आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
युवा शक्ति परिवर्तनका संवाहक

युवा शक्ति परिवर्तनका संवाहक

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, बिश्वमा सवै भन्दा फोहोरी राजनीति नेपालमा छ । यसरी देश चलाउन समस्या हुन्छ । पछिल्लो समय युवाले राजनीतिमा त्यति चासो देखाएका छैनन । कारण राजनीति घृणित खेल भयो । यसलाई सफा गर्न जरुरी छ । अहिलेका युवाले नै फोहोरो राजनीतिलाई सफा गर्न अघि सर्नु पर्छ । राजनीतिकर्ममा रहेका युवाले यो समय हाम्रो हो, हामी नै सत्कर्मको थालनी गर्नुपर्छ भन्ने कुरा बुझ्नु र बुझाउनु अति आवश्यक छ । राजनीतिमा पछिल्लो समय देखिएको गलत राजनीतिलाई चिरेर युवा अघि बढनु पर्छ । कांग्रेसका गगन, प्रदीप, विश्वप्रकाशजस्ता युवानेता, एमालेका योगेश, गोकर्ण, माओवादीका वर्षमान, लेखनाथजस्ता युवानेता जुरर्मुराउनु पर्छ । यो समयको माग पनि हो । युवा शक्ति भनेका परिवर्तनका संवाहक हुन्। समाज परिवर्तन र देश विकासको मेरुदण्ड हुन्। नागरिकको अबको एक मात्र सपना समृद्धि हो। समृद्ध भविष्यको सपना पूरा गर्ने जिम्मा युवाको काँधम...
वाई वाई ग्लोकल टिन हिरोका लागि आवेदन खुला

वाई वाई ग्लोकल टिन हिरोका लागि आवेदन खुला

मनोरन्जन, समाचार
वाई वाई ग्लोकल टिन हिरोका लागि आवेदन खुला गरिएकाे छ । याे मञ्चमार्फत किशोर किशोरीहरूका कार्यहरूलाई पहिचान मात्र नगरी उनीहरूको प्रतिभा उजागर गर्न पनि मद्दत गरिन्छ । शुक्रबार पत्रकार सम्मेलन गरी साताैँ संस्करणकाे लागि आवेदन खुला गरिएकाे जनाइएकाे हाे । गत वर्षझै यस वर्षपनि ग्लोकल टिन हिरो नेपाल भर्चुअल रूपमा सेप्टेम्बर १, २०२१ मा हुने अन्लाईन अवार्ड महोत्सव र सम्मेलन मार्फत घोषणा गरिने जनाइएकाे छ । यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरूमा उद्यमशील सोच विकास एवम् रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गरिनेछ । नेपालबाट २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो । हालसम्म नेपालका ६ किशोर किशोरिहरूलाई ग्लोकल टिन हिरो नेपालका रूप...
भारत अध्ययनबारे सम्पूर्ण जनकारी स्टडि इन इन्डिया एक्सपोमा

भारत अध्ययनबारे सम्पूर्ण जनकारी स्टडि इन इन्डिया एक्सपोमा

शिक्षा, समाचार
काठमाडौं –भारत अध्ययन विशेष स्टडि ईन ईन्डिया भर्चुअल एक्सपोले विद्यार्थीलाई भारतमा हुने विभिन्न विषयको अध्ययनको विषयमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई सम्पूर्ण जानकारी प्रदान गर्ने भएको छ । आयोजक संस्था अफेयर्स एक्जिविसन एण्ड मिडियाले एक्सपो विश्वका ४५ राष्ट्रका विद्यार्थीलाई भारतको शिक्षा प्रणाली, अध्यापन हुने विषय, विश्वविद्यालयले प्रदान गर्ने छात्रवृत्ति, भौतिक शैक्षिक वातावरणको विषयमा जनकारी दिने उद्देश्यले शुक्रवार देखी ५ दिन सम्म भर्चुअल रुपमा सञ्चालन भईरहेको आयोजकले जनाएको हो । एक्सपोमा ४० भन्दा बढि विश्वविद्यालय, २ सय भन्दा बढि विषय र सत प्रतिशत सम्म छात्रवृत्ति पाउने व्यवस्था गरिएको छ ।यो एक्सपोले विद्यार्थीलाई भारतमा अध्ययनको विषयमा एउटा माइन्डसेट तयार गर्न सहयोग पुग्ने र विद्यार्थीले विश्वविद्यालयकै प्रतिनिधीबाट घरमै बसेर आवश्यक सम्पूर्ण जानकारी प्राप्त गर्न सक्ने भएकाले यो एक्सप...
भित्रियो यो वर्षको मनसुन

भित्रियो यो वर्षको मनसुन

समाचार, समाज
नेपालमा यो वर्षको मनसुन भित्रिएको छ । मनसुन भित्रिएसँगै मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको छ । शुक्रबार बिहान नेपालको पूर्वी भेग हुँदै मनसुन भित्रिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन भित्रिएको सुरूवातबाटै यस वर्ष वर्षा हुन थालेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । मनसुनका कारण प्रदेश १, वाग्मती प्रदेशदेखि कर्णाली प्रदेशसम्मका पहाडी भेगमा ठूलो वर्षाको सम्भावना रहेको उनले जनाएका छन् । महाशाखाका अनुसार अहिले देशको पूर्वी  र मध्यभूभागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा  पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ । आज दिउँसो देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भन...
दलहरु आफ्नो स्वार्थका लागि मात्र लालायित भए

दलहरु आफ्नो स्वार्थका लागि मात्र लालायित भए

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, एमाले एकताका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको ६ बुँदे आह्वानले केही दिन नेपाली राजनीतिमा नयाँ तरंग ल्यायो । यो तरंग अझै सेलाएको छैन । खासगरी २०७५ जेठ ३ भन्दा पहिलाको स्थितिमा पार्टीलाई पु¥याउनुपर्ने माधव नेपाल–झलनाथ खनाल पक्षको माग हो । अन्ततः यही आह्वानमार्फत अध्यक्ष ओलीले स्वीकारेका छन्। अब माधव पक्ष एकताका लागी गम्भिर हुने हो भने गाँठो फुकेको छ । पटक पटक भएका परिवर्तन पछि कुनै पनि सरकार पूरा कार्यकाल टिक्न सकेनन्। संविधानसँगै भएको पहिलो संसदीय निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्यायो। पछि दुई दल (नेकपा) एमाले र माओवादी केन्द्रबीच एकीकरण भयो। त्यसबाट झन्डै दुईतिहाई बहुमतको सरकार बन्यो। पाँच वर्ष मुलुकले स्थिरता पाउँछ भन्नेमा आम नागरिक विश्वस्त थिए । तर, आन्तरिक र बाह्य चलखेलबाट स्थिरताको सपना पुरा हुन सकेन । पार्टीभित्रै विविध चलखेल भए । पार्टी फु...
दुई-दुई हजार जरिवाना तिरेर छुटे गणेश लामासहित तीन जना

दुई-दुई हजार जरिवाना तिरेर छुटे गणेश लामासहित तीन जना

राजनीति, समाचार
पोखरामा पक्राउ परेका गणेश लामालाई दुई हजार जरिवाना गराइएको छ । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय कास्कीले उनीहरूमाथि कारवाही गरेको हो । प्रहरीले लामासहित तीनजनालाई हिजो पक्राउ गरेको थियो । त्यसपछि आज जिल्ला प्रशासन कार्यालयमा बुझाइएको थियो । जिप्रकाले तीनैजनाको बयानपछि जरिवाना तिराएर छोड्ने निर्णय गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुवास हमालले लामामाथि निषेधाज्ञा तोडेको बाहेक अरु आरोप नभएको बताए । ...
ग्रेस ईभेन्ट्सको बैठक सम्पन्न,अध्यक्षमा शिशिर टन्डन,सजिद र सन्ध्या ब्राण्ड एम्बेसडर

ग्रेस ईभेन्ट्सको बैठक सम्पन्न,अध्यक्षमा शिशिर टन्डन,सजिद र सन्ध्या ब्राण्ड एम्बेसडर

मनोरन्जन, समाचार
ग्रेस ईभेन्ट्सको केन्द्रीय बैठक सम्पन्न भएको छ । ग्रेस ईभेन्ट्सका सिईओ सुरज थापाको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरि कार्यसमिति सदस्यहरु नियुक्ति गरिएको छ । सम्पूर्ण नेपाल भरिका ग्रेस ईभेन्ट्स बोर्डका सदस्यहरूको मिति २०७८ जेष्ठ २४ मा बसेको बैठक बाट नियुक्त भएका कार्यसमिति सदस्यहरूलाई ग्रेस ईभेन्ट्सका सदस्य घोषणा गरेका हुन । सबै सदस्यहरुलाई बधाई एव अग्रिम सफल कार्यकालको शुभकामना समेत दिएका छन । ग्रेस ईभेन्ट्सको कार्यकारी बोर्ड सदस्यहरू श्री सुराज थापा, श्री पवन कोइराला, श्री बिंद्रा प्रजापति, श्री सौरभ मल्ल ठकुरी र सुश्री निकिता लामा) बीचको एक बैठकले निम्न निष्कर्ष निकालेका छन ।  नियुक्त भएका सबै अध्यक्ष, वित्त प्रमुख, ब्रान्ड एम्बेसडर (पुरुष र महिला), निर्देशक, मार्केटिंग हेड, सल्लाहकार, प्रदेश संयोजक र सम्पूर्ण नेपालबाट कोर टोली सदस्य घोषणा गर्न पाउँदा खुशि मिलेको बताएका...
एक उद्योगपतिको स्वार्थको कारण साल्ट ट्रेडिङ डुबने खतरामा

