आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
सच्चा राष्ट्रवादी नेताको खाँचो

सच्चा राष्ट्रवादी नेताको खाँचो

राजनीति, समाचार
डा.डिआर उपाध्याय, हाम्रो देशमा राष्ट्रवादी भावना बोकेका नेता नै पाउन गाह्रो छ । खोक्रो राष्ट्रवादले केही गदैन । नेपाली जनता धेरै सचेत छन । जनतालाई भ्रम छर्ने नेताको भविश्य अव छैन । अव नेपालमा जनताको काम गर्ने नेताको खाँचो छ । भाषणको पनि अव काम छैन । चर्को भाषण सुन्दा सुन्दै जनता वाक्क दिक्क छन ।जनताले नयाँ सोच र चिन्तन बोकेका नेता खोजेका छन । ति नेता जनताले अझै पाउन सकिरहेका छैनन् । देशमा खोक्रो राष्ट्रवादी नेता मात्र छन । कुनै पनि मुलुकका लागि सच्चा राष्ट्रवादी नेताको खाँचो हुन्छ । त्यो नेपालमा पाउन गाहारो छ । नक्कली राष्ट्रवादीको कुरा गरेर साध्य छैन । कैयौं ऐतिहासिक घटनाक्रमबाट पनि त्यही कुरा पुष्टि हुँदै आएको छ । नेपालमा ‘अन्धराष्ट्रवाद’ छन । नेपालमा राजनीतिक दलहरू इमानदार भएनन् । नेताहरु पैसामा बिके समस्या यो हो । चीन कम्युनिष्ट शासन पद्दति अपनाइरहेको मुलुक हो । त्यहाँ एकदलीय...
‘ठूल्दाइको  फूलमाला’सार्वजनिक(भिडियो)

‘ठूल्दाइको फूलमाला’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
म्यूजिक भिडियो निर्देशनमा पछिल्लो पटक व्यस्त निर्देशकमा पर्ने चर्चित कोरियोग्राफर माईकल चन्दको निर्देशनमा मेलिना राई र आरसी रिमालको स्वरमा ‘ठूल्दाइको फूलमाला’बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दिपक सिलवालको शब्द एवं संगीत रहेको गीतको एरेन्ज सहस शाक्यले गरेका छन् । https://youtu.be/2E63qV3bQno शुक्रबार गीतको म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको छ। सो भिडियोमा डान्स ग्रुप ‘द कार्टुन क्रु’का सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय छ । साथमा शिशिर भण्डारी, रीता कट्टेल र बाल कलाकार किञ्जल रसाईलीलाई भिडियोमा हेर्न सकिन्छ । एमएनटिभी अष्टे«लिया युट्यूब च्यानलबाट सार्वजनिक भिडियो ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन रहेको छ भने सिलन लम्सालले सम्पादन गरेका हुन् । भिडियोलाई माईकल आर्ट्स एण्ड एकेडेमीले कोरयोग्राफी गरेको छ । ...
कुण्ठा र अहंकारले कसैलाई फाइदा गर्दैन

कुण्ठा र अहंकारले कसैलाई फाइदा गर्दैन

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, लामो समय देखि नेकपा एमालेमा देखिएको गतिरोध अझै अन्त्य हुन सकेको छैन । यो गतिरोध अन्त्य भएमा राजनीतिक निकास मुलुकले छिटो पाउने छ । एमालेका कारण मुलुक संकट तर्फ उन्मुख छ । यदि समयमा एमाले जुटेर जाने हो भने धेरैे समस्या समाधान हुने छ । एमाले मिल्नु पर्छ । मिलेर गए जस्तो राम्रो अरु हुदैन । तल्लो तहका नेता कार्यकर्ताहरु एमाले मिलेर गए हुन्थ्यो भनेका छन । एक आपसमा लडेर जादा बिरोधिलाई फाइदा हुने हो आफूलाई हुदैन । यो कुरा ओली , माधवले बुझनु पर्छ । यदि समय छदै कुरा नबुझे भोली पछुताउनु बाहेक अरु केहि हुने छैन । पाटी बिभाजनले कसैलाई फाइदा गरेको छैन । बिगतको इतिहासलाई केलाएर हेर्ने हो भने पाटी फुटेर भन्दा जुटेर फाइदा भएको छ । पाटीहरु जुटनाले गत निर्वाचनमा बहुमत आएको हो । यदि एमाले र माओवादी केन्द्र नमिलिकन चुनाव लडेको भए कसैको बहुमत आउने थिएन । कसैले घमण्ड नगरे हुन्छ । एमाले ...
असहायसँगै बजगाईको जन्मदिन

असहायसँगै बजगाईको जन्मदिन

समाचार, समाज
नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक, राम्रो सन्देश डट कमका प्रधान सम्पादक एवं अग्रज पत्रकार नवराज बजगाईले बिगतमा जस्तै यो बर्ष पनि आफ्नो जन्मदिन असाहयलाई सहयोग गरेर मनाएका छन । उनले शुक्रबार आफ्नो जन्म दिन काभ्रेको धुलिखेलमा रहेको मानव कल्याण समाज (सेवा घर) को शाखा कार्यालयमा रहेका बृद्धबृद्धा र असहायसँगै रहेर मनाएका हुन । सेवा घरमा रहेका ३३ जना असहायलाई खाना खुवाएर शुरु गरिएको कार्यक्रममा बजगाईले कोभिड–१९ का कारण सबै क्षेत्र मारमा परेकाले यस्ता सेवा घरहरुमा आउने सहयोगी पनि कम हुने हुदाँ यहाँ रहेकाहरुमा समस्या नहोस भनेर थोरै भएपनि सहयोग गरेको बताए । यो देखेर अरुपनि सहयोगीहरु आउन सक्छन भन्दै आफुले प्रत्येक जन्मोत्सव र एनिभर्सरी यसरी नै सामाजिक कार्य गरी मनाउने गरेको बताए । आफुलाई जन्मदिने बुबा आमा नभएपनि सेवा घरमा रहेका बृद्धबृद्धालाई भेट्दा बुबा आमाको न्यास्रो मेटिनुका साथै म...
चर्चित गायक खुमन अधिकारीको तीज गीत ‘अब होला केही’… सार्वजनिक(भिडियो)

चर्चित गायक खुमन अधिकारीको तीज गीत ‘अब होला केही’… सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
चर्चित गायक खुमन अधिकारीको तीज गीत ‘अब होला केही’… सार्वजनिक भएको छ । गायिका शान्तिश्रीको समेत स्वरवद्ध उक्त गीतको भिडियोमा गायक अधिकारीको पनि अभिनय रहेको छ भने उनलाई मोडल अन्जली अधिकारीले साथ दिएकी छिन । प्रकाश पराजुलीको शव्द रहेको गीतको संगीत संकलन खुमन तथा प्रेमदेवी गिरीको रहेको छ । https://youtu.be/P4ooF9bJ-7Q ‘शिवदर्शन फिल्मस्’ युट्यूब च्यालनबाट सार्वजनिक भिडियोको निर्देशन तथा कोरियोग्राफी स्मृति तिमल्सिना ‘गुरुआमा’ले गरेकी हुन । करन चैसिरको छायांकनको रहेको भिडियोलाई नविन घर्ति मगरले कलर तथा सम्पादन गरेका छन । यो गीतमा गायक अधिकारी महादेवको रुपमा प्रस्तुत भएका छन् भने मोडल अन्जलीसंग नृत्य पनि गरेका छन्। खुमन अधिकारिको केहि दिन अगाडी मात्र मरिन्छ कि बोलको गीतमा स्वरसंगै अभिनय गरेका थिए। उक्त गीतले बजारमा दर्शकको राम्रो साथ पाएको थियो। ...
नेपाली कांग्रेसको १४औं महाधिवेशनका सन्दर्भमा चर्चा परिचर्चा

नेपाली कांग्रेसको १४औं महाधिवेशनका सन्दर्भमा चर्चा परिचर्चा

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, यति बेला नेपाली कांग्रेस १४औं महाधिवेशनको तयारीमा जुटदै छ । नेताहरु आ आफना गुट छोपेर लागी रहेका छन । गुटको राजनीतिले कुनै पाटीलाई फाइदा गदैन । अहिले फेरि काँग्रेस गुटको राजनीतिमा लागेको छ । यो बढो चिन्ताको बिषय हो । नेपाली कांग्रेस एउटा प्रजातान्त्रिक पार्टी हो । देशमा हुने गरेका पटक पटकका आन्दोलनमा नेपाली कांग्रेसको नेतृत्वदायी भूमिका रहदै आएको कुरा कसैले पनि भुल्नु हुदैन । यस पार्टीले राष्ट्र, राष्ट्रियताको लागी ठूलो भूमिका खेलेको छ । समाजवादी समाज निर्माण गर्ने यो पाटीको लक्ष्य हो । तर अझै लक्ष्य भने पुरा गर्न सकेको छैन । समाजवादको नारा वीपी कोइरालाले अघि सारेका हुन । मेलमिलापको नीति लिएर बि पी ले मुलुक बचाएका हुन । उनकै अगुवाइमा तत्कालीन राष्ट्रिय संकटको समाधान भएको पाउन सकिन्छ । देशको स्वाधीनता,अखण्डता र सार्वभौम सत्तालाई सर्वोपरी राख्ने पार्टी हो काँग्रेस...
रेश्मा बोम्जन र प्रदिप ग्लानको स्वरमा“मेरो एउटै चाहना” सार्वजनिक (भिडियो)

रेश्मा बोम्जन र प्रदिप ग्लानको स्वरमा“मेरो एउटै चाहना” सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
गायिका रेश्मा बमजन र गायक प्रदिप ग्लानको स्वरमा“मेरो एउटै चाहना”बोलको आधुनिक गीत सार्वजनिक भएको छ । उक्त गीतमा शब्द र सङ्गीत प्रदिप ग्लानको रहेको छ भने सङ्गीत एरेन्ज पुष्कर सुनुवारले गरेका छन् । https://www.youtube.com/watch?v=W1SHABrsvQE भिडियोको छायाङ्कन, निर्देशन तथा सम्पादन भबिन्द्र तामाङले गरेका हुन् । राजेन्द्र थापा र प्रिन्सेस कोईरालाको अभिनय रहेको भिडियो हाईलाईट्स नेपालको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । ...
मलको अभाव झेल्दै छन् किसान ,सरकारको अकर्मण्यता

मलको अभाव झेल्दै छन् किसान ,सरकारको अकर्मण्यता

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, नेपाल कृषिप्रधान देश हो । तर हामी अझै कृषिमा आत्मनिर्भर हुन सकेका छैनौं । किसानहरु बर्ष भरी काम गरेर उनीहरुलाई छ महिना खान पुग्दैन । किसानका समस्या धेरै छन । यो पेसा श्रमको पेसा हो । श्रम नगरी खान पुग्दैन । पछिल्लो समयमा आएर किसान व्यावसायिक बन्न खोज्दैछन्। कुनै ठाउँमा किसानले उत्पादन गरेको चिजले बजार पाउँदैन । बजार नपाए पछि किसान मर्कामा पर्छन । धेरै जसो पहाडी भेगमा यो समस्या छ । कहिले बीउ त कहिले मलको अभाव झेल्ने गरेका छन किसान । किसानका यी समस्या सरकारले बुझनु पर्छ । उत्पादन समयमा बिक्री गर्न नपाउँदा किसान चिन्तित बनेका हुन्छन । अहिले धान रोप्ने बेला हो किसानलाई मलको अभाव छ । किसानले खोजे जति मल पाउन सकेका छैनन् । यो समस्या अहिले देखिएको छ । पछिल्लो समय मल हाल्नु किसानका लागि रहरभन्दा बाध्यता भएको छ । उत्पादन धेरै गर्न मलको आबश्यक हुन्छ । मल बिना उत्पादन कम हुन...
फेसियल हाउसको ‘असार १५ को रोपाँई थिम’मा फोटो शुट

फेसियल हाउसको ‘असार १५ को रोपाँई थिम’मा फोटो शुट

मनोरन्जन, समाचार
फेसियल हाउसले सौंन्दर्यलाई विशेष महत्व साथ हेर्ने र आफ्ना ग्राहकहरुलाई विभिन्न माध्याम वाट जानकारी दिदै आएको छ । यस्तै फेसन शो र फोटो शुटको माध्यम वाट पनि आफ्नो सौंन्दयलाई कसरी फिट राख्न सकीन्छ भन्ने हेर्न र बुझ्न सकिने फेसियल हाउसकी प्रवन्ध निर्देशक तथा बरिष्ठ सौंदर्यविद सुषमा महरा बताउछिन। यसै अन्तरगत फेसियल हाउसले असार १५ को अवसर पारेर माटो थिममा फोटो शुट गरेको छ । असारमा हुने रोपाँईलाई लोकेशन बनाएर गरीएको फोटो शुटमा मोडेलको रुपमा नायिका तथा मोडेल करुणा श्रेष्ठ रहेकी छन् । करुणा मिस कलेज २०११ को विजेता, एक्नेस नेपालका राजदूतको विजेता हुनुका साथै टिभी कार्यक्रम प्रस्तुतकर्ता समेत रहेकी छन् । केहि फिल्ममा अभिनय समेत गरीसकेकी करुणा निकट भविष्यमा आफै सम्मेलित भएर फिल्म निमार्णमा काम गर्न लागेको बताउँछन् । असार १५ को माटो थिमको फोटो ग्राफि चर्चित फोटो ग्राफर कुबेर डंगोलले गरेका छन् ।...
गायक शिवसागर खड्काको ‘निष्ठुरी भयौ रे’सार्वजनिक(भिडियो)

गायक शिवसागर खड्काको ‘निष्ठुरी भयौ रे’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
गायक शिवसागर खड्काको  गीत ‘निष्ठुरी भयौ रे’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । आजै सार्वजनिक यस गीतको भिडियो निर्देशन विशाल नेपालीले गरेका हुन् । नयाँ पुस्ताका प्रेमी-प्रेमिकाबीचको प्रणय प्रसङ्ग समेटिएको गीतमा एलिना चौहान र शिवसागर खड्काको स्वर रहेको छ । https://youtu.be/_ifTmBsqVEo निर्देशक विशालको शब्द रहेको गीतमा गायक खड्काले नै सङ्गीत दिएका छन् । बिग नेपाली फिल्ममार्फत आजै सार्वजनिक म्युजिक भिडियाेको छायाङ्कन हेलो बर्गर र केएफसी चिकेनमा गरिएको गायक खड्काले बताएका छन् । यस गीतको भिडियो छायाङ्कन दिनेश पराजुलीले गरेका हुन् । यसअघि खड्काका ‘ट्राफिक जाम, यो नयाँ जोडी र भन सरकार धरहरा खोइ’ गीतका म्युजिक भिडियोहरू सार्वजनिक भइसकेका छन् । ...