बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

स्वास्थ्य

एक सय ९१ नयाँ कोरोना संक्रमित थपिएपछि मेलबर्नमा पुनः ६ हप्ताको लागि लकडाउन

एक सय ९१ नयाँ कोरोना संक्रमित थपिएपछि मेलबर्नमा पुनः ६ हप्ताको लागि लकडाउन

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
अस्ट्रेलियाको मेलबर्नमा पुनः ६ हप्ताको लागि लकडाउन घोषणा गरिएको छ। एक सय ९१ नयाँ कोरोना संक्रमित थपिएपछि मेलबर्नमा ६ हप्ताको लागि लकडाउन लागू गरिएको बीबीसीले जनाएको छ। बुधबार मध्यरातिदेखि लकडाउन लागू हुने जनाइएको छ। विश्व स्वास्थ्य संगठनले कोरोनाको दोस्रो लहर देखिनसक्ने चेतावनी दिएको समयमै अस्ट्रेलियामा नयाँ संक्रमितहरु देखा पर्न थालेका छन्। कोरोना प्रकोप नियन्त्रणमा नआएकै समयमा विभिन्न देशले लकडाउन खोलेका कारण विश्वभर धेरै संक्रमित धेरै देखिन थालेको विज्ञहरुको भनाइ छ। एजेन्सी ...
जनावरलाई यसरी नै मारिरहने हो भने कोरोनाजस्तै थप रोग फैलनेछ : संयुक्त राष्ट्र

जनावरलाई यसरी नै मारिरहने हो भने कोरोनाजस्तै थप रोग फैलनेछ : संयुक्त राष्ट्र

अन्तराष्ट्रिय, स्वास्थ्य
संयुुक्त राष्ट्रको पर्यावरणसँग जोडिएको एक संस्थाले मानिसहरुले जंगली जनावरलाई यसरी नै मार्न र उत्पीडन गर्न जारी राखेको खण्डमा कोरोनाभाइरसजस्तो संक्रामक रोगको थप सामना गर्नुपर्ने धारणा व्यक्त गरेको छ । यूएन इन्भारोन्मेन्ट प्रोग्राम एण्ड इन्टरनेशनल लाइभस्टक रिचर्स इन्स्टिच्युटको एक रिपोर्ट अनुसार कोरोनाभाइरसजस्तो खतरनाक संक्रमणका लागि पर्यावरणलाई लगातार पुग्ने क्षती, प्राकृतिक स्रोत–साधनको दोहन, जलवायु परिवर्तन र जंगली जीवको उत्पीडनजस्ता कारण जिम्मेवार छन् । संयुक्त राष्ट्रका विशेषज्ञका अनुसार पछिल्ला केही वर्षमा जनावर र पंक्षीमार्फत् मानिसमा फैलने रोग लगातार बढिरहेको छ । विज्ञानको भाषामा यस्ता रोगलाई ‘जूनोटिक डिजिज’ भनिन्छ । पर्यावरा र स्वास्थ्य विशेषज्ञले यदि मानिसले पर्यावरण र जंगली जनावरलाई बचाएनन् भने उनीहरुले यस्तै रोगको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । संयुक्त राष्ट्रक...
काठमाडौंको कुन कुन स्थानका छन आज थपिएका संक्रिमत ?

काठमाडौंको कुन कुन स्थानका छन आज थपिएका संक्रिमत ?

समाचार, स्वास्थ्य
२२ असार, काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ८० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये कुल ५४ जना काठमाडौं उपत्यकामा थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले बताए अनुसार थपिएका ५४ जनामध्ये २४ जना काठमाडौंका, २० जना ललितपुरका र १० जना भक्तपुरका रहेका छन् । काठमाडौंमा थपिएका २४ जना संक्रमितहरुमध्ये कपन, महाराजगञ्ज, चाबहिल, भक्तपुरको चाँगुनारायण, ललितपुरको महालक्ष्मीस्थान, सुनाकोठी, थैब, गोदावरी, हात्तीवन, चापागाउँ, हरिसिद्धिलगायतका ठाउँमा भेटिएको प्रवक्ता गौतमले बताए । थपिएका थप संक्रमितसँगै हालसम्म उपत्यकाका काठमाडौंमा १६१ जना, ललितपुरमा ३९ र भक्तपुरमा ३९ जना संक्रमित देखिएका छन्। त्यस्तै, हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या संख्या १५ हजार ९ सय ६४ पुगेको मन्त्रालयले...
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५४ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५४ जना कोरोना संक्रमित

समाचार, स्वास्थ्य
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५४ जना कोरोना संक्रमित भेटिएका छन। यो उपत्यकामा एकदिनमै भेटिएको आजसम्मकै बढी संक्रमित संख्या हो।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा उपत्यकामा ५४ जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम पाटन अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २३ जना, ललितपुरका २०, भक्तपुरका १० जनामा कोरोना संक्रमण भेटिएको छ। यस्तै त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा काठमाडौंका एक जना गरी पछिल्लो २४ घण्टामा उपत्यकामा ५४ जनामा कोरोना संक्रमण भेटिएको छ। ...
तेस्रो सर्वाधिक संक्रमित देश बन्यो भारत,

