आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
नेसनल हिरो अवार्ड कोभिड १९ र रमाइलो बक्स अफिस फुटबल युएईमा सम्पन्न

नेसनल हिरो अवार्ड कोभिड १९ र रमाइलो बक्स अफिस फुटबल युएईमा सम्पन्न

मनोरन्जन, समाचार
युएई : नेपाल इभेन्ट अग्रनाइजेशन एसोसिएसनले कोभिड १९ कोरोनाको महामारी वेला आफ्नो ज्यानको बाजिमारेर विभिन्न तवरबाट सामाजिक कार्य गर्ने व्यक्तित्वलाई कोभिड १९ का योद्धाहरुको उच्च सम्मानमा आयोजित नेसनल हिरो अवार्ड २०७८ बाट भब्य सम्मान गरेको छ । मध्य रातमा दुवईमा भब्य आयोजित अवार्ड शोमा नेपालका वैज्ञानिक डा.महावीर पुनलाई नेसनल हिरो अवार्ड कोभिड १९ प्रदान गरिएको छ । उहाको उत्पादनको अक्सिजनले हजारौं नेपालीको जीवन रक्षा गरेकोले उहालाई गर्बसाथ अवार्डको टर्फीबाट उच्च सम्मान गरिएको हो । त्यसैगरी कोभिड १९ महामारीमा तन, मन, धनले निस्वार्थ आम नेपाली जनतालाई निस्वार्थ दिलो ज्यान सहयोग पुर्याउन महत्त्वपूर्ण सहयोग पुर्याउन्ने अन्य सामाजिक अभियान्ताहरूलाई अवार्ड र सम्मान पत्र प्रदान गरिएको थियो। यसै बिधा अन्तरगत नेसनल हिरो अवार्ड कोभिड १९ संस्करणमा सविता गुरुङ निर्माता तथा सामाजिक अभियन्ता, कादमबरी श्रे...
‘अच्छा लेकिन’भन्दै आए निल र मेलिना (भिडियो)

‘अच्छा लेकिन’भन्दै आए निल र मेलिना (भिडियो)

मनोरन्जन, समाचार
गायक निल पुन तथा गायिका मेलिना राईको अच्छा लेकिनको भिडियो सार्वजनिक भएको छ । दाईको रेकर्डस नामक युट्यूब च्यानलबाट सार्वजनिक भिडियोको गीतको शव्द तथा संगित पनि गायक पुनकै रहेको छ । प्रमोद परियारको एरेन्ज रहेको गीतलाई सुरज शाही ठकुरीले मास्टरिङ्ग गरेका हुन ।गीतकार तथा गायक किरण माईकल घिमिरे कार्यकारी निर्माता रहेको भिडियो निर्माण चन्द्र प्रसाद गौचन तथा गीता गौचनले निर्माण गरेका हुन । https://youtu.be/lCaSAwVCZ9g अहिलेका चर्चित मोडलहरु सुधिर श्रेष्ठ तथा वर्षा राउतको अभिनय रहेको भिडियोमा कमेडियन खबपु तथा मानवी श्रेष्ठलाई समेत देख्न सकिन्छ । सुव्रत आचार्यको निर्देशनमा बनेको भिडियोलाई उत्सव दाहालले खिचेका छन भने सम्पादन विकास दाहालले गरेका हुन भने जया शर्माले क्रियटिभ निर्देशन गरेकी छिन । ...
मिलाप मासिकको दशैँ शुभकामना आदानप्रदान तथा मिलाप सम्मान कार्यक्रम

