आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
प्राश्ना शाक्यको ‘भाग्य लेख्ने मसी’सार्वजनिक (भिडियो)

प्राश्ना शाक्यको ‘भाग्य लेख्ने मसी’सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
गायिका प्राश्ना शाक्य आफ्नो स्वरको नयाँ गीत ‘भाग्य लेख्ने मसी…’ मार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् । उक्त गीतमा शक्ति बल्लभको संगीत तथा शान्तिराम भट्टराईको शब्द रहेको छ । https://youtu.be/342hvd6MOIY उक्त गीतमा मनोहर सुनामको संगीत संयोजन रहेको छ । उक्त गीतको रेकर्डिङ तथा मिक्सिङ भोला पौडेलले गरेका छन् । यो गीतको भिडियो स्टुडियोमा रेकर्डिङको अवस्थामै तयार पारिएको छ । सुरेश पन्तको छायांकन तथा सम्पादनमा उक्त भिडियो निर्माण भएको हो । भिडियोलाई म्यूजिक खबरको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । ...
नुन कारोबार निजी क्षेत्रलाई दिइनु आपत्तिजनक : उपभोक्ता मञ्च

नुन कारोबार निजी क्षेत्रलाई दिइनु आपत्तिजनक : उपभोक्ता मञ्च

आर्थिक, समाचार
सरकारले प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल दुगडको स्वार्थमा निजी बजारलाई नुन कारोबार खुला गरेपछि सरोकारवालाले आपत्ति जनाएका छन्। राष्ट्रिय उपभोक्ता मञ्चले विज्ञप्ति जारी गर्दै सरकारी संस्थानबाटै सर्वसाधारणले सुलभ मूल्यमा नुन उपभोग गर्न पाइरहेका बेला निजी क्षेत्रलाई दिइनु आपत्तिजनक रहेको बताएको छ। संकटको बेला समेत उपभोक्ताले २० रूपैयाँमै नुन उपभोग गरिरहेको अवस्थामा निजी क्षेत्रलाई नुनको व्यापार सुम्पन नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ। निजी क्षेत्रलाई बलजफ्ती गरेर नुनको कारोबार सुम्पेपछि संकटको मौका छोपेर व्यवसायीले नुनको मूल्यसमेत बढाउने र गुणस्तरमा समेत विश्वास नरहने मञ्चले उल्लेख गरेको छ। ‘यस्तो विकराल अवस्थामा पनि विगत ५७ वर्षदेखि नेपाली जनताले सहज, सरल र गुणस्तरीय आयोडिनयुक्त नुन नेपाल सरकार निगरानी तथा नियन्त्रण तमाम नेपाली जनताले सुलभ र सस्तो मूल्यमा उपभोग गर्न पाइ...
भारतमा  थप १ लाख १ हजारमा संक्रमण

भारतमा थप १ लाख १ हजारमा संक्रमण

अन्तराष्ट्रिय, समाचार
दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा उल्लेख्य कमी आएको छ  । डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख १ हजार २३३  जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ८९ लाख ९ हजार ६०४ पुगेको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।  संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख २२  हजार २५७ पुगेको थियो । आज भारतमा मृतको संख्यामा पनि कमी आएको छ । दैनिक चार हजार हाराहारी संक्रमितको मृत्यु हुँदै आएकोमा आज २ हजार ४४५ मा झरेको छ । पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या ३ लाख ४९ हजार २२९ पुगेको छ । ...
विश्वकप छनोट : जोर्डनसँग प्रतिस्पर्धा गर्दै नेपाल

विश्वकप छनोट : जोर्डनसँग प्रतिस्पर्धा गर्दै नेपाल

खेलकुद, समाचार
विश्वकप छनोट अन्तर्गतको खेल खेल्न नेपाली टोली अहिले कुवेतमा छ। इराकसँगको मैत्रीपूर्ण खेल खेलेर कुवेत पुगेको नेपाली टोलीले चाइनिज ताइपेइलाई केही दिन अघि हराएको थियो। त्यस्तै आज बेलुकी हुने खेलमा नेपालले जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ। फीफा वरीयतामा ९५ औं स्थानमा रहेको जोर्डन नेपालको बलियो प्रतिस्पर्धी हो। विश्वकप छनोटकै यसअघिको खेलमा जोर्डनले नेपालमाथि ३-० को गोलअन्तरले जित निकालेको थियो। समूह बी मा ४ खेलबाट १२ अंक जोडेको अस्ट्रेलिया शीर्षस्थानमा छ भने कुवेत ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ। त्यस्तै समान खेल खेलेर १० अंक नै जोडेको जोर्डन तेस्रो स्थानमा रहँदा ६ अंक जोडेको नेपाल चौथो स्थानमा छ। उता चाइनिज ताइपेइ जितविहीन रहँदै तालिकाको पुछारमा छ। इतिहासको हिसाबले हेर्ने हो भने जोर्डन बलियो टोली देखिन्छ। सन् १९४९ मा जोर्डनको फुटबल एसोसिएसन बनेको थियो भने फिफामा सन् १९५६ मा सदस्य...
नुनमा कमिशन र नाफाखोरलाई प्रश्रय,जनताको थाप्लोमा बोझ हाल्ने षडयन्त्र :विपक्षी गठबन्धन

