आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

स्वास्थ्य

उपत्यकामा थप २ सय ९८ जनामा कोरोना संक्रमण

उपत्यकामा थप २ सय ९८ जनामा कोरोना संक्रमण

समाचार, स्वास्थ्य
काठमाडौं उपत्यकामा थप २ सय ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा उपत्यकाका ३ जिल्लामा २ सय ९८ जना संक्रमित फेला परेको जानकारी दिइएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा १९०, ललितपुर ६७ र भक्तपुरमा ४१ जना संक्रमित भएको बताए । आइतबार मात्रै उपत्यकामा ४ सय २९ जनामा कोरोना संक्रमण देखिएको थियो । आइतबार काठमाडौंमा ३७२, ललितपुर १२ र भक्तपुरमा ४५ जना संक्रमित भएका थिए । ...
८ सय ९९ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुग्यो

८ सय ९९ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुग्यो

समाचार, स्वास्थ्य
पछिल्लो २४ घन्टामा नेपालमा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना पुष्टि हुनेमा ३ सय ३ जना महिला र ५ सय ९६ जना पुरुष रहेका छन् । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको बताएका छन् । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ५ सय ८८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २१ हजार ४ सय १० जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ । यसैगरी नेपालमा आइसोलेसनमा र...
नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ सय २१,आज थप एकै दिन १४ जनाको मृत्यु

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ सय २१,आज थप एकै दिन १४ जनाको मृत्यु

समाज, स्वास्थ्य
नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएसँगै संख्या २ सय २१ पुगेको हो । ललितपुर र महोत्तरीका ३, पर्सामा २, रुपन्देही, भक्तपुर, सप्तरी, मोरङ, रौतहटमा, नवलपरासीका एक–एक जनाको मृत्यु भएको हो । भक्तपुरमा कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु भएको छ । कोरोना संक्रमण भएर पनि घरमै बसिरहेका भक्तपुर नगरपालिका–१ दुधपाटीका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतक मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । यस्तै, ललितपुरस्थित पाटन अस्पतालमा ललितपुर र भैरहवाका एक–एक जना पुरुष र महोत्तरीका एक महिला गरी ३ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेका छ । भैरहवाका ५१ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा शनिवार साँझ मृत्यु भएको हो । यस्तै साउन २८ गते पाटन अस्पताल भर्ना भएका २९ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा शनिवार राति ...
पाटन अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु

समाचार, समाज, स्वास्थ्य
ललितपुरको पाटन अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर, रुपन्देही र महोत्तरीका संक्रमित रहेका छन् । अस्पतालका निर्देशक डा रवि शाक्यका अनुसार ललितपुरको पाटनका २९ वर्षीय पुरुषको मृत्यु भएको छ भने रुपन्देहीको भैरहवाका ५७ वर्षीय पुरुष र जलेश्वरकी ६२ वर्षीया महिलाको मृत्यु भएको हो । पाटनका युवकको गएराति १० बजे मृत्यु भएको थियो भने जलेश्वरकी महिलाको शनिबार दिउँसो २ बजे मृत्यु भएको थियो। यस्तै भैरहवाका पुरुषको पनि शनिबार साँझ ७ बजे मृत्यु भएको थियो । ...
रेवती पन्तले अस्पतालमै पुगेर भेटे सपना मोक्तानलाई ,सम्पूर्ण खर्च आफूले बेहोर्ने र उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह

रेवती पन्तले अस्पतालमै पुगेर भेटे सपना मोक्तानलाई ,सम्पूर्ण खर्च आफूले बेहोर्ने र उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह

समाज, स्वास्थ्य
सर्लाहीको हरिवन-१० की सपना मोक्तानको उपचारको लागि हरिवनबासीले आर्थिक सहयोग संकलन सुरु गरेका छन्। नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले वीर अस्पतालमै पुगेर मोक्तानका पति समीर वाइबालाई भेटेर उनकाे उपचारको सम्पूर्ण खर्च पार्टीले व्यहोर्ने आश्वासन दिएका छन्। उनले अस्पतालका चिकित्सकलाई समेत सम्पूर्ण खर्च आफूले बेहोर्ने र मोक्तानको उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गरेका छन्। अध्यक्ष पन्तले मोक्तानलाई चाहिने औषधि वीर अस्पताल अगाडि रहेको एउटा मेडिकलमा व्यवस्था गरिदिएको बताए। आर्थिक अभावको कारण उपचारमा समस्या सिर्जना भएपछि जनस्तरबाट आर्थिक संकलन सुरु गरिएको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाइँले जानकारी दिए। नेकपाका प्रदेश सांसद डिल्ली उप्रेती, मेयर प्रसाइँसहितले शनिबार मोक्तानका बुवा बिकुमान मोक्तानलाई भेटेर एक लाख ११ हजार रुपैयाँ हस्तान्तरण गरेका छन्। हरिवन-१० धरहरामा रहेको मोक्तान...
नेपालमा प्रत्येक दुई घण्टामा एक कोरोना सङ्क्रमितको मृत्यु !

नेपालमा प्रत्येक दुई घण्टामा एक कोरोना सङ्क्रमितको मृत्यु !

समाचार, स्वास्थ्य
नेपालमा कोरोना भाइरसको सङ्क्रमणमात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको सङ्ख्या अहिले सम्मकै धेरै हो । शुक्रबारको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घण्टामा नेपालमा एक कोरोना सङ्क्रमितको मृत्यु भइरहेको छ । भदौ शुरु भएयता १२ दिनमा कोरोनाबाट ८१ जनाले ज्यान गुमाइसकेका छन् । कोरोना सङ्क्रमणबाट बिहीबार नौ तथा बुधबार ११ जनाले ज्यान गुमाएका थिए । भदौ यता शुक्रबार सम्ममा कोरोनाबाट एक दिनमा औसतमा झण्डै सात जनाको ज्यान गएको छ । कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या दैनिक बढ्ने देखिन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार साउनमा कोरोना मृत्यु दर नेपालमा सून्य दशमलव ४ प्रतिशत थियो । भदौ लागेपछि मृत्यु दर बढेर सून्य दशमलव ५ प्रतिशत पुगेको छ । कोरोनाका कारण साउन ३२ गते सम्ममा नेपालमा १०४ जनाले ज्यान गुमाएका ...
पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुरकी ६२ वर्षीया महिलाको आज (शनिबार)विहान र काठमाडौंकी ५१ वर्षीया महिलाको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।भक्तपुरकी महिलाको यही भदौ ८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् । उनको शनिबार बिहान मृत्यु भएको हो । यसैगरी गएराति काठमाडौंकी ५१ वर्षीया महिलाको गत साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचार हुँदै आएको थियो । उनको गएराति १०ः४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।गएराति र शनिबार विहान गरी वीरगञ्जमा ३, धरानमा १, पाल्पामा १ र चितवनमा १ जनाको मृत्यु भइसकेको छ  ...
निषेधाज्ञाको एक-एक दिन सर्वसाधारण जनताका लागि दुश्कर बन्दै गएको छ:डा.डी.आर.उपाध्याय

निषेधाज्ञाको एक-एक दिन सर्वसाधारण जनताका लागि दुश्कर बन्दै गएको छ:डा.डी.आर.उपाध्याय

समाचार, स्वास्थ्य
-डा.डी.आर.उपाध्याय निषेधाज्ञा वा लकडाउनको एक-एक दिन सर्वसाधारण जनताका लागि दुश्कर बन्दै गएको छ !विशेषगरि दैनिक ज्यालादारी गरि आफ्नो र परिवारको भरणपोषण गर्नेहरूको अवस्था दयनिय बन्दै गएको छ!तर आफ्नो र सारा देशका जनताको जीवन रक्षाका लागि “विशेष केही गर्न”राज्यले यो बाध्यात्मक कदम चालेको भन्ने सोचेर सबैले सरकारको साथ दिइरहेका छन!वास्तवमा विश्वब्यापि महामारी कोरोना भाइरस संगको लामो लडाइको सामना गर्नको लागी विशेष तयारी गर्ने अभिप्राय राखेर नै विभिन्न रास्ट्रका सरकारले लकडाउन वा निषेधाज्ञाको सहारा लिने गरेका छन!यश अवधिमा व्यवस्थित क्वारेन्टाइन,आइसोलेसन केन्द्रको निर्माण ,भेन्टिलेटरको जोहो,कोरोनाकै उपचार हेतु अस्पतालहरुको व्यवस्था,आवस्यक स्वास्थकर्मी को तैनाती आदितर्फ संबेदनसिल भएर राज्य संयन्त्र लाग्नुपर्ने मानसिकता राखेर लकडाउन वा निषेधाज्ञा गरिन्छ!कोरोना भाइरस को चपेटामा अधिकान्स रास्ट्रले ...
विश्वभर थपिए २ लाख ६२ हजार संक्रमित, करिव ६ हजारको मृत्यु

