पोखरामा पक्राउ परेका गणेश लामालाई दुई हजार जरिवाना गराइएको छ । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय कास्कीले उनीहरूमाथि कारवाही गरेको हो ।

प्रहरीले लामासहित तीनजनालाई हिजो पक्राउ गरेको थियो । त्यसपछि आज जिल्ला प्रशासन कार्यालयमा बुझाइएको थियो । जिप्रकाले तीनैजनाको बयानपछि जरिवाना तिराएर छोड्ने निर्णय गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुवास हमालले लामामाथि निषेधाज्ञा तोडेको बाहेक अरु आरोप नभएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here