नुनमा कमिशन र नाफाखोरलाई प्रश्रय,जनताको थाप्लोमा बोझ हाल्ने षडयन्त्र :विपक्षी गठबन्धन

आर्थिक, समाचार
आयोडिनयुक्त नुनमा समेत सरकारले कमिशन र नाफाखोरलाई घुसाएको भन्दै विपक्षी गठबन्धनले सरकारको चर्को आलोचना गरेका छन् । पाँच राजनीतिक दल कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेको तर्फबाट वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेलले शनिबार संयुक्त रुपमा विज्ञप्ति जारी गरी बजेटमार्फत् गरिएको  उक्त घोषणा कमिशन र नाफाखोरीलाई प्रश्रय दिने मनशायबाट भएको जिकिर गरेको हुन ।  विपक्षी गठबन्धनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘सरकारले हालै सार्वजनिक गरेको बजेट भाषण मार्फत सबै तह र क्षेत्रका जनताले उपभोग गर्ने आयोडिनयुक्त नुनमा अनुदान दिई आपुर्ती गरिरहेकोमा हालै सरकारले बजेट मार्फत कसैलाई फाईदा पुर्याउने तथा कमिशन र नाफाखोरीलाई प्रश्रय दिने मनशायबाट निर्णय गरेको छ ।’ साथै, गठबन्धनले सो निर्णय जनत...
सरकार सामु अवसर भन्दा चुनौति तेर्सिने निश्चित

सरकार सामु अवसर भन्दा चुनौति तेर्सिने निश्चित

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, प्रधानमन्त्री के पी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठन गर्नु भएको छ । महन्थ ठाकुर समूहको जनता समाजबादी पार्टी सरकारमा सहभागी भएको छ । के साँच्चै अब मुलुकले राजनीतिक निकास पाउने नै होत ? यति बेला गम्भिर प्रश्न उठेको छ । मन्त्रीपरिषद पुर्नगठन भए पनि अबको बाटो त्यति सहज छैन । सरकार सामु अवसर भन्दा चुनौति तेर्सिने निश्चित छ । पूर्व माओवादीका नेता राम बहादुर थापा लगायतका नेताहरु सरकार पुर्नगठन भएकोमा असन्तुष्टि पोखेका छन । नेकपा एमाले भित्रको माधव नेपाल र झलनाथ खनाल समूह ओली प्रति असन्तुष्टि छन । उनीहरुले बेग्लै बैठक बसि राजनीतिक गतिविधि गरिरहेका छन । तत्काल एमाले मिलेर जाने अवस्था देखिदैन । मन्त्रीपरिषद बिस्तार संगै बिवाद झन चुलिदै गएको छ । आज मुलुक सत्ता स्वार्थको राजनीतिमा अल्झिरहेको छ । जनताका समस्या समाधान गर्ने बाटोमा कसैको ध्यान पुगेको देखिदैन । आज आम नागरिक क...
‘नेताज्यु तिमीलाई माझी औंला’ भन्दै आए गायक रवि र आयुस(भिडियो)

‘नेताज्यु तिमीलाई माझी औंला’ भन्दै आए गायक रवि र आयुस(भिडियो)

मनोरन्जन, समाचार
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारिको नियन्त्रण तथा रोकथामका लागि अहिले विभिन्न देशमा लकडाउन भईरहेको अवस्था छ ।  देशमा बिधमान विभिन्न नकारात्मक असरका कारण जनताले धेरै दु:ख कष्टको सामना गर्नु परिरहेको छ । यस्तै अवस्था रहेमा देशमा ठुलै संकट आउछ भन्ने पनि विज्ञको भनाइ छ । रोगले मार्ने त एकातिर छंदैछ् भने अर्को तिर भोकले पनि मर्ने अवस्था आइरहेको छ । https://youtu.be/Atje23A6Poc देशमा भईरहेको भष्ट्रचार, लेनदेन, आर्थिक कृयाकलाप, डामाडोल अर्थतन्त्र, मंहगी, बिग्रीएको राजनीतिक अवस्थालाई व्यङग गर्दै लोकप्रिय चर्चित गायक रवि रिमालको स्वर रहेको ‘नेताज्यु तिमीलाई माझी औंला’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा उनलाई र्याप गांउदै आयुस प्रतीक अधिकारीले प्रतिकरात्मक शैलीमा र्याप प्रस्तुत गरेर साथ दिएका छन । गायक रिमालकै भिडियो निर्देशन रहेको यस् गीतमा शब्द, संगीत, संगीत संयोजन र मिक्सिङ...
१०८ घर परिवारलाई नाङ्गो खुट्टा युथ सुर्खेतद्वारा राहात वितरण

