गायिका सरु गौतम र प्रताप दासको युगल स्वरको मायालुलाई भेटेसी……बोलको नयाँ गीतले युट्युवमा उत्कृष्ट स्थान पाएको छ ।

आश्मा बिश्वकर्मा तथा सरोज अधिकारीको अभिनय रहेको भिडियोमा कार्टुन क्रुज जुनियर कलाकारहरु समेत फिचर्ड रहेका छन ।  म्युजिक भिडियो युट्युवमा सार्वजनिक भएकै भोली पल्टै ट्रेन्डिंगको १३ औं नम्बरमा उक्लेको हो । पछिल्लो पटक युट्यूबको १० औं ट्रेन्डिङ्गमा पुगिसकेको छ ।

सरोज अधिकारीको निर्देशनमा ज्ञानेन्द्र शर्माले काठमाडौंका धर्मस्थली र सिकलीचौर लगायतका ठाउँमा खिचेका दृष्य मनोरम छन् । कुमार कटुवालको शव्द र दिपक शर्माको कम्पोज रहेको गीतमा नरेन्द्र वियोगीको एरेन्ज रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here