काठमाण्डौ, पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल )ले राजधानी काठमाण्डौमा सन् २०२० र सन् २०२१को फेष्टिवल आयोजना गरेको गरेको छ । प्रदेश नं ५ मा आयोजना गर्ने भनिएको तेश्रो संस्करणको कार्यक्रम कोभिड १९ का कारणले रोकिएको हुँदा शो कार्यक्रमलाई असोज १९ गते एक कार्यक्रमको आयोजना गरी चलचित्र महोत्सवमा सहभागी भएका सिनेमाहरुलाई प्रतिस्प्रधा गराई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो। शो समारोहमा पूर्वकानुन मन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्मन्न भएको थियो भने कार्यक्रमका सभापति चलचित्र निर्देशक मोहन निरनैलाले गरेका थिए ।

त्यस्तै चौथो संस्करणको नियमित कार्यक्रम असोज २० गते नै सम्पन्न गरिएको छ । गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति सम्माननिय परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त महोत्सव समारोहमा १७ वटा फिचर फिल्म, ५० भन्दा माथी सर्टफिल्म र १० वटा वृत्तचित्रको सहभागिता रहेको थियो । कोभिडका कारणले अनलाईन माध्यमवाट चलचित्रहरुको प्रदर्शनी गरिएको थियो भने विभिन्न विधाका निर्णायकहरु राखेर महोत्सवमा सहभागी चलचित्र, वृत्तचित्र, लघुचलचित्रहरुको मुल्यांकन गरिएको फेष्टिवलका अध्यक्ष कमला जोशीले जानकारी गराएकी छिन् ।

कोभिडका कारणले गत वर्ष जस्तो भव्य कार्यक्रम गर्न नसकेपनि ३ सम्म आयोजना गरेको कार्यक्रममा चलचित्रकर्मी र संचारकर्मीहरुको उल्लेख्य सहभागीताले आफुहरुलाई थप अगाडी वढ्न हौशला मिलेका कार्यक्रमका संयोजक राजन थापाले वताएका छन् भने तेश्रो संस्करणको कार्यक्रम फेष्टिवलका सदस्य सचीव गोपाल ढकालले संचालन गरेका थिए भने चौथो संस्करणको कार्यक्रमको संचालन भने संचारकर्मी सरोज कोईरालाले गरेका थिए ।

पिम नेपाल फिल्म फेष्टिवल २०२० अवार्ड बिजेताहरु
रविचन्द्र कोइराला : विचबाटो (सर्वोत्कृष्ट सिनेमाटोग्राफर)
सरोज कोइराला : म्हेन्दो (सर्वोत्कृष्ट म्युजिक डाईरेक्टर)
समिर मियां : लक्ष्मी पुजा (सर्वोत्कृष्ट भिफएक्स)
यम प्रसाद ओली : पुरानो बुलेट (सर्वोत्कृष्ट प्रोडक्सन डिजाईनर)
अमर विश्वकर्मा : जिस्म–२ (सर्वोत्कृष्ट निर्देशक)
सर्वोत्कृष्ट डोटेली फिल्म : नन्दी
बिनोद बोहोरा : सर्वोत्कृष्ट नायक (डोटेली भाषा)
रश्मि भट्ट : शिवम् (सर्वोत्कृष्ट चरित्र अभिनेत्री)
विपना बस्नेत : यात्रा जिन्दगीको (सर्वोत्कृष्ट बायोपिक फिल्म)
डा हुस्नेत अजाद : ईल्डर्स होम (सर्वोत्कृष्ट सर्ट फिल्म निर्देशक)
उत्तम सन्जेल : बा (सर्वोत्कृष्ट सर्टफिल्म)
ओम सुनार : लोभि पापी (सर्वोत्कृष्ट गायक) 
शितल केसी : सम्हाल िराख है (सर्वोत्कृष्ट नायक) 
जुगल डंगोल : धुलो (सर्वोत्कृष्ट म्युजिक डाईरेक्टर पपुलर)
राजु गीरी : तिम्रो हुने कहिले (सर्वोत्कृष्ट निर्देशक जुरी अवार्ड )
ऋषिराज आचार्य : नशा (सर्वोत्कृष्ट लघुचलचित्र निर्देशक)
राजेन्द्र खाती : अपहरण (सर्वोत्कृष्ट नायक लघुचलचित्र)
संजय राउत : अपहरण (सर्वोत्कृष्ट खलानायक लघुचलचित्र)

