आइत, असार ३, २०८१
Sun, June 16, 2024
Shadow

राजेन्द्रले खोले ‘क्याफे जमघट’,राजाराम पौडेल,ज्योती मगर र योगेशले गरे उद्घाटन

काठमाण्डौको धापासी स्थित ग्राण्डी हस्पिटलको अगाडी ‘क्याफे जमघट’ नामक रेष्टुरेन्ट संचालनमा आएको छ ।

लोकप्रिय चर्चित हांस्य कलाकार राजाराम पौडेलको प्रमुख आतिथ्यता,गायक तथा संगितकार योगेश काजी तथा चर्चित गायिका ज्योती मगरको विशेष आतिथ्यतामा रिबन काटेर औपचारिक रुपमा क्याफे जमघटको शुभारम्भ गरिएको थियो ।
आमा अर्गानिक ममको लोकप्रियता संगै उक्त फ्रोजन ममको विभिन्न स्थानमा स्टल तथा रेष्टुरेन्ट खोल्ने क्रममा यो पहिलो शाखा हो । संचार क्षेत्रका विभिन्न क्रियाशिल संचारकर्मीहरु राज लुईटेल,सोनीतराज ढुंगेल, कुवेर तामाङ्ग,सुमित रजक,कुलराज आचार्य, अमित रजक मोडल पूजा नाथ, गायिका सुनिता थापा मगर लगायतको विशेष उपस्थिती रहेको थियो भने कार्यक्रममा राजनितिज्ञ लगायत विभिन्न पेशाकर्मीहरुको समेत बाक्लो उपस्थिती रहेको थियो ।

ग्राहकहरुको सेवा सुविधा तथा आवश्यकता मध्यनजर गर्दै सञ्चालनमा आएको क्याफे जमघटले विभिन्न किसिमका अफर तथा सहुलियत सहित केहि समयका लागि २५ प्रतिशत छुटमा फास्टफुड आइटमहरु पार्सल तथा होम डेलिभरि समेत गर्ने क्याफेका सञ्चालक राजेन्द्र खड्काले जानकारी दिए ।


पारिवारिक तथा शान्त वातावरणमा वसेर स्वादिष्ट परिकारका लागि ग्राहकहरुका लागि उत्कृष्ट गन्तव्य वनाउने सोचका साथ आफुले यो रेष्टुरेन्ट खोलेको समेत उनले बताए । दशै तिहार लगतै पून शहर केन्द्रित शाखा खोल्ने तयारीमा रहेक खड्काले क्याफे साथीभाई,ईष्टमित्र तथा पारिवारिक जमघट गराउने थलोको रुपमा अगाडी वनाउने उद्देश्य आफ्नो रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *