आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
सन्तुलित बहुउदेश्यीय सहकारी द्वारा बृहत रक्तदान

सन्तुलित बहुउदेश्यीय सहकारी द्वारा बृहत रक्तदान

समाचार, समाज
सन्तुलित बहुउदेश्यीय सहकारी द्वारा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । शनिबार ‘रक्तदान जीवन दान, सन्तुलितको विशेष अभियान’भन्ने नाराका साथ सेवा नै धर्म हो भन्ने मूलभावलाई आत्मसाथगर्दै का.म.न.पा-२५, बाङ्गेमुडा स्थित सन्तुलित बहुउद्देश्यीय सहकारी संस्था लि.ले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । रेपाल रेडक्रस सोसाईटीसँगको सहकार्यमा सञ्चालन गरिएको उक्त कार्यक्रममा १२० जनाको सहभागिता रहेको थियो भने ३३ प्रिन्ट रगत संकलन भएको थियो । कार्यक्रमको संचालन सोही सहकारीका सचिव दिपेन्द्रसिंह दर्नालले गर्नुभएको थियो । सो अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सन्तुलित सहकारीले रक्तदान कार्यक्रमको आयोजना गरेकोमा अतिथिहरूले धन्यवाद दिएका थिए । रक्तदाताहरूलाई प्रशंसा पत्र पनि प्रदान गरिएको थियो । ...
टोखामा वातावरणीय जनचेतनामुलक सरसफाई कार्यक्रम सम्पन्न

टोखामा वातावरणीय जनचेतनामुलक सरसफाई कार्यक्रम सम्पन्न

समाचार, समाज
पि.डि.एस.एस. वातावरण संस्था तथा हिमालयन वातावरण संरक्षण प्रा.ली. र टोखा नगरपालिका-७ को आयोजनामा वातावरणीय जनचेतनामुलक सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विहान टोखा नगरपालिका-७ को बाटो छेउछाउ तथा पार्कमा सरसफाईगर्दै जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको हो । ‘फोहोर मैलाको उचित व्यवस्थापन सस्थागत अभियान’ मूल नारा राखिएको उक्त कार्यक्रममा लायन्स क्लव अफ काठमाडौं अलौकिकको पनि संस्थागत सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै पि.डि.एस. एस. वातावरण संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलले आफूहरूले विगत केही समयदेखि हरियाली काठमाडौंको परिकल्पनागरी सडक छेउछाउमा बोट बिरुवा रोपि त्यसको संरक्षण गर्दै आईरहेको बताउनुभयो । पौडेलले बोट बिरुवा रोपिसकेपछि त्यसको संरक्षण गर्न संस्थाले मात्र नभई हरेक समुदायले सहयोग पुर्‍याउनु पर्ने बताउनुभयो । आफूहरूले विगत लामो समयदेखि वातावरण संरक्षणको लागि सडक ...
टिम्बरको दशै अफर,मात्र दुई हजार देखि आकर्षक ढोका बजारमा

टिम्बरको दशै अफर,मात्र दुई हजार देखि आकर्षक ढोका बजारमा

आर्थिक, समाचार
टिम्बर ग्रुपले आफ्ना ग्राहक हरु को लागि बडा दशै को अबसर पारेर टिम्वरको दशै धमाका योजना लिएर आएको छ यस योजना अन्तरगत टिम्वरले सस्तो र गुणस्तरीय ढोका रोजौ योजना लिएर आएको हो रु ४५०० देखि ६००० सम्मा पर्ने ढोका हरु अहिले दशैको धमाका योजना अन्तर्गत रु २००० मुल्यमा लिएर आएको हो । साथै कम्पनी ले घाम र पानी ले असर नगर्ने किरा नलग्ने नबाङ्गिने जीवनभरि भर पर्दो हुने वातावरण मैत्रीपरिक्षण र प्रमाणीकरण गरिएको अन्तरराष्ट्रिय गुणस्तरीय ढोका हरु समेत बजारमा बिक्री वितरण गरी रहेको छ । विगत १० वर्षदेखी नेपाली बजारमा रेडिमेड ढोका उत्पादन गर्दै आएको टिम्बर ग्रुप अफ इन्डस्ट्रिले देशभरका आफ्ना ग्राहक हरुको को लागि आफ्ना थप नयाँ उत्पादनहरु सहित ढोकाहरु बजारमा लिएर आएको हो । साथै यो अबधिमा ग्राहक ले टिम्बर आईटि क्याम्पेन अन्तरगत कम्पनीको आधीकारीक बिक्रेता समेत हुन पाउने भएका छन । घर निर्माणमा ढोकाका ला...
गीतकार डा.डीआर उपाध्यायको उपन्यास ‘मेरी प्रिया’ लोकार्पण