तेस्रो सर्वाधिक संक्रमित देश बन्यो भारत,

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
भारतमा कोरोनाभाइरस संक्रमितको संख्या आइतबार रुसभन्दा धेरै भएको छ । भारतमा संक्रमितको संख्या ६ लाख ९५ हजार ३ सय ९६ रहेको छ भने रुसमा ६ लाख ८१ हजार २ सय ५१ संक्रमित छन् । यसका साथै भारत संसारको तेस्रो सबैभन्दा संक्रमित देश बनेको छ । पछिल्लो १० दिनमा भारतमा संक्रमितको संख्या अत्यधिक बढेको छ । रुसमा १० दिनभित्र ६७ हजार ६ सय ३४ संक्रमित भेटिए भने भारतमा २ लाख ९ सय १९ बिरामी भेटिएका छन् । भारतमा ६.९५ लाख संक्रमित हुन १ सय ५८ दिन लाग्यो । भारतमा दैनिक औसतमा २२ हजार बढी नयाँ संक्रमित भेटिएका छन् । यहाँ जूनमा ३ लाख ८७ हजार ४ सय २५ संक्रमित भेटिए । यहाँ २१ जूनपछि हरेक दिन १५ हजार बढी संक्रमित भेटिएका छन् । ...
पछिल्लो २४ घण्टामा नेपालमा थप २९३ जना कोरोना संक्रमित ,काठमाडौंका २७ सहित उपत्यकामा ३० संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा थप २९३ जना कोरोना संक्रमित ,काठमाडौंका २७ सहित उपत्यकामा ३० संक्रमित थपिए

समाचार, स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २७ जना, ललितपुरका २ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौंका संक्रमितमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ५ जना, वीर अस्पतालमा १ जना र त्रिवि शिक्षण अस्पतालमा २१ जना भेटिएका हुन् । शिक्षण अस्पतालमै भक्तपुरका १ जना र ललितपुरका २ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।  पछिल्लो २४ घण्टामा नेपालमा थप २९३ जना कोरोना संक्रमित थपिएका छन्।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा थप १३२ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ हजार ५४७ पुगेको छ। आज २५ प्रयोगशालामा ४ हजार ७१० ज...
पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, दुई जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, दुई जनाको मृत्यु

समाचार, स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुमा ४ हजार ५० नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप दुई जनाको मृत्यु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । गोरखा, पालुङटारका ४४ वर्षीय पुरुष र रुपन्देही, देवदेहका ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । पालुङटारका पुरुष १६ गते कतारबाट आएका थिए । पालुङटारको जीवनज्योति माविको क्वारेन्टिनमा बस्दा स्वास्थ्य बिग्रिँदै गएपछि जिल्ला अस्पतालको आइसोलेनमा भर्ना गरिएको थियो । उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भयो । उनको २० असारको दिन विहान ५ बजेर ५ मिनेटमा निधन भएको ...
गोरखा अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

गोरखा अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
काठमाडौं । गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको मृत्यु भएको हो । थप जानकारी आउन बांकी ।
पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी कोरोना संक्रमित

पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी कोरोना संक्रमित

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाडौं । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी कोरोना संक्रमित भएका छन् । कुरैशी स्वयंले ट्वीटरमा यो जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘दिउँसो मलाई हल्का ज्वरो आएको महसुस भयो । त्यसपछि तुरुन्तै म होम क्वारेन्टिनमा बसेँ । ममा कोरोना पोजेटिभ पाइएको छ ।’ विदेशमन्त्री कुरैशीले लेखेका छन्, ‘अल्लाहको कृपाले म मजबुत र ऊर्जावान महसुस गरिरहेको छु । कृपया मेरो लागि प्रार्थना गर्नुहोला ।’ उनले घरमै बसेर आफ्नो जिम्मेवारी पूरा गरिरहेको जानकारी पनि दिएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार पाकिस्तानमा २ लाख २१ हजार ८ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ हजार ५ सय ५१ जनाको मृत्यु भएको छ । पाकिस्तानमा कोरोनाबाट हालसम्म १ लाख १३ हजार ६२३ जना निको पनि भएका छन् । ...
कोरोना अपडेट : आज पुष्टि भएका ७४० जना कोरोना संक्रमित कहाँ-कहाँका ?

कोरोना अपडेट : आज पुष्टि भएका ७४० जना कोरोना संक्रमित कहाँ-कहाँका ?

समाचार, स्वास्थ्य
पछिल्लो २४ घण्टामा ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३४ जना महिला र ६०६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै हालसम्म दुई हजार १७ जना महिला र १३ हजार २४२ पुरुष गरी १५ हजार २५९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।  पछिल्लो २४ घण्टामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा पाल्पाका एक, भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा सल्यानका आठ, बर्दियाका १०, दैलेखका दुई, दाङका एक, रोल्पाका एक, सुर्खेतका ६ जनामा संक्रमण देखिएको छ।  त्यस्तै राप्ती विज्ञान प्रतिष्ठान दाङमा दाङका आठजना, आरटीपीसीआर दैलेख प्रयोगशालामा दैलेखका १०, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कालीकोटका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।  मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पताल/पशुपन...