डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन’को निर्देशन नायक तथा डान्स कोरियोग्राफर गजित विष्टले गर्ने भएका छन । इन्टरनेशनल डान्स एकेडेमी एण्ड फिल्मस्ले  कि एडभर्टाइजिङ सर्भिसका लागि उत्पादन गर्ने उक्त रियालिटी शोका लागि निर्देशक विष्टले महत्वपूर्ण जिम्मेवारी लिएका हुन ।

मंगलबार काठमाडौंको एभरेष्ट होटलमा आयोजित पत्रकार सम्मेलनमा उक्त कार्यक्रम बारे जानकारी गराइएको थियो । कार्यक्रम यही कात्तिक २५ गते बिहीबारदेखि कान्तिपुर टेलिभिजनमार्फत प्रसारण गरिने जानकारी गराइयो । यस्तै डिजिटल राइट्स ओ।एस।आर डिटिजलले लिएको छ ।

शो प्रत्येक बिहीबार र शुक्रबार साताको दुई दिन बेलुकी ९ बजेदेखि टेलिभिजनमा प्रसारण हुने बताइएको छ । यस्तै यस शोका लागि निर्णायकहरू छनोट भइसक्नुभएको छ । पत्रकार सम्मेलनमा तीन निर्णायकको परिचय गराइयो । नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय अभिनेत्री निरुता सिंह, डान्सर आश्मा विश्वकर्मा र कोरियोग्राफर जगत रावल निर्णायकको भूमिकामा रहने बताइयो । यस्तै शोमा होष्टको रूपमा भने उमेश राई (फुलन्देकी आमा) र निशान्त कटुवाल रहनुभएको छ ।

कार्यक्रममा निर्देशक विष्टले शोको फर्मेट आफ्नै मौलिक हुने बताउनुभयो । उहाँले भन्नुभयो( ‘यो शो कुनै विदेशी फ्रेन्चाइज होइन, त्यसैले हाम्रो फर्मेट हुनेछ ।’ निर्देशक विष्टका अनुसार शोमा विजेता हुनेका लागि २५ लाख रुपैयाँ धनराशी पुरस्कार राखिएको छ । कार्यक्रम ३४ भागको रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here