पिम नेपाल फिल्म फेष्टिवल २०२० का सम्मानित व्यक्तित्वहरु

श्याम स्मृत : पत्रकार
बाबुराम सिग्देल : पत्रकार
कृष्णा आचार्य : पत्रकार


पिम नेपाल फिल्म फेष्टिवल २०२१ अवार्ड बिजेताहरु
सर्वोत्कृष्ट सम्पादक ( आमा) : दिर्घराज खड्का 
सर्वोत्कृष्ट निर्देशक (लभडायरिज) : सौरभ चौधरी
सर्वोत्कृष्ट फिल्म : लभडायरिज
सर्वोत्कृष्ट कलरिष्ट (लभ डायरिज): राजेन्द्र मोक्तान
सर्वोत्कृष्ट प्रोडक्सन डिजाईनर ( लभडायरिज): मोति कार्की
सर्वोत्कृष्ट लेखक सर्टफिल्म (पुतली र दिदि बहिनी): टाकासी इन्वाई
सर्वोत्कृष्ट नायक सर्टफिल्म (द डटर) : प्रवण भुषाल
सर्वोत्कृष्ट नायिका (द डटर): सरीता भारती
सर्वोत्कृष्ट डकुमेन्ट्रि (जलेश्वर झर्ना झोर) : सानुकाजी थापा
सर्वोत्कृष्ट डकुमेन्ट्री निर्देशक (हल्कारा) : दयाराम घिमिरे
सर्वोत्कृष्ट नायक सर्टफिल्म (जुरी) (यस्तो पो वडा अध्यक्ष) : तेज गिरी
सर्वोत्कृष्ट पाश्व गायिका तिम्रो हुने कहिले : सुजाता केसी
सर्वोत्कृष्ट म्युजिक निर्देशक म त मर्छु की क्या हो : राजेन्द्र बजगाई
सर्वोत्कृष्ट चरित्र अभिनेता सर्टफिल्म (द डटर) : प्रेम पाण्डे
सर्वोत्कृष्ट इन्टरटेनमेन्ट जर्नालिजम : जिवन पराजुली
सर्वोत्कृष्ट फिल्म जर्नालिजम : विष्णु सुवेदी
सर्वोत्कृष्ट अभिनेता (लभ डायरिज) :शुशिल श्रेष्ठ
सर्वोत्कृष्ट नव नायक (लभ डायरिज) : विश्वजित रिमाल 


पिम नेपाल फिल्म फेष्टिवल २०२१ का सम्मानित व्यक्तित्वहरु
१.चैत्यदेवी सिंह : प्रथम नेपाली रंगीन सिनेमा कुमारी की नायिका
२. व्याकुल माईला : राष्ठ्रिय गानका सर्जक 
३. कुल आचार्य : समाजसेवी तथा व्यवसायी
४. सुचित्रा श्रेष्ठ : नेपाली चलचित्रको प्रथम महिला निर्देशक
५. चिरञ्जीवी गुरागाई : अन्तराष्ट्रिय सम्वन्ध अधिकृत (चलचित्र विकास वोर्ड)
६. मदन घिमिरे : चलचित्र निर्देशक
७. कृष्ण भुषाल : संचारकर्मी
८. अर्पण शर्मा : मेमोरि किंग
९. ज्ञान बहादुर लामा : गीतकार /समाजसेवी
१० नविन पौडेल : गायक
११. बेवी राजभण्डारी : समाजसेवी
१२.केशवराज न्यौपाने सेवा सम्मान 
१३.डिल्ली अधिकारी, सेवा सम्मान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here