१०८ घर परिवारलाई नाङ्गो खुट्टा युथ सुर्खेतद्वारा राहात वितरण

समाचार, समाज
विगत लामो समय देखि नाङ्गो खुट्टा युथले विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ । विशेष गरि अहिलेको कोभिड -१९ को दोस्रो चरणको महामारिको विसम परिस्थितिमा कोहि कसैले भोक्कै बस्न नपरोस भनेर राहात वितरण गरेको बताउछन । नाङ्गो खुट्टा युथले सुर्खेत पश्चिम बाह्रक्षेत्र गाउपालिकाको गिरिघाट खोला आसपास बसोबास गर्ने १०८ घर परिवारलाई राहात वितरण गरेको हो । नाङ्गो खुट्टा युथ सुरखेतका सदस्यहरु केशब थापा,छिरिङ लामा, मनिशा रावल, रोस्नि क्षेत्रि, पशुपति बिसि, अंगत साहि, सन्जिब हमाल , रन्जीता खान, मुकेस थापा,देबेन अधिकारि, सुमि साहि गरि ११ जनाको समूह मिलि राहात वितरण गरेको थियो । राहात वितरण कार्यक्रममा विशेष सहयोग गर्नु हुने सबैलाई नाङ्गो खुट्टा युथले धन्यवाद दिएका छन । विशेष गरि हरि बिष्ट, भद्र भण्डारि , टीका ओलि, हर्ष बिक्रम खड्का लाई धन्यवाद दिएका छन । नाङ्गो खुट्टा युथले आगामि दिनहरुमा प...
चार वर्षीय गायिका ओजस्वीकाे नयाँ गीत सार्वजनिक(भिडियो)

चार वर्षीय गायिका ओजस्वीकाे नयाँ गीत सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
सांगीतिक बजारमा प्रतिभावान बालगायिका ‌‍‌‍“ओजस्वी श्रेष्ठ” काे पुन नयाँ गीतद्वारा आगमन भएकाे छ। उनी अहिले भर्खर साँढे चार वर्षकी पुग्न लागेकी छिन् । उनी चर्चित गायक तथा स‍‍ंगीतकार “सुरेन्द्र श्रेष्ठ”की सुपुत्री हुन्। उनले यति सानाे उमेरमा नै “क ख ग घ A B C D” नामक बालगीत गाएकी छिन्। https://youtu.be/UPkJquAj4nw जुन गीतकाे रचना “श्याम तमाेट” ले गरेका छन् भने संगीत तथा संगीतकाे संयाेजन स्वयम् उनका बुबा “सुरेन्द्र श्रेष्ठ”ले गरेका छन्। लकडाउनकाे समयकाे सही सदुपयाेग गर्दै घरभित्रै रही यस भडियाे निर्माण गरी ओजस्वीले आफ्नाे अभिनय प्रतिभालाई पनि दर्शक सामु दर्शाउने जमल्काे गरेकी छिन्। साे गीतलाई संगीतकार “सुरेन्द्र श्रेष्ठ”ले आफ्नै युटयुब च्यानल मार्फत सार्वजनिक गरेका छन्। ओजस्वीले पहिला पनि साँढे तीन वर्षकाे उमेरमा दुई वटा गीत “हाम्र...
सौन्दर्य व्यबसायलाई सहुलियत कर्जा उपलब्ध गराउन माग

सौन्दर्य व्यबसायलाई सहुलियत कर्जा उपलब्ध गराउन माग

आर्थिक, समाचार
कोरोना महामारीका कारण अन्य व्यवसाय जस्तै ब्युटिसियन व्यवसाय पनि धरापमा परेको यस क्षेत्रका व्यवसायीहरुले बताएका छन् । मिडिया इन्टरनेसनलले आयोजना गरेको वेवीनार कार्यक्रममा उनीहरुले कोरोनाका कारण व्यवसाय बन्द हुँदा पेसाबाट नै पलायन हुनुपर्ने अवस्था आएको बताएका छन् । कार्यक्रममा डा.राजेश्वरी श्रेष्ठले कोरोनाका कारण ब्युटिसियन व्यवसाय बन्द हुँदा पार्लर र आफु बसेको घरभाडा तिर्न नसक्ने अवस्थामा व्यवसायीहरु पुगेको बताउनुभयो । उहाँले राज्यले ब्युटिसियन व्यवसायलाई माथि उठाउन विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । सरकारले ब्युटिसियन व्यवसायलाई विशेष सावधानी अपनाएर सञ्चालन गर्ने वातावरण बनाइदिनुपर्ने डा.श्रेष्ठको भनाइ छ । व्यवसायी सिता पाठकले सुरक्षा मापदण्ड अपनाएर यो व्यवसाय सञ्चालनको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘निषेधाज्ञाका कारण सिक्ने, सिकाउने, लगानी गर्न...