मिलाप मासिकको दशैँ शुभकामना आदानप्रदान तथा मिलाप सम्मान कार्यक्रम

आर्थिक, समाचार
मिलाप मासिकको आयोजनामा बडादशैँ शुभकामना आदानप्रदान तथा मिलाप सम्मान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा बुधबार एक विशेष समारोहबीच मिलाप मासिकको कभरमा आउनुभएका व्यक्तित्वहरूलाई मिलाप कभर सम्मान प्रदान गरिएको थियो भने भाषा, साहित्य, कला, संस्कृति र सञ्चारमार्फत समाजमा विशेष योगदान पुर्‍याउनुभएको योगदानको उच्च उच्च प्रशंसा गर्दै मिलाप सम्मान अर्पण गरिएको हो । मिलापका सम्पादक कृष्ण भुसालको अध्यक्षतामा सम्पन्न भएको समारोहमा हिमालय टाइम्स दैनिकका सम्पादक पुरुषोत्तम दाहाल, राजनीतिक विशलेषक प्राडा सुरेन्द्र केसी, नेपाली चलचित्रकी प्रथम नायिका भूवन चन्द, रङ्गीन चलचित्रकी पहिलो नायिका चैत्यदेवी, विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्याय, विशिष्ट कलाकार लय संग्रौला, नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौलालगायतको आतिथ्यता रहेको थियो । अतिथिहरूले मिलाप प्रकाशनसँगै मिलापले गर्दै आएका वि...
क्लव उड्ल्याण्डको आज उद्घाटन, सविन राईको सो

क्लव उड्ल्याण्डको आज उद्घाटन, सविन राईको सो

आर्थिक, समाचार
काठमाडौं, विगत लामो समय देखि कोरोना महामारीका कारण वन्द रहेको दरवारमार्ग स्थित क्लव उड्ल्याण्ड नयाँ साज सज्जाका साथ शुक्रवार साझदेखि पुन सन्चालनमा आउनने भएको छ । उक्त दिन सविन राईको प्रत्यक्ष लाइभ म्यूजिकमा रमाउन पाइने छ भने देशका विभिन्न क्षेत्रका अतिथि लगायत कलाकारहरुको पनि उपस्थित रहने छ भने इन्टरनेशनल डिजेले डान्स फ्लोर मा यहाँहरुलाई मनोरन्जन प्रदान गर्ने क्लवका प्रवन्ध निर्देशक सुनील कुवरले जानकारी दिनु भयो । वन्द पछिको नयाँ योजना र पुन निमार्ण गरि क्लवलाई पारिवारीक वातावरण प्रदान गर्ने जमर्को गरेका छौं । हरेक दिन फरक फरक गायक तथा म्यूजिक व्याण्डको साथमा लाइभ म्यूजिक प्रस्तुतीका साथै राम्रो खानाको पनि व्यवस्थाका साथ यो क्लव पुन सन्चालन गर्न लागीएको वताउछन क्वलका अध्यक्ष प्रेम श्रेष्ठ । ...
तेश्रो र चौथो संस्करणको पिम नेपाल फिल्म फेष्टिवल भव्य रुपमा सम्पन्न

तेश्रो र चौथो संस्करणको पिम नेपाल फिल्म फेष्टिवल भव्य रुपमा सम्पन्न

मनोरन्जन, समाचार
काठमाण्डौ, पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल )ले राजधानी काठमाण्डौमा सन् २०२० र सन् २०२१को फेष्टिवल आयोजना गरेको गरेको छ । प्रदेश नं ५ मा आयोजना गर्ने भनिएको तेश्रो संस्करणको कार्यक्रम कोभिड १९ का कारणले रोकिएको हुँदा शो कार्यक्रमलाई असोज १९ गते एक कार्यक्रमको आयोजना गरी चलचित्र महोत्सवमा सहभागी भएका सिनेमाहरुलाई प्रतिस्प्रधा गराई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो। शो समारोहमा पूर्वकानुन मन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्मन्न भएको थियो भने कार्यक्रमका सभापति चलचित्र निर्देशक मोहन निरनैलाले गरेका थिए । त्यस्तै चौथो संस्करणको नियमित कार्यक्रम असोज २० गते नै सम्पन्न गरिएको छ । गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति सम्माननिय परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त महोत्सव समारोहमा १७ वटा फिचर फिल्म, ५० भन्दा माथी सर्टफिल्म र १० वटा वृत्तचित्रको सहभागिता रह...
आज मन्त्री परिषदले पूर्णता पाउन सक्छकी सक्दैन ?

आज मन्त्री परिषदले पूर्णता पाउन सक्छकी सक्दैन ?

