आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
‘ईन्ट्रा नेशनल वेलफेयर’ दैनिक सयौं सहारा विहिनलाई भोजन तथा राहत वितरण गर्दै

‘ईन्ट्रा नेशनल वेलफेयर’ दैनिक सयौं सहारा विहिनलाई भोजन तथा राहत वितरण गर्दै

समाचार, समाज
‘ईन्ट्रा नेशनल वेलफेयर एण्ड सर्पोट फाउण्डेशन अफ अमेरिका’ले नेपालका विभिन्न स्थानमा देशमा जारी निषेधाज्ञाका कारण खानाबाट बंचित,असाहय र श्रमिकहरुका लागि दैनिक रुपमा खाना वितरण गर्दै आईरहेको छ । काठमाडौंको परोपकार स्कूल क्षेत्र, बालाजु, ठमेलमा दैनिक सयौंको संख्यामा रहेका भोकाएका पेटहरुलाई भोजन वितरण गर्दै आईरहेको संस्थाको तेश्रो बार्षिकोत्सव तथा फाउण्डेसनका अध्यक्ष एवं बरिष्ठ समाजसेवी डिल्ली अधिकारीको जन्मदिनको अवसरमा किर्तिपुर स्थित एचआईभी संक्रमित भएकाहरुका लागि खोलिएको विश्वकै पहिलो स्कूलमा एक समारोहका बीच कार्यक्रम समेत गरिएको थियो । उक्त विशेष कार्यक्रममा संस्थाका अध्यक्ष अधिकारीले नेपालमा गरेका सामाजिक सेवा र उनले नेपालमा मात्र नभएर अमेरिकामा समेत नेपालीहरुलाई गरेका समाज सेवाको बारेमा चर्चा गरिएको थियो । स्कूलका बिद्यार्थीहरुले केक काटेका थिए भने अध्यक्ष अधिकारीको तर्फबाट नेपालक...
गायक राजन श्रेष्ठको  “त्यो मन” मा रोशनी र भानू  (भिडियो)

गायक राजन श्रेष्ठको “त्यो मन” मा रोशनी र भानू (भिडियो)

मनोरन्जन, समाचार
लामो समयको अन्तरालमा गायक तथा संगितकर्मी राजन श्रेष्ठ  “त्यो मन” लिएर आएका छन । गायक श्रेष्ठकै शव्द तथा संगीत रहेको गीतको भिडियो निर्देशन समेत गायक श्रेष्ठलेनै गरेका हुन । तेजना ईन्टरटेनमेन्टको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको भिडियो स्टुडियो कुवेरले निर्माण गरेको हो । रोशन बालुवाको एरेन्ज रहेको गीतको भिडियोको छायांकन नेत्र गुरुङ्गले गरेका हुन । अविनाश डिसीको सम्पादन रहेको भिडियोको मेकअप जय गुरुङ्ग र ड्रोन अपरेटिङ्ग दिपेश केसीको रहेको छ । चर्चित मोडल रोशनी कार्कीको जिवन्त अभिनय रहेको भिडियोमा मोडल भानु पाण्डेको समेत अभिनय रहेको छ ।पोखराको रमणीय दृश्यहरु कैद भएको भिडियोलाई दर्शकले रुचाएका छन । https://youtu.be/a20wt6XMoC0 सांगीतिक क्षेत्रमा एक समय गीत तथा भिडियो निर्माण संग संगै गायनमा समेत चर्चा कमाएका गायक राजन श्रेष्ठ ६ वर्ष पछि यसै गीत मार्फत पुनः सांगीतिक क्षेत्रम...
सत्ता लम्व्याउन जस्तो सुकै सम्झौता

सत्ता लम्व्याउन जस्तो सुकै सम्झौता

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, आज देश गम्भिर संकटमा छ । राजनीतिक दलहरु धु्रविकृत भएका छन । पाँच दलीय गठबन्धनले हिजो संचारकर्मीहरु संग अन्तरक्रिया गरेको थियो । पाँच दलीय गठबन्धनले देशमा देखिएका समस्याका बिषयमा छलफल गरेको थियो । अहिले देशमा जनताले दुख्ख पाईरहेका छन । हरेक हिसावले जनता दुखी छन । देश र जनताको हक हीत र अधिकारका लागी काम गर्ने दल र तिनका नेताहरु कता छन कुनै पत्तो छैन । कुनै दल सत्ता स्वार्थमा छन । जनताको समस्या नबुझने नेता र दल मात्र भए हाम्रो देशमा । आफनो पेट भोर्ने बाहेक अरु केही सोच्दैनन । यस्तो भए पछि नेता बाट जनताले के आश गर्ने ? आश गर्ने ठाउँ पनि छैन । अहिले देश सहि किसिमले अघि बढन सकेको छैन । देशमा समस्या मात्र उत्पन्न भइरहेका छन । देशमा राजनीतिक , आर्थिक , सामाजिक समस्याहरु छन । अहिले मुलुक संवैधानिक संकटमा छ । संविधान मिचिएको छ । जनताका समस्या ज्यूँका त्यू छन । जनताका समस्या...
ईश्वरलाल प्रतिष्ठानद्वारा बालबालिकालाई खाद्यान्न सहयोग