एक उद्योगपतिको स्वार्थको कारण साल्ट ट्रेडिङ डुबने खतरामा

आर्थिक, समाचार
: डा.डिआर उपाध्याय, सरकारले आयोडिनयुक्त नुनको कारोबारमा निजी क्षेत्रलाई सहभागी गराउने घोषणा गरेको छ । यो घोषणा संगै सबैको ध्यान यति बेला यतातिर केन्द्रित बनेको अवस्था पनि छ । सरकारले आफ्नै लगानी रहेको कम्पनी साल्ट ट्रेडिङको एकाधिकार खोस्ने काम गरेको छ । यसमा निजी क्षेत्रलाई सहभागी गराउन खोज्नु त्यस भित्र सीमित ब्यक्तिको स्वार्थ लुकेको प्रस्ट देखिन्छ । यो नुनको राजनीति भयो । यसले मुलुकको हित गर्दैन । सीमित ब्यक्तिको घेरा तोडेर प्रधानमन्त्री केपी शर्मा ओली बाहिर आउन सकेको भए यति सारै बिवादमा पर्नु पर्ने अवस्था आउने थिएन की ? प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगडको स्वार्थमा यो घोषणा गरिएको देखिन्छ । दुगड बाहेकका व्यापारीले नुनको कारोबारका लागि अहिलेसम्म कुनै चासो दिएको देखिएको छैन । किनभने विभागमा अनुमतिका लागि निवेदन पर्नु पर्छ त्यस्तो निवेदन दिएको अहिले सम्म जानकारी पाइएको छैन ...
चुरे दोहनको दादागिरी रोक्नुको सट्टा राज्यले रमिता हेरिरहेको छ

चुरे दोहनको दादागिरी रोक्नुको सट्टा राज्यले रमिता हेरिरहेको छ

आर्थिक, समाचार
-डा.डिआर उपाध्याय, हालै सरकारले खानीजन्य वालुवा, ढुंगा, गिटी भारत निकासी गर्ने नीति सार्वजनिक गरेको छ। यो नीति देशको हितमा छैन । चुरेको लोभ लाग्दा हरियो पहाड र जंगल फाँडेर सीमित ब्यक्तिको त फाईदा होला तर देशको बिकास हुदैन । केही सीमित व्यक्तिको स्वार्थ पूरा गर्न यो नीति ल्याइएको छ। चुरेको दोहोनले संरक्षित चुरे बिनास भएर मधेस मरुभूमी बन्ने खतरा उत्पन्न भएको छ । चुरेको दोहोनले बाढी, डुवानको समस्या अझैं पनि छ। त्यसैले व्यापार घाटा कम गर्ने नाममा खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गर्ने बजेट घोषणा राम्रो छैन ।चुरे श्रृंखला भित्र नदीले बनाएका केही खोंचहरु जस्तै सिन्धुलीको मरिण र कमला खोच, डडेलधुराको रङगुन उपत्यकाका साथै भित्री मधेसको दाङ, देउखुरी, सुर्खेत, चितवनको उपत्यकासमेत पर्दछन्। चुरे श्रृंखला नेपालका ७७ जिल्लामध्ये ३७ जिल्लाका केही भाग ओगटने गरी फैलिएको पाइन्छ । सरकारले आफैले ल...
भाईपरको“म हेरिमा रहनेछु”सार्बजनिक(भिडियो)

भाईपरको“म हेरिमा रहनेछु”सार्बजनिक(भिडियो)

मनोरन्जन, समाचार
नयाँ शैलिको संगित मन पर्नेले सुन्नै पर्ने गीत “म हेरिमा रहनेछु जब तिमी आकाशमा हुनेछौ “म हेरिमा रहनेछु जब तिमी आकाशमा हुनेछौ” अहिलेको समयमा युवा पुस्तामा रुचाइने संगित “आर एण्ड बि” शैलिको गीत हो । हालै मात्र सामाजिक सञ्जाल तथा युट्युब मा सार्बजनिक भएको लिरिकल भिडियो सहित संगितको नयाँ स्वाद पस्किने कोसिस इटहरी निवासी कवी राईले गरेका छन्, उन्लाई सार्बजनिक रुपमा भाईपरको उपनामले पनि चिन्ने गर्दछन । https://youtu.be/329Ux2ukdLw लामो समय देखी भाईपर मनोरञ्जन क्षेत्रमा आफ्नो पहिचान बनाउन संघर्षरत छन । गीत संगितसंगै भाईपर अरु धेरै प्रतिभाका पनि धनी छन ।उनी बिट बक्सिङ, लिरिकल हिप अप डान्स, बिबोईङ डान्समा नि निकै पोख्त छन । स्थानिय लगाएत देशका अन्य धेरै शहरहरुमा उनले आफ्नो प्रतिभा प्रदर्शन गरिसकेका छन भने उन्को प्रस्तुती धेरै रुचाईने पनि गरिएको छ । जस्को कारण उनि प्राय यस्ता कार्यक्रममा...