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, हिजो मन्त्री परिषद बिस्तार पक्कै हुन्छ भन्र्ने सबैले सोचेका थिए । तर हिजो पनि मन्त्री परिषदले पूर्णता पाउन सकेन । आज मन्त्री परिषदले पूर्णता पाउन सक्छकी सक्दैन ? आज पनि के हुने हो कुनै ठेगान छैन । मन्त्रालयको भागबण्डामा चित्त नबुझे पछि दलहरु बीच अझै सहमती जुटन सकेको छैन । यसरी कति दिन पर धकेल्ने ? माओवादीले मन्त्री बन्नेको टुंगो लगाईसकेको छ । एकिकृत समाजवादीले पनि मोटामोटी मन्त्री बन्नेको टुंगो लगाईसकेको छ । जसपाले मन्त्री छनोट गर्न उपेन्द्र यादवलाई जिम्मा दिएको छ । लामो समय सम्म मन्त्री परिषदले पूर्णता पाउन नसके पछि सरकारको सबैतिरबाट आलोचना भइरहेको छ । यसरी देश बनाउन सकिदैन । देश बनाउन योग्य व्यक्ति चाहिन्छ । राजनीतिक व्यक्तिहरूले देश र जनताका समस्यालाई बुझन सकेनन् । विकास चुनावी घोषणापत्रमा मात्र सीमित रह्यो । प्रजातन्त्रका तीन दशकमा २७ पटक सरकारहरू फेरिए । व...
सुरेन्द्र थापाको ‘छोरी’ सार्वजनिक(भिडियो)

सुरेन्द्र थापाको ‘छोरी’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौँ । सुरेन्द्र थापाको प्रस्तुतिमा बनेको लघु चलचित्र ‘छोरी’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रले विदेशमा छोरी र नेपालमा बाबुको एक्लिएको कथा बोल्छ । लघु चलचित्र आजबाट नै नेपालमा नेट टिभी मार्फत र भिडियो पसल मार्फत विदेशमा रहेका दर्शकले हेर्न सक्ने प्रस्तुत कर्ता थापाले बताएका छन् । https://www.youtube.com/watch?v=wyzhjgB1Dyc १५ मिनेटको चलचित्रमा सुवासप्रसाद पाण्डे र नमराज भण्डारीको निर्माण रहेको छ । चलचित्रमा वसन्त पोख्रेल मुख्य भूमिकामा देखिएका छन् भने अन्य कलाकारमा सरिता भुजेल, सुरेन्द्र थापा, अजय पन्त, आर के बिसी, सम्झना थापा र बाल कलाकार श्रीदा पाण्डे को अभिनय छ । चलचित्रमा वसन्त पोख्रेलको लेखन तथा निर्देशन रहेको छ । गौतमराज खड्काको सम्पादन, ज्ञानु राईको छायाङ्कन, मनोज राज बहाकको ध्वनि, सौगात बस्नेतको मुख्य सहायक निर्देशन र मिनाक्षी भट्टराईको शृङ्गार लघु चलचित्रमा रहेको ...
ग्रेस ईभेन्टको ५ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

ग्रेस ईभेन्टको ५ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

मनोरन्जन, समाचार
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, गायिका सिन्धु मल्ल, गायक सिताराम पोखरेल, ईभेन्ट व्यवस्थापक डेविल सिंह राजपुत, लब बहादुर कार्की, टेकराज पाण्डे, राज लुईटेल, सोनित राज ढुङ्गेल, शान्ता कुमारी लामा र देवराज घिमिरे एकसाथ सम्मानित भएका छन् । ग्रेस ईभेन्टले आफ्नो ५ औं बार्षिक उत्सवको अवसर पारेर शुक्रबार राजधानीको एस आर बैङ्क्वेट धुम्बाराहीमा आयोजना गरेको एक कार्यक्रममा सबैलाई एकसाथ सम्मान गरिएको हो । ग्रेस ईभेन्टका अध्यक्ष शिशिर तण्डनले ५ वर्षको कार्यक्रम मनाउन पाउदा साहै खुसी लागेको बताए । उनले ५ बर्षको यात्रामा आफुलाई सहयोग गर्ने सल्लाह दिने सबैमा न्यानो माया समेत ब्यक्त गरे । साथै ‘कार्यक्रममा कार्यक्रम व्यवस्थापनको क्षेत्रमा लामो समय देखि सेवा दिने तथा सौन्दर्य क्षेत्रको माध्यमबाट देशको नाम बिदेशसम्म पुर्याउनेलाई सम्मान गर्न पाउँदा खुसी लागेको वताए । चलचित्र विकास बोर्डका...
राजनीतिक संस्कार र नेतृत्व क्षमता आजको आबश्यकता

