आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
स्टार ईन्टरनेशनल अवार्डमा भव्य रुपमा सम्पन्न,नायक सरोज खनाल वर्षको पपुलर अभिनेता

स्टार ईन्टरनेशनल अवार्डमा भव्य रुपमा सम्पन्न,नायक सरोज खनाल वर्षको पपुलर अभिनेता

मनोरन्जन, समाचार
स्टार ईन्टरनेशनल अवार्डको दोश्रो संस्करण होटल र्याडिसनमा भव्य रुपमा सम्पन्न भएको छ । । रक्षा मन्त्री डा।मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्ड समारोहमा नेपालका ख्याती प्राप्त कलाकार,सौन्दर्यविद,खेलाडी,समाजसेवी लगायत करीब २ दर्जन सर्जक स्रष्टाहरु सम्मानित भएका थिए । सम्मानित हुनेमा नायक धिरेन शाक्य,खेलाडी तथा मोडल नन्दा बस्याल, नायक गजित विष्ट,अभिनेत्री विपना बस्नेत,संचारकर्मी कृष्ण भुसाल, ईभेन्ट अर्गनाईजर शान्ता कुमारी तामाङ्ग,कलाकार प्रेम पाण्डे,युवा व्यवसायी सन्दिप खनाल, कलाकार रमेश श्रेष्ठ तथा सुनिता गुरुङ्ग,संचारकर्मी माधव निर्दोश,गायक रामकृष्ण श्रेष्ठ ,ग्लोबल अनलाईन पेका डेविलसिंह राजपुत, सौन्दर्यविद मेनुका शिवाकोटी लगायत सम्मानित भएका थिए । यस अघि कतारको दोहामा नेपालबाट करिब ११० भन्दा बढि कलाकर्मीहरुलाई दोहा लगेर सम्मान गरेको थियो  । नेपाल नागरिक उड्डयन प्राधिक...
एएनपी नेशनल अवार्डमा विपिन अभिनेता , निरुता अभिनेत्रीतर्फ  र ज्योती सर्वोत्कृष्ट गायिका घोषित

एएनपी नेशनल अवार्डमा विपिन अभिनेता , निरुता अभिनेत्रीतर्फ र ज्योती सर्वोत्कृष्ट गायिका घोषित

मनोरन्जन, समाचार
चलचित्र, गीत संगीत र फेशन तथा इभेन्ट क्षेत्रका लागि राजधानीमा सोमबार सम्पन्न एएनपी अवार्डस् २०२१ मा विपिन कार्की र निरुता सिंह सर्वोत्कृष्ट अभिनेता र अभिनेत्री तथा प्रदीप भट्टराई सर्वोत्कृष्ट निर्देशकको अवार्ड विजेता भएका छन्। राजधानीको बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा आयोजित अवार्ड समारोहमा विपिन र प्रदीप जात्रै जात्रा तथा निरुता सिंह दाल भात तरकारीबाट अवार्ड विजेता भएका हुन्। २०७४ देखि २०७६ सालमा रिलीज फिल्म तथा सिर्जित सिर्जनाहरुलाई पुरस्कृत गरिएको समारोहमा पुकार भट्टराई २०७४ को पिंजडा व्याक अगेनबाट खलपात्र, सौरभ लामा २०७६ को पासवर्डबाट छायांकन निर्देशन, अर्जुन जिसी  २०७६ को साङलोबाट सम्पादन बनिष शाह र भुपेन्द्र अधिकारी २०७४ को प्रेम गीत २ बाट सम्पादन, रेनिष फागो प्रेम गीत २ बाटै सम्पादन, सत्यम राना २०७५ को छिरिङबाट कलरिस्टको अवार्ड विजेता भए। यस्तै विभिन्न मितिका विभिन्न फिल्...
दोश्रो ‘सोसियल मिडिया फिल्म अवार्ड’को लागि दरखास्त आव्हान

