महिला उद्यमशिलता विकासका लागि थप सक्रियता:उर्मिला श्रेष्ठ
काठमाडौं-नेपाल महिला चेम्बरको आयोजनामा ‘सेलिङ एण्ड ब्रान्डिङ प्रडक्ट अनलाईन’ बिषयक कार्यशाला सम्पन्न भएको छ । शनिवार वेमिनार मार्फत आयोजित उक्त कार्यशाला जि वि जिको सहयोगमा आयोजनामा आएको हो ।
कार्यक्रम माझ डिजिटल मार्केटर उल्लेख निरौलाले डिजिटल प्लेटफर्म साना उद्यमीहरुलाई अझ लाभदायिक हुने राय पेश गर्दै बेब साइटबाट मात्र नभई फेसबुक, टिकटक, टुइटर, युटुयुब लगायतका सामाजिक संजालबाट पनि प्रडक्ट मार्केटिङ गर्न सकिने बताए ।
निरौलाले ब्रान्डिङले उत्पादनको प्रबर्धनमा महत्वपुर्ण भुमिका खेल्ने बताउदै के देखाएर के बेच्ने भन्नेमा प्रस्ट हुनुपर्ने र त्यसका लागि सोसल इण्टरप्रेनरशिप बढाउन फोटोग्राफी, शब्द, ग्राफिक्स्, इमोसनल भ्यालु, अर्जेन्सी, ट्रस्ट आदी बिषय माथि ख्याल राख्नुपर्ने उल्लेख गरे ।
डिजिटल मार्केटिङका क्रममा विज्ञापन र डेलिभरी दिने बाहय कम्पनीहरुको उपयोगसँगसँगै मुल्य भार बढेता पनि सम...








