आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

स्वास्थ्य

सप्तरीका वडाध्यक्षलाई कोरोना सङ्क्रमण

सप्तरीका वडाध्यक्षलाई कोरोना सङ्क्रमण

समाचार, स्वास्थ्य
सप्तरी । सप्तरीका एक जना वडाध्यक्षलाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालका निमित्त प्रमुख दुनियालाल यादवले तिलाठी कोइलाडी गाउँपालिका वडा नं ७ का ५८ वर्षीय वडाध्यक्षमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँ क्वारेन्टिन व्यवस्थापनमा सक्रिय रहँदै आएका थिए । उनीसँगै गाउँपालिकाका अन्य वडाध्यक्ष, क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कार्यालय सहयोगीसहित अन्य कर्मचारीको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गर्ने तयारीसमेत गरिएको प्रमुख यादवले बताए ।सो वडाको क्वारेन्टिनमा रहेकामध्ये करिब २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिए । यससँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या २६७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा कोरोनाबाट १३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पता...
गण्डकी प्रदेशमा थप ३२ जना कोरोनाका बिरामी फेला,कुल संक्रमितको संख्या १०६३

गण्डकी प्रदेशमा थप ३२ जना कोरोनाका बिरामी फेला,कुल संक्रमितको संख्या १०६३

समाचार, स्वास्थ्य
गण्डकी प्रदेशमा थप ३२ जना कोरोनाका बिरामी फेला परेका छन् । प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा थप ३२ जनामा सङ्क्रमण पुष्टि भएको हो । जसमध्ये नवलपरासी पूर्वका १९ जना, तनहुँका ९ जना, पर्बतका ३ जना र बाग्लुङका एक जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायले जनाएको छ । आज थपिएका ३२ जना सहित गण्डकीमा कुल संक्रमितको संख्या १०६३ पुगेको छ । आज थपिएका संक्रमितहरुलाई आईसोलेशनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोद बिन्दु शर्माले जानकारी दिए । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ...
भारतमा एकैदिन २२ हजार भन्दा बढि कोरोना संक्रमित, ३७७ जनाको मृत्यु

भारतमा एकैदिन २२ हजार भन्दा बढि कोरोना संक्रमित, ३७७ जनाको मृत्यु

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
भारतमा कोरोनाबाट दिन प्रति दिन मृत्यु हुने मानिसको संख्या बढदै गएको छ । त्यस्तै भारमा एकैदिन ३७७ जनाभन्दा बढीको मृत्यु भएको छ । योसंगै मृत्यु हुने मानिसको संख्या १८ हजार २२५ पुगेको छ । भने एकैदिन २२ हजार संक्रमित फेला परेका छन् त्यस्तै संक्रमित हुनेहरुको संख्या भारतमा छ लाख नाघेको छ ।  सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा हालसम्म कोरोनाभाइरसबाट ६ लाख ४ हजार ६४१ जना संक्रमित भएका छन् । कुल सङ्क्रमितमध्ये ३ लाख ७९ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । २ लाख २६ हजार ९४७ जना अझै पनि संक्रमित अवस्थामै रहेको जनाएको छ । ...
विश्वभर कोरोना भाइरसको संक्रमणको नयां रेकर्ड ,एकै दिन संक्रमण पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै

विश्वभर कोरोना भाइरसको संक्रमणको नयां रेकर्ड ,एकै दिन संक्रमण पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
विश्वभर कोरोना भाइरसको संक्रमण झन् झन् बढ्दै गएको छ। गएको २४ घण्टामा विश्वभर २ लाख ८ हजार २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो एकै दिन संक्रमण पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो। गएको २४ घण्टामा अमेरिकामा मात्रै साढे ५६ हजारमा संक्रमण देखिएको छ। त्यसैगरी ब्राजिलमा झण्डै ४८ हजार र भारतमा झण्डै २२ हजारमा संक्रमण पुष्टि भएको वर्ल्डओमिटरमा उल्लेख छ। संक्रमण तीब्र बन्न थालेपछि अमेरिकाका कतिपय राज्यले लकडाउनलाई पुनः कडाई गर्न थालेका छन्। गएको २४ घण्टामा विश्वभर पाँच हजार एक सय ४५ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। अहिलेसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख २३ हजार दुई सय ३२ पुगेको छ। यो शुक्रबार बिहान साढे ६ बजेसम्मको तथ्यांक हो। अहिलेसम्म विश्वभर संक्रमितको संख्या एक करोड नौ लाख ७३ हजार ६ सय नाघेको छ। अहिलेसम्म संक्रमणको कारण सबैभन्दा धेरै अम...
क्वारेन्टिनबाट भागेर घर गएका ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