दोश्रो ‘सोसियल मिडिया फिल्म अवार्ड’को लागि दरखास्त आव्हान

मनोरन्जन, समाचार
फिल्म, वृत्तचित्र, विज्ञापन तथा विभिन्न सामाजिक सञ्जालमा प्रस्तुत हुने भिडियोहरूलाई मध्यजनर गर्दै ‘सोसियल मिडिया फिल्म अवार्ड’ आयोजना हुने भएको छ । ड्रिम वल्र्ड अफ् फिल्म मेकर्सले यो अवार्ड आयोजना गर्न लागेको हो। मेकर्सकी अध्यक्ष तथा आयोजक समितिकी अध्यक्ष सवनम मुखियाले मुलधारका फिल्म, गीत संगीत र म्युजिक भिडियोको अवार्ड भईरहेको बेला फरकधारको यो अवार्ड गर्न लागिएको बताइन्। अवार्डमा ‘सर्ट फिल्म’अन्तर्गत छायाँकार, सम्पादक, अभिनेत्री, अभिनेता र निर्देशक, ‘वृत्तचित्र’अन्तर्गत वृत्तचित्र, ‘जनचेतना मुलुक विज्ञापन’ अन्तर्गत पिएसए एड विधामा प्रतिष्पर्धा हुनेछ। यस्तै ‘सोसियल मिडिया’अन्तर्गत ‘वेस्ट सोसियल मिडिया (फेसबुक, इन्टाग्राम, ट्विटर) भिजुअल’, ‘वेस्ट युट्युव भिडियो’, ‘वेस्ट च्यालेन्जिङ न्युज लाईभ’, ‘वेस्ट इन्करेजमेन्ट म्युजिकली’, ‘वेस्ट ट्रोल र पब्लिक च्वाइस अवार्ड’ प्रदान गरिनेछ। ...
ग्यालेक्सि एक्सिलेन्स अवार्डस भव्य रुपमा सम्पन्न,३३ विद्यामा अवार्ड

ग्यालेक्सि एक्सिलेन्स अवार्डस भव्य रुपमा सम्पन्न,३३ विद्यामा अवार्ड

मनोरन्जन, समाचार
भवानी इन्टरटेन्मेन्ट तथा निकिला मिडियाको संयुक्त आयोजनामा ग्यालेक्सी एक्सीलेन्स अवार्ड वितरण गरिएको छ । समारोहमा सामाजिक, शैक्षिक, सांगितिक र कलाकारिताका क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई योगदानको कदर स्वरुप अवार्ड प्रदान गरिएको आयोजकले बताएको छ । कलाकारिता, सामाजिक, शैक्षिक र सांगितिक क्षेत्रका ३३ वटा विद्यामा अवार्ड वितरण गरिएको हो । आयोजक सोनितराज ढुङ्गेलका अनुसार कला क्षेत्रसँगै सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान पु¥याएकाहरुलाई अवार्ड प्रदान गरिएको हो । ¥याडिसन होटलमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । शैक्षिक, सामाजिक, होटल व्यवसाय, लगायतका विभिन्न विद्यामा प्रदान गरिएको अवार्डमा, बेस्ट सिङगर पपुलर चर्चित गायक प्रकाश सपुतलाई, बेस्ट प्रिन्सिपल दिवश शाक्यलाई, द बेस्ट कोभिड हिरो मनोज आचार्यलाई, द योङ एजुकेसन ...
समाजसेवी मिङ्गमा शेर्पालाई स्टार ईन्टरनेशनल अवार्डमा यस वर्षको ‘द वेष्ट सोसल वर्कर अफ द ईयर’को अवार्ड

समाजसेवी मिङ्गमा शेर्पालाई स्टार ईन्टरनेशनल अवार्डमा यस वर्षको ‘द वेष्ट सोसल वर्कर अफ द ईयर’को अवार्ड

समाचार, समाज
फुरलिमा फाउण्डेशनका प्रमुख समेत रहेकी मिङ्गमा शेर्पाले यस वर्षको द वेष्ट सोसल वर्कर अफ द ईयरको अवार्ड जित्न सफल भएकि छिन । होटल र्याडिसमा आयोजित स्टार ईन्टरनेशन अवार्डको दोश्रो संस्करणको कार्यक्रममा उनले उक्त अवार्ड हात पारेकी हुन । चर्चित नायक भुवन केसी,धिरेन शाक्य,वरिष्ठ सौन्दर्यविद सिता पाठक, ईभेन्ट डाईरेक्टर रन्जिता लामाको हातबाट उनले अवार्ड सहित मेडल प्रमाण पत्र लिएकी हुन ।छोटो उमेरमा नै समाजसेवीको रुपमा ख्याती कमाएकी शेर्पाले टुहुरा असहाय बालवालिकाको लागि अहोरात्र खटिदै आएकी छिन । टुहुरा बालवालिकाको उज्जवल भविष्यका लागि शिक्षा आर्जनका निमित्त ठूलो योगदान दिदै आएकी शेर्पाले संस्थागत रुपमा हाल सम्म ३० जना भन्दा बढि बालबालिका का लागि भविष्य निर्माण गर्न र शैक्षिक आर्जनका लागि योगदान दिदै आएकी छिन । हालै मात्र आफ्नै अध्यक्षतामा उनले आफ्नी स्व.माताको नाउमा खोलेको संस्था फुरलिमा बाट समाजस...
नायक गजित विष्टले रियालिटी शो ‘डान्स च्याम्पियन’को निर्देशन गर्ने

