आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
बिभिन्न क्षेत्रका ब्यक्तित्वहरु ‘राष्ट्रिय मानार्थ सम्मान २०७८’ बाट सम्मानित

बिभिन्न क्षेत्रका ब्यक्तित्वहरु ‘राष्ट्रिय मानार्थ सम्मान २०७८’ बाट सम्मानित

समाचार, समाज
काठमाडौ । ‘हाम्रो एकै दृष्टिकोण, लक्ष्य र उद्देश्य, नेपाली मौलिक कला, संस्कृति र साहित्य’ भन्ने मूल नाराका साथ फुलारा लिटरेचर फाउण्डेशन नेपालद्वारा ‘राष्ट्रिय मानार्थ सम्मान २०७८’ प्रदान गरेको छ । नेपाली कला, संस्कृति, समाज, भाषा, साहित्य, चलचित्र, पत्रकारिता लगायतका विधामा रही विशिष्ठ योगदान दिनुभएका व्यक्तिहरूलाई ‘राष्ट्रिय मानार्थ सम्मान २०७८’ प्रदान गरिएको आयोजकले बताएको छ । यो सम्मान अनलाइनमार्फत वितरण गरिएको हो । विधागतरूपमा रहेका सम्मानित व्यक्तित्वहरूको नामावली, प्रमाण पत्र र शुभकामना पत्र फेसबुक, इमेल, भाइबर मार्फत सार्वजनिक गरिएको छ । बिभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई संस्थाको तेस्रो बार्षिक उत्सवको अवसरमा सम्मान गरिएको संस्थाका अध्यक्ष भीष्मराज फुलाराले बताउनु भयो । संस्थाले स्वदेश तथा विदेशमा रही लेखन, कलाकारिता, संगीत, पत्रकारिता, सामाजिक सेवा, सौन्दर्यरफेसन र व्यवसायमा आ...
दसैं पर्वको चहलपल सुरु,सुरक्षित भएर मनाऔं

दसैं पर्वको चहलपल सुरु,सुरक्षित भएर मनाऔं

समाचार, समाज
-डा.डिआर उपाध्याय, दसै सुरक्षित भएर मनाऔं, खानपान र स्वास्थ्य मापदण्डमा ख्याल गरौं । आज भोली दसैं पर्वको चहलपल सुरु भएको छ। गत बर्ष कोरोना महामारीले दसैं खल्लो बनायो । यो वर्षको दसैं भने रमाइलो नै छ । दसै सुरक्षित भएर मनाऔं। खानपान र स्वास्थ्य मापदण्डमा ख्याल गरौं। कोरोना खोप धेरै नागरिकले पाइसकेका छन । अहिले देशमा लकडाउन छैन। स्वास्थ्य मापदण्ड अपनाएर हिडडुल गर्न पाइन्छ । तर ठूलो भिडभाडमा भने बस्नु हुदैन । हिजो सम्म यातायातका साधन निर्वाध रूपमा चलेका थिए । कोरोनाको कसैले ख्याल गरेको देखिदैन । कोरोना पूर्णरुपमा हटेको अवस्था अझै छैन। दैनिक संक्रमित भेटिएका छन्। कोरोनाकै कारण हुने मृत्युलाई शून्यमा झार्न सकिएको छैन। त्यसैले अझै स्वास्थ्य मापदण्डको पालना आवश्यक छ। स्वास्थ्य सुरक्षा प्राथमिक विषय हो। अघिल्लो वर्षको बडादसैंमा त्यस्तो रौनक थिएन । गत बर्ष दसैं घर परिवारमा मात्र सीमित बन्यो ...
रेखा र समिरको ‘रातो टिका’ सार्वजनिक(भिडियो)