ईश्वरलाल प्रतिष्ठानद्वारा बालबालिकालाई खाद्यान्न सहयोग

आर्थिक, समाचार
ईश्वरलाल प्रतिष्ठानले काठमाडौं शान्ति शिक्षा मन्दिर विद्यालयमा अध्ययनरत बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ । प्रतिष्ठानले राहत स्वरुप बिहिबार उक्त सहयोग उपलब्ध गराएको हो ।प्रतिष्ठानका अध्यक्ष प्रदिपलाल श्रेष्ठले उक्त सहयोग हस्तान्तरण गरेका थिए । सहयोग सामाग्रीमा चामल, तेल, दाल लगायतका सामाग्रीहरु छन् । प्रतिष्ठानले शान्ति शिक्षा मन्दिर विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोषण युक्त दिवा खाजामा निरन्तर सहयोग गर्दै आईरहेको छ । ...
साल्ट ट्रेडिङ कर्पोरेशनबाट शान्ति शिक्षा मन्दिरका बालबालिकालाई खाद्यान्न सहयोग

साल्ट ट्रेडिङ कर्पोरेशनबाट शान्ति शिक्षा मन्दिरका बालबालिकालाई खाद्यान्न सहयोग

आर्थिक, समाचार
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं १७ स्थित शान्ति शिक्षा मन्दिर विद्यालयमा अध्ययनरत २० जना बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ । कर्पोरेशनले राहत स्वरुप बिहिबार उक्त सहयोग उपलब्ध गराएको हो । कर्पोरेशनका तर्फबाट प्रज्वल प्रधानले उक्त सहयोग हस्तान्तरण गरेका थिए । सहयोग सामाग्रीमा चामल, तेल, दाल,नून लगायतका खाद्यान्न सामाग्रीहरु छन् । कर्पोरेशनले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई दिवा खाजामा निरन्तर सहयोग गर्दै आईरहेको छ । ...
राजधानी युथ क्लबद्वारा हेलम्बुमा सोलार बत्ती तथा खाध्यान्न सहित ५० परिवारलाइ राहत बितरण

राजधानी युथ क्लबद्वारा हेलम्बुमा सोलार बत्ती तथा खाध्यान्न सहित ५० परिवारलाइ राहत बितरण

मनोरन्जन, समाचार
मनसुन सुरु सङगै बाढीले क्षेत विच्छेद बनाएको सिन्धुपाल्चोक जिल्ला अहिले सबैको नजरमा छन,खासै सरकारको नजरमा नपरेको सिन्धुपाल्चोक बासी अहिले त्रास र पिडामा डुबिरहेका छन । रोइ रहेका आँखा अनि थरथर कामी रहेका हातहरु जोड्न मुल्किल जस्तै देखि रहेका छन सिन्धु बासी, थुप्रै सामाजिक सङ्घ संस्थाले दुखी रहेको घाउमा केही मलम लगाउने कोसिस गरिरहेका छन । यसै सिलसिलामा राजधानीका एक सामाजिक क्लब राजधानी युथ क्लबले सिन्धुपाल्चोकको हेलम्बु गाउँ पालिकाको वडा न १ र २ का बाढी पहिरो पीडितलाई सोलार बत्ती लगाएत  खाध्यान्न सहित ५० परिवारलाइ राहत बितरण गरेको क्लबका सन्स्थापक अध्यक्ष आशिष् खतिवडाले जानकारी दिएका छन । उक्त राहतका साथमा क्लबका संरक्षक रोम प्रधान, प्रकाश राई ,अम्बिर गुरुङ लगाएत राजधानी युथ क्लबका पदाधिकारीहरु स्वयंसेवक सहित हेलम्बुको क्युल पुगेका थिए। क्लबका संस्थापक सचिब समीर लामाका अनुसार उक्त...
डा. डीआर उपाध्यायको नयाँ गीत ‘दुई मुटु’ सार्वजनिक(भिडियो)

डा. डीआर उपाध्यायको नयाँ गीत ‘दुई मुटु’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘दुई मुटु’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत, संजय श्रीपालीको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । माइकल चन्दले निर्देशन गर्नुभएको गीतको भिडियोमा नायिका अनु शाह र डा. उपाध्यायलाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गर्नुभएको छ । ‘गीत जति उत्कृष्ट भिडियो पनि त्यतिकै राम्रो दर्शकमा पस्किने कोशिस गरेको छु’, निर्देशक चन्दले भन्नुभयो । भिडियो डीआर म्युजिक एण्ड क्रियशनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतमा अत्यधिक माया गर्ने श्रीमति गुमाउँदाको पिडालाई निक्कै मिर्मिक ढंगले प्रस्तुत गरिएको छ । https://www.youtube.com/watch?v=c_7cbaOKK5Y&t=44s नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड का...
फरक स्वादमा ‘आमा अर्गानिक म:म:’,छोटो समयमै बजारमा लोकप्रिय