नायक गजित विष्टले रियालिटी शो ‘डान्स च्याम्पियन’को निर्देशन गर्ने

मनोरन्जन, समाचार
डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन’को निर्देशन नायक तथा डान्स कोरियोग्राफर गजित विष्टले गर्ने भएका छन । इन्टरनेशनल डान्स एकेडेमी एण्ड फिल्मस्ले  कि एडभर्टाइजिङ सर्भिसका लागि उत्पादन गर्ने उक्त रियालिटी शोका लागि निर्देशक विष्टले महत्वपूर्ण जिम्मेवारी लिएका हुन । मंगलबार काठमाडौंको एभरेष्ट होटलमा आयोजित पत्रकार सम्मेलनमा उक्त कार्यक्रम बारे जानकारी गराइएको थियो । कार्यक्रम यही कात्तिक २५ गते बिहीबारदेखि कान्तिपुर टेलिभिजनमार्फत प्रसारण गरिने जानकारी गराइयो । यस्तै डिजिटल राइट्स ओ।एस।आर डिटिजलले लिएको छ । शो प्रत्येक बिहीबार र शुक्रबार साताको दुई दिन बेलुकी ९ बजेदेखि टेलिभिजनमा प्रसारण हुने बताइएको छ । यस्तै यस शोका लागि निर्णायकहरू छनोट भइसक्नुभएको छ । पत्रकार सम्मेलनमा तीन निर्णायकको परिचय गराइयो । नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय अभिनेत्री निरुता सिंह, डान्सर आश्मा विश्वकर...
बक्सिङ संघले खेलाडीको भावनाविरुद्ध काम गरेको भन्दै नेपाल लोकतान्त्रिक खेलकुद संघको घोर भत्र्सना

बक्सिङ संघले खेलाडीको भावनाविरुद्ध काम गरेको भन्दै नेपाल लोकतान्त्रिक खेलकुद संघको घोर भत्र्सना

खेलकुद, समाचार
नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने नेपाली टोलीलाई राखेको बिदाइमा खेलाडिनै अनुपस्थित भएका छन्  । सर्बियाको राजधानी बेलग्रेडमा आयोजना हुने आईबा वल्र्ड बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जान लागेका खेलाडी तथा प्रशिक्षकलाई खेल पोशाकसहित बिदाइ गर्ने कार्यक्रम तय गरेको थियो । त्यसका लागि संघले नेपाल बक्सिङ संघलाई पत्राचार समेत गरेको थियो । तर, कार्यक्रममा न खेलाडी सहभागी भए न त प्रशिक्षक नै । खेलाडी अनुपस्थित भए पनि लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङले लोकतान्त्रिक खेलकुद संघ संधै खेलाडीहरुको पक्षमा रहेको र उनीहरुको हक अधिकारका लागि सदैव अग्रस्थानमा रहने भन्दै उच्च मनोबलका साथ खेल्न शुभकामना दिए । उनले खेलाडीहरुको मनोबल उच्च राख्नका लागि विभिन्न नगद पुरस्कारको घोषणा समेत गरे । उनले प्रत्येक ब...
ईन्द्र दोङ लामा ‘खम्बे’को नयाँ ‘देउसि रे’ गित सार्वजनिक (भिडियो)