गीतकार डा.डीआर उपाध्यायको उपन्यास ‘मेरी प्रिया’ लोकार्पण

मनोरन्जन, समाचार
विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको उपन्यास ‘मेरी प्रिया’ लोकार्पण गरिएको छ । राजधानीमा शनिबार एक विशेष कार्यक्रममा डा. उपाध्यायको १२औं उपन्यास ‘मेरी प्रिया’ लोकार्पण गरिएको हो । भुँडी पुराणले प्रकाशन गरेको यो उपन्यासलाई बरिष्ठ साहित्यकार खेमनाथ दाहालको प्रमुख आतिथ्यतामा गीतकार संघ नेपालका निर्वतमान अध्यक्ष चुणमणी देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निर्वतमान अध्यक्ष राधेश्याम लेकाली, संगीतकार सन्तोष श्रेष्ठ, भुँडी पुराणका अध्यक्ष कृष्णप्रसाद पराजुली, स्रष्टा डा. उपाध्यायलगातले संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो । उपन्यासका बारेमा संगीतकार सन्तोष श्रेष्ठले समिक्षा गर्नुभएको थियो भने प्रमुख अतिथि र अन्य अतिथिहरूले सरल र मिठासपूर्ण रहेको टिप्पणी गर्नुएभएको थियो । टिन एजलाई लक्षित गरि लेखिएको उपन्यासमा समाजिक विषय वस्तु र जातिय विभेदका कुरा उठान गरिएको उहाँहरूले बत...
गीतकार बालक गुरुङको ‘बोली मिठो, मुस्कान मिठो'(भिडियोसहित)

गीतकार बालक गुरुङको ‘बोली मिठो, मुस्कान मिठो'(भिडियोसहित)

मनोरन्जन, समाचार
गीतकार बालक गुरुङको नयाँ गीत ‘बोली मिठो, मुस्कान मिठो…’ सार्वजनिक भएको छ । लोकप्रिय गायकद्वय राजेश पायल राई र सुनिता थेगिम लिम्वुको स्वर, बालककै सङ्गीत, अशोककुमार राईको सङ्गीत संयोजन, पदम राजनको रेकर्डष्टि र मुस्कान मुकारुङको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/xkJmQUX-hi8 गीतकार संघ नेपालका अध्यक्ष शुभ मुकारुङ, उपाध्यक्ष बसन्त वित्यासी थापा, महासचिव रमेश कोइराला, सचिव महेश आचार्य, कोषाध्यक्ष जे.बी. समयोगी, सदस्य शीतल कादम्बिनीलगायत एवम् सञ्चारकर्मीको उपस्थीतिमा शुक्रबार गीतकार सङ्घ नेपालको सभाकक्षमा गीतको भिडियो सार्वजानिक गरिएको हो । यस युगल गीतका स्रष्टा गीतकार बालक गुरुङले अघिल्ला गीतहरू भन्दा फरक र पृृथक शैलीमा प्रस्तुत गर्नुभएको छ । मौलिकपनको यो गीतमा एक सुन्दरीलाई सुशिल स्वभाव, मिठो बोलचालको सुुन्दर शव्दमा संयोजन गर्दै, आफूलाई मन ...
महँगीले जनता मारमा परिरहेका छन्

महँगीले जनता मारमा परिरहेका छन्

आर्थिक, समाचार
-डा.डिआर उपाध्याय, सरकारले छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिनु पर्छ । सरकारले यति लामो समय सम्म पनि पूर्णता पाउन सकिरहेको छैन । सबै तिरबाट आलोचना भइरहेको छ । विकास निर्माण र जनजीजिविकाको सवालमा कसैको चासो र ध्यान छैन । आज सम्पूर्णको ध्यान यता तिर केन्द्रित हुनु पर्दथ्यो । अहिले विकास निर्माणका ठूला ठुला योजनाहरू अवरुद्ध छन् । दैनिक उपभोग्यका वस्तुहरूको मूल्य वृद्धि अकासिँदो छ । महँगीले जनता मारमा परिरहेका छन् । यो सवालमा कसैले आवाज उठाउँदैन । जनता भोकले मर्ने डर छ । काम छैन , पैसा छैन उपभोग्यका वस्तुहरूको मूल्य वृद्धि अकासिएको छ । अब त सोच्ने बेला हो नी । खै सोचेको ? सरकारी संयन्त्रहरूले प्रभावकारी रूपमा काम गरिरहेका छैनन् । प्रशासनिक संयन्त्र अत्यन्तै सुस्त छ । यो तरिकाले बिकास र समृद्धि गर्न सकिदैन । सबै भन्दा पहिला जनताका जनजीविकाका सवालमा गम्भिर बनौं । आमजनताका जनजीविका...
सन्दिप भट्टराईको ‘मलाई भुलिदिनु’को भिडियो सार्वजनिक(भिडियो)

सन्दिप भट्टराईको ‘मलाई भुलिदिनु’को भिडियो सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
सन्दिप भट्टराईको ‘मलाई भुलिदिनु’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक निशान भट्टराईको स्वर रहेको गीतको भिडियोमा चर्चित मोडल पल शाहको अभिनय रहेको छ भने उनलाई मोडल उषा उप्रेतीले साथ दिएकी छिन् । https://www.youtube.com/watch?v=KbqDPL8ywhI सन्दिप भट्टराईको शब्द तथा संगीत रहेको गीतलाई प्रमोद परियारले एरेन्ज गरेका हुन् । सुब्रत आचार्यले भिडियोको निर्देशन गरेका हुन भने छायांकन उत्सव दाहालको छ । गीतकार समेत रहेका किरण माईकल घिमिरे कार्यकारी निर्माता रहेको भिडियोलाई विकास दाहालको सम्पादन गरेका छन । जया शर्माले क्रियटिभ निर्देशन गरेकि छिन् । ...
भारतिय प्रतिष्ठित लोकप्रिय पत्रिका ‘फिल्म्स टुडे’मा डा.डिआरको आवरण

भारतिय प्रतिष्ठित लोकप्रिय पत्रिका ‘फिल्म्स टुडे’मा डा.डिआरको आवरण

मनोरन्जन, समाचार
नेपालका कीर्तिमानी गीतकार तथा साहित्यकार डा.डि.आर.उपाध्यायलाई भारतको एउटा प्रतिष्ठित पत्रिकाले आफ्नो आवरणमा प्रस्तुत गरेको छ । मुम्बईबाट प्रकाशित हुने मासिक पत्रिका ‘फिल्म्स टुडे’ ले यही अक्टोबर महिनाको अंकमा डा.उपाध्यायलाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरेको छ ।पत्रिकाले विभिन्न ५९ विधामा विश्व कीर्तिमान कायम गर्न सफल डा.उपाध्यायलाई आवरणसहित विभिन्न छ वटा पृष्ठमा प्रस्तुत गरेको छ । पत्रिकाले डा. उपाध्यायका लागि ‘द ५९ वल्र्ड रेकर्ड होल्डर, मास्टर ब्लास्टर, वल्र्ड्स रिनाउन्ड लिरिसिष्ट एण्ड नोभलिष्ट फ्रम नेपाल’ अर्थात ‘५९ वटा विश्व कीर्तिमान कायम गर्ने नेपालका लोकप्रिय गीतकार तथा उपन्यासकार डा.डि.आर उपाध्याय’ भन्दै शीर्षक बनाएको छ । पत्रिकाका प्रकाशक तथा सम्पादक श्याम सिंघानियाले आफ्नो सम्पादकीयमा समेत ‘भारतको छिमेकी मुलुक नेपालका बहुप्रतिभाशाली व्यक्तित्व तथा ५९ वटा विश्व कीर्ति...
गोपाल ढकाल ‘छन्दे’ बने पोई पर्यो कालेबाट सर्वोत्कृष्ट हास्यअभिनेता

