फुरलिमा फाउण्डेशनका प्रमुख समेत रहेकी मिङ्गमा शेर्पाले यस वर्षको द वेष्ट सोसल वर्कर अफ द ईयरको अवार्ड जित्न सफल भएकि छिन । होटल र्याडिसमा आयोजित स्टार ईन्टरनेशन अवार्डको दोश्रो संस्करणको कार्यक्रममा उनले उक्त अवार्ड हात पारेकी हुन । चर्चित नायक भुवन केसी,धिरेन शाक्य,वरिष्ठ सौन्दर्यविद सिता पाठक, ईभेन्ट डाईरेक्टर रन्जिता लामाको हातबाट उनले अवार्ड सहित मेडल प्रमाण पत्र लिएकी हुन ।
छोटो उमेरमा नै समाजसेवीको रुपमा ख्याती कमाएकी शेर्पाले टुहुरा असहाय बालवालिकाको लागि अहोरात्र खटिदै आएकी छिन । टुहुरा बालवालिकाको उज्जवल भविष्यका लागि शिक्षा आर्जनका निमित्त ठूलो योगदान दिदै आएकी शेर्पाले संस्थागत रुपमा हाल सम्म ३० जना भन्दा बढि बालबालिका का लागि भविष्य निर्माण गर्न र शैक्षिक आर्जनका लागि योगदान दिदै आएकी छिन । हालै मात्र आफ्नै अध्यक्षतामा उनले आफ्नी स्व.माताको नाउमा खोलेको संस्था फुरलिमा बाट समाजसेवामा थप सक्रिय भएर लागेकी छिन । एक समारोहका बीच औपचारीक शुभारम्भ भएको फुरलिमा फाउण्डेशनबाट मानसिक रुपमा क्षत विक्षत भएका वेवारिशे रुपमा सडकमा भौतारिएका र सडक बालवालिकाको संरक्षण र उद्धारका लागि कार्य गर्दै आएको छ । एक कलेजमा कार्यरत रहदा विभिन्न जिल्लामा भ्रमणको रुपमा जादा असहाय बालवालिका देखेपछि आफ्नो मनले ति बच्चाहरुका लागि केहि गर्न पाए उनीहरुको भविष्य उज्ज्वल हुन्थ्यो भन्ने सोच आएपछि उनले प्लस टु अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्दै समाजसेवा शुरुवात गरेकी हुन ।