ईन्द्र दोङ लामा ‘खम्बे’को नयाँ ‘देउसि रे’ गित सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
चर्चित हास्यकलाकार इन्द्र दोङतार्केश्वर नगरपालिका वडानं ३ चोगाउँ निवासी अत्यन्तै ठुलो मेहनत बाट कलाकारिता क्षेत्रमा आफ्नो परिचय स्थापित गर्न सफल खम्बे अत्यन्तै आत्मिय र मिलनसार कलाकारिता क्षेत्रका उदयमान नक्षेत्र हर्के हल्दारका लोकप्रिय युवा कलाकार हुन, ईन्द्र दोङ लामा (खम्बे) बाट नेपालीहरुको महान चाड शुभ दिपावलिको अबसरमा नेपाली लोकभाकामा नयाँ ”देउसि रे”गित रिलिज भएको छ । https://youtu.be/coJRO-LKVIQ सम्पुर्ण नेपालीलाइ शुभकामना ब्यक्त गर्दै नेपाली कला संकृति संरक्षणमा पुर्याउनु भयको योगदानको हामी सबैले उच्च सम्मान गरौ उनले भनेका छन। उक्त गितमा गायक बिक्रम राई ,सम्पुर्ण मान ताम्राकार ,सुदिप राई गायिका सोनाम मगर र सानू तामाङले स्वरबद्द गरिएको गितलाइ इन्द्र दोङ खम्बेलेनै निर्देशन गरिएको छ । कलाकारिता क्षेत्रलाई नै आफ्नो मुख्य पेसा गर्दै बिगत दुई दसक देखी निरन्तर लागि परेका खम्बेले थु...
कार्तिक १५ गते होटल इम्पेरियलमा ‘एएनपी नेशनल अवार्डस’आयोजना हुदै

कार्तिक १५ गते होटल इम्पेरियलमा ‘एएनपी नेशनल अवार्डस’आयोजना हुदै

मनोरन्जन, समाचार
विगत २४ वर्षदेखि शैक्षिक तथा १५ वर्षदेखि इभेन्ट र मनोरञ्जनको क्षेत्रमा विभिन्न फलदायी तथा स्तरीय राष्ट्रिय कार्यक्रम आयोजना गरेर लोकप्रियता कमाउन सफल अल नेपाल पब्लिकेसन (एएनपी) मिडिया हाउसले चलचित्र, संगीत र फेसन क्षेत्रका स्रष्टा र सर्जकको सम्मानमा एएनपी नेशनल अवार्डस–२०२१ आयोजना गर्ने भएको छ। स्रष्टा र सर्जकको सम्मानमा पहिलोपटक एएनपी नेशनल अवार्डस–२०२१ आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष लबबहादुर कार्र्कीले जानकारी गराएका छन्। उनका अनुसार आगामी कात्तिक १५ गते राजधानीको बत्तीसपुतलीस्थित  होटल इम्पेरियलमा आयोजना गरिने कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशिल स्रष्टा र सर्जकलाई सम्मान गरिनेछ भने चलचित्र, संगीत र फेसनको क्षेत्रमा विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ। यसका लागि निःशुल्करुपमा आवेदन भर्न सकिने कार्कीले जानकारी गराए। उनका अनुसार फेसन क्षेत्रअन्र्तगत मोडल र कोरियोग्राफरका अ...
सञ्चारकर्मी बिना श्रेष्ठ नन्दिनी हर्बलको ब्राण्ड एम्बेस्डर

सञ्चारकर्मी बिना श्रेष्ठ नन्दिनी हर्बलको ब्राण्ड एम्बेस्डर

आर्थिक, समाचार
नन्दिनी हर्बल केयर प्रा.लिको ब्राण्ड एम्बेस्डरमा सञ्चारकर्मी बिना श्रेष्ठलाई अनुवन्धन गरिएको छ। ब्राण्ड एम्बेस्डर सम्वन्धी सम्झौंता पत्रमा नन्दिनी हर्बल केयर प्रा.लिका सन्चालक हितेस लिम्बानी र क्षेत्रीय बिक्री प्रवन्धक पदम शर्माको उपस्थितिमा हस्ताक्षर भएको हो। नन्दिनी हर्बल केयर प्रा.लिका सन्चालक हितेस लिम्बानीले आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्नको लागि आफ्नो ब्राण्ड एम्बेस्डरमा सञ्चारकर्मी बिना नियुक्त गरेको बताउनुभयो। सञ्चारकर्मी श्रेष्ठले आफु नन्दिनी हर्बल केयरको ब्राण्ड एम्बेस्डर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुसी लागेको र नन्दिनी हर्बल केयरको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ट भूमिका प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सञ्चारकर्मी बिना लामो समयदेखि सञ्चार क्षेत्रमा आबद्ध सँगै नेपाली म्युजिक भिडियो निर्देशन पनि गर्दै आउनुभएको छ  । हाल उहाँ टि.भी टुडे एचडी प्रमुख कार...