रेखा र समिरको ‘रातो टिका’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
संचारकर्मी समिर लामाको दशै तिहार गीत ‘रातो टीका’ गीतको भिडियो सार्बजनिक भएको छ । नेपालीहरुको महान चाड दसै तिहारलाइ लक्षित गरि बनाएको उक्त गितको शव्द रचना कलाकार समेत रहेका लामाले लेखेका हुन भने गितमा नवीन लामा र रेखा पौडेलले स्वर दिएका छन । भिडियोमा एकै पटक लामा र पौडेल तीन तीन भुमिकामा प्रस्तुत भएका छन । भिडियोको निर्देशन र अभिनय पनि स्व्यं लामाले गरेका छन भने, नेपाली चलचित्रको पहिलो नेपाली महिला संगीतकार रेखा पौडेलले पनि करिअरमै पहिलोपटक अभिनय गरेको सो गितमा आफनै संगीत रहेको छ । https://youtu.be/_mRHkI3T2Ss २०६२ सालमा रेडियो नेपालमा सर्बोत्कृस्ट गायक को परिचय बनाएका नबिन लामाले बिगत एक दशक पछिको उनको यो गीत रहेको छ । । पछिल्लो समय निकै ब्यस्त नव मोडेल झरना परियारले पनि यसै गितको भिडियोमा अभिनय गरेकी छिन, उनको केही दिन अगाडि मात्रै आयो दसै नामक गित सार्बजनिक भएको थियो ।भिडियो रेख...
प्राध्यापक डा. बालचन्द्र लुइटेल काठमाडौं विश्वविद्यालयको शिक्षासंकायमा डीन नियुक्त

प्राध्यापक डा. बालचन्द्र लुइटेल काठमाडौं विश्वविद्यालयको शिक्षासंकायमा डीन नियुक्त

शिक्षा, समाचार
काठमाडौं विश्वविद्यालयको कार्यकारी परिषद्ले प्राध्यापक डा. बालचन्द्र लुइटेललाई २१ असोज २०७८ (October अक्टोबर २०२१) बाट ३ वर्षको अवधिका लागि लागू हुने गरी काठमाडौं विश्वविद्यालयको शिक्षासंकायमा डीन नियुक्त गरेको छ। प्रा .डा लुइँटेल २०५५/०३/३१ गतेका दिन विश्वविद्यालयमा प्रवेश गर्नु भएको थियो उहाले सन् २००९ मा Curtin University Australia बाट पीएचडी गरी नेपाल फर्किनु भएको थियो अहिले प्रा. डा. लुइँटेलले २० जना पीएचडी विद्याथीहरुलाई सुपरीबेक्षण गरिसक्नु भएको छ MPhil / Master मा गरी ५० भन्दा बढी बिद्यार्थीहरुलाई सुपरीबेक्षण गरी सक्नु भएको छ। प्रा. डा. लुइँटेलले अहिले सम्म ६० भन्दा बढी अनुसन्धानात्मक लेख प्रकाशन गरी सक्नु भएको छ र उहा गणित बिषयको प्राध्यापकको रुपमा परिचित हुनुन्छ। काठमाडौं विश्वविद्यालयको स्कूल अफ एजुकेशनमा उहाले सहायक डिनको रुपमा सन् २०१४ देखि २०१८ सम्म काम गर्नु आउनु भएको...
अब यो सरकारले गतिका साथ काम गरेर देखाउनु पर्छ

अब यो सरकारले गतिका साथ काम गरेर देखाउनु पर्छ

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, सरकारले पूर्णता पायो । अब यो सरकारले गतिका साथ काम गरेर देखाउनु पर्छ । शुक्रबार १६ मन्त्री र तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन । अब प्रधानमन्त्री, २१ मन्त्री र तीन राज्यमन्त्री गरी २५ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । संविधानले सङ्घीय सरकारमा २५ सदस्यीय मन्त्रिपरिषद् हुने व्यवस्था गरेको छ । अब सरकारले कुनै बहाना नगरी देश र जनताको पक्षमा लोक प्रिय काम गरेर देखाउनु पर्छ । यो एउटा अबसर पनि हो । सरकार देश र जनताको आवश्यकतालाई इमानदार सम्बोधन गदै र जनजीविकाका विषयलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्छ । विद्यमान समस्याको पहिचान गरी ती समस्यालाई सम्बोधन गर्नु नै अहिलेको सरकारको दायित्व हो । कोरोना महामारी नियन्त्रण अहिलेको मुख्य समस्या हो । यसबीचमा सरकारले कोरोना महामारी नियन्त्रण र खोपमा राम्रो प्रगति गरेको छ । कोरोना फेरि फैलन सक्ने जोखिम पनि छ । किन भन...
चलचित्र‘सम्हाली राख है’ बाट शितल के.सी.सर्वोत्कृष्ट नायक