विश्वभर थपिए २ लाख ६२ हजार संक्रमित, करिव ६ हजारको मृत्यु

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
 विश्वका २ सय १५ देशमा गरी गत २४ घण्टामा २ लाख ६२ हजार ६ सय बढी कोरोनाका संक्रमित थपिएका छन्। वल्र्डोमिटरले दिएको जानकारी अनुसार करिव ६ हजारको ज्यान गुमाएका छन्। गत २४ घण्टामा मात्र भारतमा ७६ हजार ८ सय बढी कोरोनाका संक्रमित थपिएका छन्। उक्त तथ्याङ्क अनुसार हालसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३३ लाख ८४ हजार ५ सय बढी रहेको छ। ६१ हजार ६ सय बढीले कोरोनका कारण ज्यान गुमाएका छन्। गत २४ घण्टामा मात्र भारतमा १ हजार बढीले ज्यान गुमाएका छन्। भारतपछि गत २४ घण्टाको तथ्याङ्क अनुसार अमेरिकामा ४५ हजार ७ सय बढी थप कोरोनाका संक्रमितहरु फेला परेका छन्। योसँगै अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या ६० लाख ४६ हजार बढी रहेको छ। अमेरिकामा १ लाख ८४ हजार ७ सय बढीको कोरोनाका कारण ज्यान गएको छ। गत २४ घण्टामा मात्र १हजार बढीले कोरोनाका कारण ज्यान गुमाएका छन्। यस्तै, अमेरिकापछि ब्राजिलमा ४...
परीक्षण सर्वसुलभ बनाउनुपर्ने अवस्था आइसकेको छ:–डा.डी.आर.उपाध्याय

परीक्षण सर्वसुलभ बनाउनुपर्ने अवस्था आइसकेको छ:–डा.डी.आर.उपाध्याय

समाचार, स्वास्थ्य
–डा.डी.आर.उपाध्याय पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमणको महामारी धेरै अगाडि बढिसकेको अवस्था छ । एकै दिन देशमा परीक्षण गरिएकामध्ये ८ सयदेखि १ हजारसम्मको संख्यामा संक्रमण पुष्टि हुँदै गइरहेको छ । यो अवस्थाले खतराको घण्टी बजाईरहेकोछ । २४ घण्टाको अन्तरालमा परीक्षण गरिएकामध्ये १ हजार संक्रमित पुष्टि हुनु भनेको धेरै डर लाग्दो संकेत हो । अहिलेको अवस्थालाई हेर्दा गाउँहरूमा परीक्षणका कार्यक्रम पुगिरहेको देखिदैन । महामारी देशका धेरै ठाउँहरुमा पुुगिसकेको अवस्था छ । महामारीको संक्रमण जुन गतिले बढिरहेको छ त्यसलाई अव गम्भिरता पूर्वक हेर्नु पर्ने जरुरी देखिएको छ । परीक्षण सर्वसुलभ बनाउनुपर्ने अवस्था आइसकेको छ । यो महामारीसँग सर्वसाधरण जनता लड्न सक्ने पहुँच र आर्थिक हैसियत दुवै छैन । सरकारले यसको नियन्त्रणका लागि प्रभावकारी कदम चालेको देखिदैन । सरकार यसको नियन्त्रणका लागि प्रभावकारी कदम चालियोस् ।स...