गोपाल ढकाल ‘छन्दे’ बने पोई पर्यो कालेबाट सर्वोत्कृष्ट हास्यअभिनेता

मनोरन्जन, समाचार
विगत डेढ दशकदेखि नेपाली कलाकारिताका क्षेत्रमा समर्पित चर्चित तथा सफल हाँस्यकलाकार गोपाल ढकाल छन्देले मिति २०७८ असोज १३ गते काठमाण्डौँको जमलस्थित नाचघरमा भएको क्वालिटी ईन्टरटेन्मेन्ट अवार्डमा २०७६ सालमा रिलिज भएको सुपर हिट चलचित्र पोइ पर्यो काले बाट सर्वोत्कृत्ट हाँस्य अभिनेताको अवार्ड चुम्न सफल भएका छन् ।क्वालिटी फिल्मस् प्रा लिको को आयोजनामा भएको उक्त अवार्डमा फिल्म,म्युजिक,फेशन का विभिन्न बिधामा अवार्ड वितरण गरिएको थियो । उमेश गुरुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय सभाका माननिय श्री गणेश प्रसाद तिमल्सिना प्रमुख अतिथि, पूर्व सेनापति श्री राजेन्द्र क्षेत्रीे बिशेष अतिथि रहनु भएको थियो भने कार्यक्रमको संचालन आवाजका दुनियाका साथी दिनेश डि सीले गर्नुभएको थियो । चलचित्र बिकास वोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्माता संघका अध्यक्ष...
महिला चेम्बरको आयोजनामा सिटी सेन्टरमा दसैं–तिहार व्यापार मेला सुरु

महिला चेम्बरको आयोजनामा सिटी सेन्टरमा दसैं–तिहार व्यापार मेला सुरु

आर्थिक, समाचार
नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल महिला चेम्बरको आयोजनामा बुधबारबाट काठमाडौंमा दसैं–तिहार व्यापार मेला–२०२१ सुरु भएको छ ।नेपालमा उत्पादन भएका अग्र्यानिक कृषि उत्पादनलगायत अन्य उपभोग्य वस्तुहरु प्रवर्द्धनका लागि कमलपोखरीस्थित सिटी सेन्टरमा मेला आयोजना गरिएको महिला चेम्वरले जनाएको छ । मेलामा घरेलु उत्पादनका बस्तुलाई प्राथमिकताका साथ राखिएको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले  मेलाको उद्घाटन गर्नुभयो । मल्लले देशमा स्वरोजगार बढाउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । त्यस्तै उहाले गाँउ गाउमा महिलाले उत्पादन गरेको बस्ुतलाई बजारसम्म ल्याउन चेम्वरले सहयोग गर्ने धारणा राख्नुभयो ।त्यस्तै नेपाली महिला उद्यमीहरुको प्रवर्द्धनका लागि गठन भएको नेपाल महिला चेम्बरकी सचिव लीमा अधिकारीले मेलाबाट नेपालमा उत्पादन भएका कृषियोग्य अर्ग्यानिक तथा अन्य उपभोग्य वस्तुहरुको प्रवर्द्धनमा महत्वपूर...