फरक स्वादमा ‘आमा अर्गानिक म:म:’,छोटो समयमै बजारमा लोकप्रिय

आर्थिक, समाचार
म:म: भन्नासाथ मुखमा पानी नरसाउने  मानिस कमै होलान । रेस्टुरेन्ट,क्याफे तथा होटलमा हामी जति नै पटक मेनु पल्टाए पनि अन्य थुप्रै खानाका परिकार छोडेर अन्तमा अर्डर गर्छौ त म:म: नै । नेपालमा प्राय ट्रेन्डनै बसेको विषय हो यो । पछिल्लो पटक नेपाली ममको माग देशमात्र नभएर विदेशमा समेत बढ्दै गएको छ । माग बढेसंगै म:म: उत्पादनका लागी नयां नयां प्रविधि मार्फत म:म:को उत्पादन हुन थालेको छ । प्रविधि मार्फत उत्पादन हुने म:म:को प्रतिस्पर्धी बजारमा म:म: पारखीहरुका लागी एक बिल्कुलै फरक स्वादमा अन्तराष्ट्रिय मापदण्ड अनुरुप उत्कृष्ट उत्पादनको साथमा स्वादिष्ट तथा गुणस्तरीय आमा अर्गानिक फ्रोजन म:म: बजारमा आएको छ । आमा अर्गानिक फुड्सले बजारमा ल्याएको आमा अर्गानिक म:म:को मुख्य विशेषता भनेको शुन्य फ्याट र अजिनो मोटो रहित लिन मिट किमाले बनेको फ्रोजन म:म: भएकोले जुनसुकै उमेरकाले खाजा तथा खानाको रुपमा खान सकिने ...
समाजवाद उन्मुख अर्थतन्त्र संकटमा

समाजवाद उन्मुख अर्थतन्त्र संकटमा

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, यति बेला जनताको आवाज उठाउने ठाँउ छैन । देशमा प्रतिनिधिसभा विघटन छ । देशमा उत्पन्न राजनीतिक संकट गहिरिदो छ । अहिले दलहरु आआफ्ना शक्ति प्रदर्शनमा लागीरहेका छन । यो विघटनलाई राजनीतिक दुर्घटना मानिन्छ । नेपालको कम्युनिस्ट आन्दोलनमा टुट्ने फुट्ने फेरि जुट्ने कुरा कुनै नौलो कुरा होइन । लेन देनको कुरा नमिले पछि यस्तो हुन्छ । भएको त्यहि हो । नेकपा एमाले लेन देनको कुरा मिले पछि फेरि मिल्न सक्छ । यसलाई कुनै ठूलो कुरा बनाउनु जरुरी छैन । पछिल्लो समय नेकपा एमालेका के पी ओली र माधव नेपाल समूह दुइ खेमा बीच एक अर्का माथि गालीगलौज चलेको छ । यस्तो संस्कार र शैलीले राम्रो पाठ सिकाउँदैन । भावि पुस्ताले यिनीहरुबाट के सिक्ने ? जनताको कुनै चिन्ता छैन । आफनो स्वार्थका लागी नेताहरु एक आपसमा लडेका छन । देश र जनताको भलाईका लागी यिनीहरु लडेका होइनन। यो भ्रममा कोही नपरौं । आफनो स्वार्थका ल...
बिरगंज रोट्रयाक्ट क्लबले पायो अन्तराष्ट्रिय अवार्ड

बिरगंज रोट्रयाक्ट क्लबले पायो अन्तराष्ट्रिय अवार्ड

समाचार, समाज
बिरगंज रोट्रयाक्ट क्लबले यस वर्षको उत्कृष्ट परियोजनाको अवार्ड हात पार्न सफल भएको छ ।रोट्रयाक्ट दक्षिण एशिया सम्मेलन रोटरी ईन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल र भुटानद्वारा संयुक्त रुपमा आयोजना गरिएको। सम्मेलनमा रोट्रयाक्ट क्लब बीरगंजले उत्कृष्ट परियोजनाको पुरस्कार तथा दक्षिण पूर्वी एशिया बहुउद्देश्य सूचना केन्द्रले समुदाय सेवा परियोजना पुरस्कार प्राप्त गरेको हो । क्लबले गर्ने एक परियोजना मार्फत बिरगंजमा आयोजना गरेको निशुल्क आंखा उपचार शिविर आयोजना गरेको थियो । सोही आयोजना सफलता पूर्वक सम्पन्न गरेको कारण क्लबले उक्त अवार्ड प्राप्त गरेको हो ।एक साता सम्म संचालनमा रहेको उक्त शिविर क्लबको एक प्रोजेक्टको रुपमा रहेको थियो । उक्त प्रोजेक्टका लागी क्लबले सात दिने निशुल्क आंखा उपचार शिविरको आयोजना गरेको थियो । बिरगंज आसपासका बिरामी समेत उपस्थिती रहेको उक्त शिविरमा करीब बाईस सय जना भन्दा बढिको...