चलचित्र‘सम्हाली राख है’ बाट शितल के.सी.सर्वोत्कृष्ट नायक

मनोरन्जन, समाचार
नायक शितल के.सी.ले यस वर्षको सर्वोत्कृष्ट नायक अवार्ड जित्न सफल भएका छन । पिम नेपालले काठमाण्डौमा आयोजना गरेको सन् २०२० र सन् २०२१को फिल्म फेष्टिवलमा नायक के.सी.ले उक्त अवार्ड हात पार्न सफल भएका हुन । तेश्रो तथा चौथो संस्करणको उक्त फिल्म फेस्टिवलमा‘सम्हाली राख है’ चलचित्रबाट के.सी. सर्वोत्कृष्ट नायक घोषित भएका हुन । डेढ दशक लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर रुपमा अभिनय गर्दै आएका नायक शितल के.सी. चलचित्र जगतको सफल अभिनेता मानिन्छन ।  के.सी. अभिनित सफल चलचित्रमा जाल,द्धन्द,आफन्तको माया, त्रिदेव, हाम्री चेली, मेरो राजेश दाई,दिवानापन,अभियान,जंगली माया लगायत दर्जनौ रहेका छन ।। प्रदेश नं ५ मा आयोजना गर्ने भनिएको तेश्रो संस्करणको कार्यक्रम कोभिड १९ का कारणले रोकिएको हुँदा शो कार्यक्रमलाई असोज १९ गते एक कार्यक्रमको आयोजना गरी चलचित्र महोत्सवमा सहभागी भएका सिनेमाहरुलाई प्रतिस्प्र...
ईनास युएईको अध्यक्षमा एमडी  बोहोरा,सांगीतिक विकास तथा प्रवर्द्धन समिति संयोजकमा इन्दिरा भट्टराई

ईनास युएईको अध्यक्षमा एमडी बोहोरा,सांगीतिक विकास तथा प्रवर्द्धन समिति संयोजकमा इन्दिरा भट्टराई

मनोरन्जन, समाचार
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) युएईको अध्यक्षमा एमडी बोहोरा चयन भएका छन् । त्यसैगरी, गायिका इन्दिरा भट्टराई र साहित्यकार रमेश क्षितिजलाई पनि नेतृत्वदायी भूमिका प्रदान गरिएको छ । ईनासको वरिष्ठ उपाध्यक्षमा कुशल बुचा, प्रथम उपाध्यक्षमा दुर्गाबहादुर सुनुवार र द्वितीय उपाध्यक्षमा मोहन बोगटी चयन भएका छन् । त्यसैगरी, महासचिवमा हरि मोक्तान, सचिवमा रुमा अधिकारी, कोषाध्यक्षमा वीरेन्द्र दंगाल, सहकोषाध्यक्षमा सन्दीप लामा चयन भएका छन् । प्रवक्ताको जिम्मेवारी श्रेया भण्डारीले पाएकी छिन् । नृत्य विकास तथा प्रवर्द्धन समिति संयोजकमा सनम रसाइली, हास्य व्यङ्ग्य विकास तथा प्रवर्द्धन समिति संयोजकमा इन्द्र सेञ्चुरी, चलचित्र विकास तथा प्रवर्द्धन समिति संयोजकमा रमेश क्षीतिज चयन भएका छन् । ईनासको सांगीतिक विकास तथा प्रवर्द्धन समिति संयोजकमा इन्दिरा भट्टराई चयन भएकी छिन् । भाषा तथा साहित्य विका...
विश्वकीर्तिमानी गीतकार डा.डीआरको ‘नवदुर्गा भजन’सार्वजनिक(भिडियो)

