लाजिम्पाट टोल सुधार समितिका अध्यक्ष,संचार तथा सुचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको चलचित्र जाँच समितिका सदस्य तथा नेपाल चलचित्र कलाकार संघका केन्द्रिय सदस्य राजेश महर्जनले कोरोनाको माहोलले दैनिकी जीवनयापन गर्न पनि कठिन अवस्थामा रहेका बिपन्न वर्गका लगभग २०० परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।
व्यक्तिगत खर्च,साथीभाई र विभिन्न संघसंस्थाको सहकार्यमा सहयोग गरिएको जानकारी महर्जनले दिएका छन् ।
विपन्न वर्गका लागि स्वास्थ्य संस्थाका अध्यक्ष रत्न थापा,सामाजिक अभियन्ता निर्मल नकर्मी ,पर्यटन व्यवसायी हरिभक्त श्रेष्ठ लगायतले सहयोग गर्नुभएको छ भने राहत वितरण कार्यक्रममा स्वास्थ्यकर्मी सिकृता वस्ती(ढकाल)र हाँस्यकलाकार गोपाल ढकाल छन्देको पनि उपस्थिति रहेको थियो ।
सेवा नै धर्म हो र आफू पनि बाँचौँ,अरुलाई पनि बचाऔँ भन्ने सकारात्मक सोचका धनि,समाजसेवी राजेश महर्जनले सहयोग निरन्तर जारी रहेको र आगामी दिनहरुमा पनि निरन्तरता रहने कुरा वताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here