बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

चर्चित गायक बिनोद ढकालको ‘शास्त्र’ व्याण्ड मार्फत आफ्नै शव्द, स्वर तथा संगित रहेको गीत “कालापानी” को म्यूजिक भिडियो सार्वजनिक (भिडियो)

काठमाडौं। नेपाली बव मार्लीको रुपमा ख्याती कमाएका चर्चित गायक बिनोद ढकाल ‘ व्याण्ड मार्फत आफ्नै, शव्द, स्वर तथा संगित रहेको गीत “कालापानी” को म्यूजिक भिडियो सार्वजनिक भएको छ । होमवर्क रेकर्डस नेपालको प्रस्तुतीमा निर्माण गीतलाई अन्य ब्याण्ड मेम्वर ड्रमसेटमा सुन्दर महर्जन, बैस गितारमा श्याम महर्जन लिड गितारमा दिपेश सिंहले साथ दिएका छन । प्रमोद परियारको एरेन्ज तथा प्रदिप जोशीको मिक्सिङ्गमा तयार भएको गीतको भिडियोलाई निर्देशन स्वयं गायक ढकालले गरेका छन । अरुण अशोक कुमार तथा कुवेर तामाङ्गको छायांकनमा निर्माण भिडियोलाई लक्ष्मण सुनारले सम्पादन गरेका हुन ।

राष्ट्रप्रेम संग सम्बन्धित गितमा गायक तथा बैण्ड मेम्वरहरु फिचर्ड रहेका छन । हाल अधिक चर्चाको विषय बनेको र भारतले अतिक्रमित गरेको कालापानी भूभाग को विषयमा समेटेर रचित गीतको भिडियो गायक् ढकालको आफ्नै युट्यूब च्यानलबाट सार्वजनिक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *