आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
धादिङ्ग तरुण दल जिल्ला सदस्य सन्जय सिलवाल युवा उद्यमशीलता तथा प्रशिक्षण समन्वय समितीको सदस्यमा मनोनित

धादिङ्ग तरुण दल जिल्ला सदस्य सन्जय सिलवाल युवा उद्यमशीलता तथा प्रशिक्षण समन्वय समितीको सदस्यमा मनोनित

राजनीति, समाचार
बदलिएको राजनीतिक र सामाजिक परिवेशमा फेरी एउटा नयां यात्रा थाल्न नेपाली कांग्रेस पार्टीले युवाहरुलाई नविन श्रोतका रुपमा लिएको छ । नेपाली कांग्रेस धादिङ्ग तरुण दल जिल्ला सदस्य सन्जय सिलवाललाई नेपाली कांग्रेस तरुण विभाग युवा उद्यमशीलता तथा प्रशिक्षण समन्वय समितीको सदस्य मनोनित दिईएको छ । धादिङ्गमा आफ्नो छुटै पहिचान बनाउन सफल मिलनसार स्वभाव भएका सन्जय सिलवाललाई यो पद दिदा धादिङ्ग लगायत देशका युवाहरुको नयां जोश थपिएको छ ।  ‘कामको शुरुवात नेतृत्वबाटै हुनुपर्छ । ठुला ठुला राजनितिक परिवर्तनहरु युवाहरुबाट नै सम्भव भएको हुनाले मलाई विश्वास गरेर मलाई दिनुभएको जिम्मेवार मन वचन र कर्मले पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्दै युवाहरुका सुखदुखको साथी बन्ने संकल्प गर्दछु’ उनी भन्छन । ...
माधव नेपालले गठबन्धन छोडनु हुदैन

माधव नेपालले गठबन्धन छोडनु हुदैन

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, अवसर र चुनौती नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । नयाँ सरकार गठन संगै देउवा सामु अवसर भन्दा चुनौति बढी तेर्सिएका छन । अव देउवाले चुनौतिलाई कसरी सामाना गरेर अघि बढछन त्यो भने हेर्न बाँकी छ । समय र परिस्थितिले देउवालाई प्रधानमन्त्री बनाइदियो । भाग्यमा भए पछि कस्को के लाग्छ र । नेपाली काँग्रेसले ५ वर्ष प्रतिपक्षमा बस्ने जनादेश पाएको हो । देउवाले पनि नसोचेको परिणाम हात परेको छ । अब, देउवाले सवैलाई मिलाएर लैजाने कौशलता देखाउनु पर्छ । परिस्थिति अनुसार उनले हिजो प्रधानमन्त्रीको शपथ लिएका छन । देउवाको सामु तेर्सिएको पहिलो चुनौती विश्वासको मत लिने हो । संविधानको धारा ७६ (५) बमोजिम उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ र त्यसका लागि एमालेभित्रको झलनाथ–माधव समूहको बिश्वास जित्नु पर्ने हुन्छ । त्यो नै महत्वपूर्ण कुरा हो । ...
विपक्षी गठबन्धन र सत्तापक्ष दुवै बेलैमा सच्चिन जरुरी

विपक्षी गठबन्धन र सत्तापक्ष दुवै बेलैमा सच्चिन जरुरी

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, आज मुलुक सवै हिसावले तहस नहस छ । सरकारी जागिर र सरकारी तलव भत्ता खाने बाहेक अरु सवैको दिल खुसि छैन । किन भने असार सुरु भएदेखि बाढी, पहिरो र डुबानले देशलाई क्षतविक्षत बनायो । अर्कोतर्फ विश्वव्यापी महामारी कोभिडले सवैलाई थिलै थिलो बनाएको छ । अहिले सम्म आर्थिक रुपमा कोही माथि उठन सकेको छैन । पछिल्लो दुई वर्षलाई हेर्ने हो भने कोभिडले जनजीवन नै अस्तव्यस्त बनाएको छ । यस्तो अवस्थामा सरकार गम्भिर बन्नु पर्ने हो त्यस्तो देखिदैन । जनप्रतिनिधिले जनताको गुनासो सुन्नुपर्ने बेलामा कता कता अलमल्लिए जस्तो देखिन्छ । यसरी जनताको सेवा हुदैन । देश संकटमा परेको बेला सवै गम्भिरतापूर्वक लाग्नु पर्ने हो । कोही मुलुक प्रति गम्भिर भएको देखिदैन । सबै आआफ्नो स्वार्थ पूर्ति गर्नेतर्फ लागेका छन । जनताको सेवाका लागी भनेर निर्वाचनमा जनताले मत दिएर जनप्रतिनिधि चुनेका हुन । उनको ब्यक्तिगत स्वार्थक...
शिला अभिनित ‘झल्को मात्रै आँखामा’ सार्वजनिक (भिडियो)

शिला अभिनित ‘झल्को मात्रै आँखामा’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
काठ क्षेत्रमा घाँसे गीतको नामले पनि चिनिने मौलिक लयमा आधारित ‘झल्को मात्रै आँखामा’ बोलको असारे गीत जिनियस म्युजिक मार्फत सार्वजनिक भएको छ। यस गीतमा पुरु लम्सालको शब्द,सुशील सिंह ठकुरीको कम्पोज, नारायण दंगालको एरेन्ज अनी बहु प्रतिभशाली गायक रमेश पाठकको आवाज रहेको छ। https://youtu.be/j5YJSQ9aDl4 गीतले परदेशीको मन धेरैनै छुनेछ । यस गीतमा नव मोडल शिला गजुरेल र कम्पोजर सुशील सिंह ठकुरीको उत्कृष्ट अभिनय देख्न सक्नु हुनेछ। यस गीतमा परदेशमा रहेर आफ्नो ठाउँ अनी आफ्नो परिवार सँग टाढा हुँदाको पिडा देखाइएको छ। यस भिडियोमा राज पोखरेल र नबिन बाबु गुरुङको छायान्कन अनी रोशन धितालको सम्पादन रहेको छ। भिडियोको निर्देशन पनि पुरु लम्सालले नै गरेका हुन्। यस गीतको एकदमै राम्रो प्रतिकृयाआइरहेको गायक रमेश पाठकले जानाकरी गराउनु भयो । यो गीतको सबैको मनमा बस्न सकोस् अझै सफलताको शुभकामना ब्यक्त गर्दछौ । ...
गीतकार टिआर गौडेलको ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक(भिडियो)

गीतकार टिआर गौडेलको ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
माईकल चन्द  निर्देशित तथा गीतकार टिआर गौडेलको नयाँ गीत ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक भएको छ। आज शुक्रबार गीतको भिडिओ युट्युबमा सार्वजनिक भएको हो। बाबुल गिरीको स्वर रहेको यो डान्स नम्बरका संगीतकार तथा संगीत संयोजक पनि उनै हुन्। पुष्प खड्का, गरिमा शर्मा र प्रथम खड्काको अभिनय रहेको छ । https://youtu.be/9Q9ysb-MTuQ माइलक स्टेप र आर्ट एकेडेमीको कोरियोग्राफी रहेको भिडियो उत्सव दाहालको छायांकन, साइलेन लम्सालको सम्पादनमा तयार भएको हो। ...
गीतकार तथा समाजसेवी यसु थापाद्धारा‘एनआरएनए आइसीसी’को सदस्यमा उम्मेदवारी

गीतकार तथा समाजसेवी यसु थापाद्धारा‘एनआरएनए आइसीसी’को सदस्यमा उम्मेदवारी

आर्थिक, समाचार
लामो समयदेखि बेल्जियममा  बस्दै आएकी यसोदा थापा(यसु)ले गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को सदस्यमा उम्मेदवारी दिने भएकी छन् ।समाजसेवामा सक्रिय थापाले विहीवार एक विज्ञप्ति जारी गर्दै गैरआवासीय नेपाली संघ बेल्जियमको जुलाई २६ मा हुने निर्वाचनमा सो पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।उनले एनआरएनए बेल्जियमको महिला संयोजक, उपाध्यक्ष, सल्लाहकार लगायतको पदमा रहेर ५ कार्यकाल काम गरेकी छन् । उनी बेल्जियमका विभिन्न संस्थाहरु इन्द्र धनुष क्लब,क्षेत्री समाज बेल्जियम, कास्की समाज लगायतमा आवद्ध भै समाजसेवामा निरन्तर लागि पर्दै आईरहेकी छिन । साहित्य तथा कला क्षेत्रमा उनको योगदानले राष्ट्रिय अन्तरराष्ट्रिय अवार्ड समेत जित्न सफल भएकी छिन । विगतमा एनआरएनएमा वसेर आफुले गरेका केही योगदानका कारण आफुलाई थप जिम्मेवारी वहन गर्न बेल्जियमवासी गैर आवासीय नेपाली समुदायहरुको माग बम...
कसैले घमण्डको राजनीति नगरे हुन्छ

कसैले घमण्डको राजनीति नगरे हुन्छ

राजनीति, समाचार
डा.डिआर उपाध्याय, नेकपा एमाले भित्रको बिवाद अझै सुल्झन सकेको छैन । एमाले एकतामा सकस देखिएको छ । तर पनि बिवाद मिलाउन बनेको कार्यदलको बैठक निरन्तर बसिरहेको छ । तर सार्थक परिणाम भने कार्यदलले अझै निकाल्न सकेको छैन । एमाले विवादलाई समाधान गरेर अघि बढदा नै राम्रो हुन्छ । ओली, माधव बीच करा मिल्दा बित्तिकै समस्या हल हुन्छ । माधव नेपाल समूह एकताका लागी गम्भिर बन्नु पर्छ । समस्या काहाँ हो मिलेर समाधान गर्नु पर्छ ।माधव नेपाल समूहभित्रका केही युवानेता पार्टी विभाजन गर्नु हँुदैन भन्ने पक्षमा छन । एमालेभित्र जुन प्रकारको गुटबन्दी र अराजकता देखिएको छ, त्यो राम्रो कुरा होइन । आम नेता कार्यकर्ता नेकपा एमाले मिलेको देख्खन चाहान्छन । पार्टीभित्रको अन्तरसंघर्षलाई पार्टीको विधि र प्रक्रियाबाट हल गरेर जानु पर्छ । पार्टी भित्र दुस्मनीपूर्ण ब्यवहार देखाउनु पनि राम्रो होइन । एमालेको नवौं महाधिवेशनमा माध...
डा. डीआर उपाध्यायको नयाँ गीत ‘जन्मौ जन्म न छुटिने नाता…’ सार्वजनिक(भिडियो)

डा. डीआर उपाध्यायको नयाँ गीत ‘जन्मौ जन्म न छुटिने नाता…’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जन्मौ जन्म न छुटिने नाता…’ सार्वजनिक भएको छ । सागर अधिकारीको सङ्गीत, राधिका भण्डारीको स्वर, संजय श्रीपालीको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा डा. डीआर आफैँ र नायिका अनु शाहलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा आफूले एकदमै मन पराएको मान्छे आफूदेखि टाडा भएको विषयलाई निक्कै कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ । https://youtu.be/H3BrFenfRCY ‘गीत जति मन छुने खालको छ भिडियो पनि त्यतिकै राम्रो बनाउने कोशिस गरेको छु’, निर्देशक चन्दले भन्नुभयो । भिडियो डीआर म्युजिक एण्ड क्रियशनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड काय...
विपद् आउनु भन्दा पहिले पूर्वतयारीको जरुरी

विपद् आउनु भन्दा पहिले पूर्वतयारीको जरुरी

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, हामीले नेपालमा मनसुन प्रवेशसँगै विपद्को सामना गर्नुपर्ने भएको छ । पहाड, मध्यपहाडी क्षेत्रमा अझै पहिरो जाने क्रम रोकिएको छैन । यो समस्याका रुपमा खडा छ । तराईमा डुबानको समस्या छ । अहिले हरेक समस्याले नेपालीलाई थिचिरहेको छ । देशमा भर्खरै मनसुन सुरुवाती भएको छ । बिशेष गरी नेपालमा जेठ, असार, साउन र भदौ महिना पानी पर्ने महिना हुन् । यी महिनामा बाढीपहिराको खतरा पनि हुने गर्छ । बाढीपहिरोको जोखिम वर्षायाममै हुन्छ । त्यसैगरी, विश्वव्यापी रूपमा हेर्ने हो भने पनि नेपाल विपद्को उच्च जोखिममा छ ।यसर्थ प्राकृतिक प्रकोपका कारण बर्सेनि सयौं मानिसको मृत्यु हुने गरेको छ । र यसका साथै खर्बौं मूल्यबराबरको आर्थिक क्षति हुने गरेको छ । देशको तथ्यांकीय हिसाबले सबै कुरा यकिन गर्न गाह्रो छ । तर समग्रमा प्राकृतिक प्रकोप र विपद्बाट नेपालले बर्सेनि ठूलो क्षति बेहोर्नुपरेको छ ।नेपाल प्राकृतिक...
क्यूभीसी खारेज गर्न सरकारसँग माग

क्यूभीसी खारेज गर्न सरकारसँग माग

आर्थिक, समाचार
 नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कतार भिसा सेन्टर (क्यूभीसी) खडा गरी एकाधिकार लागु गर्न खोजेको भन्दै आन्दोलनको चेतावनी दिएको छ । कतारमा कामदार पठाउन पहिले नेपाल सरकारबाट मान्यता प्राप्त जुनसुकै स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरी श्रम स्वीकृतिलगायत प्रक्रिया पूरा गरी कामदार जाने गरिएकामा एकाधिकारका लागि उक्त व्यापारिक संस्था खडा गरिएको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिएको हो । रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै संघले सीमित व्यक्तिहरूको अघोषित मिलेमतोमा व्यापक आर्थिक चलखेल भएको र सिन्डिकेट गर्न लागिएकाले कडा कदम चाल्न बाध्य हुनुपरेको जनायो । यसविरुद्ध युवा कामदार र व्यवसायीसहित चरणबद्ध रूपमा आन्दोलनमा उत्रने चेतावनी दिएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष कमल तामाङले नेपाली कामदारको चरणबद्ध आन्दोलनमा उत्रिन तयार रहेको बताए । उनले भने, ‘कतार ...