विश्वकीर्तिमानी गीतकार डा.डीआरको ‘नवदुर्गा भजन’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
विश्वकीर्तिमानी  गीतकार डा. डीआर उपाध्यायको दुर्गा भजन ‘नवदुर्गा भजन’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर तथा सङ्गीत र देवेन्द्र नेवाः को सङ्गीत संयोजन रहेको दुर्गा भजनको भिडियो नेपालीहरूको महान् चाड दशैँको अवसर पारेर सार्वजनिक गरिएको हो । पवन भट्टको रेकडिङ रहेको भजनमा सन्तोष पौडेलको मिक्सिङ तथा माष्टरिङ रहेको छ । https://youtu.be/7DnGplpBwfk अर्जुन खडकाको निर्देशन रहेको भजनको भिडियोमा गीतकार उपाध्याय, गायक सागर, सुनिता खनाल लगायतलाई फिचरिङ गरिएको छ । सनम तामाङको छायाँकन रहेको भिडियोमा शिलन लम्सालको कलर संयोजन छ । भजनमा देवी दुर्गाको महिमा व्यक्त गरिएको छ । ‘बडा दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । घटस्थापनादेखि विजयादशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ, यही विशेष ...
‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड ‘हुने

‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड ‘हुने

मनोरन्जन, समाचार
काठमाडौंमा ग्यालेक्सि एक्सिलेन्स अवार्ड २०२१ हुने भएको छ । लामो समयदेखि ईभेन्ट क्षेत्रमा ख्याति कमाएको भवानी ईन्टरटेनमेन्ट तथा निकिला मिडियाले संयुक्त रुपमा आयोजना गर्न लागेको ग्यालेक्सि अवार्डलाई गिता एभियसनले मुख्य प्रायोजन गरे पश्चात गिता एभियसन ग्यालेक्सि एक्सिलेन्स अवार्डको नामबाट अवार्ड समारोह हुन लागेको आयोजक संस्थाका प्रमुख तथा संचारकर्मी सोनित राज ढुंगेलले जानकारी दिए । विगत एक दशक भन्दा लामो समय देखि आ -आफ्नो क्षेत्रमा तल्लिन भई सक्रिय रुपमा लागेर सफलता हासिल गरेर समाज र राष्ट्रका लागी अतुलनीय योगदान दिने     अग्रज,स्रष्टा,सर्जक,कलाकार,पत्रकार,शिक्षाविद,समाजसेवी,व्यवसायी लगायत विभिन्न क्षेत्रमा आवद्ध पेशाकर्मीहरुलाई उहांहरुले पुर्याउनु भएको महत्वपूर्ण सेवाभाव प्रति समर्पण र सम्मान दर्शाउने उद्देश्य अनुरुप यो वर्षदेखि अवार्ड समारोह आयोजना गर्न लागिएको हो । कार्त...
‘राष्ट्रिय नव दुर्गा सम्मान २०७८” बाट ९ नायिका सम्मानित

‘राष्ट्रिय नव दुर्गा सम्मान २०७८” बाट ९ नायिका सम्मानित

मनोरन्जन, समाचार
नेपाली चलचित्र जगतमा आफ्नो अमुल्य योगदान दिए बापत ३ पुस्ताका ९ जना नायिकाहरुलाई ‘राष्ट्रिय नव दुर्गा सम्मान २०७८” बाट सम्मान गरिएको छ । रेजिना ईन्टरटेनमेन्ट प्रा.लि र शहिद फिल्मस् प्रा.लि.को संयुक्त आयोजनामा उर्जा जलश्रोत तथा सिंचाई मन्त्री माननीय पम्फा भुसाल ज्युको प्रमुख आतिथ्यमा, चलचित्र विकास बोर्डका अध्यक्षय श्री दयाराम दाहाल ज्युको विशेष आतिथ्यमा, अभिनेत्रीद्व्य रेजिना उप्रेती र बिमला केसीको संयोजक्त्वमा घट्टस्थापनाको शुभ अवसर पारेर भव्यताका साथ सम्पन्न भएको उक्त सम्मान कार्यक्रम बिहिबार, चावाहिलस्थित चलचित्र विकास वोर्डको भवनमा गरिएको हो । नेपालकै पहिलो रंगीन चलचित्रकी अभिनेत्री चैतन्य देवी, विशिष्ट अभिनेत्री शर्मिला मल्ल, विशिष्ट अभिनेत्री मौसमी मल्ल, विशिष्ट चरित्र अभिनेत्री लक्ष्मी गिरी, अभिनेत्री नीता ढुंगाना, विशिष्ट अभिनेत्री केकी अधिकारी, विशिष्ट अभिनेत्री सुरक्षा पन्त...