कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा उद्योग/व्यवसायहरुले २२.५ प्रतिशत कर्मचारी/कामदार कटौती गरेको तथ्य सार्वजनिक गरेको छ। होटल तथा रेष्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै कर्मचारी/कामदार कटौती गरेको र कटौती भएका मध्ये अस्थायी/करारका कामदार दुई तिहाइभन्दा धेरै रहेको छ । यस अवधिमा घरेलु उद्योग र लघु उद्यम/साना खुद्रा व्यापारहरुले अन्यको तुलनामा धेरै कर्मचारी/कामदार कटौती गरेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ। लकडाउनको अवधिमा उद्योग/व्यवसायहरुले औसतमा १८.२ प्रतिशत तलब कटौती गरेका छन्। यसैगरी प्रदान गर्दै आएको भत्ता तथा अन्य सुविधाहरुमा समेत उल्लेख्य रुपमा कटौती गरेका छन्। लकडाउनको अवधिमा ४ प्रतिशत उद्योग मात्र पूर्ण क्...