राजनीतिक संस्कार र नेतृत्व क्षमता आजको आबश्यकता

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, आज मुलुकका सामु थुप्रै समस्या तेर्सिएका छन । समस्या समाधान गर्ने कुरामा कसैको ध्यान छैन । नेताहरुलाई खाली आफनै स्वार्थ पुरा गर्ने ध्यान मात्र छ । जनताको कुनै मतलव छैन । आज आम नागरिक निराश छन । अब दशै पनि नजिकै आइसकेको छ । दशै खर्च जुटाउन नसकेर सर्वसाधरण नागरिक चिन्तित छन । लामो समय सम्मको कोरोना भाइरस र त्यसवाट उत्पन्न समस्याबाट थिलै थिलो बनेका आम नागरिक अझै पुरानो अबस्थामा फर्कन सकिरहेका छैनन् । धेरैका रोजगार गुमेका छन । अझै पुरानो अबस्थामा फर्कन समय लाग्छ । जनताको आबश्यकताहरु झन पछि झन बढदै गएका छन । महंगीले आकाश छुन थाल्यो । जनता कसरी बाँचेका छन न सरकारले मतलव राखेको छ नत राजनीतिक दल र तिनका नेताहरुले नै । जनता समस्या संग जुधिरहेका छन । राजनीतिक दल र तिनका नेताहरू मुलुक प्रति त्यति गम्भिर हुन सकेनन् । नेताहरु मुलुकका लागि भन्दा पनि व्यक्तिगत स्वार्थमा चुर्लुम्म...
राजेन्द्रले खोले ‘क्याफे जमघट’,राजाराम पौडेल,ज्योती मगर र योगेशले गरे उद्घाटन

राजेन्द्रले खोले ‘क्याफे जमघट’,राजाराम पौडेल,ज्योती मगर र योगेशले गरे उद्घाटन

आर्थिक, समाचार
काठमाण्डौको धापासी स्थित ग्राण्डी हस्पिटलको अगाडी ‘क्याफे जमघट’ नामक रेष्टुरेन्ट संचालनमा आएको छ । लोकप्रिय चर्चित हांस्य कलाकार राजाराम पौडेलको प्रमुख आतिथ्यता,गायक तथा संगितकार योगेश काजी तथा चर्चित गायिका ज्योती मगरको विशेष आतिथ्यतामा रिबन काटेर औपचारिक रुपमा क्याफे जमघटको शुभारम्भ गरिएको थियो ।आमा अर्गानिक ममको लोकप्रियता संगै उक्त फ्रोजन ममको विभिन्न स्थानमा स्टल तथा रेष्टुरेन्ट खोल्ने क्रममा यो पहिलो शाखा हो । संचार क्षेत्रका विभिन्न क्रियाशिल संचारकर्मीहरु राज लुईटेल,सोनीतराज ढुंगेल, कुवेर तामाङ्ग,सुमित रजक,कुलराज आचार्य, अमित रजक मोडल पूजा नाथ, गायिका सुनिता थापा मगर लगायतको विशेष उपस्थिती रहेको थियो भने कार्यक्रममा राजनितिज्ञ लगायत विभिन्न पेशाकर्मीहरुको समेत बाक्लो उपस्थिती रहेको थियो । ग्राहकहरुको सेवा सुविधा तथा आवश्यकता मध्यनजर गर्दै सञ्चालनमा आएको क्याफे जमघटले विभ...