क्वारेन्टिनबाट भागेर घर गएका ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
क्वारेन्टिनबाट भागेर घर गएका कैलालीको गोदावरी नगरपालिका–११ ओलानीका ३३ जनामा कोरोना भाइरस (कोभिड–१९) को सक्रमणको पुष्टि भएको छ । भारतबाट आएकामध्ये र्आरडीटी पोजेटिभ देखिएका ७० जनालाई वडा नम्बर ११ को सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो । उनीहरूको ४ असारमा स्वाब संकलन गरिएको थियो । तर लामो समयसम्म पनि रिर्पोट नआएको भन्दै ५९ जना क्वारेन्टिनबाट भागेर घर गएका थिए । ‘त्यसको केही दिनपछि रिर्पोट आयो’ नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख वीरबहादुर कुँवरले भने ‘७० मध्ये ४२ जनामा संक्रमणको पुष्टि भयो ।’ वडाध्यक्ष शिबबहादुर विकका अनुसार संक्रमित ४२ मा भागेर घर गएका ३३ जना पनि छन् । अब उनीहरुको कन्ट्याक ट्रेसिङ थालिएको छ । ‘उहाँहरू कतिको सम्पर्कमा आउनु भयो भनेर सोधपुछ गर्दैछौँ,’ कुँवरले भने, ‘सम्पर्कमा आएका सबैको पीसीआर टेस्ट आवश्यक देखिएको छ ।’ नगरपालिकाले क्वारेन्टिनब...
शिक्षण अस्पतालमा कोरोना संक्रमित डेढ महिनाको शिशुको मृत्यु

शिक्षण अस्पतालमा कोरोना संक्रमित डेढ महिनाको शिशुको मृत्यु

समाचार, स्वास्थ्य
कोरोना संक्रमित डेढ महिनाको शिशुको उपचारका क्रममा मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका उनमा शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनको बुधबार साँझ मृत्यु भएको त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक सन्तकुमार दासले जानकारी दिए । उनको बुबा, आमा र फुपुमा कोरोना संक्रमण परीक्षण गर्न नमुना सं‌कलन गरी पठाइएको छ । म्याग्दी घर भएका शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेका थिए । ...
दिन प्रतिदिन बलत्कार बढनुको प्रमुख कारण दण्डहिनता :डा. डीआर उपाध्याय

दिन प्रतिदिन बलत्कार बढनुको प्रमुख कारण दण्डहिनता :डा. डीआर उपाध्याय

अपराध, समाचार, स्वास्थ्य
डा. डीआर उपाध्याय देशको कुनै स्थानमा दुइ-तीन वर्षमा बलत्कारको एउटा मात्रै घटना हुँदा सारा देश स्तब्ध हुने गरेको कालखण्ड बितेको धेरै भएको छैन् । आज दैनिक सरदर ६ वटा बलत्कारका घटनाबारे सुन्दा पनि त्यसलाई त्यति स्तब्धकारी नमान्ने धेरेै सर्वसाधारण यस काल खण्डकासमेत छन् । आधुनिक मानविय सभ्यताको निधारमा दिनहुँ लाग्ने गरेको बलत्कारको कालो धब्बाले सामाजिक विकाश माथी नै बिभिन्न गम्भिर प्रश्न खडा गरेको छ । बलत्कारको विषालु नङले हाम्रो सभ्यतालाई कसरी चिथोरीरहेको छ त्यसका केही दृष्टान्त–मुलुकमा ‘लकडाउन’ भईरहँदा केवल कैलाली कञ्चनपुर जिल्लामा एक दर्जन भन्दा बढी बलत्कारका घटना भएका छन् । यसै वर्षको आरम्भ वैशाख २० गते कैलालीमा बलत्कारको आरोपमा पति तथा जेठाजु मात्रै पक्राउ परेनन् घटना मिलाउन पचास हजार रुपैयाँ लिने सामुदायिक वनका अध्यक्ष समेत पक्राउ गरिए । यस्तै बैशाख २६ गते कञ्चनपुर ५० रुपैयाँ दिएर ...
क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि

क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि

समाचार, स्वास्थ्य
कैलाली । १४ जेठमा अछामको बयालपाटा अस्पतालमा मृत्यु भएका रामारोशन गाउँपालिका-५ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ। भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेका उनको क्वारेन्टिनबाट घर फर्किएपछि मृत्यु भएको थियो । वडा नं ५ मा स्थित कैलाशेश्वर घट्टेखेती आधारभूत विद्यालयको क्वारेन्टिनमा १४ दिन राखेर उनलाई घर पठाइएको थियो । घर पुगेको ५ दिनपछि उनको मृत्यु भएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ । असार ९ गते आरडीटी परीक्षण गरी एक साता घरमै सुरक्षित बस्न भन्दै क्वारेन्टिनबाट पठाइएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए । ‘त्योबेला आरडीटी गर्दा नेगेटिभ आएपछि उहाँलाई पठाइएको हो’ उनले भने, ‘तर, घर गएको ५ दिनपछि उहाँको मृत्यु भयो ।’ जिल्ला स्वास्थ्य कार्यालयले मधुमेहका बिरामी भई नियमित औषधि सेवन गरिरहेका व्यक्तिको मधुमेहकै कारण मृत्यु भएको ज...
विवाह समारोहका सहभागी ९५ पाहुनामा संक्रमण पुष्टि,३० वर्षीय दुलाहाको मृत्यु

विवाह समारोहका सहभागी ९५ पाहुनामा संक्रमण पुष्टि,३० वर्षीय दुलाहाको मृत्यु

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
बिहारको राजधानी पटनामा सोमबार एकै पटक ९५ जनामा कोरोना संक्रमण पुष्टि भयो। यसको मुख्य कारण थियो, विवाह समारोह। पटनाभन्दा करिब ५० किलोमिटर टाढाको पालीगञ्ज इलाकामा १५ जुनमा आयोजित एक विवाह समारोहका सहभागी ९५ पाहुनामा संक्रमण पुष्टि भएको हो। तीमध्ये सोमबार ८० जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो। संक्रमितमध्ये ३० वर्षीय दुलाहाको मृत्यु भएको छ। सफ्टवेयर इन्जिनियरसमेत रहेका दुलाहा विवाहका लागि १२ मेमा पटनाबाट आफ्नो गाउँ डिहपाली पुगेका थिए। सोही यात्राका क्रममा उनमा कोभिड–१९को लक्षण पाइएको थियो। तर परिवारले उनलाई क्वारेन्टाइनमा राख्नुको साटो विवाह गराए। विवाहको दुई दिनपछि उनको अवस्था बिग्रँदै गयो र पटनाको एम्स अस्पतालमा लैजादै गर्दा मृुत्यु भयो। दुलाहाको निधनपछि परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आयो। यो घटनापछि जिल्ला प्रशासनले विवाहका सबै सहभागीको कोरोना परीक्षण गर्ने निर्णय ग¥यो । त्यसक...
चीनमै फेरि अर्को नयाँ खालको भाइरस फेला,महामारीको रूप लिन सक्ने

चीनमै फेरि अर्को नयाँ खालको भाइरस फेला,महामारीको रूप लिन सक्ने

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
कोरोना भाइरसले विश्व पीडित र आतंकित भइरहेका बेला यसको उद्गम मानिने चीनमै फेरि अर्को नयाँ खालको भाइरस फेला परेको वैज्ञानिकले बताएका छन्। यो भाइरसले पनि मानवमा संक्रमण गरी महामारीको रूप लिन सक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्। फ्लु गराउने यो भाइरस सुँगुरमा पाइएको हो। जुन फ्लू मानिसमा सरेपछि महामारीका रूपमा फैलिन सक्ने देखिएको वैज्ञानिकले चेतावनी दिएका छन्। प्रोसिडिङ्स अफ द नेसनल एकाडेमी अफ साइन्सेसको जर्नलमा लेख्दै वैज्ञानिकले भनेका छन्,‘सँगुरमा भाइरस नियन्त्रण तथा सुँगुरपालनमा संलग्न श्रमिकको निगरानी तत्काल थाल्न जरुरी छ।’ ‘तत्कालै यो समस्या होइन,’ अनुसन्धानकर्ताले भनेका छन्, ‘तर यसमा मानिसलाई संक्रिमत बनाउन सक्ने बन्ने सबै गुण पाइएका छन् र यसको नजिकबाट अनुगमन गर्न जरुरी छ।’ बीबीसीका अनुसार यो भाइरसले आफ्नो स्वरूप परिवर्तन गरी सहजै एकअर्कामा सर्न सक्ने भन्दै वैज्ञा...